Saturday, November 11, 2017

तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने


काठमाडौ, २५ कात्तिक
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका छन । उनले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाउने प्रयास गरिरहेको बताए । उनले यस नगरपालिकामा रहेको भ्यु टावरलाई काठमाडौ उपत्यका भित्रकै नयाँ नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले नगर परिषदबाट सो बजेट विनियोजन भएकाले अझै त्यहाँको जग्गा अपर्याप्त हुने देखिएपछि अहिले भ्युटावर क्षेत्रमा थप जग्गा एकिकरण गर्ने काम जारी रहेको बताए ।
शनिबार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित जनजागृति टोल सुधार समितिको ७ औं वार्षिक साधारण सभामा मेयर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका हुन । उनले यस लक्ष्य पुरा गर्नकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने कार्यलाई विशेष प्राथमिक्तामा राखिएको बताए । भ्यु टावर लगायत यहाँका अन्य धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाएर काम अघि बढाएको बताए ।
उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।  कार्यान्वयन नभएको योजना क्रमागत योजना अन्तरगत खानेपानी विस्तारकालागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यहाँका सबै नागरिकलाई जानकारी गराउने उदेस्यले यस नगरपालिकाले भर्खरै मोबाइल एप बनाएको बताए । यसैगरि उनले यहाँका सार्वजनिक जगको उचित प्रयोजनकालागि एक वडामा सार्वजनिक पार्क बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) र तानपा–५ वडाका अध्यक्ष बासुप्रसाद गौतमले पनि यस क्षेत्रको पर्यटन विकास र पूर्वाधार निर्माणकालागि आफुहरुले उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताए । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । उनीहरुले अब यस नगरपालिका भित्रका हरेक वडामा खानेपानीको रिजर्भ ट्याङकी राख्ने अवधारणा ल्याएको समेत जानकारी गराएका थिए ।
स्थानीय समाजसेवी कमलप्रसाद रिमाले काठमाडौ क्षेत्र नं. ७ निर्वाचन क्षेत्रमा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति पनि निकै चासो व्यक्त गरेका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने आश्वासन पाएको बताए । मेयर बोहोरा र ५ नं. वडाका अध्यक्ष गौतमले आगामी मंसिर भित्रैमा यस सडक बोहोराटारसम्म कालोपत्रे हुने आश्वासन दिएका थिए ।
सो कार्यक्रममा समितिका अध्यक्ष केदार परियार, सल्लाहकार दिपक पाण्डे र सचिव राजकुमार प्रधान लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए । समितिका कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतीले पारित भएको थियो ।
सोही कार्यक्रममा समितिले तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारीलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरेको थियो । यस टोल सुधार समिति भित्रकी स्थानीय महिला खेलाडी भण्डारीले कोरिया, भुटान र सिंगापुरमा पुगेर नेपालबाट उत्कृष्ट खेल प्रदर्शन गरि तेक्वान्दोमा गोल्ड मेडल प्राप्त गरेकी छिन ।  कलिलै उमेरमा स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा समेत उत्कृष्ट्र खेल प्रदर्शन गरि ख्याती कमाउन सफल भण्डारीलाई तानपाका मेयर रामेश्वर बोहोराले सो पुरस्कार प्रदान गरेका थिए ।
समितिको अध्यक्षमा पुनः परियार 
जनजागृति टोल सुधार समितिको अध्यक्षमा पुनः केदार परियार निर्वाचित भएका छन । शनिबार सम्पन्न ७ औं वार्षिक साधारण सभाले परियारलाई पुनः आगामी दुईवर्षे कार्यकालकालागि निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा तोकबहादुर तामाङ, सचिवमा राजकुमार प्रधान, सह सचिवमा गणेश देवकोटा र कोषाध्यक्षमा विमला थापा निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा मधुजंग पाण्डे, धनप्रसाद सिंखडा, डिलबहादुर गुरुङ, अनिल देवकोटा, कृष्णमायाँ पाण्डे, रत्नकुमारी श्रेष्ठ,उद्धव पाण्डे र सलिना अर्याल  निर्वाचित भएका छन । कुल १३ सदस्यीय पदाधिकारी निर्वाचित गरेको सोही साधारण सभाले दिपक पाण्डे, झपेन्द्र बानियाँ, तोयानाथ खनाल, कमलप्रसाद रिमाल र सुधन गौतमलाई सल्लाहकारमा चयन गरेको छ । 


