Sunday, January 6, 2013

बस्नेतलाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौ,२२ पुस  - बैकिक ठगीको आरोपमा पक्राउ परेका सुधीर बस्नेतलाई जिल्ला अदालत काठमाडौंले आइतबार ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । अग्नी एयरका मुख्य लगानी कर्ता बस्नेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
एयरलाइन्समा लगानी गरेका बैंकको ऋण तिर्न नसकेपछि ग्रान्ड, सनराइज र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीले ७ दिने लिलामीको सूचना निकालेका छन् । 'ऋण तिरे लिलामी प्रक्रिया रोक्छौं भनेका छौं', ग्रान्ड बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, 'उनी कम्पनीमै नरहेकाले पक्राउ पर्नु र लिलामीको प्रक्रियामा कुनै सरोकार छैन', अग्नि एयरले साँवाको किस्ता र ब्याज गरी पुससम्म करिब १० करोड रुपैयाँ बुझाउन बाँकी रहेको उनले बताए । अग्निले सुरुमा लिएको ऋण भने ५८ करोड रुपैयाँ हो ।
सञ्चालनमा रहँदा तेस्रो ठूलो र नाफामा गएको कम्पनी भएकाले बस्नेत अग्निलाई ८५ करोड रुपैयाँभन्दा कममा बिक्री गर्न मानिरहेका थिएनन् । बैंकले लिलामीमा लगेपछि भने बिक्री मूल्यमा उनको कुनै अडानले काम गर्दैन । अग्नि एयरसँग ५ वटा विमान छन् । जसमा ३ वटा जेटस्टि्रम ४१ र २ डोर्नियर छन् । तीमध्ये एउटा डोर्नियरकै मूल्य २० करोड रुपैयाँको हाराहारी हुन्छ ।

Wednesday, January 2, 2013

एक वर्षमा ६ लाख हवाई पर्यटक
अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १७ पुस
गत वर्ष कुल ५ लाख ९८ हजार २ सय चारजना विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।
भर्खरै बिदा भएको अंग्रेजी वर्ष सन् २०१२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिम त्यति विदेशी हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या सन् २०११ को सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । सन् २०११ मा ५ लाख ४४ हजार ९ सय ८५ विदेशी हवाईमार्गबाट नेपाल आएका थिए । सो वर्षलाई सरकारले पर्यटन वर्ष घोषणा गरी विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । पर्यटन वर्षमा १० लाख पर्यटक नेपाल भिœयाउने महŒवकांक्षी लक्ष्य सरकारले लिएको थियो ।
यी दुवै तथ्यांकम स्थलमार्गबाट नेपाल आएका पर्यटकको संख्या समवेश छैन ।
सन् २०१२ मा अघिल्लो वर्षको जस्तो तामझाम र प्रवद्र्धनात्मक गतिविधि नगरिए पनि हवाईमार्गबाट आउने पर्यटक संख्या बढेको वस्तुस्थितिले पर्यटन वर्ष बढीभन्दा बढी विदेशीलाई नेपाल ल्याउने भन्दा पर्यटनसम्बद्ध अधिकारीलाई विदेश घुम्ने अवसरमा सीमित हुन पुगेको पुष्टि गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर बोर्डले वर्षभरिमा नेपाल आएका पर्यटक संख्या सार्वजनिक गरेको हो ।
