Friday, June 17, 2011

कोठाको शुल्क बढाए होटल व्यवसायीले




मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २६ जेठ
विगत लामो वर्षदेखि क्षेमता बृद्धि अभियानमा जुटेका राजधानीका ठुला तारे होटलहरुले अहिले धमाधम कोठाको सुल्क बढाउन थालेका छन । उनीहरुले बढ्दो महँगीसँग दैनिक हुने व्यवस्थापन खर्चलाई समायोजन गर्दै जानका लागि बाध्य भएर कोठाको शुल्क बढाएको बताएका छन ।
गत दुई वर्षदेखि क्षमता विस्तार गर्ने अभियानमा जुटेका ठुला तारे होटलहरुले अहिले २५ देखि ४२ प्रतिशतसम्म सेवा सुल्क बढाउन थालेको पाईएको छ ।
गत १४ फागुनमा सरकारले वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाउन लागेको पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ गरे देखि नै होटलको क्षमता विस्तार अभियानमा लागेका व्यवसायीहरुले पहिलेको भन्दा यसपाली पर्यटकलाई दिने सेवा सविधालाई निकै गुणस्तरीय बनाई होटलको वातावरणलाई नै नयाँ स्वरुप दिलाउने क्रममा भएको लगानी उठाउनका लागि हाल सेवा सुल्क बढाएको बताएका छन ।
उनीहरु विगतका वर्ष भन्दा यसपाली महँगी बढेको र होटलको सेवा सुविधा पनि निकै गुणस्तरीए भएकाले केही शुल्क बढाउन बाध्य भएको बताउँछन ।
राजधानीका ठुला पाँचतारे होटलहरु साँगि्रला अन्नपूर्ण याकएण्ड यती र एभरेष्ट होटलले अहिले कोठाको शुल्क पहिलेको भन्दा केही बढाउन सुरु गरेका छन ।
यी होटलहरुले हाल एक बेड भएको स्ट्याण्डर्ड कोठालाई कर बाहेक न्युनतम ७० देखि दुईसय ५० अमेरिकी डलरसम्म दुई बेर्डको कोठालाई एकसय २० देखि २ सय ५० अमेरिकी डलरसम्म शुल्क तोकेका छन । यसैगरि स्ट्याण्डर्ड एवं सुपेरियर कोठाभन्दा बढी थप सुविधा उपलब्ध हुने ुडिलक्स रुमुको सेवा सुविधामा पनि ३० प्रतिशत सम्म सुल्क बढाईएको छ ।
गत वर्षको तुलनामा यसपाली लाजिमपार्ट स्थित होटल साँगि्रलाले २५ प्रतिशत सम्म कोठाको शुल्क बढाएको छ । आफ्ना सबै कोठालाई डिलक्समा स्तरोन्नती गरेकाले केही शुल्क बढाएको होटल साँगि्रलाका बरिष्ठ बजार प्रवन्धक मोहन खनालले बताए । सन २०१० कालागि पहिले नै बढीसकेको जानकारी गराउँदै उनले २०११ को पर्यटन वर्षकालागि न्युनतम १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी भईरहेको बताए । गत वर्षभन्दा यसपाली होटलमा निकै पर्यटकको चाप बढेको जानकारी गराउँदै उनले मानसरोबर जाने भारतीय पाहुना बढी भएको बताए । हाल उज्वेगस्थानबाट आएका पर्यटकको ठुलो समुह साँगि्रलामा बसिरहेको बताए ।
अहिले एकसयवटा कोठा डिलक्स भईसकेको जानकारी गराउँदै उनले भने ु पहिले ७० देखि ८० डलर पर्ने कोठालाई अब एकसय २० डलर पर्छु । उनले जानकारी दिए अनुसार हाल होटल साँगि्रलामा एक बेड भएको कोठालाई कर बाहेक एकसय र दुईबेड भएकालाई एकसय २० डलर पर्दछ । यसैगरि भारतीय र नेपाली पाहुनाकालागि भने एक बेडभएको कोठालाई करबाहेक ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ ।
