Wednesday, March 28, 2012

वर्षदिनमा सात पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि, पेट्रोल, मट्टितेल र डिजेलमा ४ रुपैया बढ्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १४ चैत
नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले मंगलबार देखि लागू हुने गरी पेट्रोल, डिजेर र मट्टितेलमा प्रति लिटर ४ रुपैयाँका दरले मुल्य वृद्धि गरेको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्य भने बढाईएको छैन । सो मुल्य बृद्धि एक महिना भित्रमा दोस्रो पटको हो । निगम सञ्चालनक समितिले गत राती कसैले थाहा नपाउने गरि गरेको मुल्य बढाउने निणर्यले मंगलबार विहानैदेखि पेट्रोलियम पदार्थ थाप्न पम्पमा पुगेका उपभोक्ता एक्कासी बढेको मुल्य तिर्न बाध्य भएका थिए । बढेको नयाँ मुल्य अनुसार अहिले पेट्रोल प्रतिलिटर १ सय २० रुपैया“ं, डिजेल र मट्टितेलको मुल्य ८९ रुपैया“ पुगेको छ । यस अघि पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैया“ं तथा डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ८५ रुपैया“ं थियो ।
यसअघि निगमले गत १३ फागुन,  माघ, कात्तिक र  भदौमा गरि चारपटक मुल्य बढाएको थियो । निगमले बढ्दो घाटा कम गरी सहज आपूतिको बन्दोबस्त मिलाउन बाध्यवस पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नुपरेको दावी गरेको छ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको बताए । उनले बढ्दो अन्तर्राष्ट्रिय मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न गएराति निगम सञ्चालक समितिले गरेको निणर्य अनुरुप प्रति लिटर ४ रुपैयाँका दरले बढाइएको बताए ।
पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बृद्धि भएपनि अहिले खाना पकाउने एलपी ग्या“स र  हवाई ईन्धनमा भने मूल्य नबढाईएको उनले जानकारी गराए । अझै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५ सय ६३ रुपैया“ ४० पैसा र प्रति लिटर डिजेलमा १० रुपैया“ ५२ पैसा घाटा रहेको बताउँदै ढुंगेलले राजधानीसँग भने, ‘ अहिले निगम ग्यासको मुल्य समायोजनको तयारीमा जुटेको छ’ । ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले दुई थरि कार्ड जारी गर्न लागेको जानकारी गराउँदै उनले  उपभोक्ता र औद्योगिक प्रयोजनकालागि छुट्टाछुट्टै मुल्य लागु हुने बताए । 
मूल्य बढाउनु अघि निगमलाई मासिक १ अर्व ३३ करोड रुपैया घाटा रहेको जानकारी गराउँदै उनले यो मूल्यवृद्धि पछि पनि अझै निगमलाई मासिक १ अर्ब ३ करोड रुपैया“ घाटा रहने बताए । उनले यस मूल्यवृद्धि पछि अब पेट्रोलमा प्रति लिटर ३ रुपैया“ ७७ पैसा र  मट्टितेलमा ४ रुपैया“ ८८ पैसा नाफा हुने जानकारी गराए ।
यसअघि निगमले गत १३ फागुनमा पेट्रोलियम  पदार्थको मुल्य बढाएको थियो ।  उपभोक्ता र विद्यार्थीको चौतर्फी दबावका कारण दुई महिना अघि वृद्धिपछि घटाइएको पेट्रोलिय पदार्थको मुल्य पुनः दोस्रो पटक बढाईएको हो । त्यसबेला निगमले पेट्रोल,डिजेल,मट्टितेल र हवाई ईन्धनमा प्रति लिटर ४ रुपैया“ले वृद्धि गरेको थियो ।
सो मुल्य बृद्धि पछि उपभोक्ताले  पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलको ८५ तथा हवाई इन्धनको १ सय ९ रुपैया“ तिर्दे आएका थिए ।  यसअघि गत ४ माघमा  खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैया“, पेट्रोलमा प्रति लिटर १० रुपैया“ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ९ रुपैया“का दरले मूल्यवृद्धि गरेको थियो । सो वृद्धिको बिरोधमा विद्यार्थी संगठनहरुले सडक तताएपछि गत १२ माघमा प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैया“ले घटाइएको थियो  ।
यो सँगै एक वर्षको अवधिमा पेट्रोलमा ७, हवाई इन्धनमा ६ , डिजेल र मट्टीतेलमा ५ पटक मूल्यवृद्धि भएको छ । अधिकाँश उपभोक्ताले निगमले जनतालाई झुक्याएर एक्कासी मुल्य बढाएकाले आफुहरु गम्भिर मारमा परेको बताएका छन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अब सार्वजनिक यातायात र खाद्यान्नमा पनि स्वत  मूल्यवृद्धि हुनेछ । यो मूल्यवृद्धिले सर्वसाधरणलाई बिहान÷बेलुकाको छाक टार्न समेत मुस्कील पर्ने उपभोक्ता बताउँछन । निगमको मूल्यवृद्धिलाई उपभोक्तावादी संघ÷संस्थाले निन्दा र भत्र्सना गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले यो मुल्यबृद्धि सरकारको अनैतिक कामको चरम परकाष्ठा भएको बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमले उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाएको भन्दै आपत्ति प्रकट गरे । ‘एक्कासि उपभोक्ताले खेप्न नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ,’ महर्जनले भने, ‘आम उपभोक्तालाई मार पर्ने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ ।’

No comments:

Post a Comment