Friday, August 30, 2013

एफएनसीसीआई एक्सीलेन्स अवार्ड वितरण , वाईवाई र एनसेल उत्कृष्ट ब्राण्ड

काठमाडौ, ११ भदौ –नेपाल उद्योग वाणिज्य महासंघले प्रदान गरेको यस वर्षको ‘ एफएनसीसीआई एक्सीलेन्स अवार्ड ’ मा स्वेदशी राष्ट्रिय ब्रान्ड तर्फ वाईवाई र  अन्तर्राष्ट्रिय बहुराष्ट्रिय ब्राण्ड तर्फ  एनसेलले प्राप्त गर्न सफल भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मुलुकभित्र पू“जी तथा रोजागरी सृजना गरी राजस्वमा संकलन कार्यमा उल्लेखनीय योगदान दिने उत्कृष्ट उद्योग, प्रतिष्ठान र उद्यमी व्यवसायीहरुलाई सो अवार्ड प्रदान गरिएको महासंघले जनाएको छ । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा चौधरी समूहले उत्पादन गर्ने वाईवाई चाउचाउ बेष्ट ब्राण्डकालागि  छनोटमा परेको हो । फेसबुकमा ४५ हजार लाइक पाएको वाइवाई एसएमएस भोटिङमा समेत निकै अघि थियो । फेसबुक लाइकमा वाईवाईलाई जगदम्बाले पछयाएको छ भने एसएमएस भोटिङमा वाईवाईपछि सुजल फुड्सको चोकोफन थियो । फेसबुक लाइकमा जगदम्बाले ४२ हजार लाइक र चोकोपनले २६ हजार लाइक प्राप्त गरेका थिए । बहुराष्ट्रिय कम्पनीको बेष्ट ब्राण्ड अवार्ड जित्ने  एनसेल र कोकाकोलावीच कडा प्रतिस्पर्धा भएको थियो । फेसबुकमा एनसेलको बढि लाइक थियो भने एसएमएस भोटिङमा कोकाकोलालाई बढी एसएमएस प्राप्त भएको थियो । यसैगरि एफएनसिसिआई एक्सीलेन्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रभाकर शम्सेल जवरालाई प्रदान गरिएको छ । होटल सोल्टी क्राउन प्लाजाका अध्यÔ प्रभाकरको  सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायतमा लगानी छ ।  मुलुकमा उत्कृष्ट व्यवसाय गर्ने प्रभाकरले अहिले आङ्खनो केही व्यवसायिक जिम्मेवारी छोराहरुमा सुम्पीएका छन् । उनलाई राष्ट्रपति डा. रामवरण यादवले  सो अवार्ड प्रदान गरेका हुन ।
यसैगरि गैर आवासिय नेपाली संघ (एनआरएन) व्यवसायी अवार्ड डा. उपेन्द्र महत्तोले पाएका छन । उनी एनआरएनका पुर्व अध्यक्ष हुन ।  त्यसैगरि वर्षको उत्कृष्ट व्यवसायी अवार्ड भाटभटेनी समूहका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले प्राप्त गरेका छन् । भाटभटेनी स्टोरबाट यात्रा सुरु गरेका गुरुङ अहिले भाटभटेनी सुपर मार्केटको व्यापारस“गस“गै समाजसेवा पनि उत्तिकै क्रियाशिल छन् । हाल गुरुङकोे राजधानीका पा“च स्थान र पोखरामा एउटा गरि ६ ओटा सुपरस्टोर सञ्चालित छ । ‘योङ विज्नेस एचिभर्स’ अवार्डमा पुरुष तर्फ  प्रवल गुरुङ र महिला तर्फ निकिता पौडेल र मिलि श्रेष्ठ छनोटमा परेका छन । यसैगरि लार्ज स्केल विद्या तर्फ पिपुल एक्सीलेन्ट अवार्ड नविल बैंकले पाएको छ ।  स्मल स्केल विद्याको  नेस्नल एक्सीलेन्ट अर्वाड गेट पेपर इण्डस्ट्रीज प्रालिले पाएको छ । मिडियम स्कले विद्याको नेस्नल एक्सीलेन्ट अवार्ड क्यस्ट फर्मासिटीकल्सले पाएको छ । यसैगरि लार्ज स्केल विद्या तर्फको नेस्नल एक्सीलेन्ट अर्वाड युनिलिभरले पाएको छ । सर्भिस एक्सीलेन्ट अवार्ड तर्फको लार्ज स्केल विद्याको एनसेल, मिडियम विद्याको एडभान्स पोली क्नीक र स्मल स्केल विद्याको अर्वाड एफवान सफ्ट इन्टरनेस्नल प्रालिले पाएको छ ।  मनोनयनमा परेका उत्कृष्ट पा“च राष्ट्रिय नेपाली ब्राण्डहरुमा जगदम्बा स्टील, पशुपति पेन्ट्स, टोकला चिया, वाइवाइ र चोकोपन रहेका थिए । जसमध्ये वाइवाइले अर्वाड पाएको हो ।  यसैगरि मनोनयनमा परेका उत्कृष्ट पा“च बहुराष्ट्रिय नेपाली कम्पनीमा एशियन पेन्ट्स, एनसेल, स्ट्याण्डर्डचार्टर्ड, कोकाकोला एवं फेयर एन्ड लब्ली थिए। जसमा एनसेलले सबैभन्दा धेरै एसएमएस र फेसबुक लाइकको आधारमा सो अर्वाड जित्न सफल भएको हो । महासंघका अध्यक्ष सुरज वैद्यले सफल उद्योग प्रतिष्ठानहरुले अवलम्बन गरेका नीति, रणनीति तथा सफलताका उदाहरणहरु एकअर्कामा आदानप्रदान गरी सम्पूर्ण उद्योग प्रतिष्ठानलाई सÔम र विकसित गर्दै लैजानु यस अवार्ड वितरणको मुख्य उदेश्य भएको जानकारी गराए ।

वर्षको पर्यटन वर्ष पुरुष अवार्ड आङछिरिङलाई

काठमाडौ, १० भदौ–
सो अवार्ड यसअघि नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाÈ निरौला, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल र पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले प्राप्त गरेका थिए । मुलुकको सिंगो पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्य गर्दै आएका  बरिष्ठ पर्यटन व्यवसायी शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा पनि चिन्न सकिन्छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याए बापत उनलाई हालै मात्र विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यको रुपमा  मनोनयन गरेको थियो । पर्वतीय Ôेत्रमा शेर्पाले पु¥याएको योगदानको कदर गर्दै केहि साता अघि विश्व पर्वतारोहण महासंघले आङ्खनो सदस्याता प्रदान गरेको हो । त्यसैले उनाई नेपालको मात्रै नभएर विश्वकै पर्वतीय पर्यटनमा लोकप्रीय व्यत्तित्व मानिन्छ । विश्व पर्वतारोहणँ महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाली मुलुकहरुबाटै दोस्रो छन भने नेपालबाट पहिलो हुन । एसियन टे«किङ प्रा.लि. एसियन एडभेन्चर ट्राभल एण्ड टुर्स प्रा.लि.होटल माउन्टेन मानेस्ट्री, हिमालयन चाइन रिसोर्ट लगायको अध्यÔ शेर्पा  सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउ“ खुम्जुङमा जन्मेएका हुन । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम प्राप्त गरेका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमालको सफल आरोहण गराइसकेका छन ।
यस वर्षको पर्यटन वर्ष पुरुष अवार्ड पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पाएका छन । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य एवं नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पालाई गन्तव्य नेपालको नवौं वाÈिर्कोत्सवको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रामकुमार श्रेष्ठले सो अर्वाड प्रदान गरेका हुन । मुलुकको पर्यटन प्रवद्र्धनमा वर्Èभर उत्कृष्ठ काम गरे वापत शेर्पाले सो अवार्ड प्रदान गरिएको हो ।

वर्षदिनमा १ सय ३० कर्मचारीले विदा पर्यटन मनाए , घुम्नलाई मात्र २३ लाख ४० हजार रुपैयाँ खर्च

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ भदौ
सरकारी खर्चमा निजामती कर्मचारीले घुम्न पाउने विशेष व्यवस्था अनुरुप विदा पर्यटन(लिभ टुरिजम) कार्यक्रम अन्तर्गत एक वर्षमा १ सय ३० जनाले उनीहरुका परिवार सहित मुलुकका विभिन्न भागको भ्रमण गरेका छन । नयाँ गन्तब्यको प्रचार प्रसार गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने उदेस्यकासाथ सञ्चालित विदा पर्यटन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६९÷०७० मा कुल १ सय ३० जना कर्मचारीले उनीहरुका परिवार सहित देसका विभिन्न भागको भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले सोही आवभित्र सञ्चालित विविध कार्यक्रको वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैंठकमा यस्तो जानकारी गराएको हो ।
मन्त्रालयको योजना तथा मुल्याङकन महाशाखाले तयार पारेको तथ्याङक अनुसार एक वर्षको अवधीमा जम्मा १ सय ३० जना कर्मचारीलाई उनीहरुका परिवार सहित मुलुकका विभिन्न क्षेत्रमा विदा पर्यटन मनाउन पठाएको उल्लेख छ । मन्त्रालयले विदा पर्यटन अन्तर्गत आन्तरिक पर्यटकीय Ôेत्रको भ्रमणमा निस्कने सरकारी कर्मचारीलाई एक साताका लागि प्रतिव्यक्ति १८ हजार रुपैयाँ भत्तासहित सवारी सुविधा उपलब्ध गराउँदै आएको छ । सो तथ्याङ अनुसार मन्त्रालयले १ सय ३० जना कर्मचारीलाई आन्तरिक पर्यटकीय भ्रमण गराउन २३ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।  मन्त्रालयले आर्थिक वर्È २०६५÷६६ मा पहिलोपटक यस्तो विदा पर्यटनको अवधारणा कार्यान्वयनमा ल्याएको थियो । त्यसैबेलादेखि हरेक वर्ष सरकारी कर्मचारीलाई निश्चित कोटाका आधारमा मुलुकका विभिन्न गन्तब्यमा घुमाउन थालिएको हो । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र आम नेपालीबीच आन्तरिक भ्रमर्ण गर्ने संस्कारको विकासका लागि यस्तो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले विशेÈगरी मुलुकका विभिन्न भागमा सञ्चालित होमस्टे र त्यहाँका विविध गतिविधीको अध्ययन अवलोकन गरी स्थानीयवासीलाई पर्यटनको लाभ उपलब्ध गराउने उदेस्यले विदा पर्यटनको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यो कार्यक्रम अहिले निकै प्रभावकारी भएको बताए । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारले चालु आर्थिक वर्È २०७०÷७१ का लागि नाफामा रहेका सबै सार्वजनिक संस्थान एवं वित्तीय संस्थाका कर्मचारीलाई विदा पर्यटन को सुविधा दिएको छ । चालु आवका लागि विनियोजत बजेट मार्फत सरकारले नाफामा रहेका सार्वजनिक संस्थान र बैंक÷वित्तीय संस्थाका कर्मचारीलाई आफ्नै खर्चमा विदा पर्यटन को सुविधा उपलब्ध गराउने निणर्य गरेको हो ।  सरकारले नाफा रहेका १५ ओटा सार्वजनिक, संस्थान ‘क’ तथा ‘ख’ वर्गका बैङक तथा वित्तीय संस्थाका कर्मचारीलाई यस्तो सुविधा दिने छ । सो सुविधा अनुसार विदा पर्यटन अन्तर्गत आन्तरिक पर्यटकीय Ôेत्रको भ्रमणमा जाने सरकारी कर्मचारीलाई एक साताका लागि प्रतिव्यक्ति १८ हजार रुपैयाँ भत्तासहित सवारी सुविधा उपलब्ध गराइने छ । विदा पर्यटन मनाउन निस्कने हरेक कर्मचारीले परिवारका एक जना सदस्य समेत लैजान पाउने छन । पर्यटन मन्त्रालयबाट शरु भएको यस्तो विदा पर्यटन कर्मचारी प्रोत्साहनका लागि सार्वजनिक संस्थान र वित्तीय संस्थामा समेत लागु भएको छ ।  विदा पर्यटनमा आवस्यक रकम सम्बन्धीत संस्थाकै खर्चमा हुनुपर्ने छ । सो कार्यक्रम अन्र्तगत लुम्बिनी,पाल्पा, इलाम, धरान, हेलम्बु, विरगञ्ज र सौराह लगायतका गन्तब्यलाई समेटेर प्याकेज बनाईएको थियो । चालु आवकालागि सरकारले पर्यटन Ôेत्रमा कुल २ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ । सो रकम मध्ये २ अर्ब ४ करोड विकास खर्च रहेको छ ।

Wednesday, August 21, 2013

सामान्य टालटुल गर्दा झन भत्कीयो

काठमाडौ, ५ भदौ– झन्डै ३० करोड रुपैया“ खर्च गरी कालोपत्रे गरिएको त्रिभुवन अन्तर्राष्ट«िय विमानस्थल धावनमार्ग तीन वर्Èमै भत्कीएपछि निर्माणमा संलग्न ठेकेदार कम्पनी र आयोजना कर्मचारी शंकाको घेरामा छन्। निर्माण पूरा भएको चार महिनादेखि नै भत्किन थालेको धावनमार्ग टालटुल गरेर चलाइ“दै आएको थियो। पटकपटक भत्कीनुले चिनिया“ र नेपाली ठेकेदारबाट गुणस्तरहीन काम भएको देखिन्छ ।
चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन कम्पनीले धावनमार्ग कालोपत्रे गरेका हुन् । त्रिभुवन विमानस्थल सञ्चालन निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको निम्ति २९ करोड ६८ लाख ३९ हजार ७ सय ३० रुपैया“ खर्च गरेको थियो । आवश्यकताभन्दा कम सिमेन्ट हालेको, ‘कमसल सिमेन्टका साथमा बालुवा बढी हालेर कालोपत्रे गरेको अनुमान छ,’ विमानस्थल स्रोतले भन्यो, ‘अतिसंवेदनशील भए पनि प्राधिकरणले यसमा हेल्चक्रर्याइ“ गरिरहेको छ।’ अहिलेको कालोपत्रे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगनठन (आइकाओ) को मापदण्डअनुसार नभएको पनि सौतको दाबी छ ।
प्राधिकरणका अधिकारी भने धावनमार्ग भत्किनुको कारण पत्ता लगाउन नसकेको तर्क गरिरहेका छन् । ठेकेदार कम्पनीले प्रयोग गरेका सामग्रीबारे पनि प्राधिकरणले औपचारिक तथ्य सार्वजनिक गरेको छैन।
धावनमार्ग के कारण भत्कीयो र यसमा प्रयोग भएका निर्माण सामग्री कमसल भन्नेबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ,’ प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने, ”अख्तियारले हात हालेपछि हामीले बोल्न मिल्दैन।’ करोडौं खर्च गरेपछि धावनमार्ग बिग्रिनु हु“दैन भन्ने तर्कलाई महानिर्देशक सुमनले ठाडै अस्विकार गरे। ‘यस्ता घटना विकसित देशमा पनि हुन्छन्, नेपालमा मात्र होइन,’ उनले भने, ‘अµ देशका विमानस्थलमा दुइटा धावनमार्ग हुन्छ, एउटा बिग्रिए अर्कोले काम चलाउन पाइन्छ । हाम्रोमा खोइ त्यस्तो?’
तीन वर्Èअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाले धावनमार्ग कालोपत्रे गरेको थियो। त्यसबेला आयोजना प्रमुख प्रेमराज लोहनी थिए।  प्राधिकरणका महानिर्देशक सुमन त्यतिखेर धावनमार्ग भत्कीदा त्रिभुवन विमानस्थलका महाप्रबन्धक थिए। त्यसबेला उनले कार्यभार सम्हालेको दुई महिनामात्र भएको थियो । कालोपत्रे गर्दा विमानस्थल महाप्रबन्धक रहेका दिनेशप्रसाद श्रेष्ठ अहिले त्यही पदमा छन्।
 तत्कालीन सार्वजनिक लेखा समितिले विमानस्थल धावनमार्ग कालोपत्रे गर्दा त्रुटिपूर्ण, अनियमित र गलत कार्य भएको ठहर गर्दै सम्बद्द ठेकेदार, कर्मचारी, पदाधिकारी र परामर्शदातालाई कारबाही गर्न २०६८ असार १६ गते सरकारलाई निर्देशन दिएको थियो ।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो महत्वपूर्ण र संवेदनशील ठाउ“मा गलत र अनियमित तथा कम गुणस्तरीय कार्य गर्दा अन्तर्राष्ट्रिय Ôेत्रमा नेपालको प्रतिष्ठामा आ“च आएको ठहर गर्दै यसमा संलग्न सबैमाथि थप छानबिन र अनुसन्धान गरी कारबाही गर्न र गराउन अख्तियारलाई अनुरोध गर्ने निर्र्णय गरेको थियो । ‘लेखा समितिको निर्देशन कार्यान्वयन नहु“दा अहिले फेरि धावनमार्गको पिच भत्कीन थालेको सम्बद्द स्रोतको दावी छ । त्यसबेला अनियमिततामा संलग्न सबैलाई कारबाही गरी पुनः राम्रोस“ग मर्मत गर्न सकेको भए आहिले विमानस्थलको यो हविगत हुने  थिएन।
विमानस्थल सुधार आयोजनामा नेपालकै जिइओसिई कन्सल्टेन्ट प्रालि प्राधिकरणको परामर्शदाता हो। परियोजना डिजाइन, सुपरीवेÔण लगायत सबै यही कम्पनीको जिम्मेवारीभित्र पर्छ। यसले सिफारिस नगरेसम्म ठेकेदार कम्पनीलाई प्राधिकरणँले रकम भुक्तानी  गर्दैन। ठेकेदारहरु चाइना रेलवे इन्जिनियरिङ र टुन्डी कन्स्ट्रक्सनका प्रतिनिधि सुमन सुवेदीले त्यसबेला लेखा समितिमा कालोपत्रे गरेको एक वर्Èसम्म यस्ता सानातिना समस्या आइरहने बताएका थिए ।
तीन लाख वर्गमिटर Ôेत्रफलमा कालोपत्रे गर्दा सानोतिनो भत्कीनु स्वाभाविक हो। यति Ôेत्रफलमा ०.००३ प्रतिशत भाग भत्कीनु इन्जिनियरिङ नियमअनुसार सामान्य हो, ‘सुवेदीले भनेका थिए, ‘अमेरिका, बेलायत, जापानजस्ता देशमा पनि यस्ता घटना भएका छन्।’ सडक विभागको प्रयोगशालाबाट परीÔण गराइएको बिटुमिन प्रयोग गरी अमेरिका, बेलायत, जापानको गुणस्तरअनुसार कालोपत्रे गरिएको उनको दाबी थियो । कम्पनीका तर्फबाट कमी–कमजोरी भएको भए आङ्खनै खर्चमा पुननिर्माण गर्ने उनले प्रतिबद्दता जनाएका थिए। हामी पनि अनुसन्धान गर्दै छौं। हाम्रो गल्ती नभए प्राधिकरणबाट Ôतिपूति लिन्र्छौं, उनको भनाइ थियो, ”हामीले भ्रष्टाचार र अनियमितता गरेको पुष्टी भए जेल जान तयार छौं।’ धावनमार्ग कालोपत्रे गरेको टुन्डी कन्स्ट्रक्सन सन् १९८४ मा स्थापित ‘क’ वर्गको निर्माण कम्पनी हो। सो कम्पनीका अध्यÔ ऋÈिप्रसाद सुवेदी हुन ्। यसले पाटन अस्पताल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्रिभुवन विश्वविद्यालयको नया“ महिला छात्रावास, जावलाखेलको सेन्ट जेभियर्स कलेज, त्रिवि उच्च शिÔा परियोजना लगायत भवन बनाएको छ । त्यसैगरी विभिन्न राजमार्ग, सडक कालोपत्रे, सि“चाइ आयोजना, नदी नियन्त्रणका निर्माण पनि गरेको छ। दीर्घकालीन समस्या समाधान गर्नुको सट्टा प्राधिकरणका अधिकारी भने धावनमार्गलाई अझै बढी भत्किन नदिन ठूला (वाइड बडी) जहाज ल्याउन नदिने प्रयासमा छन् । एक महिनासम्म ठूला जहाज ल्याउन नदिने उनीहरुको भनाइ छ।
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरण गर्न नदिन आग्रह गर्ने निर्णय प्राधिकरण एक्लैले निणय गर्न पाउ“छ ।  त्रिभुवन विमानस्थल प्राधिकरणको मात्र हो ?’ तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका एक उच्च अधिकारीले प्रश्न गरे, ‘प्राधिकरणले आफूभन्दा माथिल्लो निकायस“ग छलफलै नगरी यति ठूलो निर्णय कसरी गर्न सक्छ? मन्त्रालय वा सरकारको भनाइ चाहि“दैन?’ विमानस्थलका महाप्रबन्धक श्रेष्ठले पहिलेभन्दा उडान चाप अत्यधिक रहेको, डेढ दशकअघि बोइङ ७५७ सम्मका जहाज उडान–अवतरण गर्न मिल्ने गरी धावनमार्ग कालोपत्रे गरिए पनि हाल ७५७ भन्दा दोब्बर ठूला र तौल बढी भएका जहाज आउने गरेका कारण कालोपत्रे उप्कीएको दाबी गरेका थिए। उनका अनुसार काम राम्रो भएन भन्नुभन्दा काम गर्दा आइपर्ने अप्ठ्याराबारे सबैले बुझिदिनुपर्छ। डेढ दशकअघि दिनमा दुई दर्जनजति उडान–अवतरण हुने भए पनि अहिले ६० देखि ७० ओटासम्म हुने गरेको छ । आन्तरिक पनि जोड्ने हो भने दैनिक ३ सयसम्म उडान–अवतरण हुने गर्छ। त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेपछि राति साढे १२ बजे बन्द हुने गर्छ। त्यसपछि साढे ५ घन्टामात्र मर्मत गर्ने समय बा“की हुने भए पनि झरी वा अन्य कारणले ढिलाइ हुने गरेको श्रेष्ठको भनाइ थियो। धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर (१० हजार फिट) र चौडाइ ६० मिटर छ । प्राधिकरणका अनुसार सन् १९९५ मा कालोपत्रे गरिएको झन्डै १६ वर्Èपछि २०१० मा कालोपत्रे गरिएको थियो । विमानस्थल सञ्चालन भएयता तेस्रोपटक कालोपत्रे गरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गलाई प्रत्येक पा“च वर्Èमा एकपल्ट कालोपत्रे गर्नुपर्छ। विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम २०६५ फागुन अन्तिमदेखि सुरु भएको थियो। १७ महिनामा काम सक्ने भनिए पनि झन्डै दुई वर्Èपछि निर्माण पूरा भएको थियो ।

‘ठुला जहाज रोक्नु लज्जास्पद र घातक’

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,४ भदौ
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज (वाइडबढी) अवतरणमा रोक लगाउने सरकारी निणर्य एकदमै लज्जास्पद र घातक भएको बताएका छन । वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु हुनै लाग्दा भएको यस्तो निणर्यले मुलुकको पर्यटन उद्योगमा गम्भिर असर पु¥याउने भन्दै उनीहरुले तिब्र आक्रोस पोखेका छन ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं वायुसेवा सञ्चालक संघ–नेपाल (आयोन)का महासचिव सुमन पाण्डेले सरकारी सो निणर्य मुलुककै लागि लज्जास्पद् भएको बताए । उनले यस निणर्यले अब नेपालको पर्यटकीय छविमा नै दीर्घकालिन असर पर्न सक्ने बताए ।  उनले मुलुकभरका विमानस्थल सञ्चालन र व्यवस्थापनको अख्तियारी प्राप्त तालुकदार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुला जहाजलाई अवतरणमा रोक लगाउँदा पर्न जाने दीर्घकालिन असरको ख्यालै नगरि निणर्य गर्ने कार्य निकै घातक भएको बताए । यस्तो निणर्य गरेकाले मुलुकलाई नै असफल राष्ट्र सावित हुने उनको भनाई छ ।
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अच्चुत गुरागाइँले पनि
विभिन्न देसबाट नेपाल भ्रमणमा आउने वर्षकै उत्कृष्ट मौसम आउनैलाग्दा भएको यस्तो कार्यले मुलुकको पर्यटन क्षेत्र नराम्रोसित प्रभावित हुने बताए ।
  प्राधिकरणको सो निणर्यप्रति नाट्टाको गम्भिर ध्यानाकर्षण भएको छ भन्दै उनले  विमान स्थलको बिग्रेको धावन मार्गको पीचलाई यथाशिघ्र पुर्ननिर्माण गर्नुको सट्टा विभिन्न ठूला जहाजलाई विमानस्थलमा अवतरण गर्न रोक लगाउँदा नेपाल आउने संभावित पर्यटकहरुको भ्रमण कार्यक्रम नै रद्द हुन जाने बताए ।
विमानस्थलमा विग्रेको धावन मार्गको पुनर्निमाण तर्पm लाग्न सम्पूर्ण ट्राभल व्यवसायीले सो मांग गरेको नाट्टाले जनाएको छ ।  उनले अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटन प्रति कुनै नकारात्मक सूचना प्रवाहित हुन नदिन र नेपाल आउने संभाव्य पर्यटकले पनि आप्mनो नेपाल भ्रमणको तालिका रद्द गर्नु पर्ने स्थिति सृजना हुन नदिन नाट्टा लगाएत सम्पूर्ण पर्यटन व्यवसायीको जोडदा।र माग रहेको बताए ।
नेपाल एसोसियसन अफ टुर अप्रेटर्स (नाट्टो) का अध्यक्ष असोक पोखरेलले विज्ञप्ति मार्फत प्राधिकरणले ठुला जहाज अवतरणकालागि लगाईएको प्रतिवन्धले मुलुकको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने बताएका छन । उनले पर्यटकीय मौसम सुरु हुन लागेको बेला भएको यस्तो निणर्यले नेपाल घुम्न यहाँको होटल र आन्तरिक जहाजको टिकट बुकिङको गर्दै रहेका विदेशीलाई नराम्रो असर पर्ने बताए ।   
नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पाले एक्कासी ठुलो जहाज ल्याउन बन्द गर्न खोज्नु नराम्रो भएको बताए । उनले प्राधिकरणको यस्तो निणर्यले पर्यटक आगमन संख्यामा समेत भारी गिरावट आउने बताए ।
ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले पनि पर्यटकीय सिजनको मुखमा उप्कीएको धावन मार्ग मर्मत गर्नुको सट्टा उल्टै अन्तर्राष्ट्रिय ठुला जहाज आउन नदिनु देसकै बेइजती भएको बताए । उनले प्राधिकरणको सो निणर्य निकै गैर जिम्मेवारी पूर्ण कदम भएको बताए । 
 विमानस्थल धावनमार्गको  पिच पटक पटक उप्कीन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाई ठुला जहाज अवतरणमा रोक लगाएको हो ।

Tuesday, August 20, 2013

अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरणमा रोक

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ भदौ
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज (वाइड बडी) अवतरणमा रोक लगाएको छ । विमानस्थल धावनमार्गको पिच धमाधम उप्किएर विमान अवतरण नै प्रभावित हुन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाउँदै अवतरणमा रोक लगाएको हो । विमानस्थलको धावन मार्ग अति जीर्ण भएपछि प्राधिकरणले अन्तिम विकल्प भन्दै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई ठूला जहाज नल्याउन पत्राचार गरिसकेको छ । प्राधिकरणका अनुसार यसै सातादेखि सबै ठूला जहाज धावन मार्ग पूर्ण रूपमा नबनेसम्म अवतरण र उडानमा रोक लगाइने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुकिङ भइसकेकाको उडान भरिसकेपछि सञ्चालनमा पूर्ण रोक लगाइने बताए । ‘बुकिङ भइसकेकाबाहेक आगामी १५ सेप्टेम्बरसम्मका लागि बढी भार भएका बोइङ ७७७ र एयरबस ३३० जस्ता ठूला जहाज नल्याइदिन विदेशी कम्पनीलाई आग्रह गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल उडान भर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई गत शुक्रबार नै पत्र पठाएर यस्तो आग्रह गरिएको हो ।
विदेशी कम्पनीहरूलाई केही समयसम्म साना र मध्यम खालका जहाजबाट मात्र उडान भर्न आग्रह गरेको बताउँदै उनले भने, ‘प्राधिकरणले हाल सञ्चालित बोइङतर्फ ७३७ र एयरबस ३२० सम्मका जहाजबाट मात्र यात्रु ओसार्न सबै विमान कम्पनीलाई निर्देशन गरेको छ ।’ उनले धावन मार्गमा समस्या देखिएकाले मात्र विदेशी विमान कम्पनीलाई सकेसम्म ठूला जहाज अवतरण नगरिदिन आग्रह गरेको बताए । वर्षात्को मौसममा धेरै पटक धावन मार्गको कालोपत्रे (पिच) उप्किने समस्याबाट मुक्त हुनका लागि प्राधिकरणले केही समयका लागि यस्तो उपाय अपनाएको हो ।
यसबीचमा विमानस्थल व्यवस्थापनले धावन मार्ग मर्मत गर्नेछ । सातामै पाँच पटकसम्म धावन मार्गको पिच उप्किएर हैरानी खेप्दै आएको प्राधिकरणले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ठूला जहाज अवतरण नगरिदिन पत्राचार गरेपछि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केही समय ठूला जहाजविहीन हुनेछ । धावन मार्गको भारभन्दा विमानको भार बढी भएका कारण धावन मार्गमा बारम्बार समस्या आएको प्राधिकरणको दाबी छ ।
प्राधिकरणका अनुसार हाल त्रिवि विमानस्थलमा २ सय ९९ टन सम्मका विमान अवतरण गरिरहेका छन् । जबकि, धावन मार्ग र ट्याक्सी वे (क्षणिक पार्किङ) को कुल क्षमताले भने १ सय ९६ टन मात्र धान्न सक्छ । प्राधिकरणको सो निर्णयले हाल नेपालको उडान भर्दै आएका विभिन्न २७ ओटा विमान कम्पनीमध्ये एयर एसिया, कतार एयरलाइन्स, थाई एयरवेज, कोरियन एयर र ड्रागन एयरलगायतका जहाजको उडानलाई असर पर्न सक्ने सरोकारवालाहरू बताउँछन् । धावन मार्ग जीर्ण भई मर्मत गर्ने बहानामा एक्कासि गरिएको प्राधिकरणको सो निर्णयले अब काठमाडौंबाट वैदेशिक रोजगारीमा जानेहरूलाई समेत असर पुग्नेछ । विमानस्थलको धावन मार्ग सन् १९६७ मा निर्माण भएपछि हालसम्म टालटुलमै चल्दै आएको छ । सन् २०१० मा २७ करोड रूपैयाँको लगानीमा पुनर्निर्माण भएकोमा तीन वर्ष पनि टिक्न सकेन ।
विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ धावन मार्गमा पानीको बहाव बढी भएका कारण पटक–पटक समस्या आउने गरेको बताउछन् । करिब ४ दशक पुरानो धावन मार्ग बोइङ ७५७ सम्मको जहाजका लागि बनाइएको थियो । त्यति बेला अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको उडान र अवतरण दैनिक सात÷आठ मात्र हुन्थ्यो । अहिले यस विमानस्थलमा दैनिक करिब ३ सय जहाज ओहोरदोहोर गर्छन्, त्यसैले यस्तो समस्या देखिएको विमानस्थल कार्यालयको भनाइ छ ।

