Tuesday, September 27, 2011

अग्नीको जहाज आकस्मीक अवतरण, धन्न दुर्घटना टर् यो


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १० असोज
काठमाडौबाट पोखराका लागि मंगलबार अपरान्ह नियमित उडानबाट पोखरातर्फ उडेको अग्नि एयरको जेट स्ट्रिम जहाज प्राविधिक समस्याका कारण त्यहाँ बस्न नसकेपछि पुनः काठमाडौमा आकस्मीक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४ बजेर ८ मिनेटमा पोखराकालागि उडेको ९ एन-एआइक्यु कलसाइनको सो जहाज २५ मिनेट पछि पोखरा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । गत आइतबार तीन सदस्य चालक दल सहित १९ जनाको ज्यान जानेगरि ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्धको एयरको दुखद घटनाको तेस्रो दिन मंगलबार चालकले देखाएको कुशलताले धन्न अग्निको दुर्घटना टरेको हो ।
अग्नि एयरको सो जहाज पोखरामा अवतरण गर्न नसकि ५ बजेर ५ मिनेटमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
आकासमा उडिरहेको जहाजमा एक्कासी फल्स इन्डीकेटरको समस्या आएकाले पोखराबाट डाइभर्ट गरि काठमाडौमा आकस्मीक अवतराण गरेको त्रिवि विमानस्थलको एटिसी टावर शाखाले जनाएको छ ।
विमानस्थलका फ्लाइट अप्रेशन डाइरेक्टर ऋषिकेश शर्माले पोखरामा अवतरण गर्न लाग्दा जहाजमा एक्कासी फल्स इण्डिकेटरको समस्या आएकाले तत्काल डाइर्भट गरि काठमाडौमा सकुशल अवतरण गराएको बताए । सो जहाजमा सवार सबै यात्रु र चालकदल सकुसल छन । उनीहरुलाई केही समयपछि अर्को जहाजमा पठाएको अग्नि एयरले जनाएको छ । अग्निका बजार प्रवन्धक प्रमोद पाण्डेले पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा एक्कासी विमानको ल्याण्ङि गेर झरेको ककपीटमा बक्ति नबलेको र फल्स इण्डिकेटरको समस्या आएकाले चालकले सो जहाज डाइभर्ट गरेर काठमाडौ ल्याएको बताए । यो सामान्य समस्या भएको जानकारी गराउँदै उनले जहाजमा कुनै अरु समस्या भयो भन्ने ठानेर पाइलटले विमान काठमाडौ ल्याएको बताए । उनले यदि आकासमा उडिरहेको जहाजमा कुनै समस्या भएमा क्षेत्रीय विमानस्थलमा दमकल लगायतका आपतकालिन उपकरण तयारी हालतमा नहुनसक्छन भनेर चालकले सो विमान काठमाडौ ल्याएको बताए ।
पाण्डेका अनुसार सो जहाज चालक जी श्रेष्ठले उडाएका थिए ।

