Wednesday, March 28, 2012

हेलिकोप्टरको पखेटामा ठोकिएर चार सैनीक घाइते , चार्टड उडानबाट लुक्ला र स्याङबोचे जाने यात्रु प्रभावित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ चैत
प्रशिक्षणको क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट खस्दै गरेका ४ जना सैनीक जवान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिर्ङ गरि राखेको श्री एयरलाइन्सको ‘एमआई–१७’ हेलिकोप्टरमा ठोक्किएर घाइते भएका छन् । जसका कारण श्री एयरलाईन्सको चार्टड उडानबाट लुक्ला र स्याङबोचे जाने करिब एकसय बढी यात्रु  समेत प्रभावित भएका छन ।
बुधबार दिउँसो साढे २ बजे अभ्यासको क्रममा सेनाको सानो हेलिकोप्टरबाट डोरीको सहायताले भुइँमा झर्ने क्रममा उनीहरु श्री एयरको होलिकोप्टरमा ठोकिएर घाइते भएका हुन । घाइते सैनिकलाई तत्काल उपचारार्थ छाउनीस्थित वीरेन्द्र सैनीक अस्पताल लगिएको थियो ।
श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले सेनाको जहाजबाट हामफाल्दै गरेका चार जना पार्किङमा राखिएको हेलिकोप्टरमा अल्झेर लड्दा आफ्नो हेलिकोप्टरको पखेटामा क्षति पुगेको बताए ।  पाँच ओटा पखेटा मध्ये एउटा भाँचिएको जानकारी गराउँदै उनले यस दुर्घटनाले श्रीएरले आगामी शनिबारदेखि गर्न लागेको लुक्ला र स्याङबोचेको उडान प्रभावित बनाएको बताए । शनिबारदेखि चार्टड उडानबाट करिब एकसय जना पदयात्री पर्यटकलाई लुक्ला र स्याङबोचे विमानस्थल पु¥याउन हेलिकोप्टर बुकिङ भईसकेको  जानकारी गराउँदै मानन्धरले राजधानीसँग भने, ‘ बिग्रिएको पखेटा फेर्न र अन्य भाग मर्मत गर्न नभ्याइन सक्छ ’। त्यसैले आफ्नो उडान प्रभावित भएको उनको भनाइ छ । उनले पुरै परिक्षण गर्ने कार्य नसक्कीकन हेलिकोप्टरमा भएको क्षेतिको यकिन विवरण नआउने बताए ।
अहिले घाइतेहरु सैनिक अस्पतालमा उपचार गरिरहेका छन । उनीहरुको अवस्था खतरामुक्त रहेको सेनाका प्रवक्ता रविन्द्र Ôेत्रीले जानकारी गराए । तालिम अभ्यासका क्रममा सेनाकै सानो हेलिकोप्टरबाट डोरीबाट झर्दै गर्दा उनीहरु श्री एयरलाइन्सको हेलिकोप्टरको पखेटामा ठोक्किन पुगेको बताउँदै  Ôेत्रीले  भने, ‘यो दुर्घटना हेलिकोप्टर जुधेर भएको होइन’।
विमानस्थलमा सेनाले एन्टी एयरक्राङ्खट हाइज्याकिङ तालिमको अभ्यास गर्दा सो सो दुर्घटना भएको हो । श्री एयरको हेलिकोप्टरको ठूलो पखे“टामा सामान्य Ôति पुगेको उनले जानकारी गराए । यस दुर्घटनामा सेनाको हेलिकोप्टरमा भने कुनै Ôति पुगेको छैन । आगामी २३ चैतमा हुने एक कार्यक्रमका लागि सेनाले हेलिकोप्टर अभ्यास गरिरहेको थियो ।
विमानस्थलको हेलिप्याड भएको स्थानमा नेपाली सेनाले एन्टी हाइज्याकिङग तालिम सन्चालन गरिरहँदा तालिम लिइरहेका चार सैनिक घाइते भएका हुन् । तालिम लिने चार जवान भू“ईमा झरिसकेको आकलन गरी पाइलटले सेनाको एलोट हेलिकप्टर चलाउ“दा जवान घाइते भएका हुन् ।
हेलिकप्टरमा झुण्डाइएको डोरीको सहयोगले सेनाका जवान भूइ“मा झर्नुपर्ने थियो । तर उनीहरु नझर्दै हेलिकप्टर चलेपछि ३ जना भुईमा पछारिए । डोरीमै रहेका अर्का एक जवान पाकिङर्गमा रहेको हेलिकोप्टरकोे पखेटामा लागेर गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । घाइते प्रशिक्षार्थी सैनीकका ढाडको हड्डी भा“चिएको बताईएको छ ।

No comments:

Post a Comment