उसले लुम्बिनी भ्रमण वर्ष–२०१२ को प्रभावका कारण धार्मिक आस्था राखेर आइपुगेका बौद्धमार्गीको बढ्दो चापले हवाई पर्यटकको संख्या बढेको जनाएको छ । बोर्डका अनुसार डिसेम्बर महिनामा मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ हजार ७ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् ।  सो संख्या गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ४ प्रतिशतले बढी हो ।
हवाई मार्गबाहेक मुलुकका विभिन्न स्थल नाका हुँदै आउनेको संख्या उत्साहजनक रूपमा बढेको बताइन्छ ।
बोर्डका अनुसार सार्क मुलुक भारत बंगालादेश, पाकिस्तान, श्रीलंकालगायतका मुलुकहरू एवं अन्य एसियाली मुलुकबाट आउने हवाई पर्यटकको संख्या निकै उत्साहजन रूपले बढेको छ । सन् २०१२ को बितेका १२ महिनामा सार्क मुलुकबाट आउने पर्यटकको संख्या १५ दशमलव १ प्रतिशतले बढेको छ । डिसेम्बरमा मात्र १० दशमलव ३ प्रतिशतले बढेको छ । डिसेम्बरमा एसियाली मुलुक मलेसिया, जापान, थाइल्यान्ड, सिंगापुरबाट आउनेको संख्या राम्रो भए पनि छिमेकी मुलुक चीन र दक्षिण करोरियाबाट भित्रिने पर्यटकको संख्यामा भने केही गिरावट आएको छ ।  
यसैगरी, युरोपियन मुलुक अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, नर्बे, पोल्यान्ड, स्विट्जरल्यान्ड, स्विडेन, बेलायत, फ्रान्स, जर्मनी र इटलीबाट आउनेको संख्या बढेको छ ।  यसपालि बेल्जियम, स्पेन र रसियाबाट आउनेको संख्या भने क्रमशः घटेको देखिन्छ ।
अमेरिका, क्यानडा र न्युजिल्यान्डबाट आउनेको संख्या निकै उत्साहजनक रूपमा बढेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सन् २०१२ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट  डिसेम्बर महिनामा ६ लाख ८८ हजार ५ सय ६६ जना पर्यटक बाहिरिएका छन् भने ७ लाख ३६ हजार ६ सय ७९ जना नेपाली विभिन्न मुलुकबाट आइपुगेका छन् । यसैगरी, विभिन्न कामका लागि ८ लाख ६२ हजार ४ सय १६ जना नेपाली विमानस्थलबाट बाहिरिएका छन् । डिसेम्बर महिनामा मात्र ५४ हजार ८ सय ८५ जना पर्यटक विमानस्थलबाट बाहिरिएका छन् । संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन ( यूएनडब्लूटीओ) ले पनि नेपाललगायत संसारका विभिन्न भागमा पर्यटकीय भ्रमणका गतिविधि उत्साहजनक रूपमा बढेको बताएको छ ।
 बढ्दो पर्यटक आगमनले मंगलबारदेखि प्रारम्भ भएको सन् २०१३ मा लगानी बढाउन  व्यवसायी उत्साहित भएका छन् ।  तर, स्वदेशी बाहिरिने क्रमले भने अझै व्यवसायीलाई निराशा बनाइदिएको छ । व्यवसायीले पर्यटक आगमनको संख्या बढाउनेभन्दा पनि उच्च गुणस्तरीय एवं बढी पैसा खर्च गर्नेखालका पर्यटक बढाउन सकिएमा मात्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । उनीहरूले अहिलेसम्म भित्रिएका पर्यटकलाई दिनुपर्ने न्यूनतम् आवश्यक्ता समेत पूरा गर्न सरकार असक्षम भएको दाबी गरेका छन् । अझै बास बस्ने राम्रो होटल, हवाई सिट संख्या, यातायात सुविधालगायत विविध अभाव रहेको अधिकांश व्यवसायीको कथन छ । 

Tuesday, January 1, 2013

जर्बरजस्ती चन्दा माग्नेलाई व्यवसायीले लखेट्ने
मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १४ पुस
