Friday, August 30, 2013

वर्षदिनमा १ सय ३० कर्मचारीले विदा पर्यटन मनाए , घुम्नलाई मात्र २३ लाख ४० हजार रुपैयाँ खर्च

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ भदौ
सरकारी खर्चमा निजामती कर्मचारीले घुम्न पाउने विशेष व्यवस्था अनुरुप विदा पर्यटन(लिभ टुरिजम) कार्यक्रम अन्तर्गत एक वर्षमा १ सय ३० जनाले उनीहरुका परिवार सहित मुलुकका विभिन्न भागको भ्रमण गरेका छन । नयाँ गन्तब्यको प्रचार प्रसार गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने उदेस्यकासाथ सञ्चालित विदा पर्यटन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६९÷०७० मा कुल १ सय ३० जना कर्मचारीले उनीहरुका परिवार सहित देसका विभिन्न भागको भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले सोही आवभित्र सञ्चालित विविध कार्यक्रको वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैंठकमा यस्तो जानकारी गराएको हो ।
मन्त्रालयको योजना तथा मुल्याङकन महाशाखाले तयार पारेको तथ्याङक अनुसार एक वर्षको अवधीमा जम्मा १ सय ३० जना कर्मचारीलाई उनीहरुका परिवार सहित मुलुकका विभिन्न क्षेत्रमा विदा पर्यटन मनाउन पठाएको उल्लेख छ । मन्त्रालयले विदा पर्यटन अन्तर्गत आन्तरिक पर्यटकीय Ôेत्रको भ्रमणमा निस्कने सरकारी कर्मचारीलाई एक साताका लागि प्रतिव्यक्ति १८ हजार रुपैयाँ भत्तासहित सवारी सुविधा उपलब्ध गराउँदै आएको छ । सो तथ्याङ अनुसार मन्त्रालयले १ सय ३० जना कर्मचारीलाई आन्तरिक पर्यटकीय भ्रमण गराउन २३ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।  मन्त्रालयले आर्थिक वर्È २०६५÷६६ मा पहिलोपटक यस्तो विदा पर्यटनको अवधारणा कार्यान्वयनमा ल्याएको थियो । त्यसैबेलादेखि हरेक वर्ष सरकारी कर्मचारीलाई निश्चित कोटाका आधारमा मुलुकका विभिन्न गन्तब्यमा घुमाउन थालिएको हो । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र आम नेपालीबीच आन्तरिक भ्रमर्ण गर्ने संस्कारको विकासका लागि यस्तो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले विशेÈगरी मुलुकका विभिन्न भागमा सञ्चालित होमस्टे र त्यहाँका विविध गतिविधीको अध्ययन अवलोकन गरी स्थानीयवासीलाई पर्यटनको लाभ उपलब्ध गराउने उदेस्यले विदा पर्यटनको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यो कार्यक्रम अहिले निकै प्रभावकारी भएको बताए । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारले चालु आर्थिक वर्È २०७०÷७१ का लागि नाफामा रहेका सबै सार्वजनिक संस्थान एवं वित्तीय संस्थाका कर्मचारीलाई विदा पर्यटन को सुविधा दिएको छ । चालु आवका लागि विनियोजत बजेट मार्फत सरकारले नाफामा रहेका सार्वजनिक संस्थान र बैंक÷वित्तीय संस्थाका कर्मचारीलाई आफ्नै खर्चमा विदा पर्यटन को सुविधा उपलब्ध गराउने निणर्य गरेको हो ।  सरकारले नाफा रहेका १५ ओटा सार्वजनिक, संस्थान ‘क’ तथा ‘ख’ वर्गका बैङक तथा वित्तीय संस्थाका कर्मचारीलाई यस्तो सुविधा दिने छ । सो सुविधा अनुसार विदा पर्यटन अन्तर्गत आन्तरिक पर्यटकीय Ôेत्रको भ्रमणमा जाने सरकारी कर्मचारीलाई एक साताका लागि प्रतिव्यक्ति १८ हजार रुपैयाँ भत्तासहित सवारी सुविधा उपलब्ध गराइने छ । विदा पर्यटन मनाउन निस्कने हरेक कर्मचारीले परिवारका एक जना सदस्य समेत लैजान पाउने छन । पर्यटन मन्त्रालयबाट शरु भएको यस्तो विदा पर्यटन कर्मचारी प्रोत्साहनका लागि सार्वजनिक संस्थान र वित्तीय संस्थामा समेत लागु भएको छ ।  विदा पर्यटनमा आवस्यक रकम सम्बन्धीत संस्थाकै खर्चमा हुनुपर्ने छ । सो कार्यक्रम अन्र्तगत लुम्बिनी,पाल्पा, इलाम, धरान, हेलम्बु, विरगञ्ज र सौराह लगायतका गन्तब्यलाई समेटेर प्याकेज बनाईएको थियो । चालु आवकालागि सरकारले पर्यटन Ôेत्रमा कुल २ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ । सो रकम मध्ये २ अर्ब ४ करोड विकास खर्च रहेको छ ।

No comments:

Post a Comment