विविध कार्यक्रमकासाथ विश्व पर्यटन दिवस मनाइयो


राजधानी समाचारदाता
काठमाडौं, १० असोज
हरेक वर्ष झै ुटुरिजम लिङ्किङ्ग कल्चस्रु भन्ने मुल नाराका साथ यसपालीको ु३२औं विश्व पर्यटन दिवस विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइदै गरेको ुपर्यटन वर्ष-२०११ु मा हासलसम्म भएका उपलब्धी एवं थप गतिविधीका बारेमा जानकारी गराउँदै सो कार्यक्रम सम्पन्न भएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन वोर्ड तथा पर्यटनसम्बद्ध विभिन्न संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस विशेष कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विश्व पर्यटन दिवसका कार्यक्रम सम्पन्न गर्न विभिन्न ३३ भन्दा बढि संघ सस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि मनाएका थिए भने अझै मुलुकका विभिन्न ठाउँमा मनाइने क्रम जारी छ ।
मंगरबार विहानै पर्यटकीय व्यापारिक केन्द्र ठमेलबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बसन्तपुरमा पुगेर सकिएको थियो । सो प्रभातफरीमा पर्यटन क्षेत्रसंग सम्बन्धीत सबै व्यवसायी एवं सरोकारवालाहरु सहभागी थिए । यसैगरि साँझ ठमेल स्ट्रिट कार्निभल भएको थियो । बसन्तपुर दरबार संरक्षण क्षेत्रमा दिनभर साँस्कृतिक कार्यक्रम तथा नेवारी भोज तसला भोय लगायतका कार्यक्रम भएका थिए । यसैगरि विहानैदेखि विभिन्न मुलुकबाट आएका पर्यटकलाई अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरा तथा बाबुछिरी संग्रहालय तीलगंगालगायतका क्षेत्रमा निशुल्क दृष्यावलोकन गराइएको थियो भने पोखरा स्ट्रिट कार्निबल भक्तपुर दरबार संरक्षण क्षेत्रमा विश्वपर्यटन दिवस विशेष कार्यक्रम भएका थिए ।
विश्व पर्यटन दिवको अवसर पारेर गत १७ सेप्टेम्बर देखि सुरु भएको विविध पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम आगामी १ अक्टोवरसम्म साचालन हुने बताइएको छ । सोही अवसरमा वातावरण साइकल र् याली ठमेल क्षेत्रको सरसफाई होटल एसोसिएशन नेपाल र तारा गाउँ विकास समितिसम्बद्ध होटलहरुले खाना र आवासमा छुटको व्यवस्था नाट्टा विशेष कार्यक्रम लगायतका भएका थिए ।
यसवर्ष सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने पर्यटन व्यवसायीलाई विशेष सम्मान लगायतका कार्यक्रम भएन । यसवर्ष विशुद्ध साँस्कृतिक पहिचान दिलाउन त्यस्ता कार्यक्रम नगरेको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले जानकारी गराए । सोही कार्यक्रममा टानले विभिन्न ४ ओटा नयाँ पदयात्रा मार्ग सार्वजनिक गरेको थियो । यसैगरि पर्यटन मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले सो मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेका हुन । सो कार्यक्रम पर्यटन मन्त्रालयका सह सचिव बालकृष्ण घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो ।