व्यवसायीले अबदेखि विभिन्न बहानामा चन्दा माग्न आउने जो कसैलाई भ्याकुर लखेटे झैं लखेट्ने भएका छन् । निजी क्षेत्रका व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले जर्बरजस्ती चन्दा माग्ने प्रवृत्तिबिरुद्ध उत्रन निर्देशन दिएपछि व्यवसायीले पनि चन्दा माग्न आउनेलाई भ्याकुर लखेटे झैं लखेट्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले अहिले जर्बरजस्ती चन्दा असुल्ने क्रम बढेकाले व्यवसायीलाई चन्दा आतंकविरुद्ध उत्रन महासंघले निर्देशन दिएको बताए ।
उनले हाल सबै राजनीतिक दल र उनीहरु सम्बद्ध भातृसंगठनले धमाधम जिल्ला अधिवेशन गरिरहेकाले जबरजस्ती व्यवसायीसँग चन्दा माग्ने क्रम बढेकाले प्रतिकार गर्न निर्देशन गरेको जानकारी दिए । प्रतिकार गर्ने क्रममा कसैले जबरजस्ती गर्न खोजे तुरुन्तै महासंघमा जानकारी दिन आग्रह गरेको बताउँदै उपाध्यक्ष राजकर्णिकारले भने, ‘अब चन्दा माग्नेलाई व्यवसायीले भ्याकुर लखेटे झैं खेद्ने छन् ।’
उनले ठूला व्यवसायी मात्र नभएर सानो पसल राख्ने व्यवसायीलाई पनि चन्दा
माग्न आउनेको पहिचान गरी तत्काल प्रतिकार गर्न आग्रह गरिएको बताए ।
उनले अहिले विभिन्न बहानामा हुने चन्दा आतंकबाट आजित व्यवसायी धमाधम राजनीतिक दल र तिनका भातृ संगठनको अधिवेशनका लागि भनेर उठाइँदै आएको रकम दिन बाध्य भएको बताए ।
सामान्य ढंगले थोरै रकम माग्नेलाई दिएको रकमका बारेमा अहिलेसम्म कतैबाट  आवाज नउठिरहेको र दिएको रकमबारे व्यवसायीले पनि कुनै लेखाजोखा राख्ने नगरेकाले व्यवसायी गम्भिर मारमा परेको बताउँदै उनले अहिले विभिन्न राजनीतिक दल र उनीहरुका भातृसंगठनको नाममा उठाइएको रकमको पूरै हिसाव बाहिर ल्याउने प्रयास गर्न महासंघले व्यवसायीलाई आग्रह गरेको जानकारी दिए ।
अहिलेसम्म चन्दा आतंकको मारमा साना भन्दा ठूला व्यवसायी नै बढी परेको बताउँदै राजकर्णिकारले भने, ‘जबरजस्ती चन्दा उठाउने क्रमले व्यवसायी गम्भीर मारमा छन् ।’ कतिपय व्यवसायीले ज्यानै जानसक्ने डरले लुकाएर चन्दा दिएको हुनसक्ने भन्दै उनले अब चन्दा आतंकबिरुद्ध व्यवसायीलाई एकजुट हुन आग्रह गरिएको बताए ।
यसअघि पनि धेरैपटक महासंघ र नेपाल चेम्बर अफ कमर्सले चन्दा आतंक बिरुद्ध व्यवसायीलाई एकजुट हुन आग्रह गरेको जानकारी दिँदै उनले अब व्यवसायी कडा प्रतिकारमा उत्र्रने बताए । उनले महासंघले दसैं तिहार लगायतका चार्ड पर्वका बेला व्यवसायी बढी चन्दा आतंकको मारमा पर्नसक्छन भनेर धेरैपटक कडा प्रतिकारमा उत्र्रन व्यवसायीलाई संगठीत गराउने प्रयास गरिपनि अहिलेसम्म लक्ष्य अनुरुप प्रभाव नपरेको बताए । अब जर्बरजस्ती गर्ने जो कोहिलाई ठाउँको ठाउँ व्यवसायीले पाताकसेर राख्ने वातावरण बनाउने प्रयास भईरहेको जानकारी दिँदै राजकर्णिकारले भने, ‘ यदि कुनै राजनीतिक दलले धम्कि दिएर व्यवसायीलाई दुःख दिन्छन भने महासंघले त्यसको कडा प्रतिकार गर्ने छ ’ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले पनि अहिले जर्बरजस्ती चन्दा असुल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा व्यवसायी एकजुट भईसकेको बताए ।
