Tuesday, September 27, 2011

सन १९५५ देखि हाल सम्म साना ठुला गरि करिब ८ दर्जन विमान दुर्घटना


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ८ असोज
नेपाली भूमिमा पहिलो पटक सन् १९४९ विमान अवतरण गरेको थियो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौचरणको घाँसे मैदानमा अवतरण गरेको विमानमा नेपालका लागि तत्काली भारतीय राजदूत आएका थिए । त्यसपछि सन् १९५० मा हिमालय एभिएसन नामक भारतीय वायु सेवाले गौचरण हालको अन्तर्राष्ट्रिय विमानस्थल बाट कलकत्तामा चार्टर उडान शूरुवात गरेको थियो । नेपालले त्यसपछि बिमान ल्याएर काठमाडौंंबाट भारतका दिल्लीवनारस पटना लगायतका सहरमा उडान सुरु गरेको थियो । सन् १९५० को दशकमा नै देशभित्र पोखरा भैरहवा सिमरा विराटनगर लगायतका क्षेत्रमा उडान सू रु भएको थियो । संन् १९५८ मा शाही नेपाल वायु सेवा निगमको स्थापना भएको थियो । यसै बेला देखि नेपालमा बायुसेवाको व्यवसायिक उडानको विकास आरम्भ भएको थियो । नेपाली आकाशमा उडान गर्न आउने विदेशी जहाज कम्पनीको सङ्ख्या क्रमस थपिदै गए भने देशभित्र सुगम र दुर्गम दुवैतिर विमानस्थलको विस्तार तीब्र गतिमा हुदै गयो । तर विमान र विमानस्थलको संख्या थपिदै जादा नेपाली हवाइ यात्राको सुखद आरम्भले लामो समय पार गर्न भने पाएन । सन् १९५५ मार्च ८ मा कािलंगा एयर सिमरामा दुर्घटनामा पर् यो । दुर्घटनामा दुइजनाले ज्यान गुमाएका थिए यो नै नेपाली आकाशमा भएको पहिलो हवाइ दुर्घटना थियो । त्यस्तै दोस्रो बिमान सन् १९५६ मा इन्डियन एयरलाइन्सको बिमान दुर्घटना भएको थियो । सो बिमान काठमाडौंमा दुर्घटनामा हुदां १४ जनाले ज्यान गुमाएका थिए । सन् १९६० नोभेम्वर ५ तारिखमा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटनामा पर्दा चार जनाले ज्यान गुमाएका थिए । १५ अक्टोबर १९७३ मा नेपाल बायु सेवा निगमको क्यानडामा निर्मित डि एच सी-६ ट्वीनअटर ३००नाइन एन- एबीजी बिमान लुक्ला विमानस्थलनमा दुर्घटना ग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए ।
नेपाल एयर लाइन्सकै विमान दुर्घटना सन् १९९१ जुन ९ मा भएको थियो । क्यानडामा नै निर्माण भएको डिएच सी-६ ट्वीनअटर ३००९एन-एबिए बिमान काठमाण्डौंबाट लुक्लामा खराब मौसमका कारण अवतरणमा समस्या आएपछि दुर्घटना ग्रस्त भएको थियो । उक्त विमान दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रीको मृत्यु भएको थियो ।
३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको अन्तर्राष्ट्रिय बिमान दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाको नै मृत्यु भएको थियो । थाइ एयरको एयर बस काठमाण्डौमा अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसैगरी २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना हुँदा १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यसैगरी १७ जनवरी १९९५ नेपाल एयरलाइन्सको डिएचसी-६ ट्वीन अटर ३००नाइन एन-एविआइ आर ए १३३ विमान दुर्घटना भएको हो । काठमाण्डौबाट रुम्झाटार जाने क्रममा धावनमार्गमै खरावी भएपछि बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका ३ सदस्य र २१ यात्रु मध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।
। यसैगरी ५ सेप्टेम्बर १९९९ मा नेकोन एयरको १२८ बिमान पोखराबाट काठमाण्डौ आउने क्रममा दुर्घटनाग्रस्त भएको थियो । विएइ ७४८-५०१ सुपर टुबी नाइन एन-एइजी बिमान काठमाण्डौबाट २५ किलोमिटर पश्चिम नेपाल टेलिकमको टावरमा ठोक्किएर दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाका क्रममा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको मृत्यु भएको थियो ।