पर्यटकको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरै


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ९ असोज
भारतको तमिलनाडुबाट नेपालको पर्यटकीय भ्रमणमा आइपुगेका ८ जना भारतीय नागरिकको पशुपतिनाथ र स्वयम्भु घुम्ने कार्यक्रम अधुरो भएको छ ।
तीन सदस्य चालकदल सहित १९ जनाको ज्यान जानेगरि आइतबार विहान ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्ध एयरलाइन्सको बीचक्राफ्ट जहाजमा परि उनीहरुको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरो भएको हो ।
विश्व सम्पदा सुचिमा सूचिकृत पशुपतिनाथ र स्वयम्भु लगायतका धार्मिक पर्यटकीय गन्तब्यस्थलको भ्रमण गर्ने तिब्र आकाँक्षाकासाथ उनीहरु शनिबार साँझ सोल्टीमोड स्थित ग्राण्ड होटलमा पुगेर बास बसेका थिए । राती होटलमा खाना खानेबेला पशुपतिनाथ र स्वयम्भुको जानकारी लिएका ती भारतीय पर्यटक आइतबार विहानै निस्केको होटल व्यवस्थापनले जनाएको छ ।
ग्राण्ड होटलका बजार प्रवन्धक फुर्वा शेर्पाले विहानै होटलबाट निस्केका भारतीय ८ जनाको समुह कहिल्यै नर्फने गरि गएको बताए । उनले शनिबार स्पाइस जेट एयरको उडानबाट दिल्ली हुँदै काठमाडौ आइपुगेका उनीहरुले शनिबार साँझ ५ बजे होटलमा ुचेक इनु गरेको बताए । शेर्पाका अनुसार उनीहरुले शनिबार देखि मंगलबार सम्मका लागि ४ ओटा कोठा बुक गरेका थिए ।
आइतबार विहान पौने ६ बजे चिया खाएर उनीहरु त्रिभुवन विमानस्थलका लागि गएका थिए । विमानस्थलबाट फर्केर ब्रेकफास्ट खाएपछि पशुपति र स्वयम्भु घुम्ने कार्यक्रम उनीहरुले तय गरेको जानकारी गराउँदै उनले बुद्धको जहाज दुर्घटनाबाट ती पर्यटकको पशुपति र स्वयम्भु घुम्ने सपना अपुरो बनाइदिएको बताए । उनीहरु होटलबाट बाहिरिएको डेढ घण्टापछि विभिन्न साचार माध्यामले माउन्टेन फ्लाइटमा गएको बुद्धको विमान दुर्घटनामा परि मृर्तकको नाम सार्वजनिक गरेपछि मात्र उनीहरु परेको थाहा पाएको बताउँदै शेर्पाले राजधानीसँग भने ु होटल प्रवेश गर्नु अघि नै उनीहरुले पशुपति जानुभन्दा पहिले विश्वको सर्बोच्च शिखर सगरमाथा लागायतका दर्जनौ हिमालको दृस्यावलोकन गर्ने कार्यक्रम तय गरिरहेका रहेछन।ु होटल व्यवस्थापनका अनुसार एस नागराज टि नागराज एल नागराज एचडी नागराज डी तालो सुवरसम डिपी सुवरसम तालो सुवरसम नागराज र पी तालो सुवरसमको पशुपति घुम्ने सपना अधुरै रहेको हो । होटलका बजार प्रवन्धक शेर्पाले उनीहरुको विमान दुर्घटनामा ज्यान गएको खवर पाएपछि भारतीय राजदुतावासको कर्मचारी बोलाएर कालिमाटी प्रहरी प्रभागको प्रहरी बोलाएर कोठामा भएका सामानको मुचुल्का उठाएर सबै सामान परिवारलाई जिम्मा लगाएको बताए । गत १९ अगष्टमा उनीहरुले तामिलनाडुबाटै होटल बुक गरि पैसा बुझाएकाले आफ्नो व्यवसायमा कुनै आर्थिक नोक्सानी नभएको उनको भनाइ छ ।
सोही दुर्घटनामा ज्यान गुमाएका अर्का भारतीय दम्पती पंकज मेहत्ता र छाँया मेहताको नेपालको सन्देश अन्यन्त्र पुर् याउने सपना पनि अधुरो भएको छ । पंकज युनिसेफ नेपालमा स्वस्थ्य विभागका प्रमुख थिए । उनको भर्खरै फिलिपिन्समा सरुवा भएको थियो । आगामी ३० सेप्टेम्वरमा उनी फिलिपिन्स जाने तयारीमा थिए । युनिसेफ कार्यालयले उनलाई शनिबार मात्र विदाइ पार्टी दिएको थियो । सोही बेला उनले आफुले नेपाल छोड्नुपूर्व श्रीमतीलाई हिमाली दृस्यको भ्रमण गराएर लैजाने सपना बुनेका थिए । उनकी श्रीमती छाँयाँ शर्मा किष्ट अस्पतालमा कार्यरत थिइन । उनीहरुका एक छोरा धरानमा पड्दै छन । भारत बैंगलोर स्थायी घर भएका उनीहरु फिलिपिन्स जानुअघि बुद्धको जहाजबाट माउन्टेन फ्लाइटमा गएका थिए ।

