Friday, June 17, 2011

हिमालपारी छुट्टै अनुभूति




मधुजंग पाण्डे राजधानी
हिमालपारीको पर्यटकीय गन्तब्यस्थल मुस्ताङको मुक्तिनाथ क्षेत्र घुम्न जानेहरुलाई त्यहाँको भौगोलिक परिवेश र स्थानीयवासीले मान्दै आएका परम्परागत संस्कृति देख्दा छुट्टै अनुभूति हुन्छ ।
वार्षिक ३६ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्ने हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्र घुम्न जानेहरुलाई अहिले सरकार छ भन्ने अनुभूति हुँदैन ।
मुलुककै दुर्गम र उच्च हिमशृंखलामा रहेको धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथमा यतिबेला युरोपियन मुलुकहरु अमेरिका अस्ट्रेलिया स्पेन क्यानाडा प्रुान्स जापान र इजरायललगायत छिमेकी मुलुक भारत र स्वदेशीहरुको पनि उत्तिकै भीड लागेको छ ।
स्वदेशी र विदेशी गरी सिजनका बेला दैनिक हजारौं पर्यटकको ओइरो लाग्ने यस क्षेत्रको तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरसम्म अहिले मोटरबाटो पुगिसकेको छ ।
युरोपियन मुलुकहरुबाट आउनेहरु पैदलयात्रामा रमाउँछन् भने भारतीय र नेपालीहरु मोटर चढ्नमै खुसी हुन्छन् । यही मौकाको फाइदा उठाउँदै यहाँका स्थानीय व्यवसायीहरुले नयाँ मान्छेलाई ुमुर्गाु बनाईरहेको अधिकांश पर्यटकको भनाइ छ ।
स्थानीय व्यवसायीहरुले नयाँ मान्छेलाई खाना खाने होटलको बसाइ र सवारीयात्रामा लाग्दोभन्दा बढी रकम असुलेर ठगिरहेको स्थानीय समाजसेवी गणेश भट्टचनले राजधानीलाई बताए । उनले भने ुयहाँ नयाँ मान्छे देख्नेबित्तिकै केही व्यवसायीहरुले लाग्नेभन्दा बढी भाडा असुली हाल्छन् ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिनाथसम्मको प्रतिव्यक्ति डेढ सय भाडा लाग्ने २१ किलोमिटर सडकमा प्रतिव्यक्ति पाँच सय रुपैयाँभन्दा बढी भाडा लिने गरेको उनले बताए । यस्तो कार्यले तत्कालका लागि व्यवसायीलाई केही फाइदा पुगे पनि समग्र रुपमा जिल्लाको पर्यटकीय गतिविधिमाथि नै नकारात्मक असर पर्ने भट्टचनको भनाइ छ ।
भारतीय र श्रीलंकाली गरी दुई दर्जनभन्दा बढी पर्यटकको टोली लिएर मुक्तिनाथ पुगेका सत्यम टुर एन्ड ट्राभलका टुर अफिसर राजु पाण्डेले पनि मुस्ताङ घुम्नेहरुलाई सरकारको अनुभूति नहुने बताए ।
जोमसोमदेखि रानीपौवासम्म जम्मा १९ किलोमिटर जिपयात्रामा स्थानीय जिप व्यवसायीहरुले स्थानीयलाई प्रतिव्यक्ति एक सय ५० रुपैयाँ भाडा लिए पनि आफूलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँभन्दा बढी भाडा लिएको बताए । ुदिन्न भनूँ भने क्युमा बसेका समितिको गाडीले मान्दै मान्दैनन् दिउँ भने अड्कलेको रकमले धान्दैनु उनले भने ुयसरी अनावश्यक दलाल गरेर पर्यटकलाई दुःख दिनेहरुलाई सरकारले कारबाही गरिदिए हामी जस्ता पर्यटक ओसार्नेहरुले सुःख पाउने थियौं ।ु
कति होटलहरुले त खाना अडर गर्दा मेनुमा एउटा रेट हुन्छ अर्कै रेट लगाएर बिल बनाइदिन्छन् । यस क्षेत्र घुम्न आउनेहरुले म्याग्दीको बेनीदेखि जोमसोम विमानस्थल र मुक्तिनाथ मन्दिर परिसरबाहेक कहीँकतै प्रहरी र सुरक्षा जाँच गर्ने ठाउँहरु देख्दैनन् । जसका कारण बाहिरबाट आउनेहरु मर्कामा परेको उनको भनाइ छ ।