इसैगरि २५ मे २००४ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा यति एयरलाइन्सको डिएचसी-६ ट्वीनअटर ३०० नाइन एन-एएफडी दुर्घटनाग्रस्त भएको थियो । लुक्ला बिमानस्थलमा पुग्ने क्रममा खराब मौसमका कारण लाम्जुरा पहाडमा बिमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । बिमानमा कोही पनि यात्रु थिएनन् ।
त्यस्तै अक्टोबर १ २००४ मा सिता एयरको डोर्नियर २२८ विमान लुक्ला बिमानस्थलमा अवतरणका कारण दुर्घटना भएको थियो । बिमानको अघिल्लो गियर फसेका कारण दुइ दिनसम्म धावन मार्ग नै अबरुद्ध भएको थियो ।
३० जुन २००५ मा गोरखा एयरलाइन्सको डोर्नियर डु २२८ बिमान लुक्ला बिमानस्थलमा अबतरणका क्रममा दुर्घटना भएको थियो । लुक्ला बिमान स्थलमा धस्सिएर बिमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा चालक दलका तीन र त्यसमा सवार अन्य नौ यात्रु सामान्य घाइते भएका थिए । तर बिमान भने त्यसपछिका दिनमा चल्न नसक्ने अवस्थामा पुगेको थियो ।
त्यसैगरी ८ अक्टोबर २००८ मा यति एयरलाइन्सको १०३ ट्वीनअटर बिमान अवतरणका क्रममा दुर्घटना भएको थियो । अबतरणका क्रममा एकाएक बिमानमा आगलागी भएपछि त्यसमा सवार १८ जनाको मृत्यु भएको थियो । आगलागी भएको बिमान पाइलटलाई मात्रै सकुसल उद्धार गरिएको थियो ।
११। त्यसैगरी २४ डिसेम्बर २००८ मा नेपाल एयरलाइन्सको डिएचसिजी ट्वीनअटर ३००नाइन एन एविएम उडान भर्ने क्रममा दर्घटना भएको थियो ।
यसपछि नेपाली आकाशमा जहाजको संख्या थपिने र दुर्घटना हुदै जाने क्रम बढेर गएको छ । अहिलेसम्म नेपालमा पाच दर्जन जहाज दुर्घटनामा परीसकेका छन् । पाँच सयभन्दा बढी मानिसको ज्यान गएको छ । मानवीय क्षतिको विवरण र तथ्याङक भए पनि दुर्घटनाबाट कति आर्थिक नोक्सानी भयो भन्ने चाहि विवरण एकिन छैन । नेपालले ९०को दशकमा उदार आकाश नीति लिएका कारण नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाए । उडान गर्ने जहाजको संख्या पनि ह्वात्तै बढ्यो । जहाजको संख्या थपिने क्रमसंगै दुर्घटना पनि बढेको देखिन्छ । तर जहाजको बनौट उच्च प्राविधक जोखिम र खतरा मुक्त मानिएकाले जहाजको संख्या थपिदैमा दुर्घटना बढ्छन् भन्ने आधारमा लिइनु हुन्न भन्ने आइकाओको मान्यता छ ।
२०६७ साल ८ साउनमा अग्नी एयरको डोनियर जहाज काठमाडौबाट लुक्कला तर्फ जानेक्रममा मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दल सहित १४ जनाको ज्यान गएको थियो ।
२०६७ साल २१ कात्तिकमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परि चालक सविन बस्नेत र प्राविधीक पूर्ण अवालेको निधन भएको थियो ।
भाइटिकाको दिन बिहानै सोलुखुम्बुको आमदब्लाम हिमाल आरोहणका क्रममा बिरामी भएका जापानी आरोही काजुया हिराइदाको उद्धार गर्न जाँदा बिहान पौने ९ बजे सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । फिस्टेल एयरको ९एन एआइएक्स एस ३५० हेलिकप्टर दुर्घटनामा यात्रु परेका थिएनन ।
२०६७ साल ३१ मंसिरमा तारा एयरको डोनियर जहाज लुक्ला तर्फ जानेक्रममा संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो । सो जहाजमा १४ जना विदेशीको ज्यान गएको थियो । नेपाली आकासमा सन १९५५ देखि अहिलेसम्म साना ठुला गरि ८ दर्जन विमान दुर्घटनामा परेका छन ।

No comments:

Post a Comment