खराव मौसममा जर्बरजस्ती उडान भर्दा विमान दुर्घटना


मधुजंग पाण्डे÷राजधानी
काडमाडौ ८ असोज
हवाइ विज्ञ एवं सम्बन्धीत सरोकारवालाहरुले आइतबार बिहान ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त भएको बुद्ध एयरलाइन्सको बीचक्राफ्ट जहाज दुर्घटनाको मुख्य कारण मानिय त्रुटि एको बताएका छन । उनीहरुले मौसम खराव भइरहेकै बेला जर्वरजस्ती उडान गरेकाले सो दुर्घटना भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका बरिष्ट मौसमविद् राजेन्द्र प्रसाद श्रेष्ठले खराब मौसममा चालकले जर्बरजस्ती उडान गरेकाले बुद्ध एयरलाइन्सको जहाज दुर्घटना भएको बताए ।
आइतबार विहान ६। ३० मा १६ जाना यात्रु र ३ सदस्यीय चालक दल सहित माउन्टेन फ्लाइटमा उडेको ९ एनएइके १९०० डि विजक्राफ्ट जहाज विमानस्थलबाट उड्ने बेलादेखि विहान ९ बजेसम्म काठमाडौ उपत्यकाको मौसम खराव भएको जानकारी गराउँदै उनले चालक जनक बहादुर जेबी ताम्राकार र पद्मा अधिकारीले माउन्टेन उडान सकेर फर्कने क्रममा जहाज कन्ट्रोल गर्न नसकेकै कारण सो दुर्घटना भएको हुन सक्ने दावी गरे ।
संधै त्रिभुवन विमानस्थलमा विहान साँढे ६ बजेदेखि साँझ ६।३० सम्म पूर्वानुमान महाशाखाले नागरिक उड्डयन प्राधिकरण कार्यलयलाई नियमित मौसमको अवस्थाकाबारे जानकारी गराउँदै आएको बताउँदै उनले बुद्ध एयरको जहाज खराव मौससमा जर्बरजस्ती भएको मानवीय त्रुटिकै कारण दुर्घटनाग्रस्त भएको दावी गरे ।
सामान्यतया टवीनटर र बीचक्राफ्ट जहाज उड्नकालागि न्युनतम साँढे २ किमी भिजिविलीटी हुनुपर्ने बताउँदै उनले बुद्धको जहाज दुर्घटना हुने समय विमानस्थलको भिजिविलिटी जम्मा ३ किमी रहेको र सोही बेला आकास पुरै बादलले भरिएको जानकारी गराए ।
नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनले पनि जहाज दुर्घटनाको कारण खराव मौसमसँगै भएको मानवीय त्रुटि हुन सक्ने अनुमान गरेका छन । विमानस्थलमा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी राडार मेसिनले काट्न सक्ने सम्भावना भएमा चालकले आफै जहाज कन्ट्रोल गर्नुपर्ने प्राविधीक जानकारी गराउँदै उनले बुद्धको जहाज मानवीय कमजोरीकै कारण दुर्घटना भएको बताए ।
खराव मौसममा आकासमा उडेको जहाजलाई एक्कासी कन्ट्रोट गर्न उपयोग हुने ग्लोबल पोजिसन सिस्टम जिपिएस राख्नुपर्नेमा दुर्घटनाग्रस्त जहाजमा सो नभएको बताउँदै क्याप्टेन शेरचनले भने ु विमानस्थल आइपुग्नुभन्दा ५ नटिकल माइल टाडा रहँदा यो दुर्घटना भएको हो ।ु गत वर्ष भएको तारा एयरको दुर्घटना जाँच आयोगका सदस्य समेत रहेका शेरचनले भने ुबुद्धको जहाज खराब मौसममा भएको मानवीय त्रुटी हुनसक्छु । उनले जसको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिको संयोजकत्वमा गठन भएको ५ सदस्य विमान दुर्घटना जाँच आयोगले बताउने बताए ।
पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह सचिव सुरेश आचार्यले पनि बुद्धको जहाज दुर्घटना मौसम खरावीले भएको बताए । आकास पुरै बाददले ढाकेको बेला आँखाले देख्न सक्ने आइएफआर बाट जहाज उडाउनुपर्नेमा चालकले सो कार्य गर्न नसकेका कारण दुर्घटना भएको अनुमान उनको छ । खराव मौससमा आँखाले जता देख्छ त्यतै जहाज लगेकाले बुद्धको दुघटनाग्रस्त विमान काठमाडौ अवतरण गर्न आउने रुट पनि केही फरक भएको जानकारी गराउदै आचार्यले राजधानीसँग भने ु यसको विस्तृत विवरण ५ सदस्यीय दुर्घटना जाँच आगोगले पक्ता लगाउने छु ।
नेपाल वायुसेवा निगमका महाप्रवन्धक क्याप्टेन केबी लिम्बु र निगमका पाइलट युवराज भट्टराईले पनि खराव मौसमले सन्तुलन विगि्रएको जहाजलाई चालकले नअत्तालिकन आइएफआरबाट उडाएको भए सो दुर्घटना नहुने बताए । बादलभित्र डाँडा हुनसक्छ भन्ने जानकारी हुँदाहुँदैपनि प्राविधिक समस्या आएमा जहाजलाई कन्ट्रोल गर्न सकिने दावी गर्दै उनीहरुले दुर्घटनाग्रस्त जहाजका चालकको मनोबल गिरेका कारण यस्तो भएको बताए । यसअघि भएका विभिन्न विमान दुर्घटना पत्ता लगाउन सरकारले अहिलेसम्म गरेको दुर्घटना जाँच आयोगले पनि सत्य जानकारी नदिएको बताउँदै उनीहरुले बुद्धको जहाज दुर्घटनाको कारण खराव मौसमसँगै भएको मानवीय त्रुटि नै भएको अनुमान गरेका छन ।

