Tuesday, September 27, 2011

पर्यटकको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरै


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ९ असोज
भारतको तमिलनाडुबाट नेपालको पर्यटकीय भ्रमणमा आइपुगेका ८ जना भारतीय नागरिकको पशुपतिनाथ र स्वयम्भु घुम्ने कार्यक्रम अधुरो भएको छ ।
तीन सदस्य चालकदल सहित १९ जनाको ज्यान जानेगरि आइतबार विहान ललितपुरको कोतडाँडामा दुर्घटनाग्रस्त भएको बुद्ध एयरलाइन्सको बीचक्राफ्ट जहाजमा परि उनीहरुको पशुपतिनाथ र स्वयम्भु घुम्ने सपना अधुरो भएको हो ।
विश्व सम्पदा सुचिमा सूचिकृत पशुपतिनाथ र स्वयम्भु लगायतका धार्मिक पर्यटकीय गन्तब्यस्थलको भ्रमण गर्ने तिब्र आकाँक्षाकासाथ उनीहरु शनिबार साँझ सोल्टीमोड स्थित ग्राण्ड होटलमा पुगेर बास बसेका थिए । राती होटलमा खाना खानेबेला पशुपतिनाथ र स्वयम्भुको जानकारी लिएका ती भारतीय पर्यटक आइतबार विहानै निस्केको होटल व्यवस्थापनले जनाएको छ ।
ग्राण्ड होटलका बजार प्रवन्धक फुर्वा शेर्पाले विहानै होटलबाट निस्केका भारतीय ८ जनाको समुह कहिल्यै नर्फने गरि गएको बताए । उनले शनिबार स्पाइस जेट एयरको उडानबाट दिल्ली हुँदै काठमाडौ आइपुगेका उनीहरुले शनिबार साँझ ५ बजे होटलमा ुचेक इनु गरेको बताए । शेर्पाका अनुसार उनीहरुले शनिबार देखि मंगलबार सम्मका लागि ४ ओटा कोठा बुक गरेका थिए ।
आइतबार विहान पौने ६ बजे चिया खाएर उनीहरु त्रिभुवन विमानस्थलका लागि गएका थिए । विमानस्थलबाट फर्केर ब्रेकफास्ट खाएपछि पशुपति र स्वयम्भु घुम्ने कार्यक्रम उनीहरुले तय गरेको जानकारी गराउँदै उनले बुद्धको जहाज दुर्घटनाबाट ती पर्यटकको पशुपति र स्वयम्भु घुम्ने सपना अपुरो बनाइदिएको बताए । उनीहरु होटलबाट बाहिरिएको डेढ घण्टापछि विभिन्न साचार माध्यामले माउन्टेन फ्लाइटमा गएको बुद्धको विमान दुर्घटनामा परि मृर्तकको नाम सार्वजनिक गरेपछि मात्र उनीहरु परेको थाहा पाएको बताउँदै शेर्पाले राजधानीसँग भने ु होटल प्रवेश गर्नु अघि नै उनीहरुले पशुपति जानुभन्दा पहिले विश्वको सर्बोच्च शिखर सगरमाथा लागायतका दर्जनौ हिमालको दृस्यावलोकन गर्ने कार्यक्रम तय गरिरहेका रहेछन।ु होटल व्यवस्थापनका अनुसार एस नागराज टि नागराज एल नागराज एचडी नागराज डी तालो सुवरसम डिपी सुवरसम तालो सुवरसम नागराज र पी तालो सुवरसमको पशुपति घुम्ने सपना अधुरै रहेको हो । होटलका बजार प्रवन्धक शेर्पाले उनीहरुको विमान दुर्घटनामा ज्यान गएको खवर पाएपछि भारतीय राजदुतावासको कर्मचारी बोलाएर कालिमाटी प्रहरी प्रभागको प्रहरी बोलाएर कोठामा भएका सामानको मुचुल्का उठाएर सबै सामान परिवारलाई जिम्मा लगाएको बताए । गत १९ अगष्टमा उनीहरुले तामिलनाडुबाटै होटल बुक गरि पैसा बुझाएकाले आफ्नो व्यवसायमा कुनै आर्थिक नोक्सानी नभएको उनको भनाइ छ ।
सोही दुर्घटनामा ज्यान गुमाएका अर्का भारतीय दम्पती पंकज मेहत्ता र छाँया मेहताको नेपालको सन्देश अन्यन्त्र पुर् याउने सपना पनि अधुरो भएको छ । पंकज युनिसेफ नेपालमा स्वस्थ्य विभागका प्रमुख थिए । उनको भर्खरै फिलिपिन्समा सरुवा भएको थियो । आगामी ३० सेप्टेम्वरमा उनी फिलिपिन्स जाने तयारीमा थिए । युनिसेफ कार्यालयले उनलाई शनिबार मात्र विदाइ पार्टी दिएको थियो । सोही बेला उनले आफुले नेपाल छोड्नुपूर्व श्रीमतीलाई हिमाली दृस्यको भ्रमण गराएर लैजाने सपना बुनेका थिए । उनकी श्रीमती छाँयाँ शर्मा किष्ट अस्पतालमा कार्यरत थिइन । उनीहरुका एक छोरा धरानमा पड्दै छन । भारत बैंगलोर स्थायी घर भएका उनीहरु फिलिपिन्स जानुअघि बुद्धको जहाजबाट माउन्टेन फ्लाइटमा गएका थिए ।

No comments:

Post a Comment