Sunday, September 25, 2011

बुद्ध एयरको विमान दुर्घट्ना, चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु , शवहरु नेपाली सेनाको हेलिकप्टरले त्रिभूवन विमानस्थल ल्यायो




काठमाडौँ, ८ असोज  - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
१८ जनाको शव घट्नास्थलमा भेटिएको उद्दारमा खटिएकाले जनाकएको छ भने घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पठाएका एक जनाको समेत बाटोमै मृत्यु भएपछि विमानमा रहेका सबैको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएक थियो ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।


मृत्युहुनेहरुको नामावली:

चालक दलका सदस्यहरु:

जीवी तम्राकार– क्याप्टेन

पी अधिकारी– सहचालक

अस्मिता श्रेष्ठ– बिमान परिचारिका

यात्रुहरु:

निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म


दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।
दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा १० यात्रु भारतको तमिलनाडु निवासी र ३ युरोपेली देशका थिए। ३ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए। 
ललितपुरका एसपी भोगबहादुर थापाका अनुसार दुर्घटनास्थलमा १८ जनाको शव बरामद गरिएको छ। सेनाको हेलिकप्टरबाट सबै शव विमानस्थलमा पुर्‍याइसकिएको छ।
जहाजमा रहेका अन्य दुई नेपाली यात्रुमा  शारदा कर्मचार्य र जगजन कर्माचार्य रहेको बुद्ध एअरले जनाएको छ। त्यसैगरी भारतीय यात्रुहरुमा पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज,  डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा  तालोसुब्रिसम र  पी तालोसुब्रिसम थरका यात्रु छन्।  विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्। उनीहरुको राष्ट्रियता खुल्न बाँकी छ।[दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर ]
दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन जनबुद्ध ताम्राकार। ३० वर्षका ताम्राकार भैरहवा निवासी हुन्।फाइल तस्बिर
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।
जहाज लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो।
१४ वर्षको उड्डयन इतिहास भएको बुद्ध एअरको जहाज दुर्घटना भएको यो पहिलो घटना हो।




छानबिन समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणमा पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। 
 

No comments:

Post a Comment