Sunday, December 23, 2012

कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाइने
राजधानी समाचारदाता
काठमाडौ, ६ पुस
नेपाल घरेलु तथा साना उद्योग महासंघलाई दिगो निर्माण अभ्यास परियोजनाबाट ५ ओटा कम्प्यूटर, प्रिन्टर र एक थान ल्यापटप हस्तान्तरण गरेको छ । 
महासंघका अध्यक्ष सुरेश प्रधानलाई परियोजना प्रवन्धक श्यामप्रसाद गिरीले करिब साढे तीनलाख रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर र ल्यापटप हस्तान्तरण  गरेका हुन ।  घरेलु तथा साना उद्योग महासंघ स्थानिय साझेदार रहेको जर्मनीको डिएमएएन र स्वीजरल्याणको एसकेएटी फाउन्डेसनको संयुक्त साझेदारीमा सञ्चालीत यस परियोजनाले सो कम्प्युटर उपकरणहरु विभिन्न ५ जिल्लामा रहने जिल्ला अधिकृतहरुको कामलाई सहज बनाउन उपलब्ध गराएको हो ।
यस परियोजा स्विच एसिया कार्यक्रम ‘दिगो उत्पादन तथा उपभोग’ अन्र्तगत  युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित छ ।
परियोजना प्रबन्धक गिरीले ४० महिनाको अवधी रहेको परियोजनाले नेपालका निर्माण क्षेत्रमा भईरहेको कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाउने कार्यलाई परिमार्जन गरि वातावरण अनुकलको बनाउने कार्यमा सहयोग गर्दै आएको बताए ।
उनले गत अप्रिलदेखि घरेलु महासंघसँगको सहकार्यमा काम थालेको परियोजनाले ४० करोड लगानीमा कार्बन उत्सर्जन न्युनिकरण काममा सहयोग पु¥याउँदै आएको जानकारी गराए । उनले सो परियोजनाको ४० महिने अवधीमा करिब १० हजार जनालाई न्युनतम वर्षको १० महिना काममा बेस्त रहने प्रवन्ध मिलाउने लक्ष्यकासाथ आफुले काम गरेको दावी गरे । 
परियोजना प्रवन्धक गिरीले अहिले मकवानपुर, नवलपरासी, तनहुँ, कपिलबस्तु र काठमाडौमा परियोजनाले घरेलु महासंघसँगको सहकार्यमा काम गरिरहेको बताए । उनले इट्टा बनाउने कार्य र सिमेन्टको वातावरण अनुकुल कंक्रिटबाट किफाएति भवन बनाउने कार्यमा सहयोग गर्दै आएको जानकारी दिए ।  
महासंघका अध्यक्ष सुरेश प्रधानले उपकरण उपलव्ध गराएकाले न्युन लगानीमा सञ्चालित उद्योगहरुको प्रवद्र्धनमा निकै राहत मिल्ले अपेक्षा गरिएको बताए । 
महासंघका महासचिव बिष्णु वहादुर लुइटेलले महासंघले पयिोजनासँग गर्दै आएको विविध कार्यको जानकारी दिँदै  सहयोग स्वरुप  उपलब्ध सूचना प्रविधीजन्य उपकरण प्राप्त भएपछिको फाईदाका बारेमा जानकारी दिएका थिए ।

No comments:

Post a Comment