दुर्घटना जाँच आयोग गठन
काठमाडौ÷रास- बुद्ध एयरको जहाज दुर्घटनाको विस्तृत विवरण पत्ता लगाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिको संयोजकत्वमा ५ सदस्य दुर्घटना जाँच आयोग गठन गरेको छ । विमान दुर्घटनाबारे छानविन कार्य सुरु भएको मितिले ९० दिनको समय तोकिएको सो आयोगमा नेपाल वायुसेवा निगमका उप निर्देशक पाइलट श्रवण रिजाल गुण एयरलाइन्सका प्रमुख प्राविधिक इन्जिनीयर रामप्रसाद कोइराला रहेका छन । यसैगरि अन्य सदस्यहरुमा नागरिक उड्डयन प्राधिकरण अन्र्तरगतका एभिएसन मेडिकल बोर्ड संयोजक डा। रन्जितसिँह बराल र पर्यटन मन्त्रालयका सह सचिव सुरेश आचार्य रहेका छन ।

नेपालमा ६५ वटा विमान दुर्घटना , वर्ष दिनभित्रै चारवटा


काठमाडौं ८ असोज
नेपालमा हालसम्म ६५ वटा विमान दुर्घटना भएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आइतबार बिहान भएको बुद्ध एयरको विमान दुर्घटनासँगै नेपालमा विमान दुर्घटनाको संख्या ६५ वटा पुगेको हो ।
मन्त्रालयको तथ्यांकमा ती दुर्घटनामा ज्यान गुमाउने नेपाली र विदेशी नागरिकको संख्या ५ सय ८८ जना रहेको छ । १३ महिनाअघि ८ भदौमै अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । अमादब्लम हिमालमा फिस्टेल एअरको जहाज दुर्घटना र ओखलढुंगामा तारा एअरको विमान दुर्घटनासँंगै एक वर्षको अवधिमा नेपाली आकाशमा हवाई दुर्घटनाको संख्या चार पुगेको छ । फिस्टेलको दुर्घटनामा चालक दलका दुई सदस्य र तारा एयर दुर्घटनामा सवार १४ जनाकै मृत्यु भएको थियो ।
नेपालमा हालसम्म सबैभन्दा ठूलो हवाई दुर्घटना ललितपुरको भट्टेडाँडामा भएको थियो । सो ठाउँमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक सय ६७ जनाको मृत्यु भएको थियो । सन् १९५५ मार्च ८ मा पहिलोपटक बाराको सिमरामा डकोटा जहाज दुर्घटना भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसयता सन् १९९० सम्म १६ वटा हवाई दुर्घटना भएका थिए । सन् १९९० अघिको १६ वटा दुर्घटनामा १ सय ५४ र त्यसपछिका हवाई दुर्घटनामा ४ सय ३९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
२८ असारं २०२६ मा नेपाल वायुसेवा निगमको जहाज हेटौंंडामा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । सोही वर्ष १६ फागुनमा नेपाली सेनाको जहाज काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।
२०४९ सालमा नेपालमा लगातार दुई ठूला हवाइजहाज दुर्घटना भएका थिए । सोही वर्षको २६ साउनमा नुवाकोटको घोप्टेभीरमा भएको थाई एयरलाइन्स दुर्घटनामा १ सय १३ जना र १२ असोजमा ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तानी एयरलाइन्स दुर्घटनामा १ सय ६७ जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटना नै नेपाली आकाशमा भएको सबैभन्दा ठूला हवाईजहाज दुर्घटना भएको मन्त्रालयले जनाएको छ । नेपालमा सबैभन्दा धेरै दुर्घटना भएको जहाज ट्विनअटर हो यो अहिलेसम्म १७ पटक दुर्घटनामा परिसकेको छ । पर्यटन मन्त्रालयका अनुसार अधिकांश हवाई दुर्घटना पहाडी क्षेत्रमै भएका छन् ।