रेलमार्ग सम्भव , चिनियाँ अध्ययन टोलीको निष्कर्ष

मधुजंग पाण्डे
काठमाडौं
मुलुकको राष्ट्रिय प्राथमितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोलीले रेल निर्माण प्राविधिक रूपमा सम्भव भएको निष्कर्ष निकालेको छ । नेपाल र चीन जोड्ने रेलमार्गबारे विस्तृत अध्ययन गर्न आएका चिनियाँ टोलीले पाँचदिने नेपाल भ्रमणपछि केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन दिएको हो ।
गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन भ्रणण पूरा गरेको चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा आएका २३ सदस्यीय टोली यहाँको रेलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन गरी शुक्रबार नै बेइजिङ फर्किएको छ । सो अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिलगायत सहभागी भएका थिए । 
नेपालमा रेल सेवा विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका चिनियाँ  प्राविधिकसहितको उच्च टोलीले काठमाडौं आइपुगेकै दिन पहिलो चरणमा गत सोमबार केरुङ–पोखरा–लुम्बिनीको स्थलगत अध्ययनसहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो ।
सो टोलीले आफ्नो प्रतिवेदन चीन सरकारलाई पेस गर्ने जानकारी गराउँदै रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले भने,
‘रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्नेछ’ । त्यसपछि मात्र रेलमार्ग निर्माण कार्यका लागि प्रक्रिया अघि बढाउन सकिने उनले जानकारी दिए । उनले  चिनियाँ अध्ययन टोली निकालेको  यस्तो निष्कर्षले अहिले आफूहरु पनि निकै उत्साहित भएको बताए ।
स्थलगत अध्ययन भ्रमणपछि चिनियाँ टोलीले तीन वटै मार्गमा केही भौगर्भिक समस्या औंल्याएको छ । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने पनि टोलीको निष्कर्ष रहेको छ । यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको सो टोलीको निष्कर्ष रहेको छ । नेपाल र चीनबीचको भूभाग निकै विकट छ । सोही कारण निर्माणाधीन धेरै सडक आयोजना पनि सम्पन्न हुन सकेका छैनन् । रेलमार्गमा पनि भौगोलिक जटिलता अवरोधका रूपमा देखिन सक्ने पनि सो टोलीले स्थलगत अध्ययन भ्रमणपछि औंल्याएको छ । तर चीनसँग जस्तोसुकै भूगोलमा पनि रेलमार्ग र सडक निर्माण गरेको अनुभव छ । त्यसको पछिल्लो उदाहरण हो, क्विनघाई र तिब्बती पठारको चोला पहाड छेडेर बनाइएको सडक । सिचुवान प्रान्तको ४ हजार मिटर उचाइमा सो सडक निर्माण भएको छ ।
१५ वर्षको निरन्तर प्रयत्नपछि हालै सडक सञ्चालनमा आएको छ । तिब्बती भाषामा चोलाको अर्थ त्यसभन्दा माथि चिलहरु पनि उड्न सक्दैनन् भन्ने हुन्छ । नेपाल र चीनबीच विकट हिमाली क्षेत्र पर्छ । अग्ला पहाडका कारण गणितीय ‘रेडियन्स’को समस्या हुने चिनियाँ टोलीको भनाइ छ । उनीहरुले यस्तो क्षेत्रमा ओर्लने र उक्लिन सक्ने गरी रेल निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ  । अध्ययन टोलीले यहाँका वन क्षेत्रमा भने रूख कटान कार्य सहज नभएको बताउँदै उनीहरुले त्यसमा रहेको नीतिगत जटिलता तत्काल हटाउन नेपाल सरकारलाई सुझाव दिएको छ । यसैगरी, उनीहरुले यहाँको टेन्डर तथा ठेक्कापट्टामा पनि नीतिगत जटिलता रहेकाले त्यसमा पनि सुधार गर्न सुझाव दिएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
प्रक्रियागत जटिलताका कारण नेपालका आयोजनामा निर्माण अवधि बढ्ने अनुभव यसअघि नै नेपालमा कार्यरत चिनियाँहरुको छ । अहिले आएको यस अध्ययन भ्रमण टोलीले पनि सोही समस्या औंल्याएको विभागले जनाएको छ । नीतिगत र कानुनी जटिलता हटाउन उनीहरुले सुझाएको जानकारी गराउँदै उपाध्यायले भने, ‘अहिले आफूसँग तथ्यांक अभाव पनि एक समस्याका रूपमा रहेको उनीहरुले औंल्याएका छन् ।’ सो टोलीले गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन थालेको थियो । केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन गरेको सो टोलीसँग रेल विभाग र अन्य सम्बन्धित निकायका अधिकारीबीच शुक्रबार छलफल पनि भएको थियो ।
चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेको छ ।  अहिले सो  मार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना रहेको छ । त्यहाँबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको थप नयाँ योजना दुवै पक्षले अघि सारिसकेका छन् । सोही योजना एवं तयारी अनुरूप उनीहरुले यहाँको स्थलगत अध्ययन भ्रमण सम्पन्न गरी फर्किएको विभागले जनाएको छ । केरुङ–काठमाडौं र काठमाडौं– पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार बिहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरुले निरन्तर नेपालमा रेल निर्माणबारे छलफल तथा स्थलगत अवलोकन गरिरहेका थिए । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ ।
तिब्बती पठारको सिगात्सेसम्म  निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वानबेल्ट, वानरोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । यस टोलीसँगै अहिलेसम्म विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग तीव्र इच्छा व्यक्त गर्दै आएका छन् ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै, नेपाली सिमानाको केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समुद्री सतहबाट २८ सय  मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रूपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।
अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो । जसका लागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययनअनुसार यहाँको रेलमार्ग १ सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारीसाधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ ।  यसैगरी, सिगात्सेबाट अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् । 

चिनियाँ रेलमार्ग अध्ययन टोली पोखरामा, आज लुम्बिनी पुग्ने

मधुजंग पाण्डे
काठमाडौ
मुलुकको राष्ट्रिय प्राथमित्तामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनकालागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोली बुधबार पोखरा पुगेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन भ्रमण गरेको हो ।
पोखरासम्मको स्थलगत अध्ययनपछि यस टोलीले काठमाडौं–पोखरा खण्डमा रेलमार्ग निर्माण कार्य सहज देखिएको बताएका छन् ।
चिनियाँ उप मन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग लगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणकालागि अध्ययन गर्न छलफल गर्ने छ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाल आइपुगेको सो टोली चार दिनसम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने कार्यक्रम रहेको छ ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा अहिलेसम्मको स्थलगत अवलोकनपछि उनीहरुले रेलमार्ग निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताए । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरुको प्रतिक्रिया रहेको उनले जानकारी दिए ।
बुधबार काठमाडौबाट पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकन भ्रमणपछि सकारात्मक प्रतिक्रिया दिएको बताउँदै उपाध्यायले भने, ‘ अब बिहीबार यो टोलीले पोखराबाट लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ ।  उनले  चिनियाँ अध्ययन टोलीको प्रतिक्रियाले अहिले आफुहरु पनि निकै उत्साहित भएको बताए ।
केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार विहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरुले निरन्तर नेपालमा रेल निर्माणका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेका छन् । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ । तिब्बती पठारको सिगात्सेसम्म  निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ ।
नेपालले हस्ताक्षर गरिसकेको ‘वानबेल्ट, वानरोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन ।
नेपाली पक्षले त्यसलाई तीव्रताकासाथ अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । सो रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग अहिले त्यस सम्बन्धी सम्झौता भएको छैन । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ । चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमा नाकासम्म रेलवे सेवा विस्तार गरिने छ । चिनियाँ प्राविधिज्ञहरुले यो रेल सेवा द्रुर्त गतिको भने नहुने बताएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमानाका केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समन्द्री सतहबाट २८ सय  मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारकालागि भौगोलिक रुपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।

