Tuesday, September 27, 2011

अग्नीको जहाज आकस्मीक अवतरण, धन्न दुर्घटना टर् यो


मधुजंग पाण्डे,राजधानी
काठमाडौ १० असोज
काठमाडौबाट पोखराका लागि मंगलबार अपरान्ह नियमित उडानबाट पोखरातर्फ उडेको अग्नि एयरको जेट स्ट्रिम जहाज प्राविधिक समस्याका कारण त्यहाँ बस्न नसकेपछि पुनः काठमाडौमा आकस्मीक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४ बजेर ८ मिनेटमा पोखराकालागि उडेको ९ एन-एआइक्यु कलसाइनको सो जहाज २५ मिनेट पछि पोखरा विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । गत आइतबार तीन सदस्य चालक दल सहित १९ जनाको ज्यान जानेगरि ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्धको एयरको दुखद घटनाको तेस्रो दिन मंगलबार चालकले देखाएको कुशलताले धन्न अग्निको दुर्घटना टरेको हो ।
अग्नि एयरको सो जहाज पोखरामा अवतरण गर्न नसकि ५ बजेर ५ मिनेटमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
आकासमा उडिरहेको जहाजमा एक्कासी फल्स इन्डीकेटरको समस्या आएकाले पोखराबाट डाइभर्ट गरि काठमाडौमा आकस्मीक अवतराण गरेको त्रिवि विमानस्थलको एटिसी टावर शाखाले जनाएको छ ।
विमानस्थलका फ्लाइट अप्रेशन डाइरेक्टर ऋषिकेश शर्माले पोखरामा अवतरण गर्न लाग्दा जहाजमा एक्कासी फल्स इण्डिकेटरको समस्या आएकाले तत्काल डाइर्भट गरि काठमाडौमा सकुशल अवतरण गराएको बताए । सो जहाजमा सवार सबै यात्रु र चालकदल सकुसल छन । उनीहरुलाई केही समयपछि अर्को जहाजमा पठाएको अग्नि एयरले जनाएको छ । अग्निका बजार प्रवन्धक प्रमोद पाण्डेले पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा एक्कासी विमानको ल्याण्ङि गेर झरेको ककपीटमा बक्ति नबलेको र फल्स इण्डिकेटरको समस्या आएकाले चालकले सो जहाज डाइभर्ट गरेर काठमाडौ ल्याएको बताए । यो सामान्य समस्या भएको जानकारी गराउँदै उनले जहाजमा कुनै अरु समस्या भयो भन्ने ठानेर पाइलटले विमान काठमाडौ ल्याएको बताए । उनले यदि आकासमा उडिरहेको जहाजमा कुनै समस्या भएमा क्षेत्रीय विमानस्थलमा दमकल लगायतका आपतकालिन उपकरण तयारी हालतमा नहुनसक्छन भनेर चालकले सो विमान काठमाडौ ल्याएको बताए ।
पाण्डेका अनुसार सो जहाज चालक जी श्रेष्ठले उडाएका थिए ।

No comments:

Post a Comment