होटलले विदेशी पर्यटक बढेकै कारण होटलले शुल्क बढाएको नभएर अहिलेको बढ्दो महँगी अनुरुपको खर्च धान्नैकालागि मात्र व्यवसायी शुल्क बढाउन बाध्य भएको उनको कथन छ ।
यसैगरि होटल डेला अन्नपूर्णका बजार प्रवन्धक राजबहादुर शाहले पनि अघिल्लो वर्षको तुलनामा यसपाली २५ प्रतिशतले कोठाको मुल्य बढेको बताए ।
मुलुकले भोग्नुपरेको असहज परिस्थितीका कारण एक्कासी अकासिएको बजार भाउ इन्धनको मुल्य बृद्धि लगायत प्रायः सबै बस्तुहरुको बजार मुल्य बढेकाले होटल व्यवसायी पनि आफ्नो सेवा शुल्क बृद्धि गर्न बाध्य भएको उनको भनाई छ । शुल्क बढाउँदापनि व्यवसायीलाई खासै फाइदा नभएको जानकारी गराउँदै शाहले भनेु पर्यटकीय मौसममा मात्र राम्रो आम्दानी हुन्छु ।
ुअहिलेको अफ सिजनमा त दैनिक खर्च चलाउँनै मुस्कील पर्छ ु उनले भने ुबन्द हड्ताल जस्ता घटनाक्रमले पर्यटकीय मौसम अनुकुल नभईरहेको बेलामा सँधै एउटै रेटमा सेवा दिन गाह्रो पर्छु ।
उनले हाल अन्नपूर्णमा एक बेडभएको सुपेरियर कोठालाई करबाहेक ८५ देखि ९० डलर र डिलक्स रुमको एकसय अमेरिकी डलर तिर्नुपर्ने बताए । उनले यहाँका ठुला तारे होटलले ४० प्रीतशतसम्म मुल्य बढाएपनि छिमेकी मुलुक भारत लगायत दक्षिण एसियाली मुलुकहरुको तुलनामा भने अझै निकै सस्तो हुने दावी गरे ।
अहिले अर्को पाँचतारे होटल एभरेष्टले पनि ३० प्रतिशतले कोठाको शुल्क बृद्धि गरेको छ । तर सोल्टी क्राउन प्लाजा र ह्यात रिजेन्सी होटलले भने हाल होटलको कोठाभाडा एवं अन्य सेवा सुल्क यथावत नै रहेको बताएको छ । ह्याल रिजेन्सीले गत वर्षमात्र आफ्नो सेवा शुल्क बृद्धि गरेको थियो ।
मुलुककै सबैभन्दा पुरानो सोल्टी होटलले भने सन २००८ देखि २०१०को अन्त्यसम्मकालागि यसअघि नै निश्चित शुल्क कायम गरेकाले शुल्क नबढाएको दावी गरेको छ । अहिले होटल सोल्टीमा विदेशी पर्यटकले एकबेड भएको डिलक्स कोठालाई करबाहेक २ सय २५ डलर र डबलबेड भएको कोठालाई २ सय ३० डलर खर्च गर्नुपर्ने हुन्छ । यसैगरि क्लब रुमको शुल्क २ सय ८० डलर पर्दछ । यहाँ युरोपियन पर्यटकलाई प्रदान गरिने कोठाको तुलनामा भारती र अन्य सार्क मुलुका पर्यटकलाई प्रदान गरिने कोठाको सेवा सुल्क निकै कम रहेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङक अनुसार अहिलेसम्म मुलुकभर साना एवं ठुला तारे गरि ३८ हजार भन्दाबढी पर्यटकीय होटल रहेका छन भने होटल एसोसियसन आफ नेपाल हान ले अझ बढी भईसकेको बताएको छ ।
हानका उपाध्यक्ष अजयरत्न स्थापीतले हान र व्यवसायीबीच सेवा शुल्क नभएर कोठाको तारिफ मात्र बृद्धि गर्ने सहमती हुन लागेकाले अहिलेदेखि नै केही होटलले बढाउन थालेको हुन सक्ने बताए । हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले कोठाको मुल्य बढाउने प्रीक्रयाका बारेमा हानले कुनै निणर्य नगरेकाले अहिले केही भन्न नमिल्ले बताए ।



No comments:

Post a Comment