Friday, June 17, 2011

नेपाल भ्रमण असुरक्षित भएको पर्यटकको गुनासो






मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ३ जेठ
अमेरिकी नागरिक हुन सान्जीन एली । नेपाल आउनुअघि यो मुलुक सारै सन्दर र शान्त छ भन्ने लाग्थ्यो उनलाई । जब उनी हालै मात्र नेपाल आइन उनले सारै फरक पाईन नेपालको बस्त ुस्थिती । उनको गन्तब्य थियो अन्नपूर्ण क्षेत्र पुग्नुपर्ने तर यतिबेला उनी राजधानीमै पट्यार लाग्दो सँग दिन बिताउँदै छिन ु मैले त नेपालमा शान्त छ भन्ने सुनेको थिएँ ।
तर नेपाल त युद्धको भूमरिमा फसेको मुलुक सोमालिया जस्तै मैले पाएँु । यी पर्यटकले नेपालको भ्रमणमा घन्टौसम्म भोकै-प्यासै हिँड्नु परेको छ ।
पूर्व निर्धारित समयमा संविधान जारी नभएपछि गत १४ बैशाख देखि मुलुकले भोग्नु परेको विविध असहज परिस्थिती एवं अनेक बहानामा भईरहेका बन्द हड्ताल र सडक अवरोधका कारण अमेरिकी नागरिक सान्जीनले नेपालको बसाईका क्रममा भोग्नु परेको दुखेसो पाखेकी हुन ।
आफु पहिलो पटक नेपालको पदयात्रा भ्रमणमा आएको बताउँदै उनले भनिन ु यहाँको बसाई सहज छैनु । गत साता अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा भ्रमणमा जान टिम्स कार्ड लिईसकेर पनि जान नपाएकोमा दुःख लागेको भन्दै उनले काठमाडौको बसाईमा पनि अनेक बहानामा दैनिक जसो भईरहेका आन्दोलनका कारण धेरै शास्ती खेप्नु परेको बताईन । केही दिनमा त एक्कासी सबै बजार बन्द भएकाले तिर्खा लागेको बेलामा पानी समेत किन्न नपाईएको र काठमाडौको यात्रामा पनि मकै भट्मास खाएर भोक मेट्नु परेको उनको गुनासो छ ।
आफ्ना दाईमामा र आमासँग पहिलोपटक राजधानी आईपुगेकी ३४ वषिय एलीले राजधानीसँग भनिन् ु अब हामी नेपालको बसाई छोट्याएर भारतको मुम्बई हुँदै स्वदेश फर्कदै छौंु ।
ठमेलको नरसिँह चोकमा चट्पटे र सुकेको पाउरोटी टोक्दै हिँडेकी ५९ वषिया जापानी महिला निकोन्जी जुन्कोले पनि नेपालको बसाई एकदमै कष्टकर भएको बताइँन् । उनले प्रायः दैनिक भइरहने बन्द हड्तालले र सडक प्रदर्शनले राजधानी वरीपरिका पुरात्वातिक एवं ऐतिहासिक धरोहरको अवलोकन र धार्मिक गन्तब्यस्थलसम्म पुग्न पनि कठिन भएको बताइन ।
कयौं दिन त आफु बसेको होटलबाट साथमा बोकेर हिँडेको सानान बाहेक यात्राका क्रममा केही खरिद गर्न नपाएको उनको कथन छ ।
त्रिभुवन विमानस्थलबाट पर्यटकीय गाडीमा आउँदा समेत आन्दोलनकारीले अनावस्यक सोधखोज गरि दुःख दिने गरेकाले यहाँको भ्रमण रमाईलो नभएको बताउँदै उनले भनिन् ु विविध बहानामा विगत लामो समयदेखि भईरहेको बन्द हड्ताल एवं विभिन्न राजनीतिक दलले गर्दै आएका सडक अवरोधले विदेशी पर्यटकले नराम्रो ठान्ने छनु । नेपालले भब्यताकासाथ पर्यटन वर्ष २०११ मनाईरहेको जानकारी पाएर नेपाल आएको बताउँदै उनले भनिन् ु यहाँको अवस्था त एकदमै नाजुक रहेछ ु । समयमै यस्ता गतिविधी प्रति सरकार सचेत नभए यहाँ भएका पर्यटकले नेपाललाई राम्रो नमान्ने उनको भनाई छ ।