उनले चन्दा माग्न आउनेले धम्काउँदैमा अब व्यवसायी चुप लागेर नबस्ने अवस्थामा पुगेको बताए ।

Sunday, December 23, 2012

पर्यटन बोर्ड नेतृत्वबिहिन भएकाले व्यवसायी मारमा
काठमाडौं÷रास– नेपाल एसोसियसन अफ टुर अपरेटर्स ( नाटो) का अध्यक्ष अशोक पोखरेलले विगत १६ महिनादेखि खाली रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोट प्रक्रिया अझै अन्योलग्रस्त रहेकाले पर्यटन व्यवसायी मारमा परेको बताएका छन् । 
शनिबार नगरकोटमा आयोजित पिकनिकमा पोखरेलले बोर्डमा नेतृत्व नहुँदा पर्यटन व्यवसायीले लक्ष्य अनुरुप काम गर्न नपाएको बताए ।
व्यवसायीबीचको आत्मियता बढाई सरकारी र अन्य सरोकारवालासँगको आपसी सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले नाटोले हरेक वर्ष अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा सदस्य व्यवसायीलाई एकै ठाउँमा भेला गराएर पिकनिक कार्यक्रम गर्दै आएको जानकारी दिँदै उनले सन् २०१० देखि सुरु भएको यस मनोरञ्जनात्मक कार्यक्रममा पर्यटनसँग सम्बन्धित सबै व्यवसायी र सरोकारवालाको बाक्लो उपस्थिती भएको बताए ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य समेत रहेका पोखरेलले लामो समयदेखि पर्यटन बोर्डको सिइओ छनोट नभएकाले अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धन  कार्यक्रम प्रभावित भएको बताए । बोर्डले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमार्फत गरेको विज्ञापनको बिल भुक्तानी समेत गर्न नपाएको बताए ।
उनले अहिलेसम्म सरकारले नेपाल भित्रिने पर्यटकको कुल बसाई अवधी १२ दशमलब ७  दिनबाट थप लम्बाउने खालका कुनै गतिविधी गर्न नसकेकाले व्यवसायी मारमा परेको बताए । उनले लामो समयदेखि जारी राजनीतिक अस्थितरता एवं संक्रमणकालिन अवस्थाले पर्यटन क्षेत्र धेरै प्रभावित भएको बताए । 
पर्यटन प्रवद्र्धनकालागि अहिलेसम्म भएका  सरकारी नीति नै स्पष्ट्र नभएकाले व्यवसायी थप अन्योलमा परेको बताए । कार्यक्रममा सहभागी व्यवसायीहरु जोय देवान, सुमन पाण्डे, विक्रम पाण्डे, अच्चुत गुरागाइँ, अमरबहादुर साही लगायतले नयाँ पर्यटन बहान आयात गर्दा लाग्ने भन्सार मुल्याङकन शुल्क छुट नभएकाले महँगो गाडी ल्याएर व्यवसाय गर्दा निकै मर्का परेको बताएका थिए ।
सो कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य, नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक राजुबहादुर केसी लगायत करिब डेढसय जना सहभागी थिए ।    
कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाइने
राजधानी समाचारदाता
काठमाडौ, ६ पुस
नेपाल घरेलु तथा साना उद्योग महासंघलाई दिगो निर्माण अभ्यास परियोजनाबाट ५ ओटा कम्प्यूटर, प्रिन्टर र एक थान ल्यापटप हस्तान्तरण गरेको छ । 
