Wednesday, June 1, 2011

नेपाली आकासमा २५ लाख हवाई यात्रु



मधुजंग पाण्डे राजधानी
काठमाडौ १९ जेठ
२००६ सालमा राजा त्रिभुवन वीरबिक्रम शाह भारत पुगेर नेपाल फर्कर्ने क्रममा काठमाडौको सिनामंगल स्थित गौचरणमा पहिलोपटक भारतीय विमान अवतरण गरेपछि सुरु भएको नेपाली आकासमा अहिले हवाई यात्रुहरुको संख्या वार्षिक करिब २५ लाख पुगेको छ ।
पुरानो टाटा गाडी चढेर भारत सवारी भएका तत्कालिन राजा त्रिभुवनलाई भारतले दयागरि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएकै ठाउँको गौचरणमा पहिलोपटक हेलिकप्टरबाट अवतरण गराएको ६२ वर्षपछि अहिले नेपाली आकास हुँदै विदेशीने र स्वदेश भित्रिने हवाई यात्रुको संख्या वार्षिक करिब २५ लाख पुगेको हो । विभिन्न १३ ओटा मुलुकका स्वदेशी र विदेशी गरि २८ कम्पनीका जहाजले उडान भरिरहेकाले अहिले नेपाली आकासमा वार्षिक करिब २५ लाख हवाई यात्रु उडिरहेका हुन ।
अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका २८ ओटा वायुसेवा कम्पनीहरुले सन २०१० मा २४ लाख ३६ हजार ५ सय ५८ जना यात्रु ओसारेका छन । सो संख्या मध्ये १२ लाख ८८ हजार ६ सय २८ जना नेपालबाट विभिन्न मुलुक तर्फ बाहिरिएको र ११ लाख ४७ हजार ९ सय ३० जना नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले सन २०१० मा नेपालबाट बाहिरिने र भित्रिने यात्रुको संख्या सन २००९ को तुलनामा करिब ४ लाख बढी भएको बताए । वार्षिक १० लाख पर्यटक भित्राउने अभियानकासाथ मनाइँदै गरेको पर्यटन वर्ष २०११ प्रचार-प्रसार एवं अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका कारण सो संख्या बृद्धि भएको जानकारी गराउँदै महाप्रवन्धक सुमनले भने ु अहिले १२ प्रतिशतका दरले हवाइ यात्रुको संख्या बढिरहेको छु ।
सन २००९ मा सो संख्या २० लाख २७ हजार एक सय ४७ रहेको जानकारी गराउँदै उनले सन २०११ मा वितेको ५ महिनाको मे सम्ममा करिब १२ लाख हवाइ यात्रु नेपाली आकास हुँदै ओहोर-दोहोर गरिरहेको बताए ।
महाप्रवन्धक सुमनले सन २००९ मा भएको कुल संख्या मध्ये १० लाख ४२ हजार ५ सय ५४ जना विदेश पुगेको र ९ लाख ८४ हजार ५ सय ९३ जना नेपाल भित्रिएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्यामा देखिएको उत्साहजनक बृद्धिले हवाई यात्रुको चाप बढाएको बताए ।
उनले नयाँ नयाँ विमान कम्पनीले नेपालको उडान विस्तार गर्नु पहिले उडान गरिरहेका कम्पनीले आफ्नो जहाजको उडान संख्या बढाउनु र जहाजको अकुपेन्सी समेत बढेका कारण अहिले नेपाली आकासमा हवाइ यात्रुको बढेको बताए ।
सन २०१० पछि नेपाली आकासमा अन्तर्राष्ट्रिय उडान साचालन गर्ने विमान कम्पनीहरुमा स्वदेशी बुद्ध एयरलाइन्स युनाइटेड एयरवेज किङफिसर ओमान एयर र स्पाइस जेट रहेका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङक अनुसार अहिलेसम्म सबैभन्दा बढी यात्रु बोक्ने विमान कम्पनीमा कतार एयरवेज अग्र स्थानमा रहेको छ । सो एयरवेजले एक वर्षको अवधीमा २ हजार १३ ओटा उडान मार्फत ३ लाख १ सय ८४ जना यात्रु ओसारेको थियो । यसैगरि कतार एयरवेजकाट बाहिरिनेको संख्या एकलाख ४८ हजार २ सय ६४ र नेपाल भित्रिनेको संख्या एकलाख ५१ ह्जार ९ सय २० रहेको छ । यसैगरि सोही अवधीमा धेरै यात्रु बोकेर दोस्रो स्थान हाँसिल गर्न सफल जेट एयरवेज रहेको छ । सो एयरवेजले सो अवधीमा २ हजार एकसय २६ ओटा उडान मार्फत २ लाख ५५ हजार एकसय ६१ जना यात्रु ओसारेको थियो । जसमध्ये एकलाख १७ हजार ९ सय ७५ जना नेपाल भित्रिएका थिए भने एकलाख ३६ हजार एकसय ८६ जना यात्रु नेपाली आकस हुँदै विमानस्थलबाट बाहिरिएका थिए । यसैगरि तेस्रो स्थानमा रहेको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले सन २०१० मा एक लाख ३२ हजार ५ सय ७७ जना यात्रु अन्तर्राष्ट्रिय उडान मार्फत ओसारेको छ ।
पछिल्लो समय नेपालको उडान भर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको होडसँगै विमानस्थल साँघुरिएको र हवाइ चाप अत्यधिक रुपले बडेका कारण अहिले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिवि विमानस्थलमा हवाइ ट्राफिकको समस्या उत्पन्न भएको छ । सोही समस्याका कारण विमान कम्पनीहरुले पूर्व निर्धारित नियमित तालिका अनुसार हवाइ उडान साचालन गर्न पाइरहेका छैनन । हवाइ चाप सँगै मौसम अनुकुल नभएको बेला केही जहाजको उडान स्थगित भएको छ भने अधिकाँश विमान कम्पनीहरुले नियमित उडान तालिका भन्दा करिब ३ घण्टासम्म पालो पर्खेर जहाजको उडान साचालन गरिरहेका छन । यस्तो अवस्थामा पनि मुलुकको हवाई सुरक्षाका दृष्टिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ ले तोकेको मापदण्ड भन्दा नेपालको हवाई सुरक्षामा कुनै कमी नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणले दावी गरेको छ ।
प्राधिकरणका अनुसार आइकाओले सन २०१० सम्मकालागि गरेको विश्व व्यापी हवाई ट्राफिक आवगमनको प्रक्षेपण अनुसार यात्रु तर्फ वार्षिक ४ दशमलब ५ प्रतिशत कर्गो तर्फ ६ प्रतिशत र वायुयान आगमन तर्फ ३ दशमलब ५ प्रतिशतका दरले बृद्धि हुने अनुमान गरेको छ । जसमा एसियाली मुलुकहरु तर्फ सो अवधीमा हवाइ यात्रु आगमन वार्षिक ७ प्रतिशत र कर्गो ढुवानी तर्फ वार्षिक ७ दशमलब ५ प्रतिशतले बृद्धि हुने अनुमान गरेको छ ।
यसैगरि विगत १० वर्षको तथ्याङक हेर्दा सन १९९९मा हवाई मार्गबाट यात्रा गर्ने यात्रुहरुको संख्या वार्षिक ११ लाख ३ सय ३१ रहेकामा सन २००९ मा सो संख्या बढेर १७ लाख १५ हजार ९ सय ४९ जना पुगेको देखिन्छ । नेपालको उडान भर्न आउने वायुयानको संख्या सन १९९९ मा ८ हजार ४ सय २६ थियो भने सन २००९ मा सो संख्या बढेर १३ हजार ९ सय ७९ पुगेको थियो । यसरी विगत १० वर्षमा हवाई यात्रुको आगमनमा ५६ प्रतिशतले र वायुयान आगमनको संख्या ६६ प्रतिशतले बृद्धि भएको देखिन्छ । हवाई उडान विस्तारको गति सँगै अहिले मुलुकको पर्यटन क्षेत्रले पनि लक्ष्य अनुरुप रफ्तार लिएको अधिकाँश व्यवसायीको कथन छ ।