गत आइतबार हुनुपर्ने सोलुखुम्बुको पर्यटकीय भ्रमण रोकेर विगत चार दिनदेखि ठमेल स्थित होटल बैशालीमा बस्दै आएका कोरियन नागरिक सिमहाङगीले पनि अनेक बहानामा भईरहेका सडक अवरोध एवं विराटनगर क्षेत्र लगायत धेरै ठाउँमा भएको आन्दोलन एवं असुरक्षित यातायातका कारण ठुलो सास्ती भोग्नु परेको बताए । गत २२ जेठमा पत्रकार खिमलाल ढकाललाई एमालेको भातृ युवा संगठन युथफोस्र का कार्यकर्ता पर्शुराम बस्नेतले मरणासन्न हुनेगरि पिटेपछि उत्पन्न विवाद चर्किएर विराटनगर क्षेत्रमा भइरहेको निषेधाज्ञा लगायत मुलुकभर आन्दोलन बढेकाले आगामी साता विराटनगर हुँदै सोलु सम्मको भ्रमण नै रद्ध गरेर स्वदेश फिर्ता हुन लागेको उनले बताए । नेपालमा अहिले भईरहेका गतिविधी रोकियो भने आगामी सेक्टेम्बरको सिजनमा आउनुपर्ला सिमहाङगीले भने ।
यसैगरि स्पेनबाट आएका ३१ वषिया एडम्स स्टेभानले पनि नेपालमा अधिकाँश पर्यटकीय गन्तब्यस्थ पुग्ने क्रममा उत्पन्न सडक अवरोधप्रदर्शन एवं पर्यटन मर्कामा पर्ने खालका विविध गतिविधीले नेपालको बसाई धेरै नरमाइलो लागेको बताए ।
आफुले थाहा पाउने भएदेखि नै अहिलेसम्म यस्तो गतिविधी नदेखेको बताउँदै उनले भने ुमलाई त यहाँको अवरोध देख्ता अचम्म लागेको छु । कुनै क्षेत्रमा पुग्दा पुरै सडक अवरोध गर्दै दिनभर बाटोमा नाच्दै हिँडेको दृस्य एकदमै रोचक लाग्यो । यहाँको भ्रमण र बसाईका क्रममा भोगेका विविध अवस्थाका बारेमा आफ्ना खर परिवार र साथीलाई सुनाउने उनको कथन छ ।
अमेरिकाबाट नेपालको पदयात्रा भ्रमणकालागि पहिलो पटपक राजधानी आइपुगेका २२ वर्षिया रोबर्डले भने ुनेपाल निकै असुरक्षित गन्तब्य रहेछु।
मुलक नै ठप्प हुनेगरि भएको विविभन्न दलका भातृ संगढनको आन्दोलनले अहिले धेरै पर्यटकले सास्ती खेप्नुपरेको अधिकाँश व्यवसायीले बताएका छन ।
विगत लामो समयदेखि जारी सडक अवरोध एवं हड्तालका कारण मुलुकको पर्यटन क्षेत्र नराम्रोसित प्रभावित भएको छ ।
विविभन्न बहानामा हुने गरेका हड्तालका कारण अहिले धमाधम राजधानीका ठुला तारे होटल देखि साना पर्यटकीय होटलको बुकिङ रद्ध भईरहेका छन भने व्यवसायीहरु चन्दा आतंकले त्रसित बनेका छन ।
केही गन्तब्यस्थलमा सार्वजनिक यातायात नै बन्द हुने गरि भएको अवरोधका कारण हाल पहिले भईसकेका बुकिङ समेत एकाएक फिर्ता हुन थालेको छ भने यहाँ बसेका पर्यटक बाहिरिने क्रम पनि बढ्न थालेको अधिकाँश व्यवसायीहरुले बताएका छन ।
जसका कारण अहिले विभिन्न मुलुकबाट पदयात्रा भ्रमणमा निस्केका विदेशी पर्यटकले राम्रोसित घुम्न पाएका छैनन । ट्राभल र ट्रेकिङ व्यवसायीले समय लिएर आफ्ना सम्पर्कमा आईसकेका पर्यटकलाई राजधानी वरीपरिका ऐतिहासिक धरोहर र धार्मीक पर्यटकीय गन्तब्यस्थलहरुको अवलोकन भ्रमण गराउन पनि सकिरहेका छैनन ।
होटल एसोसिएसन अफ नेपाल हानका उपाध्यक्ष एव कि्रस्टल होटलका साचालक अजयरत्न स्थापितले मुलुकका विभिन्न क्षेत्रमा भईरहेको सडक अवरोध एवं आन्दोलनले राजधानी पोखरा र लुम्बिनी क्षेत्रमा साचालित केही होटलका अधिकाँश बुकिङ रद्ध भएको बताए ।
बढ्दो त्रासदीपूर्ण वातावरणका कारण अहिले ३० प्रतिशत भन्दाबढी होटल बुकिङ रद्ध भएको जानकारी गराउँदै स्थापितले भने ु अहिले जुन महिनाको अन्तिम सातासम्मका होटल बुकिङ रद्ध र फिर्ता हुने काम भईरहेको छ ु । उनले हाल सबै भन्दाबढी भारतीय र केही युरोपियन मुलुकहरुबाट आउने पर्यटकहरुमा बन्दको प्रभाव परेको बताए ।
समय अनुकुल नभए यो क्रमले अझै निरन्तरता पाउने बताउँदै उनले भने ु अन्य व्यवसाय भन्दा पर्यटन क्षेत्र निकै सम्बेदनसिल छ ु। अरु व्यवसायमा तत्काल बन्द अवधीभरको प्रभाव देखिन्छ भने पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव लगायत एक दिनको बन्दको असर आगामी वर्ष सम्म पर्ने दावी गर्दै उनले स-साना बाटो अवरोधका घटनाक्रमले पनि पर्यटकलाई नकारात्मक प्रभाव पार्ने बताए ।
उनले मलुकका धेरै ठाउँमा भईरहेका बन्द हड्ताल र सडक अवरोधबाट उत्पन्न त्रासले होटलमा मात्र नभएर अहिले हवाई क्षेत्र ट्रेकिङ व्यवसाय र पर्वतारोहण क्षेत्रमा समेत असर पारेको बताए । यसले वाषिक १० पर्यटक भित्राउने महत्वकाँक्षी लक्ष्यलाई समेत प्रभाव पाने सम्बद्ध व्यवसायीहरुको कथन छ ।
हानका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले गत १० बैशाख देखि मुलुकका विभिन्न क्षेत्रमा भइरहेका आन्दोलनको प्रभाव छिमेकी मुलुक चीनमा पनि परेको बताए ।
उनले हाल सबैभन्दा बढी भारतीय पर्यटक प्रभावित भएको बताए ।
पर्यटन व्यवसायीका लागि वर्षकै पहिलो राम्रो मौसम सेक्टेम्बर अक्टोबर र नोबेम्बर पछि दोस्रो अनुकुल पर्यटकीय मौसम अपि्रल र मे महिनामा भएको जानकारी गराउँदै उनले यसपालीको बसन्त ऋतुको पर्यटकीय मौसम नै बिगि्रएको बताए ।
हेरिटेज कनेक्सन ट्राभल एण्ड टुर प्रालिका प्रवन्धक निर्देशक स्याममदन केसीले पर्यटकलाई प्रभाव हुने विविध गतिविधीले नेपालको भ्रमणकालागि आफ्नो सम्पर्कमा आईसकेका पर्यटकलाई राजधानी वरीपरिका साईड सिन देखाउनै कठिन भएको बताए । अहिले आफ्नो सम्पर्कमा प्रुेन्च इटालीयन स्पेन र प्रुान्सका पदयात्रीहरु रहेको जानकारी दिँदै उनले विभिन्न क्षेत्रबाट भईरहेको सडक अवरोधले र पर्यटक डराएका कारण वरीपरिका गन्तब्यस्थलमा पुर् याउन समेत नसकिएको बताए ।

यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको जानकारी गराउँदै उनले अहिले धमाधम नेपाल भित्रिसकेका पर्यटक बाहिरिने क्रम बढ्न थालेको बताए ।
बढ्दो राजनीतिक गतिरोधका कारण गत बैशाखदेखि हालसम्म राजधानी र पोखरा लगायत मुलुकभरका विभिन्न नाकाबाट करिब तीन हजार भन्दा बढी पर्यटक नेपालको भ्रमण छोट्याएर बाहिरी सकेको पयंटन क्षेत्रसँग सम्बन्धीत व्यवसायीहरुले बताएका छन ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस नाटा का पूर्व अध्यक्ष रामकाजी कोनेले अहिले धमाधम विदेशी पर्यटक नेपालको बसाई एवं भ्रमण छोट्याएर बाहिरिने क्रम बढेको बताए । उनले बढ्दो सडक अवरोधले उत्पन्न त्रासका कारण विदेशी पर्यटक नेपालको बसाई छोडेर बाहिरिने गरेको बताए । पर्यटकलाई निर्वाद हिँडडुल गर्न सक्ने वातावरण नभएसम्म पर्यटकीय गतिविधीमा सुधार नआउने उनको दावी छ ।
नेपाल पर्यटन बोर्डका एक अधिकारीले मुलुकले भोग्नुपरेको असहज परिस्थितीका कारण उत्पन्न त्रासले हाल विदेशी पर्यटकले आफ्नो बसाई छोट्याएर धमाधम बाहिरिन थालेको बताए ।
वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइरहेको पर्यटन वर्षको औपचारिक सुभारम्भका दिन आन्दोलनरत विभिन्न २२ दलहरुले अबदेखि मुलुकको पर्यटकीय गतिविधीमा प्रभाव पर्ने खालका कुनैपनि गतिविधी नगर्ने सामुहिक प्रतिवद्धता जाहेर गरेको जानकारी गराउँदै उनलॆ भने ु सामुहिक प्रतिवद्धता उलंगन गर्दै धेरै पटक भएको आन्दोलन एवं बन्द हड्तालले पर्यटन क्षेत्र नराम्रोसित प्रभावित भएको छु ।
राजधानीबाट बाहिरिने र भित्रिने एवं विभिन्न क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई कुनै अवरोध नपरोस भनेर नेपाल पर्यटन बोर्डले त्रिभुवन विमानस्थलदेखि ठमेल लगायत राजधानीका विभिन्न स्थानमा पर्यटकीय सवारी साधान साचालन गरि सेवा प्रदान गरिरहेको जानकारी गराउँदै उनले सडक-बाटो पुरै ढाक्नेगरि भएका प्रदर्शन एवं जनसभाका गतिविधीले पर्यटकलाई नकारात्मक प्रभाव पर्न गएको बताए ।
ट्रेकिङ एजे_िन्सज एसोसिएसन अफ नेपाल टान सम्वद्ध एक व्यवसायीले
राजधानी लगायत मुलुकका विभिन्न क्षेत्रमा भईरहेका बन्दका कार्यक्रमले अहिले सबैभन्दाबढी अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रा भ्रमणमा रहेका पर्यटक मारमा परेको बताए ।
उनले हाल ट्रेकिङबाट फर्कनेहरु नेपालको बसाइ नै छोट्णएर धमाधम पोखराबाट काठमाडौ र भैरहवा स्थित बेलहिया नाकाबाट बाहिरिने क्रम बढेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले हाल विमानस्थलबाट आउने भन्दा फर्कने पर्यटकको संख्या दोब्बर भएको बताए । उनले सामान्य अवस्थामा दैनिक एक हजार ६ सय भन्दाबढी पर्यटक आउने गरेकामा हाल दैनिक ७ सय पनि ननाघेको बताए ।
पर्यटन वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले बढ्दो आन्दोलनका गतिविधी र विनियोजित बजेट समयमै निकासा नभएकाले पर्यटन वर्षको लक्ष्य प्राप्तिमा नराम्रो असर पारेको बताए । केही दिनको बन्दले पनि दीर्घकालिन प्रभाव पार्ने भएकाले पर्यटन वर्षको लक्ष्य प्राप्तीमा ठुलो असर पार्ने उनको दावी छ । विदेशी पर्यटकले कँही घुम्नकालागि एक वर्ष देखि न्युनतम ६ महिना अगाडी नै योजना बनाउने जानकारी गराउँदै उनले यहाँ भईरहेको बन्द एवं सडक अवरोधका गतिविधीले नेपालको भ्रमण सुरक्षित छैन भन्ने थाहा पाएपछि ती पर्यटकले अन्य गन्तब्य रोज्ने बताए । त्यसमा पनि अहिलेसम्म विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपालको भ्रमणमा सतर्कता अपनाउन आग्रह गर्दै जारी गरेको ुट्राभल एड्भाइजरीुले पनि मुलुकको पर्यटन उद्योगमा नराम्रो प्रभाव पर्ने उनको तर्क छ ।

No comments:

Post a Comment