Tuesday, July 29, 2014

१६ वर्È पछि पुनः ब्यु“ताइयो पर्यटन विभाग, दुई सहसचिव सहित ५८ कर्मचारी राखिने ,बोर्डको अस्तित्व संकटमा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,११ साउन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विघटन गरिएको १६ वर्Èपछि पुनः पर्यटन विभाग ब्यु“ताएको छ । सरकारले सन् १९९८ मा विभाग विघटन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी)को अवधारणामा नेपाल पर्यटन बोर्ड गठन गरेको थियो । सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुसार ५ जना निजी क्षेत्रबाट र अन्य सरकारका विभिन्न निकायका प्रतिनिधी सञ्चालक समितिको सदस्य रहेको  नेपाल पर्यटन बोर्डमा विगत केही वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्ति गर्ने कार्यमा समेत ब्यापक राजनीतिक हस्तÔेप भएपनि बोर्डमा हाल भईरहेको संरचनालाई समय अनुकुल परिवर्तन गर्नकालागि पुरानै पर्यटन विभाग ब्युँताउने प्रस्ताव मन्त्रिपरिषदमा लिएर गएको मन्त्रालयले जनाएको छ ।
पर्यटन बोर्डमा भइरहेको अनावस्यक राजनीतिक हस्तक्षेप नियन्त्रण गर्न निकै प्रयास गर्दापनि नसकिएको र सञ्चालक समितिले गरेको काम पनि सन्तोषजनक नभएपछि बाध्य भएर विभाग ब्यु“ताउने प्रस्ताव मन्त्रिपरिÈदमा पु¥याएर पारित गराएको मन्त्रालयले बताएको छ । पर्यटन मन्त्रालयले पर्यटन विभाग पुनः सञ्चालन गर्नकालागि पु¥याएको प्रस्ताव मन्त्रिपरिÈद अन्तर्गतको प्रशासन समितिले गत साता अनुमोदन गरेपछि मन्त्रालयलाई पुनः विभाग नै ब्युँताउने बाटो खुलेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले गत साता बसेको मन्त्रिपरिÈद्को बैठकले विभाग गठन गर्ने निर्णय गरेपछि अहिले मन्त्रालय त्यसको तयारीमा जुटेको बताए । विभाग सञ्चालनमा आउन अझै“ एक महिना लाग्ने बताउँदै  उनले हाल प्रदर्शनीमार्ग स्थित पर्यटन बोर्डको भवनमा रहेको पर्यटन उद्योग महाशाखालाई गाभेर विभाग बनाइने तयारी भईरहेको जानकारी दिए । हाल महाशाखा रहेको ठाउँ विभागकालागि केही अपुग भएकाले अन्य विकल्पको पनि खोजी भइरहेको बताउँदै सापटोटाले भने, ‘ अहिले मन्त्रालय विभागको लागि ब्यापक तयारीमा जुटेको छ’। उनले विभाग पर्यटकीय सेवामा सुधार, पर्यटन Ôेत्रको संरचना विकास र पर्यटकको सुरÔा गर्न गठन गरिएको बताए ।  यसैगरि, मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास आयोजनाका सबै कर्मचारी विभागमा जाने र पर्यटन महाशाखाका सबै काम विभागमा नै सारिने तयारी भईरहेको उनले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार विभागको नेतृत्व सह सचिव स्तरका महानिर्देशकले गर्ने छन् । एकजना उप महानिर्देशक पनि सह सचिव स्तरकै रहने छन्।  यसैगरि, विभागमा के कति दरबन्दी हुने ? भन्ने स्वीकृत भइसकेकाले अब नयाँ विभागमा एक सह सचिवको नेतृत्वमा ५८ कर्मचारी हुने उनको भनाई छ ।
मन्त्रालयका अनुसार अब पुनः ब्युँतिदै गरेको पर्यटन विभागले पर्यटन पूर्वाधार, नया“ गन्तव्य पहिचान, गुणस्तरीय सेवा, आन्तरिक पर्यटन प्रवद्र्धन, दीर्घकालिन पर्यटन योजना, पर्यटन सेवाको गुणस्तरीयता नियन्त्रण, पर्यटन क्षेत्रसँग सम्बन्धीत विभिन्न आचारसंहिता बनाउने, पर्यटक सुरÔा, क्यासिनो दर्ता, रोयल्टी उठाउने, नवीकरण गर्ने,  होटल, ट्राभल, ट्रेकिङ दर्ता, नवीकरण, पर्वतारोहण अनुमति दिने काम, सलामी दस्तुर उठाउने लगायतका कार्य गर्ने छ । मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पर्यटन मन्त्री भीमप्रसाद आचार्य र निवर्तमान सचिव सुशील घिमिरे बोर्डको कामप्रति निकै सन्तुष्ट नभएपछि विभाग गठन गर्ने निर्णयमा पुगेका हुन्’। मन्त्री र निवर्तमान सचिव बोर्डका कर्मचारी भन्दा पनि पर्यटन व्यवसायी प्रति नै बढी असन्तुष्ट भएकाले पर्यटन बोर्डको कामहरु विस्तारै विभागमा गाभ्दै जाने लक्ष्य सहित मन्त्रालयले विभाग पुनः ब्यु“ताएको उनको दावी छ ।
राष्टिय एवं अन्तर्राष्टिय स्तरमा मुलुकको पर्यटन प्रवद्र्धन गर्ने अख्तियारी पाएको बोर्डमा निजी Ôेत्रका पर्यटन व्यवसायीले ५२ दिनसम्म अनसन लगायत विभिन्न अवरोधका कार्यक्रम गरेर पर्यटन बोर्डको दैनिक काम कारबाही नै ठप्प पारेपछि त्यसबेला बोर्डबाट हुने सबै प्रवद्र्धनात्मक काम ठप्प भएका थिए । सोही मौकालाई सदुपयोग गरि अहिले सरकारले पुनः विभाग ब्यु“ताउने तयारी गरेको हो । त्यसबेला बोर्डमा देखिएको अनावस्यक बिबाद लामो समयसम्म पनि समाधान हुन नसकेपछि सरकारले विभाग बनाउने तयारी गरिरहँदा अहिले निजी क्षेत्र भने निकै निराश बनेका छन् ।
पर्यटन बोर्ड बिरुद्धको ५२ दिने आन्दोलनका अगुवा एवं ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल(टान)का अध्यÔ रमेश धमलाले विभाग बोर्डमा गाभ्ने कार्य उपयुक्त नभएको बताए । यदि सरकारले बोर्डलाई गाभ्ने निर्णय गर्छ भने व्यवस्थापन असफल देखिन्छ भन्दै उनले हाल व्यवसायीले बोर्डको नेतृत्व निजी Ôेत्रलाई दिनुपर्छ भन्दै आएको बताए ।

No comments:

Post a Comment