Wednesday, April 17, 2013

नेपाल र यूएइबीच द्धिपक्षिय हवाई सम्झौता
साता ७० ओटासम्म नियमित यात्रु बहाक जहाज सञ्चालन गर्ने सहमति

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३ बैशाख
नेपाल र युनाइटेड अरब इमिरेट्स ( यूएई) द्धिपक्षिय हवाई सम्झौता भएको छ । मंगलबार काठमाडौस्थित संस्कृति, पयर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा  सम्पन्न बार्तामा दुई मुलुकबीच सो सम्झौता भएको हो । मन्त्रालयका सचिव सुशिल घिमिरे र  युनाइटेड अरब इमिरेट्स सरकारका तर्फबाट त्यहाँको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक  ओमार विन गलेभबीच भएको सम्झौतामा दुबैमुलकबीच प्रति साता ७० ओटासम्म नियमित यात्रु बहाक जहाज सञ्चालन गर्ने सहमति भएको छ ।
यस सम्झौताले दुबै मुलुकबीचको हवाई उडान विस्तार भई नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयका सह सचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटाले यस सम्झौतापछि अब खाडी मुलुक युएईमा वैदेशिक रोजगारिमा जाने नेपाली कामदारले सहज रुपमा हवाई यात्रा गर्न पाउने अपेक्षा गरिएको बताए ।
उनले नेपाल र युएईका सरकारी प्रतिनीधीबीच भएको सो सम्झौतामा दबै पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरि प्रति साता ७० ओटासम्म नियमित यात्रु ओसार्न सकिने सहित विभिन्न ६ बुँधे सम्झौता भएको बताए ।
प्रवक्ता सापकोटाका दुई मुलुकबीच भएको सो हवाई सेवा विस्तार सम्बन्धी सम्झौता अनुसार कार्गो उडान तर्फ दुबै पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको जहाज प्रयोग गरि प्रति साता जतिसुकै संख्यामापनि सिमा नतोकिएको उडान गर्न सक्ने उल्लेख छ ।
यसैगरि दुबै मुलुकबीच तोकिएका वायुसेवा कम्पनीहरुले द्धिपक्षिय कोड सेयर व्यवस्थाको अतिरिक्त तेस्रो पक्षिय  कोड सेयर व्यवस्था समेत उपयोग गरि नियमित यात्रु उडानहरु व्यस्थित गर्न सक्ने छन । सो सम्झौतमापत्रमा हस्ताक्षर गर्ने क्रममा यूएईका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण एवं वायुसेवा सञ्चानसँग सम्बन्धीत जनशक्तिलाई आवस्यक तालिमकालागि यूएईका मान्यताप्राप्त प्रशिक्षण संस्थाहरुमा सम्भव नभएसम्म त्यस्तो अवसर जुटाई दिने प्रतिवद्धता समेत गरेको छ।
यसैगरि यूएईका मान्यताप्रप्त वायुसेवा कम्पनी वा ति कम्पनीका तेस्रो पक्षिय कोड शेयर साझेदार वायुसेवा कम्पनीलाई नेपालको पर्यटन प्रवद्र्धनकालागि प्रोत्साहन गर्ने सहमती भएको मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयका अनुसार सो सहमति बमोजिम जसकालागि नेपाल पर्यटन बोर्ड  र यूएईका मान्यताप्राप्त वायुसेवा कम्पनीहरुबीच पारस्परिक हितलाई ध्यानमा राखेर पुनः छुट्टै सम्झौता हुने भएको छ । दुबै मुलुकका सरकारी प्रतिनीधीबीच भएको  सो बार्तामा दुबै पक्षका नागरिक उड्डयन अधिकारीबीच हवाई सेवालाई थप उदारिकरण गर्न फेरी अर्को चरणको आगामी वार्ता सन् २०१५ को पहिलो चौमारिकमा गर्ने सहमति भएको छ । यस नयाँ सम्झौताले खाडी मुलुक यूएर्यबाट अन्य तेस्रो मुलुकको हवाई यात्रा गर्ने नेपाली कामदारलाई समेत निकै राहन मिल्ने मन्त्रालयको दावी छ । सो बार्तामा पर्यटन र पराष्ट्र मन्त्रालयका सहसचिव, कानुन तथा संसदीय व्यवस्था मन्त्रालयका अधिकारी र नेपाल नातरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर सहभागी थिए ।
मन्त्रालयका अर्का सह सचिव सुरेश आचार्यले यसअघि पनि यूएईसँग दुई पटक हवाई सेवा विस्तार सम्बन्धी सम्झौता भएको जानकारी दिए ।
उनले सन् १९९९ मा पहिलोपटक युनाइटेड अरब इमिरेट्ससँग द्धिपक्षिय हवाई सम्झौता भएको  बताए । त्यसपछि सन २००७ मा पुनः दोस्रो पुनरावलोकन सम्झौता भएको थियो भन्दै उनले यो सम्झौता युएईसँगको तेस्रो भएको जानकारी दिए ।

No comments:

Post a Comment