काठमाडौ आएकै दिन सम्पन्न भएको एक चरणको छलफलमा उनीहरु विभागले लिएको लक्ष्य पुरा गर्ने कार्यमा निकै सकारात्मक भएका छन । अहिले यस अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत सहभागी भएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका यस प्राविधिज्ञ सहितको उच्च टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो । उनले यस छलफलमा आफुहरुले उठाएका विविध मागहरुप्रति चिनियाँ प्रतिनिधीहरु सकारात्मक भएको बताए । अहिले यस टोलीको नेपाल भ्रमणको मुख्य उदेस्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु नै भएको बताए । चिनियाँ टोली नेपाली प्रतिनिधि सहित मंगलबार केरुङ तर्फ स्थलगत अध्ययन भ्रमणकालागि गएर फर्किएको थियो ।
अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडौ रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।
जसकालागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययन अनुसार यहाँको रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुने छ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारी साधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।  यस टोलीको स्थलगत अध्ययन भ्रमणपछि पुनः आगामी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग दोस्रो बैठक गर्ने कार्यक्रम तय भएको पनि विभागले जानकारी दिएको छ ।

रेलमार्ग अध्ययनकालागि चिनियाँ टोली काठमाडौमा , केरुङ–काठमाडौं–लुम्विनी रेल निर्माण छिट्टै सम्पन्न गर्न चीन सकारात्मक

मधुजंग पाण्डे
काठमाडौ
मुलुकको राष्ट्रिय प्राथमित्तामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनकालागि स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एक टोली सोमबार काठमाडौं आइपुगेको छ । उनीहरु विहान काठमाडौ आइपुगेका हुन ।
चिनियाँ उप मन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग लगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणकालागि अध्ययन गर्न छलफल गर्ने छ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न काठमाडौ आइपुगेको सो टोली चार दिनसम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने तयारी भएको छ । 
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार बिहान काठमाडौं आएको जानकारी दिए । उनले अहिलेसम्म काठमाडौमा भएको छलफलमा उनीहरु विभागले लिएको लक्ष्य पुरा गर्ने कार्यमा निकै सकारात्मक भएको बताए । उनले अहिले आफु चिनियाँ टोलीसँग नै रहेको बताए । नेपालको रेलमार्गको पूर्वाधार निर्माणका विषयमा अध्ययन तथा छलफल गर्न चिनियाँ टोली काठमाडौ आइपुगेको जानकारी गराउँदै प्रवक्ता उपाध्ययले भने, ‘चिनियाँ टोलीले अहिले विशेषगरि काठमाडौं–केरुङ र पोखरा–लुम्बनी रेलमार्गको स्थलगत अध्ययन गर्नेछ’। यस टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत सहभागी भएको उनले जानकारी दिए ।
नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका यस प्राविधिज्ञ सहितको उच्च टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो । उनले विहान काठमाडौं आइपुगेका चिनियाँ टोलीसँग सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छलफल एकदमै सकारात्मक रहेको बताए । उनले यस छलफलमा आफुहरुले उठाएका विविध मागहरुप्रति चिनियाँ प्रतिनिधीहरु सकारात्मक भएको बताए । अहिले यस टोलीको नेपाल भ्रमणको मुख्य उदेस्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु नै भएको बताए । उनले चिनियाँ टोली नेपाली प्रतिनिधि सहित मंगलबार चीनको केरुङ तर्फ स्थलगत अध्ययन भ्रमणकालागि जाने कार्यक्रम रहेको जानकारी दिए ।
छिमेकी मुलुक चिनको तिब्बती नाका केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । यस रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा सो रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।  चिनियाँ टोली केरुङबाट फर्किएर आगामी बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको विभागले जनाएको छ । चिनबाट आएका यस संयुक्त टोलीले काठमाडौं, पोखरा, लुम्विनी रेलमार्गको निर्माणकालागि अध्ययन गर्ने छ ।  अहिले सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने भावी योजना बनाएको छ । यी सबै क्षेत्रमा रेलमार्गको स्थलगत अध्ययन गर्न चिनियाँ टोलीले भ्रमण गर्न लागेको विभागले जनाएको छ । 
जसकालागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययन अनुसार यहाँको रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुने छ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारी साधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ । 
यस टोलीको स्थलगत अध्ययन भ्रमणपछि पुनः आगामी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग दोस्रो बैठक गर्ने कार्यक्रम तय भएको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार  चिनियाँ टोली आगामी शनिबार स्वदेश फर्कने छ । अहिले चिनियाँ कम्पनीहरूले नेपालको रेलमार्ग निर्माण गर्न निकै चासो देखाउँदै आएका छन् । केही समयअघि अति विकट क्षेत्रमा समेत काम गर्न सक्ने एक उच्च स्तरको चिनियाँ कम्पनी इयुएन इन्जिनियरिङ ग्रप (सिआरइइसी) ले चीन–नेपाल अन्तरसीमा रेलमार्ग निर्माणकालागि इन्जिनियरिङ सर्भे र डिजाइन अध्ययन गर्ने रुचि देखाएको थियो। अहिले हाम्रो पुरानो जनकपुर जयनगर रेल सेवा समेत बन्द भएको अवस्था छ । मुलुककै रेल सेवा इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ रेल मार्ग निर्माणको क्रममा रहे पनि अझै सञ्चालन हुन सकेको छैन।  हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । यस खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भएपनि रेलको डिब्बा उपलब्ध नहुँदा सो लक्ष्य पनि समयमा पुरा नहुने सम्भावना उत्पन्न भएको छ ।
यसैगरी, विहारको जोगबनीदेखि विराटनगरसम्मको अर्को रेलमार्ग निर्माण कार्य पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो खण्डमा निर्माणका काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । मुलुकमा विभिन्न रेलमार्गका बारेमा ठुला बहस भइरहेपनि हाल जम्मा दुई खण्डको ८८ किलोमिटरको काम मात्र भइरहेको छ । निमार्र्णिधन यि दुईवटा खण्ड बाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हँदै आउने रेल लगायतका मार्गको चर्चा भइरहेको छ । पूर्व–पश्चिम रेलमार्गको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बाहेक अन्य केही काम हुन सकेको छैन । रेल विभागले दिएको जानकारी अनुसार बर्दिबासदेखि बुटबल, बर्दिबासदेखि इनरुवा र इनरुवादेखि काँकडभित्तासम्मको खण्डमा डिपिआर तयार भइसकेको छ । यसैगरि, सरकारले निकै चर्चाकालाथ अघि सारेको अर्को आकर्षक योजना काठमाडौं उपत्यकामा मोनोरेल संचालनको काम पनि लक्ष्य अनुरुप अघि बढेको छैन । यस योजना अनुसार उपत्यकामा रहेको २९ किलोमिटर चक्रपथ वरिपरी मोनोरेल कुद्नेछ । यस योजनाको प्रारम्भिक अध्ययन बाहेक अरु केही काम हुन सकेको छैन । सरकारले काठमाडौ उपत्यकामा मोनोरेल सञ्चालनमा ल्याएपछि अहिलेको बढ्दो ट्राफिक जामको समस्या स्वतः हट्ने दावी गर्दै आएको छ । 

एभियसन म्युजियम सञ्चालनमा

मधुजंग पाण्डे
काठमाडौ
राजधानीको सिनामंगलमा निर्माण भएको एभियसन म्युजियम सञ्चालनमा आएको छ । हाल इन्डोनेसियाको बाली विमानस्थलबाट संसारभरका विभिन्न गन्तव्यमा विमान उडाईरहेका एयर इन्डोनेसियाका प्रशिक्षक बरिष्ठ क्याप्टेन बेद उप्रेतीले आगामी नयाँ पुस्तालाई पाइलट बनाउने कार्यको आकर्षण बढाउने राष्ट्रिय अभियान स्वरुप करिब ७ करोड लगानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा शनिबारदेखि एभियसन म्युजियम सञ्चालनमा ल्याएका हुन ।
क्याप्टेन उप्रेतीले २०७१ साल २० फागुनमा त्रिभुवन विमानस्थलको धावन मार्गमा अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको टर्किस एयरलाइन्सको एयरबस ३३०–३०० विमानको सम्पूर्ण पार्टपुर्जालाई विमानस्थलबाट ल्याएर यस म्युजियम सञ्चालनमा ल्याएका हुन । अहिले विद्यालय तहका विद्यार्थीहरुलाई हवाई उडान सेवा क्षेत्रका बारेमा ज्ञान हाँसिल गराउने उदेस्यले यस म्युजियम सञ्चालन सुरु गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  डढेलधुरामा जन्मिएका क्याप्टेन उप्रेतीले यसअघि सुदुरपश्चिमको धनगढीमा सुरु गरेको बेद उप्रेती ट्रस्टद्धारा सञ्चालित एयरक्राफ्ट म्युजियममा स्थानीयवासीले देखाएको उत्प्रेरणासँगै अहिले थप लगानीमा यो म्युजयम सञ्चालनमा ल्याएको बताए ।
नेपालमै एभियसन म्युजियमका परिकल्पनाकार उप्रेतीले सुरुमा ३ करोड रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएर प्राधिकरणको सिनामंगल विमानस्थल भन्सार प्रवेशद्धार भन्दा अगाडीको त्यसै खेर गईरहेको केही जग्गामा यो एभियसन म्युजियम सञ्चालनमा ल्याएका हुन । उनले यस म्युजियमलाई स्वदेशी मात्र नभएर संसारभरका हवाई उडान क्षेत्रको इतिहास बारेमा जानकारी लिन चाहनेहरुकालागि शैक्षिक तथा थप नयाँ पर्यटकीय गन्तब्यस्थल हुने दावी गरे ।  उनले एयरबस ३३०–३०० सिरिजको ठुलो विमानमा स्थापना गरिएको यो म्युजियम संसारभरकै पहिलो एभिएसन म्युजियम भएको बताए ।