सन १९५५ देखि हाल सम्म साना ठुला गरि करिब ८ दर्जन विमान दुर्घटना


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ८ असोज
नेपाली भूमिमा पहिलो पटक सन् १९४९ विमान अवतरण गरेको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौचरणको घाँसे मैदानमा अवतरण गरेको विमानमा नेपालका लागि तत्काली भारतीय राजदूत आएका थिए । त्यसपछि सन् १९५० मा हिमालय एभिएसन नामक भारतीय वायु सेवाले गौचरण हालको अन्तर्राष्ट्रिय विमानस्थल बाट कलकत्तामा चार्टर उडान शूरुवात गरेको थियो । नेपालले त्यसपछि बिमान ल्याएर काठमाडौंंबाट भारतका दिल्लीवनारस पटना लगायतका सहरमा उडान सुरु गरेको थियो । सन् १९५० को दशकमा नै देशभित्र पोखरा भैरहवा सिमरा विराटनगर लगायतका क्षेत्रमा उडान सू रु भएको थियो । संन् १९५८ मा शाही नेपाल वायु सेवा निगमको स्थापना भएको थियो । यसै बेला देखि नेपालमा बायुसेवाको व्यवसायिक उडानको विकास आरम्भ भएको थियो । नेपाली आकाशमा उडान गर्न आउने विदेशी जहाज कम्पनीको सङ्ख्या क्रमस थपिदै गए भने देशभित्र सुगम र दुर्गम दुवैतिर विमानस्थलको विस्तार तीब्र गतिमा हुदै गयो । तर विमान र विमानस्थलको संख्या थपिदै जादा नेपाली हवाइ यात्राको सुखद आरम्भले लामो समय पार गर्न भने पाएन । सन् १९५५ मार्च ८ मा कािलंगा एयर सिमरामा दुर्घटनामा पर् यो । दुर्घटनामा दुइजनाले ज्यान गुमाएका थिए यो नै नेपाली आकाशमा भएको पहिलो हवाइ दुर्घटना थियो । त्यस्तै दोस्रो बिमान सन् १९५६ मा इन्डियन एयरलाइन्सको बिमान दुर्घटना भएको थियो । सो बिमान काठमाडौंमा दुर्घटनामा हुदां १४ जनाले ज्यान गुमाएका थिए । सन् १९६० नोभेम्वर ५ तारिखमा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटनामा पर्दा चार जनाले ज्यान गुमाएका थिए । १५ अक्टोबर १९७३ मा नेपाल बायु सेवा निगमको क्यानडामा निर्मित डि एच सी-६ ट्वीनअटर ३००नाइन एन- एबीजी बिमान लुक्ला विमानस्थलनमा दुर्घटना ग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए ।
नेपाल एयर लाइन्सकै विमान दुर्घटना सन् १९९१ जुन ९ मा भएको थियो । क्यानडामा नै निर्माण भएको डिएच सी-६ ट्वीनअटर ३००९एन-एबिए बिमान काठमाण्डौंबाट लुक्लामा खराब मौसमका कारण अवतरणमा समस्या आएपछि दुर्घटना ग्रस्त भएको थियो । उक्त विमान दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रीको मृत्यु भएको थियो ।
३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको अन्तर्राष्ट्रिय बिमान दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाको नै मृत्यु भएको थियो । थाइ एयरको एयर बस काठमाण्डौमा अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसैगरी २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुँदा १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यसैगरी १७ जनवरी १९९५ नेपाल एयरलाइन्सको डिएचसी-६ ट्वीन अटर ३००नाइन एन-एविआइ आर ए १३३ विमान दुर्घटना भएको हो । काठमाण्डौबाट रुम्झाटार जाने क्रममा धावनमार्गमै खरावी भएपछि बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका ३ सदस्य र २१ यात्रु मध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।
। यसैगरी ५ सेप्टेम्बर १९९९ मा नेकोन एयरको १२८ बिमान पोखराबाट काठमाण्डौ आउने क्रममा दुर्घटनाग्रस्त भएको थियो । विएइ ७४८-५०१ सुपर टुबी नाइन एन-एइजी बिमान काठमाण्डौबाट २५ किलोमिटर पश्चिम नेपाल टेलिकमको टावरमा ठोक्किएर दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाका क्रममा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको मृत्यु भएको थियो ।
इसैगरि २५ मे २००४ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा यति एयरलाइन्सको डिएचसी-६ ट्वीनअटर ३०० नाइन एन-एएफडी दुर्घटनाग्रस्त भएको थियो । लुक्ला बिमानस्थलमा पुग्ने क्रममा खराब मौसमका कारण लाम्जुरा पहाडमा बिमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । बिमानमा कोही पनि यात्रु थिएनन् ।
त्यस्तै अक्टोबर १ २००४ मा सिता एयरको डोर्नियर २२८ विमान लुक्ला बिमानस्थलमा अवतरणका कारण दुर्घटना भएको थियो । बिमानको अघिल्लो गियर फसेका कारण दुइ दिनसम्म धावन मार्ग नै अबरुद्ध भएको थियो ।