विमानका नाम– यात्रु संख्या
कतार एयरवेज -३००१८४
जेट एयरवेज -२५५१६१
नेपाल वायुसेवा -२३ २५७७
गल्फ एयरलाइन्स- १७८८८७
थाइ इन्टरनेस्नल- १७५४२२
इण्डियन एयरलाइन्स-१७५०२२
एयर अरेबिया-१५ ६१४६
इत्तिहाद एयरलाइन्स-११६४९६
जेटलाइट एयरवेज-११२०६०
विमान बंगलादेश-१०५९७१
फ्लाई दुबई- ८१४४६
ड्रागन एयरलाइन्स-६८०७७
जिएमजी एयरलाइन्स- ६०४२५
किङफिसर एयरलाइन्स- ५५४७०
सिल्क एयर- ५२९०६
पाकिस्तान इन्टरनेस्नल-४७६१०
बहराइन एयरलाइन्स- ४६७२६
एयर चाइना -३६६३६
कोरियन एयर-३१५२८
युनाइटेड एयरवेज-२४१५५
चाइना साउदर्न-२३३६८
स्पाइस जेट एइरलाइन्स-२२६६७
ड्रुक एयरलाइन्स- २१९४२
चाइना इस्र्टन एइरलाइन्स-१८५४३
ओमान एयरलाइन्स-१५४०९
आरके फ्लाई-६६६८
बुद्ध एइरलाइन्स-१३१४
अन्य चार्टर उडान-१२९४१
कुल यात्रु-२४३६५५८


No comments:

Post a Comment