Friday, August 30, 2013

एफएनसीसीआई एक्सीलेन्स अवार्ड वितरण , वाईवाई र एनसेल उत्कृष्ट ब्राण्ड

काठमाडौ, ११ भदौ –नेपाल उद्योग वाणिज्य महासंघले प्रदान गरेको यस वर्षको ‘ एफएनसीसीआई एक्सीलेन्स अवार्ड ’ मा स्वेदशी राष्ट्रिय ब्रान्ड तर्फ वाईवाई र  अन्तर्राष्ट्रिय बहुराष्ट्रिय ब्राण्ड तर्फ  एनसेलले प्राप्त गर्न सफल भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मुलुकभित्र पू“जी तथा रोजागरी सृजना गरी राजस्वमा संकलन कार्यमा उल्लेखनीय योगदान दिने उत्कृष्ट उद्योग, प्रतिष्ठान र उद्यमी व्यवसायीहरुलाई सो अवार्ड प्रदान गरिएको महासंघले जनाएको छ । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा चौधरी समूहले उत्पादन गर्ने वाईवाई चाउचाउ बेष्ट ब्राण्डकालागि  छनोटमा परेको हो । फेसबुकमा ४५ हजार लाइक पाएको वाइवाई एसएमएस भोटिङमा समेत निकै अघि थियो । फेसबुक लाइकमा वाईवाईलाई जगदम्बाले पछयाएको छ भने एसएमएस भोटिङमा वाईवाईपछि सुजल फुड्सको चोकोफन थियो । फेसबुक लाइकमा जगदम्बाले ४२ हजार लाइक र चोकोपनले २६ हजार लाइक प्राप्त गरेका थिए । बहुराष्ट्रिय कम्पनीको बेष्ट ब्राण्ड अवार्ड जित्ने  एनसेल र कोकाकोलावीच कडा प्रतिस्पर्धा भएको थियो । फेसबुकमा एनसेलको बढि लाइक थियो भने एसएमएस भोटिङमा कोकाकोलालाई बढी एसएमएस प्राप्त भएको थियो । यसैगरि एफएनसिसिआई एक्सीलेन्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रभाकर शम्सेल जवरालाई प्रदान गरिएको छ । होटल सोल्टी क्राउन प्लाजाका अध्यÔ प्रभाकरको  सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायतमा लगानी छ ।  मुलुकमा उत्कृष्ट व्यवसाय गर्ने प्रभाकरले अहिले आङ्खनो केही व्यवसायिक जिम्मेवारी छोराहरुमा सुम्पीएका छन् । उनलाई राष्ट्रपति डा. रामवरण यादवले  सो अवार्ड प्रदान गरेका हुन ।
यसैगरि गैर आवासिय नेपाली संघ (एनआरएन) व्यवसायी अवार्ड डा. उपेन्द्र महत्तोले पाएका छन । उनी एनआरएनका पुर्व अध्यक्ष हुन ।  त्यसैगरि वर्षको उत्कृष्ट व्यवसायी अवार्ड भाटभटेनी समूहका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले प्राप्त गरेका छन् । भाटभटेनी स्टोरबाट यात्रा सुरु गरेका गुरुङ अहिले भाटभटेनी सुपर मार्केटको व्यापारस“गस“गै समाजसेवा पनि उत्तिकै क्रियाशिल छन् । हाल गुरुङकोे राजधानीका पा“च स्थान र पोखरामा एउटा गरि ६ ओटा सुपरस्टोर सञ्चालित छ । ‘योङ विज्नेस एचिभर्स’ अवार्डमा पुरुष तर्फ  प्रवल गुरुङ र महिला तर्फ निकिता पौडेल र मिलि श्रेष्ठ छनोटमा परेका छन । यसैगरि लार्ज स्केल विद्या तर्फ पिपुल एक्सीलेन्ट अवार्ड नविल बैंकले पाएको छ ।  स्मल स्केल विद्याको  नेस्नल एक्सीलेन्ट अर्वाड गेट पेपर इण्डस्ट्रीज प्रालिले पाएको छ । मिडियम स्कले विद्याको नेस्नल एक्सीलेन्ट अवार्ड क्यस्ट फर्मासिटीकल्सले पाएको छ । यसैगरि लार्ज स्केल विद्या तर्फको नेस्नल एक्सीलेन्ट अर्वाड युनिलिभरले पाएको छ । सर्भिस एक्सीलेन्ट अवार्ड तर्फको लार्ज स्केल विद्याको एनसेल, मिडियम विद्याको एडभान्स पोली क्नीक र स्मल स्केल विद्याको अर्वाड एफवान सफ्ट इन्टरनेस्नल प्रालिले पाएको छ ।  मनोनयनमा परेका उत्कृष्ट पा“च राष्ट्रिय नेपाली ब्राण्डहरुमा जगदम्बा स्टील, पशुपति पेन्ट्स, टोकला चिया, वाइवाइ र चोकोपन रहेका थिए । जसमध्ये वाइवाइले अर्वाड पाएको हो ।  यसैगरि मनोनयनमा परेका उत्कृष्ट पा“च बहुराष्ट्रिय नेपाली कम्पनीमा एशियन पेन्ट्स, एनसेल, स्ट्याण्डर्डचार्टर्ड, कोकाकोला एवं फेयर एन्ड लब्ली थिए। जसमा एनसेलले सबैभन्दा धेरै एसएमएस र फेसबुक लाइकको आधारमा सो अर्वाड जित्न सफल भएको हो । महासंघका अध्यक्ष सुरज वैद्यले सफल उद्योग प्रतिष्ठानहरुले अवलम्बन गरेका नीति, रणनीति तथा सफलताका उदाहरणहरु एकअर्कामा आदानप्रदान गरी सम्पूर्ण उद्योग प्रतिष्ठानलाई सÔम र विकसित गर्दै लैजानु यस अवार्ड वितरणको मुख्य उदेश्य भएको जानकारी गराए ।

No comments:

Post a Comment