Saturday, March 3, 2012

बुद्ध एयरको काठमाण्डौं– वाराणसी उडान सुरु

काठमाडौ, १८ फागुन  निजी वायुसेवा कम्पनी बुद्ध एयर प्रालिले छिमेकी मुलुलुक भारतका विभिन्न शहरहरुमा सेवा विस्तार गर्ने अवधारणा अनुरुप बिहीबारबाट काठमाण्डौं–वाराणसी–काठमाण्डौं नियमित उडान शुरु गरेको छ । बुद्धको सो उडानको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले गरेका हुन । बुद्धले आईतबार, मंगलबार, विहिबार र शनिवार एक एक उडान गरि  साताको ४ उडान गर्न लागेको जनाएको छ । ती उडान काठमाडौबाट ३ बजे र उताबाट सावा ४ बजे हुनेगरि नियमित उडान तालिका सार्वजनिक गरेको बुद्धले जनाएको छ । कम्पनीद्धारा बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा  प्रालिका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले धार्मीक दृष्टीकोबाट नेपालमा अवस्थित पशुपतिनाथ र वाराणसी स्थित विश्वनाथ पवित्र धार्मिक गन्तब्यस्थल  रहेकाले ती स्थानमा पुग्ने यात्रुलाई सहज हवाई सेवा प्रदान गर्ने उदेस्यले दुद्धले नियमित उडान सञ्चालन गरेको बताए । उनले अब छिट्टै पोखरा–लखनउ उडान भर्ने बताए । उनले काठमाण्डौ र वाराणसीको प्राचिनतम संवन्ध र भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पछि आफ्नो प्रथम प्रबचन प्रस्तुत गरेको स्थान सारनाथ पनि वाराणसीकै नजिक रहेको, जुन धार्मिक दृष्टिकोणले बौद्ध, हिन्दू तथा जैन धर्म मान्नेहरुका लागि पवित्र स्थलकै रुपमा मानिएकाले धार्मिक पर्यटकलाई हवाई सेवा दिन उडान सेवा विस्तार गरेको बताए  । प्रालिका बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले उडान सुरु भएको पहिलोदिन बिहीबार ४७ सिटे जहाजमा ४७ जना नै वनारस गएको बताए । उनले पहिलो उडानमा २५ जना अन्य यात्रु र पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र प्रालिका कर्मचारी गरि सबै सिट भरिएको जानकारी दिए । उनले अहिले काठमाण्डौबाट वाराणसीको  एकतर्फी भांडादर प्रति व्यक्ति ५हजार ३१ रुपैयाँ कायम गरिएको बताए । सो कार्यक्रममा मन्त्री विष्टले नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानमा भएको उडान विस्तारले मुलुकको गौरब बढाएको बताए ।

No comments:

Post a Comment