महासंघका अध्यक्ष सुरेश प्रधानलाई परियोजना प्रवन्धक श्यामप्रसाद गिरीले करिब साढे तीनलाख रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर र ल्यापटप हस्तान्तरण  गरेका हुन ।  घरेलु तथा साना उद्योग महासंघ स्थानिय साझेदार रहेको जर्मनीको डिएमएएन र स्वीजरल्याणको एसकेएटी फाउन्डेसनको संयुक्त साझेदारीमा सञ्चालीत यस परियोजनाले सो कम्प्युटर उपकरणहरु विभिन्न ५ जिल्लामा रहने जिल्ला अधिकृतहरुको कामलाई सहज बनाउन उपलब्ध गराएको हो ।
यस परियोजा स्विच एसिया कार्यक्रम ‘दिगो उत्पादन तथा उपभोग’ अन्र्तगत  युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित छ ।
परियोजना प्रबन्धक गिरीले ४० महिनाको अवधी रहेको परियोजनाले नेपालका निर्माण क्षेत्रमा भईरहेको कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाउने कार्यलाई परिमार्जन गरि वातावरण अनुकलको बनाउने कार्यमा सहयोग गर्दै आएको बताए ।
उनले गत अप्रिलदेखि घरेलु महासंघसँगको सहकार्यमा काम थालेको परियोजनाले ४० करोड लगानीमा कार्बन उत्सर्जन न्युनिकरण काममा सहयोग पु¥याउँदै आएको जानकारी गराए । उनले सो परियोजनाको ४० महिने अवधीमा करिब १० हजार जनालाई न्युनतम वर्षको १० महिना काममा बेस्त रहने प्रवन्ध मिलाउने लक्ष्यकासाथ आफुले काम गरेको दावी गरे । 
परियोजना प्रवन्धक गिरीले अहिले मकवानपुर, नवलपरासी, तनहुँ, कपिलबस्तु र काठमाडौमा परियोजनाले घरेलु महासंघसँगको सहकार्यमा काम गरिरहेको बताए । उनले इट्टा बनाउने कार्य र सिमेन्टको वातावरण अनुकुल कंक्रिटबाट किफाएति भवन बनाउने कार्यमा सहयोग गर्दै आएको जानकारी दिए ।  
महासंघका अध्यक्ष सुरेश प्रधानले उपकरण उपलव्ध गराएकाले न्युन लगानीमा सञ्चालित उद्योगहरुको प्रवद्र्धनमा निकै राहत मिल्ले अपेक्षा गरिएको बताए । 
महासंघका महासचिव बिष्णु वहादुर लुइटेलले महासंघले पयिोजनासँग गर्दै आएको विविध कार्यको जानकारी दिँदै  सहयोग स्वरुप  उपलब्ध सूचना प्रविधीजन्य उपकरण प्राप्त भएपछिको फाईदाका बारेमा जानकारी दिएका थिए ।

संक्रमणकालीन अवस्थाको निकासका लागि सहमति आवश्यक छ 
राजेन्द्र शेरचन
अध्यक्ष, खिचापोखरी व्यापार संघ
एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य

२०१६ सालमा बागलुङ जिल्लाको बागलुङ बजारमा जन्मिएका व्यवसायी
राजेन्द्र शेरचन खिचापोखरी व्यापार संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् ।
राजधानीको सुन्धारास्थित धरहरा नजिकैको खिचापोखरी प्रवेश मार्गमा शेरचन इम्पोरियम नामक तयारी पोसाक बिक्री केन्द्र स्थापना गरी विगत ३२ वर्षदेखि व्यापारिक क्षेत्रमा सक्रिय शेरचन एक सफल उद्यमीका रूपमा परिचित छन् । शेरचन इम्पोरियमका प्रबन्ध सञ्चालक राजेन्द्र लामो समयसम्मको व्यापारिक अनुभव र व्यवसायीबीचको एकता एवं समाजसेवी भावनाकै कारण राजधानीको व्यापारिक मुटु खिचापोखरी व्यापार संघका अध्यक्ष भएका हुन् । अहिलेसम्म उनी यस संघमा लगातार तीन पटक अध्यक्ष पदमा निर्वाचित भई कुशलतापूर्वक काम गरिरहेका छन् । उनी संघको संस्थापक अध्यक्ष हुन् ।
बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचनको कोखबाट जन्मिएका राजेन्द्रले आफ्ना बुबाले बागलुङबाटै सञ्चालन गरेको थकालीको पुख्यौली पेसा तयारी पोसाक बिक्री गर्ने कार्यबाटै व्यापारिक क्षेत्रमा प्रवेश गरेका हुन् । जन्मथलो बागलुङबाट पोखरा हुँदै काठमाडौं आएर विगत तीन दशकभन्दा बढी समयदेखि खिचापोखरीमा व्यापार जमाएर बसेका शेरचनले  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन । व्यापारिक क्षेत्रको सफलतासँगै विशेषगरी सामाजिक कार्य गर्न रुचाउने शेरचनले हाल काठमाडांै महानगरपालिका–२२ को टोल सुधार समितिको सदस्यको जिम्मेवारी पनि सम्हालेका छन् । राजधानीको व्यापारिक केन्द्र खिचापोखरी र न्युरोड क्षेत्रमा छरिएर रहेका सबै व्यवसायीलाई एकजुट गराई संघको माध्यामबाट व्यवस्थित रूपमा राजस्व संकलन गर्ने काममा सरकारलाई सघाइरहेको उनी बताउँछन् । उनी कार्यरत संघको कार्यक्षेत्र ६ ओटा समूहमा विभाजन गरिएको छ । जसमा न्युरोड, खिचापोखरी, सुन्धारा, पाको न्युरोड, धर्मपथ, रणमुक्तेश्वर रहेका छन् । उनले हाल यस संघमा करिब ६ सय व्यापारिक संस्थाका प्रतिनिधि सदस्य रहेको जानकारी दिए । शेरचनका अनुसार यस क्षेत्रमा जुत्ताचप्पल, सुनचाँदी, औषधि, इलेक्ट्रोनिक्स, तयारी पोसाकजन्य वस्त बिक्री गर्ने, रेस्टुरेन्ट होटल एवं सेवासम्बन्धी कुनै पनि व्यापारिक संस्थाका प्रतिनिधि संघमा आबद्ध छन् । अधिकांश मासुपसल र पुराना घर भएको खिचापोखरी क्षेत्रलाई सरसफाइ गरी उत्कृष्ट व्यापारिक हबका रूपमा विस्तार गर्न आफूले २०३७ सालबाट निरन्तर प्रयास गरी अहिलेको यस अवस्थामा आइपुग्न सफल भएको बताउने शेरचनलाई यस पटक हामीले हिँड्दा हिँड्दै स्तम्भमा स्थान दिएका छांै ।

तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ ?
–म सधैं व्यापारिक क्षेत्रको हकहितमा लाग्ने सामाजसेवी मान्छे हुँ ।
जीवन के हो ?
– जीवन निरन्तर चल्ने सिकाइको यात्रा हो ।
प्रेरणाको स्रोत ?
– बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचन र अन्य व्यवसायी साथीहरू ।
तपाईं जीवनको उपलब्धि केलाई ठान्नुहुन्छ ?
–मैलै अहिलेसम्म जे प्राप्त गरें त्यसैलाई उपलब्धिका रूपमा लिएको छु । जीवनको उपलब्धि आफूले जानेका सबै कुरा व्यवहारमा उतारी अरूलाई दिन सकियो भने म त्यसैलाई ठूलो उपलब्धि मान्दछु । 
प्रेम के हो ?
–निश्वार्थ भावना नै प्रेम हो । प्रेम दुई मुटुलाई एक आपसमा बाँध्ने निश्वार्थपूर्ण भावना हो ।
तपाईंको सबैभन्दा नजिकको मान्छे ?
– बुबा–आमा र श्रीमती सविना शेरचन ।
कर्म के हो ?
– पहिचाहन नै कर्म हो ।
तपाईं कर्ममा विश्वास गर्नुहुन्छ कि भाग्यमा ?
– म कर्म र भाग्य दुवैमा वि    श्वास गर्दछु ।
तपाईंलाई मनपर्ने पार्टी र नेता ?
–अहिलेसम्म कुनै पनि छैन ।
तपाईंको जीवनको  दुःखद क्षण ?
 – जीवनमा दुःख सुख हुँदै जान्छ । म बुबा आमाको निधन हुँदा धेरै रोएको छु । 
देशको मनपर्ने स्थान ?  