मुस्ताङ जिप व्यवसायी समिति टिकट बुकिङ काउन्टर जोमसोमका साचालक एवं समितिका सदस्य भीषण थकालीले हाल जोमसोमदेखि मुक्तिनाथसम्मको दुवैतर्फी यात्राका लागि २३ वटा जिप साचालनमा रहेको र अरु थपिने क्रममा रहेको जानकारी गराउँदै मुक्तिनाथ दर्शन गर्न आउनेहरुलाई रानीपौवासम्मको १९ किलोमिटर कच्ची बाटोमा नेपालीलाई प्रतिव्यक्ति एक सय ५० रुपैयाँ युरोपियन मुलुकबाट आउनेहरुलाई प्रतिव्यक्ति पाँच सय र सार्क मुलुकहरुबाट आउनेहरुलाई प्रतिव्यक्ति तीन सय ५० रुपैयाँ भाडा लिने गरेको बताए ।
हाल साचालनमा रहेका २३ वटै गाडी जहाजबाट र ट्रुक्टरमा राखेर खोलाबाट ल्याएको जानकारी गराउँदै उनले अझ अहिले पेट्रोलियम पदार्थको भाउ सस्तो भएकाले भाडा घटेको बताए । पहिले जोमसोमदेखि रानीपौवासम्म दुवैतर्फी भाडा प्रतिव्यक्ति नेपालीलाई नै ६ सय भएको पनि उनले जनाकारी गराए ।
विशेषगरी चैते दसैंको रामनवमीमा भव्य मेला लाग्ने यस क्षेत्रसम्म म्याग्दीको बेनी र लमजुङको बेसींसहरको स्थलमार्ग र पोखरादेखि जोमसोमसम्म १८ मिनेटको हवाईमार्गबाहेक अन्य विकल्प केही छैन । पोखराबाट उत्तर-पूर्वको बंेसीसहर र उत्तर-पश्चिमतर्फको बेनीसम्म आरामदायी यात्रा भए पनि जब पर्यटकले म्याग्दीको सदरमुकाम बेनी काटछन् तब उनीहरुले सरकार नै नभएको अनुभूति हुने मुक्तिनाथसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ ।
स्वदेशी हुन् या विदेशी सबैलाई यस क्षेत्रमा रहेका यातायात व्यवसायीले नराम्रोसित ठग्ने गर्दछन् । होटलको बसाइ जिपयात्रा र अन्य सामान खरिद गर्दा यहाँका व्यवसायीले अत्यधिकरुपले पर्यटक ठग्ने गरेकाले यस क्षेत्रको भविष्य कता जाने हो यस विषय भने झन् गम्भीर बन्दै गइरहेको छ ।
यस्ता गतिविधि नियन्त्रण गर्न यहाँ न सरकारी संयन्त्रको उपस्थिति देखिन्छ न स्थानीयवासी नै बोल्छन् यस विषयमा । कसैलाई वास्ता छैन पर्यटक ठगिएको गुनासोप्रति ।
मुक्तिनाथ मन्दिरभन्दा करिब एक सय मिटर तल ओरालोमा क्युरियोको सामानका व्यापार गर्दै आएकी ३५ वर्षीया स्थानीय व्यवसायी डोल्कर गुरुङले हालका राष्ट्रपति प्रधानमन्त्री र नेपालमा लोकतन्त्र आएको कुरा केही थाहा नभएको भन्दै खाली मुस्ताङॆ राजा जिङमेपरबर विष्टको मात्र गुनगान गाइन् ।
उनले भनिन् ुमाथिल्लो मुस्ताङको लोमानथाङमा बस्दै आएका राजालाई यहाँका सबैले माला र प्रसाद लिएर भेट्न जान्छन् । उहाँले पनि हाम्रा समस्याका बारेमा जानकारी राख्नुहुन्छ ।ु बाटो खानेकुरा रोग लागेका बेला उपलब्ध गराइने विभिन्न प्राकृतिक औषधिहरुका बारेमा राम्रोसित जानकारी पाइने भएकाले यहाँका मान्छेहरु मुस्ताङॆ राजा विष्टलाई भेट्न जाने गरेको उनको भनाइ छ ।
मुत्तिनाथ मन्दिरमा कार्यरत प्रहरी हवल्दार बुद्धि रिमालले आफूहरु सकेसम्म विदेशी पर्यटकको सत्कारमा कुनै कमी आउन नदिन सधैं चनाखो भएर बसेको बताए । उनका अनुसार हाल यस मन्दिरमा स्वदेशी र विदेशी गरी दैनिक साढे दुई सयभन्दा बढी पर्यटक आउने गर्दछन् ।
यस क्षेत्रमा पर्यटक आउने मुख्य सिजन चैत वैशाख जेठ महिना र जनैपूर्णिमाको बेला हो । यहाँ आउनेमध्ये प्रकृतिक मनोरम दृश्यको अवलोकन र धर्म कमाउने उद्देश्यले आउनेहरुको संख्या बढिरहेको उनको कथन छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * Montage ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete