Tuesday, September 27, 2011

विविध कार्यक्रमकासाथ विश्व पर्यटन दिवस मनाइयो


राजधानी समाचारदाता
काठमाडौं, १० असोज
हरेक वर्ष झै ुटुरिजम लिङ्किङ्ग कल्चस्रु भन्ने मुल नाराका साथ यसपालीको ु३२औं विश्व पर्यटन दिवस विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइदै गरेको ुपर्यटन वर्ष-२०११ु मा हासलसम्म भएका उपलब्धी एवं थप गतिविधीका बारेमा जानकारी गराउँदै सो कार्यक्रम सम्पन्न भएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन वोर्ड तथा पर्यटनसम्बद्ध विभिन्न संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस विशेष कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विश्व पर्यटन दिवसका कार्यक्रम सम्पन्न गर्न विभिन्न ३३ भन्दा बढि संघ सस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि मनाएका थिए भने अझै मुलुकका विभिन्न ठाउँमा मनाइने क्रम जारी छ ।
मंगरबार विहानै पर्यटकीय व्यापारिक केन्द्र ठमेलबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बसन्तपुरमा पुगेर सकिएको थियो । सो प्रभातफरीमा पर्यटन क्षेत्रसंग सम्बन्धीत सबै व्यवसायी एवं सरोकारवालाहरु सहभागी थिए । यसैगरि साँझ ठमेल स्ट्रिट कार्निभल भएको थियो । बसन्तपुर दरबार संरक्षण क्षेत्रमा दिनभर साँस्कृतिक कार्यक्रम तथा नेवारी भोज तसला भोय लगायतका कार्यक्रम भएका थिए । यसैगरि विहानैदेखि विभिन्न मुलुकबाट आएका पर्यटकलाई अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरा तथा बाबुछिरी संग्रहालय तीलगंगालगायतका क्षेत्रमा निशुल्क दृष्यावलोकन गराइएको थियो भने पोखरा स्ट्रिट कार्निबल भक्तपुर दरबार संरक्षण क्षेत्रमा विश्वपर्यटन दिवस विशेष कार्यक्रम भएका थिए ।
विश्व पर्यटन दिवको अवसर पारेर गत १७ सेप्टेम्बर देखि सुरु भएको विविध पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम आगामी १ अक्टोवरसम्म साचालन हुने बताइएको छ । सोही अवसरमा वातावरण साइकल र् याली ठमेल क्षेत्रको सरसफाई होटल एसोसिएशन नेपाल र तारा गाउँ विकास समितिसम्बद्ध होटलहरुले खाना र आवासमा छुटको व्यवस्था नाट्टा विशेष कार्यक्रम लगायतका भएका थिए ।
यसवर्ष सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने पर्यटन व्यवसायीलाई विशेष सम्मान लगायतका कार्यक्रम भएन । यसवर्ष विशुद्ध साँस्कृतिक पहिचान दिलाउन त्यस्ता कार्यक्रम नगरेको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले जानकारी गराए । सोही कार्यक्रममा टानले विभिन्न ४ ओटा नयाँ पदयात्रा मार्ग सार्वजनिक गरेको थियो । यसैगरि पर्यटन मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीले सो मार्केटिङ स्ट्रजिटी सार्वजनिक गरेका हुन । सो कार्यक्रम पर्यटन मन्त्रालयका सह सचिव बालकृष्ण घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो ।


No comments:

Post a Comment