एभिएसन म्युजियम सुरु भएको जानकारी गराउन आयोजित  पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक बीरेन्द्रप्रसाद श्रेष्ठ पनि सहभागी भएका थिए । प्राधिकरणका उप महानिर्देशक श्रेष्ठले प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा यस म्युजियम सञ्चालनमा ल्याउने प्रयास भएको बताए ।
दुर्घटनामा परेको टर्किस एयरको एयरबस विमान भित्रै बनाईएको संग्रहालय विभिन्न ५ खण्डमा विभाजित रहेको छ । विमानभित्रका सबै सबै खण्डमा संसारभरका हवाई उड्डयन क्षेत्रका ज्ञानवद्र्धक एवं जानकारी मुलक विषयवस्तु र फोटाहरु राखिएको छ । सोही विमानको तल्लो तला एवं कार्गो राख्ने भागमा ठुलो सभा कक्ष समेत बनाईएको छ । जसमा सानो बैठक सञ्चालन गर्न सकिने छ ।
संग्रहालमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका विविध गतिविधि समेटिएको नेपाली र अंग्रेजी दुवै भाषाको श्रव्यदृश्य सामाग्री देख्न र सुन्न सक्नेछन् । वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ । संगै विमानको मोडेल पनि राखिएको छ । संग्रहालयको एयर फोर्स हलमा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु सजाएर राखिएको छ । त्यसपछि क्रमैसँग एयरबस–३८० र बोइङ–७७७ को मोडल , संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य विमानहरु (बोइङ र एयरबसका विभिन्न सिरिज), नेपालमा उडेका डिसी थ्री देखि अहिलेका नयाँ एयरबस–३३० र नेपाली सेनाको सिएन–३५ का सयौं मोडेलहरु सजाएर आकर्षक बनाएर राखिएको छ ।
लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको टर्किस एयरको दुर्घटनाग्रस्त विमान मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन उप्रेतीले अहिलेको यय संग्रहालय बनाउने परिकल्पनाको विजारोपण गरेका थिए । अहिले यस म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा हवाई उडान क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । अहिले यस म्युजियम अवलोकनका लागि सर्वसाधारणलाई प्रति व्यक्ति ३ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । तर विद्यालयको अनुमति लिएर आएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले निशुल्क प्रवेश पाउने छन् । अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । म्युजियम संचालनको सुरुको एक महिनाका लागि प्रवेश शुल्कमा केही छुट दिईएको सो म्युजियम व्यवस्थापनले जनाएको छ ।

