Sunday, June 12, 2011

खगेन्द्रको होचो उपाधि खोसियो

एएफपी
इन्डाङान २९ जेठ
शिशु छँदै बढ्न छाडेका एक फिलिपिनो कामीका छोरा उनको १८औं जन्मदिनमा संसारकै सबैभन्दा होचा मानिस घोषित भएका छन् । यो घोषणासँगै नेपाली नागरिक खगेन्द्र थापामगरको संसारकै होचा मानिसको उपाधि खोसिएको छ ।
५९ दशमलव ९३ सेन्टिमिटर २३ दशमलव ५ इन्च उचाइका जुन्रे बालाविङ फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुको दुर्गम सिन्डाङान सहरमा जन्मिएका हुन् ।
ुआधिकारिक रुपमा उनी संसारकै होचा मानिस हुन्ु बालाविङको उचाइ नापेपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका प्रधान-सम्पादक क्रेग ग्लेन्डेले खुसीले चिच्याइरहेका आफन्त र गाउँलेमाझ भने ।
यसअघि सन् २०१० मा २६ इन्च उचाइका नेपाली खगेन्द्र थापामगर संसारकै होचा मानिस घोषित भएका थिए ।
ुमेरो छोरालाई सहयोग गर्नुभएकोमा तपाईंहरु सबैलाई धन्यवाद †ु जुन्रेका बुबा रेनाल्डोले संवाददाता तथा फोटो पत्रकारमाझ भने ।
त्यसपछि भीडलाई स्थानीय भाषामा ुम थाकेंु भन्नुअघि जुन्रेले विशेष उनकै लागि तयार गरिएको केकमाथि राखिएको मैनबत्ती फुकेका थिए ।
राजनीतिज्ञसहितका शुभचिन्तकका अगाडि उनको परिवारले कमाएको पैसाको सानो बिटो उनको हातमा दिएको थियो ।
जुन्रेका बुबाले आफ्नो छोरो विशेष खालको हुने विश्वास सधैं आफूमा रहेको बताए ।
उनले आफ्नो छोरा दुई वर्षको उमेरमा बिरामी भएपछि बढ्न छोडेको बताए । ुतर परीक्षण गरेका स्थानीय चिकित्सकले भने उनको शरीरमा कुनै खराबी पत्ता लगाउन सकेनन्ु उनले भने ।
उनकी आमाले जुन्रेलाई लामो समयसम्म उभिन गाह्रो भएको र हिँड्न मद्दत गरेको बताइन् ।
गाउँका प्रमुखसमेत रहेका उनका काका पाउलिनो इम्पागले आफन्त र मित्रहरुले जुन्रेको रक्षामा निकै मद्दत गरेको बताउँदै भने ुउनी विशेष केटा हुन् । उनलाई बोल्न र उभिन गाह्रो हुन्छ तर उनको परिवार र समुदायका लागि उनी भगवान्को वरदान सावित भएका छन् ।ु
आधिकारिक घोषणापछि इम्पागले आफ्नो परिवार गाउँमा रहेको घरमा गएर जुन्रेको जन्मदिन मनाउने बताए ।
ुचाउमिन र मासु पाकिसकेका छन् । हामी उनको उपलब्धिप्रति खुसी छौंु इम्पागले भने ।

No comments:

Post a Comment