Wednesday, March 28, 2012

केरुङ–रसुवागढी जोड्ने नाका खोल्न माग

काठमाडौ, १४ चैत –पर्यटन व्यवसायी  एवं सरोकारवालाहरुले मुलुकको पर्यटन विस्तारकालागि अब छिमेकी मुलुक चीनको केरुङदेखि रसुवागढी जोड्ने नाका खोल्नु आवस्यक भएको बताएका छन । उनीहरुले चिनिया पर्यटक आगमनको संख्या बढाउन हाल सञ्चालित एक मात्र स्थलगत मार्ग ‘खासा–तातोपानी’ नाकामा मात्र निर्भर नभएर केरुङबाट पर्यटक आवत जावत गर्ने सहज वातावरण मिलाउन सरकारसंग आग्रह गरेका छन ।
मंगलबार राजधानीमा आयोजित ‘रसुवा–नुवाकोट पर्यटन समाज’ को उद्घाटन कार्यक्रममा व्यवसायी एवं सरोकारवालाहरुले केरुङ–रसुवागढी जोड्ने नाका खोल्नु आवस्यक भएको बताएका हुन ।
नेपाल पर्वतारोण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले मुलुकको पर्वतीय पर्यटन प्रवद्र्धनकालागि अब केरुङ रसुवागढी स्थलगत मार्ग खोल्नु आवस्यक भएको बताए । हाल नेपाल–चीन जोड्ने एकमात्र स्थलगत मार्ग सिन्धुपाल्चोक स्थित ‘खासा– तातोपानी’ नाका मात्र अपुग भएको भन्दै उनले पदयात्रामा निस्कने पर्यटकको बसाई लम्बाई चीन तर्फबाट आउने पर्यटकको संख्या बढाउन केरुङ– रसुवागढी नाका सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पर्यटन वर्ष २०११ को लक्ष्य पुरा नहुनुको  कारण पनि काम भन्दा हल्ला बढी भएको बताउँदै शेर्पाले भने,‘ केरुङ–रसुवागढी नाका सञ्चालनमा आएपछि रसुवा, नुवाकोट र धादिङ जिल्लाका सबै गन्तब्यस्थलमा सजिलै पर्यटक पुग्ने छन’।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ( टान) का अध्यक्ष महेन्द्रसिँह थापाले हाल टान सिन्धुपाल्चोको पाँचपोखरी देखि रसुवागढीसम्मको नयाँ पदमार्ग सञ्चालनको तयारीमा जुटेको बताए ।  भर्खरै गठन भएको रसुवा–नुवाकोट पर्यटन समाजले अब ओझेलमा परेका गन्तब्यस्थलको प्रचार प्रसारको काम अघि बढाउने अपेक्षा गरिएको बताउँदै उनले हाल बन्द रहेको मनास्लु क्षेत्र खोल्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्देशन गरिसकेको जानकारी गराए ।
समाजका अध्यक्ष बलराम न्यौपाने र महासचिव शिब अधिकारीले पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना भएर पनि बत्तिमुनीको अँध्यारो अवस्थामा रहेको नुवाकोट र रसुवा जिल्लामा भएका अथाह गन्तब्य बेच्न नवगठित समाजले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै समाजले भविश्यमा गर्ने विविध कार्य योजनाका बारेमा जानकारी गराएका थिए ।  सो कार्यक्रममा पर्यटन मन्त्रालयका सह सचिव मोहनकृष्ण सापकोटा, नुवाकोट जिल्लाका स्थानीय विकास अधिकारी दामोदर भण्डारील र रसुवाका स्थानीय विकास अधिकारी राममणी भट्टराई, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले अहिले सरकार यी दुबै जिल्लाको पर्यटन गुरुयोजना निमार्ण गरि पर्यटन प्रवद्र्धन गर्ने कार्यमा जुटेको बताएका थिए । उनीहरुले प्रचुर सम्भावना भएर पनि नुवाकोट दरबार, बसन्ती दरबार, बेल्कोट गढी, बेत्रावती, उत्तर गया र रसुवागढी लगायतका ऐतिहासिक धरोहर प्रचार प्रसारको अभावमा ओझेलमा परेकाले अब समाजले ती गन्तव्यस्थल विस्तारको अभियानलाई जोड दिने अपेक्षा गरेको बताएका थिए । उनीहरुले सरकारले सार्वजनिक गरेको ‘भिजन–२०’ को लक्ष्य पुरा गर्न अहिले गाउँ पर्यटनको अवधारणालाई  विशेष महत्व दिएको जानकारी गराए । जसले पर्यटनको लामा स्थानीय स्तरमा पुग्ने उनीहरुको दावी छ ।
 समाजको अध्यक्षमा न्यौपाने
काठमाडौ÷रास– रसुवा–नुवाकोट पर्यटन समाजको अध्यक्षमा रसुवा ट्रेकका प्रवन्ध निर्देशक बलराम न्यौपाने चयन भएका छन । नवगठित समाजको प्रथम उपाध्यक्षमा शिव लामिछाने, द्धितीय उपाध्यक्षमा राजाराम आचार्य, महासचिवमा शिब अधिकारी, सचिवमा भुवनराज आचार्य र कोषाध्यक्षमा राजेन्द्रमान डंगोल रहेका छन । यसैगरि सदस्यहरुमा बसन्तबहादुर बस्नेत, मिनबहादुर अधिकारी, कृष्ण प्रसाद पाण्डे, प्रेमराज तिमिल्सेना, भरतप्रसाद अर्याल, पुष्करराज पाठक, जगतबहादुर गुरुङ, दिनेश तामाङ र केदार तामाङ रहेका छन । यसैगरि समाजका सल्लाहकारहरुमा वरिष्ठ पर्यटन व्यवसायीहरु टानका पूर्व अध्यक्ष दीपक महत, बिक्रम पाण्डे, फिस्टेल एयरका प्रवन्ध निर्देशक सुमन पाण्डे, नाट्टाका प्रथम उपाध्यक्ष मधुसुदन आचार्य, द्धितीय उपाध्यक्ष सम्भु पाठक र महाचिव अच्चुत गरागाइँ, बैकुण्ड पाण्डे नाराका पूर्व अध्यक्ष गोपाल खरेल लगायत छन ।   
  

No comments:

Post a Comment