Saturday, June 17, 2017

सडक निर्माणमा भईरहेको ढिलाइप्रति साँसदको चासो


काठमाडौ, ३ जेठ– नेकपा एमाले काठमाडौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले आफ्नो सक्रियतामा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति गम्भिर चिन्ता व्यक्त गरेका छन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने बताए ।
विगत केही सातादेखि आफुले यस सडक निर्माणमा भईरहेको ढिलाइप्रति निकै चासो लिएर सडक विभाग लगायत अन्य सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आएको जानकारी गराउँदै उनले यस बहुवर्षिय सडक निर्माण आयोजना लगायत अन्य विकासकालागि साँसद विकास कोषको तर्फबाट खर्च गर्न पाउने गरि पुन यस क्षेत्रको विकासकालागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए ।  तारकेश्वर नगरपालिकास्थित हरियाली समाजद्धारा शनिबारबार आयोजित तारकेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनीधीहरुको बधाई एवं शुभकामना कार्यक्रममा सांसद मानन्धरले यस्तो चिन्ता व्यक्त गरेका हुन । उनले यस सडक निर्माण कार्यमा कुनै अवरोध नपु¥याउन स्थानीयवासीलाई समेत आग्रह गरे । सरकारले काठमाडौको उत्तरी क्षेत्रमा सबै सुविधा सम्पन्न स्मार्ट सिटी बनाउने अवधारणा समेत सार्वजनिक गरिसकेकाले अब यस क्षेत्रको विकास निर्माणकालागि स्थानीयवासी स्वयंम जागरुक हुनुपर्ने बेला आएको बताए । सडक निर्माण एवं ढल जडान जस्ता अति आवस्यकीए पूर्वाधार विकास भएपछि मात्र आफुहरुले चाहना गरे अनुरुपको शहर बन्ने भन्दै उनले यस क्षेत्रको विकास निर्माणकालागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले यस क्षेत्रलाई आफुले सरकारले खोजे जस्तो नमुनाको शहरिकरणको परिकल्पना गरेको भन्दै आफ्नो यस कदमलाई साथ दिन आग्रह गरे । उनले सांसद विकास कोषबाट खर्च हुने रकमलाई समेत समानुपातिक ढंगले स्थानीयवासीको चाहना एवं आवस्यक्ता अनुरुप वितरण गर्न आफु लागिपरेको बताए । उनले अब यस क्षेत्रलाई काठमाडौ उपत्यकाकै नमुना पर्यटकीय हब बनाउने लक्ष्य लिएको बताए । उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।
तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोराले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले तारकेश्वर नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाइने बताए । जसकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने भन्दै उनले अब यस नगरपालिका भित्रका सम्पूर्ण भित्री सडकहरु पनि न्युनतम १३ फिट कायम गरिने बताए । उनले यहाँका पुराना निजी तथा सरकारी भौतिक संरचनालाई खासै असर नपर्नेगरि भित्रि सडकको मापदण्ड न्युनतम १३ फिट कायम गरिने भएकाले स्थानीयवासीलाई सोही अनुरुप बाटो छाड्न आग्रह गरे । यहाँका पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाइने बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) तानपा ५ वडाका अध्यक्ष बासुप्रसाद गौतम र सदस्य जयराम अर्याल लगायतले पनि यस क्षेत्रको विकास निर्माणकालागि आफुहरुले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताएका छन । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । सो कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र पण्डित लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

निगमलाई दुईवटा विमान खरिदकालागि २४ अर्ब जुट्यो नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग भयो ऋण सम्झौता