– पोखरादेखि मुस्ताङका सबै क्षेत्र
मुलुकको सबैभन्दा ठूलो समस्या ?
– लामो समयदेखि जारी राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा ठूलो समस्या हो ।
सोख ?   
– भ्रमण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । 
विवाह लभ कि एरेन्ज
– एरेन्ज हो  ।
युवापुस्ताले गर्नुपर्ने मुख्य काम ?
– नयाँ विचार र सोचका साथ  अर्काको पछि नलागी आत्मनिर्भर बन्नुपर्छ ।

नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?
–इमानदार र कामप्रति लगनशील हुनुपर्छ ।
लक्ष्य ?
– मलाई अथाह सम्पत्ति कमऊँ भन्ने छैन । त्यसैले समाजसेवी बन्ने लक्ष्य छ ।
राजनीतिक संक्रमणको निकास के हो ?
–दलका नेताहरूले  व्यक्तिगत स्वार्थमा नलागी देशका लागि सोच्नुपर्छ । सहमती नै संक्रमणको निकास हो ।
 देशको वर्तमान राजनीतिक अवस्थाप्रति के भन्नुहुन्छ ?
–अहिले मुलुकको राजनीतिक अवस्था अन्योलपुर्ण छ । जसका कारण देशको औद्योगिक वातावरण बिग्रिएको छ । अहिले धमाधम युवा कामको खोजीमा बिदेसिन बाध्य छन् । 
प्रस्तुति ः मधुजंग पाण्डे÷राजधानी
राजनीतिक अन्योलताका कारण पर्यटन दूरदृष्टि अन्योलमा
लुम्बिनी भ्रमण वर्ष नारामै सीमित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ पुस
राजनीतिक संक्रमणकालीन अवस्थाले लुम्बिनी भ्रमण वर्ष–२०१२ का कार्यक्रम नारामै सीमित हुन पुगेका छन् । भ्रमण वर्ष सकिन केही दिन मात्र बाँकी रहँदासम्म भ्रमण वर्ष उद्घाटनको कार्यक्रमबाहेक अरू कुनै प्रवद्र्धनका कार्य हुन सकेका छैनन् ।
राजनीतिक अन्योलताकै कारण लगानी वर्ष–२०१२÷१३ का पूर्वलक्षित कार्यक्रममा पनि असर परेको छ ।
निर्माण कार्य थालनी भइसकेका ठूला आयोजना तथा राष्ट्रिय गौरवका कार्यक्रम लक्ष्यअनुरूप सञ्चालन भएका छैनन् ।  यति मात्र होइन, अझै यस्तो संक्रमणकालीन अवस्था लम्बिइरहे सरकारले अघि सारेको नेपाल पर्यटन दूरदृष्टि (भिजन–२०२०) अभियानका विविध कार्यक्रम कार्यान्वयनमा पनि कठिनाइ उत्पन्न हुने देखिएको छ ।
आर्थिक वर्ष सुरु भएको सात महिना बित्न लाग्दा पनि पूर्ण बजेट ल्याउन नसक्नु, हरेक ६÷६ महिनामा मन्त्री र सचिव फेरिने परिपाटी, पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्नेहरूले पनि दलीय स्वार्थका पछि लागेर नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषमा अनावश्यक राजनीतिक हस्तक्षेप गर्नेजस्ता कारणले भिजन–२०२० को पूर्वलक्षित अभियानका विविध कार्यहरू प्रवाभित बनेका सम्बन्धित सरोकारवाला नै बताउँछन् ।  
सन् २०११ को पर्यटन वर्षमा १० लाख पर्यटक भित्राउने लक्ष्य राखिए पनि जम्मा ७ लाख ३६ हजार २ सय १५ जना मात्र पर्यटक आएको भन्दै उनीहरूले सन् २०१२ को लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि केबल नारामै सीमित भएको बताए ।
लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङले लामो समयदेखि जारी राजनीतिक अन्योलता एवं संक्रमणकालीन अवस्थाका कारण लुम्बिनी भ्रमण वर्ष लक्ष्यअनुरूप सफल हुन नसकेको बताए ।
