Sunday, June 12, 2011

फेरि पेट्रोलको मुख्य बढयो , प्रतिलिटर पाँच रुपैयाँ बृद्धि

काठमाडौं, २९ जेठ
नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलको मूल्यमा पाँच रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगम संचालक समितिको शनीबार राति वसेको बैठकले मूल्यवृद्धि गरेको हो ।
यसवृद्धिबाट उपभोक्ताले अव पेट्रोलमा प्रति लिटर एक सय २ रुपैयाँ तिर्नु पर्ने भएको छ । डिजेल तथा मट्टितेलमा भने मुल्यवृद्धि गरिएको छैन् । पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हो । यसभन्दा अघि २७ जेठ ०६५ मा पेट्रोलको मूल्य एक सय रुपैयाँ प्रतिलिटर पुगेको थियो ।
पेट्रोल मूल्यले मोटरसाइकल चलाउनेलाई प्रत्यक्ष असर पर्ने भए पनि ट्याक्सी तथा जीपकार यात्रुले तिर्ने भाडा भने बढाउने छ । राजधानी उपत्यकालगायत केही ठुला शहरमा चल्ने ट्याक्सी पेट्रोलबाट संचालित हुने गर्छ । भर्खरै सरकारले पेट्रोलमा भएको वृद्धिलाई आधार मान्दै करिव १८ प्रतिशत ट्याक्सी भाडा बढाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पेट्रोल मूल्यवृद्धिको विरोध गरेको छ । राष्ट्रिय उपभोक्ता मंच नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घट्न थालेको बेला पेट्रोल मूल्य बढाएकोमा आपत्ति जनाए । ु सरकारले दुई महिना अघि अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढ्दा भाउ बढाउनभन्दा पनि पेट्रोल संकट चर्कायोु उनले भनेु यतिखेर अन्तर्राष्ट्रिय बजारमा घट्ने संकेत देखिदासमेत पेट्रोल मूल्य बढाइयो ।ु उनले पेट्रोलियम मूल्य घट्बढ हुदाँ त्यतिखेर नै मूल्य समायोजन भएमा स्वीकार्न सकिने उल्लेख गर्दै यसमा हुने राजस्व भने घट्नु पर्ने बताए ।
अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यमा आएको उच्च भाउका कारण त्यतिखेर पेट्रोलको मूल्य एक सय रुपैयाँ प्रतिलिटर पुगे पनि भाउ घट्ने क्रमसँगै इन्धन मूल्य घट्न थालेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुने क्रमसँगै बजारमूल्य बढ्न थालेको हो । छिमेकी मुलुक भारतमा एक महिनाअघि पेट्रोलमा आठ रुपैयाँ पाँच भारतिय रुपैयाँ मूल्यवृद्धि भएपछि यसमा हुने तस्करी रोक्न मूल्य वृद्धि आवश्यक भएको निगमले दावी गर्दै आएको थियो । निगमले पेट्रोलमा भएको मूल्यवृद्धिपछि निगमको मासिक नोक्सानी ६ करोड रुपैयाँले घटेर एक सय २७ करोड रुपैयाँ भएको जानकारी दिएको छ ।
निगमका प्रबक्ता मुकुन्द ढुंगेलले मूल्यवृद्धिपछि पेट्रोलमा दुई रुपैयाँ २९ पैसा प्रतिलिटर नाफा भए पनि डिजेल तथा मट्टितेलमा ठुलो नोक्सानी भएको बताए । निगमका अनुसार डिजेलमा १५ रुपैयाँ ६० पैसा प्रतिलिटर मट्टितेलमा आठ रुपैयाँ ७० पैसा प्रतिलिटर र खाना पकाउने ग्यासमा तीन सय ८५ रुपैयाँ प्रति सिलिण्डर नोक्सानी छ ।

No comments:

Post a Comment