३० जुन २००५ मा गोरखा एयरलाइन्सको डोर्नियर डु २२८ बिमान लुक्ला बिमानस्थलमा अबतरणका क्रममा दुर्घटना भएको थियो । लुक्ला बिमान स्थलमा धस्सिएर बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका तीन र त्यसमा सवार अन्य नौ यात्रु सामान्य घाइते भएका थिए । तर बिमान भने त्यसपछिका दिनमा चल्न नसक्ने अवस्थामा पुगेको थियो ।
त्यसैगरी ८ अक्टोबर २००८ मा यति एयरलाइन्सको १०३ ट्वीनअटर बिमान अवतरणका क्रममा दुर्घटना भएको थियो । अबतरणका क्रममा एकाएक बिमानमा आगलागी भएपछि त्यसमा सवार १८ जनाको मृत्यु भएको थियो । आगलागी भएको बिमान पाइलटलाई मात्रै सकुसल उद्धार गरिएको थियो ।
११। त्यसैगरी २४ डिसेम्बर २००८ मा नेपाल एयरलाइन्सको डिएचसिजी ट्वीनअटर ३००नाइन एन एविएम उडान भर्ने क्रममा दर्घटना भएको थियो ।
यसपछि नेपाली आकाशमा जहाजको संख्या थपिने र दुर्घटना हुदै जाने क्रम बढेर गएको छ । अहिलेसम्म नेपालमा पाच दर्जन जहाज दुर्घटनामा परीसकेका छन् । पाँच सयभन्दा बढी मानिसको ज्यान गएको छ । मानवीय क्षतिको विवरण र तथ्याङक भए पनि दुर्घटनाबाट कति आर्थिक नोक्सानी भयो भन्ने चाहि विवरण एकिन छैन । नेपालले ९०को दशकमा उदार आकाश नीति लिएका कारण नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या पनि ह्वात्तै बढ्यो । जहाजको संख्या थपिने क्रमसंगै दुर्घटना पनि बढेको देखिन्छ । तर जहाजको बनौट उच्च प्राविधक जोखिम र खतरा मुक्त मानिएकाले जहाजको संख्या थपिदैमा दुर्घटना बढ्छन् भन्ने आधारमा लिइनु हुन्न भन्ने आइकाओको मान्यता छ ।
२०६७ साल ८ साउनमा अग्नी एयरको डोनियर जहाज काठमाडौबाट लुक्कला तर्फ जानेक्रममा मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दल सहित १४ जनाको ज्यान गएको थियो ।
२०६७ साल २१ कात्तिकमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परि चालक सविन बस्नेत र प्राविधीक पूर्ण अवालेको निधन भएको थियो ।
भाइटिकाको दिन बिहानै सोलुखुम्बुको आमदब्लाम हिमाल आरोहणका क्रममा बिरामी भएका जापानी आरोही काजुया हिराइदाको उद्धार गर्न जाँदा बिहान पौने ९ बजे सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । फिस्टेल एयरको ९एन एआइएक्स एस ३५० हेलिकप्टर दुर्घटनामा यात्रु परेका थिएनन ।
२०६७ साल ३१ मंसिरमा तारा एयरको डोनियर जहाज लुक्ला तर्फ जानेक्रममा संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा १४ जना विदेशीको ज्यान गएको थियो । नेपाली आकासमा सन १९५५ देखि अहिलेसम्म साना ठुला गरि ८ दर्जन विमान दुर्घटनामा परेका छन ।

Sunday, September 25, 2011

बुद्ध एयरको विमान दुर्घट्ना, चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु , शवहरु नेपाली सेनाको हेलिकप्टरले त्रिभूवन विमानस्थल ल्यायो




काठमाडौँ, ८ असोज  - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
१८ जनाको शव घट्नास्थलमा भेटिएको उद्दारमा खटिएकाले जनाकएको छ भने घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पठाएका एक जनाको समेत बाटोमै मृत्यु भएपछि विमानमा रहेका सबैको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएक थियो ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।


मृत्युहुनेहरुको नामावली:

चालक दलका सदस्यहरु:

जीवी तम्राकार– क्याप्टेन

पी अधिकारी– सहचालक

अस्मिता श्रेष्ठ– बिमान परिचारिका

यात्रुहरु:

निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म


दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।
दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए। 
ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्‍याइसकिएको छ।
जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा  शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज,  डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा  तालोसुब्रिसम र  पी तालोसुब्रिसम थरका यात्रु छन्।  विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।[दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर ]
दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।
जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।
१४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।




छानबिन समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ।