Friday, August 30, 2013

वर्षको पर्यटन वर्ष पुरुष अवार्ड आङछिरिङलाई

काठमाडौ, १० भदौ–
सो अवार्ड यसअघि नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाÈ निरौला, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल र पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले प्राप्त गरेका थिए । मुलुकको सिंगो पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्य गर्दै आएका  बरिष्ठ पर्यटन व्यवसायी शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा पनि चिन्न सकिन्छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याए बापत उनलाई हालै मात्र विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यको रुपमा  मनोनयन गरेको थियो । पर्वतीय Ôेत्रमा शेर्पाले पु¥याएको योगदानको कदर गर्दै केहि साता अघि विश्व पर्वतारोहण महासंघले आङ्खनो सदस्याता प्रदान गरेको हो । त्यसैले उनाई नेपालको मात्रै नभएर विश्वकै पर्वतीय पर्यटनमा लोकप्रीय व्यत्तित्व मानिन्छ । विश्व पर्वतारोहणँ महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाली मुलुकहरुबाटै दोस्रो छन भने नेपालबाट पहिलो हुन । एसियन टे«किङ प्रा.लि. एसियन एडभेन्चर ट्राभल एण्ड टुर्स प्रा.लि.होटल माउन्टेन मानेस्ट्री, हिमालयन चाइन रिसोर्ट लगायको अध्यÔ शेर्पा  सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउ“ खुम्जुङमा जन्मेएका हुन । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम प्राप्त गरेका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमालको सफल आरोहण गराइसकेका छन ।
यस वर्षको पर्यटन वर्ष पुरुष अवार्ड पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पाएका छन । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य एवं नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पालाई गन्तव्य नेपालको नवौं वाÈिर्कोत्सवको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रामकुमार श्रेष्ठले सो अर्वाड प्रदान गरेका हुन । मुलुकको पर्यटन प्रवद्र्धनमा वर्Èभर उत्कृष्ठ काम गरे वापत शेर्पाले सो अवार्ड प्रदान गरिएको हो ।

No comments:

Post a Comment