बागमती सिँचाई आयोजना बिरुद्ध अख्तियारमा उजुरी


काठमाडौ, २ भदौ–४० करोडको काम २० करोडमा पनि नपाएपछि बागमती सिँचाई आयोजनाको
निर्माणकालागि ठेक्का हालेको स्वदेशी निर्माण कम्पनी जेडआइइसी– पप्पु
जेभीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ ।
साउदी अरेबिया सरकारको ऋण सहयोगमा निर्माण हुन लागेको वाग्मती सि“चाई
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य सम्पन्न गर्न  आव्हान गरिएको बोलपत्र अनुसार सबैभन्दा कम दर भाउमा
हालिएको टेन्डर अस्वीकृत गरि आवेदन परेका मध्ये सबै भन्दा बढी दरको अर्कै
कम्पनीलाई दिने निर्णय एकदमै त्रुटीपूर्ण रहेको भन्दै  जेडआइइसी– पप्पु
जेभी निर्माण कम्पनीले अख्तियारमा उजुरी हालेको हो ।
निर्माण कार्यको ठेक्का प्रदान गर्ने बेलैमा आयोजनाका प्रमुखले आर्थिक
अनियमितता गरेको भन्दै उसले तत्काल आफु भन्दा १ करोड ८७ लाख ७५ हजार
रुपैयाँ बढीको ईसीआई कन्काई निर्माण कम्पनी छनोट गर्ने निर्णय
पुनरावलोकनका लागि अख्तियारमा उजुरी दिएको बताएको छ । यस कम्पनीले गत
साता अख्तियारमा उजुरी हालेको हो । अहिले अख्तियारले सिँचाई आयोजनासँग जवाफ मागिरहेको छ । आयोजनाले अझै जवाफ पठाएको छैन ।
सो कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार आवेदन परेका मध्ये सबैभन्दा न्युन
दरको कम्पनीलाई दिनुपर्नेमा उच्च दर भाउको कम्पनीलाई दिने निणर्य गर्दा
आयोजनाका  सम्बन्धीत कर्मचारीले ठुलो आर्थिक घोटाला गरेको हुनसक्ने
आरोप समेत लगाएको छ ।  जेडआइइसी– पप्पु जेभी निर्माण कम्पनीका निर्देशक
सुमित रौनियारले आयोजनाको यस बोलपत्र छनोट कार्य चित्तबुझ्दो नभएकाले
आफुले बाध्यबस अख्तियारमा उजुरी हालेको बताए । उनले आयोजनाको यस्तो
गैर कानुनी कार्यप्रति असन्तुष्टी जनाउँदै आफुले सार्वजनिक खरिद अनुगमन
कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रमा पनि उजुरी हालेको बताए ।  आयोजनाको
बोलपत्र छनोट गर्दा आफु निकै अन्याएमा परेको बताउँदै रौनियारले भने, ‘
धेरै पटक सिँचाई विभाग, वागमती सिँचाई आयोजनाको सम्पर्क कार्यालय
जाउलाखेलमा र सिँचाई मन्त्रालयमा निवेदन दिँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया
आएकै छैन’ । उनले के कारणले यस कम्पनीले हालेको बोलपत्र अयोग्य ठहरीएको
हो त्यसको जवाफ पाउँभनी धेरै पटक निवेदन पत्र पठाउँदा पनि आयोजनाले
अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए ।
आयोजना अन्तर्गतको कमाण्ड एरियाको विकास संरÔण र विस्तारको निर्माण
कार्य गर्न बोलपत्र आव्हान भए बमोजिम निर्माण  कार्यका लागि भएको पूर्व
योग्यता परीÔामा संयुक्त उपक्रमका जेडआइइसी–पप्पु, चाइना टिवेट महादेव
खिम्ती  र ईसीआई कन्काई निर्माण कम्पनी छनोट भएका थिए । उनीहरुले
बोलपत्रमा कबुल गर्दा सबैभन्दा कम रकम जेडआईईसी–पप्पुले कबोल गरेको
थियो । उसले २० करोड ४६ लाख ६ हजार रुपैया“ कबोल गरेको थियो । दास्रो
कम कबोल गर्ने कम्पनी चाइना टिवेट महोदव खिम्ती थियो । उसले २१ करोड २
लाख ५९ हजार २ सय १७ रुपैया“ कबोल गरेको थियो । सो मध्ये सबैभन्दा बढी
कबोल गर्ने निर्माण कम्पनी इसीआई कन्काई अन्तिम बोलपत्र छनोटमा परेको छ
।  उसले २२ करोड ५६ लाख ५४ हजार सात सय ५४ रुपैया“ कबोल गरेको थियो ।
सामान्य निमय अनुसार सबैभन्दा कम रकम कबोल गर्ने जेड आईईसी–पप्पु जेभीले
ठेक्का पाउनुपर्ने थियो । तर, वाग्मती सि“चाई आयोजनाका प्रमुख रामानन्द
यादवले सबैभन्दा धेरै रकम कबोल गर्ने इसीआई कन्काई जेभीलाई ठेक्का दिएर
केही आर्थिक चलखेल गरि आफुलाई अन्याएमा पारेको रौनियारको गुनासो  छ। आयोजनाको निर्माणको काम  ठेक्का पाउने इसीआई–कन्काईले सबैभन्दा कम
रकम कबोल गर्ने जेडआईइसी–पप्पु जेभी  भन्दा एक करोड ८७ लाख ७५ हजार ७१
रुपैया“ बढी कबोल गरेको देखिन्छ ।
त्यसैले सो ठेक्कामा सार्वजनिक खरिद ऐनको ठाडो उल्लङघन भएको उनको
आरोप छ । जेडआईइसी–पप्पु जेभीको तर्फबाट कम्पनीका निर्देशक रौनियारले
सार्वजनिक खरिद ऐन २०६३को दफा ४७ बमोजिम निर्णय पुनरावलोकन गरी पाऊ“
भनी वाग्मती सि“चाई आयोजना प्रमुख यादव समÔ दिएको निवेदनको अझै पनि
कुनै सुनुवाई नभएको बताएका छन ।  उनले आङ्खनो बोलपत्र अस्वीकृत भएको
कारण खुलाई जानकारी उपलब्ध गराई पाऊ“ भनी हालेको  निवेदनको सुनुवाई
नभएपछि बाध्य भएर अख्तियारमा उजुरी दिएको जानकारी गराए । आयोजना प्रमुखले गरेको यस्तो मनपरीतन्त्र बिरुद्ध आवाज उठाउनु आवस्यक अख्तियार पुगेको उनको दावी छ  ।
वाग्मती सि“चाई आयोजना प्रमुख रामानन्द यादवले भने आफुले यस कार्यमा कुनै आर्थिक अनियमितता नगरेको बताए । उनले पनि सबैभन्दा न्युन बोलपत्र कबोल गर्ने जेडआइइसी– पप्पु जेभीले अख्तियारमा उजुरी हालेको जानकारी भएको र अख्तियारले आयोजनासँग जवाफ मागेको बताए । अहिले आफुहरु आन्तरिक छलफलमा नै छौं भन्दै यादवले भने, ‘ छिट्टै जवाफ पठाउँछौं’ ।‘त्यसपछि अख्तियारले के गर्छ हेरौं ’उनले भने ।  ठेकेदार कम्पनी छनोट गर्ने निणर्य आफु भन्दा माथिबाटै भएको दावी गर्दै उनले केही साता अघि आयोजनाले यदि कसैलाई चित्त बुझेको छौन भने पुनः पुनरावलोकन गर्न सक्नेगरी सार्वजनिक सूचना निकालेको बताए । आयोजना प्रमुख यादवले पनि ठेक्का हाल्ने मध्ये सबैभन्दा कम दरको बोलपत्र कबोल गर्ने निर्माण कम्पनी जेडआइइसी–पप्पु जेभीलाई चित्त नबुझ्नु स्वभाविक नै भएको बताए ।