मधुजंग पाण्डे
काठमाडौ
सरकारको जमानतपछि बल्ल मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी एयरवस विमान खरिद गर्नकालागि लगानी जुटेको छ । नयाँ विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँ ऋण लगानीका लागि निगम व्यवस्थापनले छुट्टाछुट्टै सम्झौता गरेको हो ।
निगमले आइतवार कर्मचारी सञ्चयकोषसँग र सोमबार नागरिक लगानीकोषसँग एउटा÷एउटा विमान खरिद गर्न पुग्ने ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार निगमका तर्फवाट महाप्रवन्धक सुगतरत्न कंसाकार र नागरिक लागनी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका हुन् । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले सरकारको जमानतमा एयरबस विमान खरिदकालागि ऋण उपलब्ध गराएका हुन् ।
दुबै कोषले निगमकालागि एउटा एउटा विमानका लागि ऋण उपलब्ध गराएका हुन्। यी दुबै निकायसँग निगमले आगामी १५ बर्षका लागि ऋण लिएको हो । वार्षिक ९ प्रतिशत व्याजमा हरेक तीन÷तीन महिनामा किस्ता बुझाउने गरि ऋण सम्झौता गरिएको निगम महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी गराए । उनले हरेक तीन÷तीन महिनामा निमगले कोषसँग लिएको ऋणको किस्ता बुझाउने सर्तमा यो सम्झौता भएको बताए ।
नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विमान खरिदकोलागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको बताए । सो विमान खरिदकालागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको  जानकारी गराउँदै उनले उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको बताए । उनले यस सम्झौताबाट प्रत्यक्ष रुपमा मुलुकको आर्थिक समृद्वि,  रोजगारी सृजना र पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा कोषले गरिेको बताए ।
निगम महाप्रवन्धक कंसाकारले भने एयरबससँग हाइफ्लाइले गरेको विमान निर्माण अर्डर आफूहरुलाई प्राप्त भइ सकेको दावी गरे। उनले सो कागज नोटरी हुन बाँकी रहेको कारण मात्र कोषलाई उपलब्ध गराउन ढिला भएको समेत जानकारी गराए । उनले एयरबसले आगामी १९ देखि २५ जुनमा आयोजना हुने ’पेरिस एयर सो’ समारोहको अवसर पारेर नेपालको वाइडवडी जहाजलाई आफ्नो वेबसाइटमा राख्ने लिखित जानकारी हाइफ्लाइले आफुहरुलाई दिएको छ’ बताए । सन् २०१८ को मे र जुनमा दुवै विमान नेपाल ल्याइसक्ने निगमले दावी गर्दै आएको छ । विमान खरिदका लागि पहिलो किस्तावापत निगमले सात करोड ९० लाख अमेरिकी डलर (करिव आठ अर्ब नेपाली रुपैयाँ) पठाउने छ । यसअघि नै निगमले बैना वापत १० लाख अमेरिकी डलर भुक्तान गरिसकेको जनाएको छ । पहिलो चरणमा दुबै कोषबाट चार÷चार अर्ब रुपैयाँ लिने कंशाकारले बताए। विमान विक्रेता कम्पनी एएआर कर्पोरेसनले प्रतिविमान १० करोड ४८ लाख अमेरिकी डलरका दरले निगमलाई उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ ।
यसैबीच कर्मचारी सञ्चय कोषले एयरबसलाई विमान निर्माणको अर्डर गरेको प्रमाण ल्याएपछि मात्र रकम भुक्तानी दिने सर्त राखेको छ । आयरल्यान्डको हाइफ्लाइ एक्सले एयरबसलाई अर्डर गरेको विमान खरिद गर्न नसक्ने भएपछि अमेरिकाको एएआर कर्पोरेसनले सकारेर आफुलाई बेच्न लागेको निगमले जनाएको थियो । सोही अनुरुप हाइफ्लाइले एयरबसलाई विमान अर्डर गरेको बताईएको छ । अहिलेसम्म कर्मचारी संचय कोषले आफुले उपलब्ध गराउने ऋण १२ अर्ब रकम भुक्तानीका लागि निगमलाई ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ या अरु कुनै विश्वासिलो सुरक्षण ल्याउन पनि सर्त राखेको छ।  एयरबसले आफूलाई अर्डर आएको देखि डेलिभर भएकोसम्म जहाजको विवरण वेवसाइटमै राखेको छ । त्यसमा ठेगाना नखुलेको हाइफ्लाइ नामको एउटा कम्पनीको विवरण उल्लेख छ । तर, सो कम्पनीले विमान खरिदका लागि पछिल्लो समय कुनै अर्डर गरेको छैन । विमान विक्रेता कम्पनी एएआर कर्पोरेसन या निगमको नाममा पनि एयरबसलाई अर्डर गएको छैन। एयरबसले कुल १७ हजार १ सय ५५ थान विमानका लागि अर्डर पाएको विवरण आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । त्यस मध्ये निगमले खरिद गर्ने भनेको ए ३३०–२०० प्रकारको दुई हजार ९ सय ११ थान विमान अर्डर भएको एयरबसले जनाएको छ । नयाँ विमान खरिदका लागि आवश्यक डलर साट्न निगमले नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । नयाँ विमान आएपछि साउदी अरब, कोरिया , अष्ट्रेलिया, बेलायत र जापानमा उडान सेवा विस्तार गर्ने लक्ष्य लिएको निगमले जनाएको छ ।