उनले लुम्बिनी भ्रमण वर्ष मनाउन सरकारले हतारमा निर्णय गरेकाले उपयुक्त पूर्वाधार र प्रचार–प्रसारको अभावका कारण लक्ष्यअनुरूप पर्यटक भित्राउने दृष्टिले असफल भएको जिकिर गरे । 
उनले लुम्बिनी धार्मिक दृष्टिकोणले बुद्ध मार्गीहरूको आस्थाको केन्द्र भएकाले पर्यटकीय सम्भावना अझै पर्याप्त भइनसकेको बताए । 
कोषका सदस्य सचिव तामाङले असहज संक्रमणकालीन राजनीतिक अवस्था रहे पनि लुम्बिनीको विकासमा सर्वदलीय राजनीतिक समूह रहेकाले केही सहज भएको बताए । अहिले लुम्बिनीमा चिनियाँ, भियतनामी, श्रीलंकन, थाइल्यान्डलगायतका बौद्ध धर्मावलम्बी पर्यटक आउनेक्रम राम्रो भए पनि अझै अपेक्षित रूपमा नआएको जानकारी दिए ।
सरकारले लुम्बिनी भ्रमण वर्षका कार्यक्रमलाई अझै एक वर्षका लागि निरन्तरता दिने योजना बनाए पनि सो योजनाले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१३ का लागि पूर्वघोषित सिस्ने, जलजला, ढोरपाटन र कर्णाली पर्यटन वर्षका कार्यक्रम प्रभावित नहुने धारणा राखे  । उनले अझै लुम्बिनी दशक घोषणा गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
सरकारले सन् २०२० सम्म  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ लाई कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई विशेष मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ लाई विराट मेची पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रुरु–रेसुङगा पोखरा, अन्नपूर्ण वर्ष, सन् २०१७ लाई सिम्रौनगढ, काठमाडौं लाङटाङ पर्यटन वर्ष, सन् २०१८ अरुण सगरमाथा पर्यटन वर्ष, सन् २०१९ मा  चिसापानी खप्तड पर्यटन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष घोषणा गरेको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पर्यटन दूरदृष्टि अभियानलाई कार्यान्वयन गर्न निजी क्षेत्रसँगको छलफलपछि ठोस रणनीति बनाउने तयारीमा सरकार रहेको बताए । उनले पर्यटन दूरदृष्टि अभियानको ढाँचामा केही परिवर्तन गर्ने योजनामा आफूहरू रहेको  बताए ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले सरकारको दूरदृष्टि अभियानलाई सफलतापूर्वक  कार्यान्वयनमा ल्याउन कुनै अप्ठ्यारो अवस्था नरहेको बताए । 
उनले अहिले पर्यटन बोर्डको बजेट पास भइसकेकाले पर्यटन प्रवद्र्धनका कार्यक्रममा कुनै समस्या नहुने दाबी गरे । अहिले बोर्डमा प्रवद्र्धनका कार्यक्रमका लागि कुनै असहज अवस्था नरहेको जानकारी दिँदै निरौलाले भने, ‘पूर्वाधार विस्तार, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हवाई सेवाको संख्या थप भएको अवस्थामा सन् २०२० सम्ममा २० लाखभन्दा बढी पर्यटक भित्राउन  खासै समस्या नपर्ला ।’ 
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत लुम्बिनी भ्रमण वर्ष पनि कार्यक्रम र योजनाविहीन भएकाले ओझेलमा परेको बताए । कार्कीले राजनीतिक फेरबदलको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि परेको बताए । निजी क्षेत्रसँगको छलफल र सहकार्य गरेर दूरदृष्टि अभियान ल्याएको भए सफल हुने धारणा राख्दै उनले यसको सफलताका लागि अब निजी क्षेत्रसँगको सहकार्य जरुरी भएको जानकारी दिए ।