Wednesday, March 28, 2012

भेनस क्यासिनोका मजदुर आन्दोलित

काठमाडौ, १० चैच– मल्ल होटल स्थित भेनस क्यासिनोमा कार्यरत मजदुरहरु व्यवस्थापनले आफ्ना माग पुरा नगरेको भन्दै आन्दोलित भएका छन । उनीहरुले विगत लामो समयदेखिको माग पुरा नभएको र व्यवस्थापनद्धारा निकालिएका ३८ जना मजदुरलाई तत्काल पुर्नरबहालि गर्नुपर्ने भन्दै शुक्रबार डेढ घण्टासम्म क्यासिनोको मुल गेटमा धर्ना दिएर नायव महाप्रवन्धक भविश्वर अर्याललाई कार्यालयमा प्रवेश गर्न रोक लगाएका थिए ।  क्यासिनोका नायव महाप्रवन्धक अर्यालले प्रहरी हस्तक्षेप गरि आफुहरुलाई लखेट्ने प्रयास गरेको आन्दोलनरत मजदुरहरुले बताएका छन ।
किशोर सिलवाल सञ्चालक रहेको भेनस क्यासिनोमा श्रमिकले राखेका विविध माग पुरा गर्ने विषयमा विगत केही महिनादेखि नै मजदुर र व्यवस्थापन पक्षबीच झगडा हुँदै आएको थियो । सो समस्या समाधान गर्न व्यवस्थापनलाई दवाव दिन विभिन्न संगठनमा आवद्ध मजदुरहरुले शुक्रबार करिब डेढ घण्टासम्म क्यासिनोको मुल गेटमा प्रदर्शन गरेका हुन ।
नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन इकाईका सचिव दिवस कार्कीले मजदुरले उठाएका जायज पुरा गर्न यसअघि भएको दवावमुलक कार्यक्रममा १० जना कर्मचारीलाई निस्कासन गरेको र ३८ जना मजदुरलाई कामबाट हटाउन स्पष्टिकरणपत्र थमाउने नायव महाप्रवन्धक अर्याललाई कार्यालयमा प्रवेश गर्न रोक लगाई व्यवस्थापनलाई दवाव दिन आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । माओवादी निकट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष अजिता सिंखडाले मजदुर र व्यवस्थापन पक्षबीच भएको माग अहिलेसम्म पुरा नगरेकाले क्यासिनो व्यवस्थापनलाई दवाव दिन अहिले मजदुर आन्दोलित भएको बताइन । उनले जबसम्म व्यवस्थापनले बार्ताको वातावरण मिलाउँदैन तबसम्म मजदुरले आन्दोलनका कार्यक्रमलाई थप चर्काउने बताइन।  सोही विषयमा जिज्ञाशा राख्दा क्यासिनो व्यवस्थापन पक्षले भने केही बताउन चाहेन ।

No comments:

Post a Comment