Saturday, March 3, 2012

बुद्ध एयरको विमान दुर्घटनाको कारण मानवीय त्रुटी, दुर्घटना जाँच आयोगको प्रतिवेदन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १९ फागुन
सरकारद्धारा गठित उच्च स्तरीय दुर्घटना जाँच आयोगले गत ८ असोजमा ललितपुरको कोटडाँडामा १९ जनाको ज्यान जानेगरि दुर्घटनाग्रस्त भएको नीजि वायुसेवा कम्पनी बुद्ध एयरलाइन्सको ९ एनएइके १९०० डि बीचक्राफ्ट जहाज  दुर्घटनाको कारण मानिय त्रुटि भएको ठहर गरेको छ ।
१६ जना यात्रु र ३ सदस्यीय चालक दल सहित १९ जनाको ज्यान जानेगरि भएको दुर्घटनाको विस्तृत विवरण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलिको संयोजकत्वमा गठित ५ सदस्य दुर्घटना जाँच आयोगले पाँच महिना ९ दिन लगाएर तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै बुद्ध एयरको जहाज दुर्घटनाको सम्भाव्य कारण मानविय त्रुटि नै भएको दावी गरेको छ ।
आयोगका अध्यक्ष दलीले शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टमगरलाई बmुझाएको प्रतिवेदनमा मौसम खरावका बेला चालक दलले बढी जान्ने भएर जर्बरजस्ती उडान गरेकाले बुद्धको जहाज दुर्घटना भएको दावी गरिएको छ ।  सो प्रतिवेदनमा दुर्घटनामा ज्यान गुमाएका चालक जनक बहादुर (जेबी ) ताम्राकार र पद्मा अधिकारीले माउन्टेन उडान सकेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रकासित स्तरीय अवतरण विधी अवलम्वन नगरी बादलमा छिरेपछि बादलभित्रै जहाजको उचाई तल झार्दा कन्ट्रोल गर्न नसकेकै कारण सो दुर्घटना भएको उल्लेख छ । मौसम विग्रिएको बेला आपतकालिन स्थितीसँग सामना गर्दा ती चालकदलले आफ्नो वास्तविक अवस्था पहिचाहन गर्न नसकेकै कारण दुर्घटना भएको ठहर गरेको छ । 
प्रतिवेदनले  गत ८ असोजको विहानै साढे ६ बजे १६ जाना यात्रु र ३ सदस्यीय चालक दल सहित माउन्टेन फ्लाइटमा उडेको विजक्राफ्ट जहाज विमानस्थलबाट उड्ने बेलादेखि विहान ९ बजेसम्म काठमाडौ उपत्यकाको मौसम खराव भएको चालक दलले माउन्टेन उडान सकेर फर्कने क्रममा कन्ट्रोल गर्न नसकेकै कारण दुर्घटना हुन पुगेको  दावी गरेको छ । 
प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष दलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ) ले जारी गरेको प्रावधान अनुसार आफुहरुले सो प्रतिवेदन प्रस्तुत गरि सरकारलाई बुझाएको बताए । सरकारले दिएको ९० दिने समयभित्र दसै,तिहार परेको र आवस्यक रकम लिन ढिला भएकाले पाँच महिना लगाएर प्रतिवेदन तयार पार्ने काम पुरा गरेको जनाकारी गराउँदै उनले आगामी दिनमा यस्ता दुःखद दुर्घटना नदोहोरियो भनेर जहाज दुर्घटना हुने सहायक कारणहरुका बारेमा समेत ज्ञान हासिल गर्ने प्रतिवेदन बुझाएको बताए ।  प्रतिवेदनमा दुर्घटना भएको स्थलको निरीक्षण, फ्लाइवेय किटबक्सबाट पत्ता लागेका प्रमाण , सुरक्षाकर्मी, सम्बन्धीत प्राविधीक एवं अन्य समकक्षी पाइलटहरुसँग लिएको जानकारी, मृततको पोष्टमाटम रिपोर्ट र क्यानको उडान तालिका लगाएतका प्रमाण संकलन गरि गम्भिर अध्ययन गरेर दुर्घटनामा खराव मौसम र मानवीय त्रुटी दोसी देखिएको ठहर गरेको पनि उनले जानकारी गराए । उनले २०२४ को दुर्घटना जाँच ऐन सम्बन्धी प्रावधान अनुरुप आयोगले सो प्रतिवेदन तयार गरेको बताए ।
दलीको अध्यक्षतामा सरकारद्धारा गठित सो आयोगमा नेपाल वायुसेवा निगमका उप निर्देशक पाइलट श्रवण रिजाल, गुण एयरलाइन्सका प्रमुख प्राविधिक इन्जिनीयर रामप्रसाद कोइराला नागरिक उड्डयन प्राधिकरण अन्र्तरगतका एभिएसन मेडिकल बोर्ड संयोजक डा. रन्जितसिँह बराल र पर्यटन मन्त्रालयका सह सचिव सुरेश आचार्य रहेका छन ।  आयोगका सदस्य डा. बरालले जहाज दुर्घटनाको कारण मानवीय त्रुटी भएको दावी गर्दै दुर्घटनामा ज्यान गुमाएका चालक लाम्राकारले अघिल्लो दिन साँझ साढे ७ सम्म ठुलो एटिआर जहाज उडाएको र विहानै सानो जहाज उडाउँदा बढी थकाइले पनि सो दुर्घटना भएको छानविन अध्ययनमा देखिएको बताए । अर्का सदस्य   इन्जिनीयर रामप्रसाद कोइरालाले दुर्घटना भन्दा ३÷४ सेकेन्ट अघि जहाज ठोकिँदै छ भन्ने जहाजको उपकरणले देखाएपनि पाइलटले कन्ट्रोल गर्न नसकेको बताए । खराव मौससमा ६ हजार मिटर भन्दामाथी र प्राधिकरणले दिएको रुट नविगारेको भए सो दुर्घटना नहुने प्रतिवेदनले देखाएको जानकारी गराउँदै उनले पाइलटहरुलाई जिपिडब्लुएस र एसओपी को  सैद्धान्तिक ज्ञान भएपनि व्यवहारमा लागु नगरेकाले सो दुर्घटना भएको बताए ।  पर्यटन सचिव गणेशराज जोशीले बुद्धको जहाज मानविय कमजोरीकै कारण दुर्घटना भएको भन्दै अब यस्तो दुर्घटनाबाट बच्न सम्बन्धीत सबै निकाए चनाखो हुनुपर्ने बताए । 

No comments:

Post a Comment