Monday, April 22, 2013

निगमले दुईओटा न्यारोबडी जहाज ल्याउन बैना रकम पठायो
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ बैशाख
आगामी दुई वर्È भित्र दुईओटा नयाँ जहाज ल्याउने सम्झौता अनुसार नेपाल वायुसेवा निगमले जहाज उत्पादक कम्पनी एयरबसलाई ५ लाख अमेरिकी डलर बैना रकम ( प्रतिवद्धता शुल्क) पठाएको छ । निगमले एयरबससँग नयाँ जहाज खरिद गर्ने प्रक्रिया थाल्न गत २३ चैतमा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । 
सो सम्झौता अनुसार  निगमले मंगलबार आफ्नै स्रातबाट ५ लाख अमेरिकी डलर ( ४ करोड ३० लाख रुपैयाँ ) बैना पठाएको हो । नयाँ जहाज खरिद प्रक्रियाको समझदारी अनुसार सन् २०१५ मा दुई ओटा न्यारोबढी एयरबस जहाज ल्याउने तयारीमा जुटेको निगमले साढे सात अर्ब ऋण जुटाएर जहाज ल्याउने बताउँदै आएको छ ।
निगमका कर्पोरेट विभागका निर्देशक एवं प्रवक्ता गणेशबहादुर चन्दले निगमले आफ्नै स्रोतबाट जुटाएको ५ लाख अमेरिकी डलर एयरबसलाई बैना पठाएको बताए । उनले एयरबससँग दुईओटा न्यारोबढी जहाज खरिद गर्न गत २३ चैतमा भएको समझदारी अनुसार निगमले सो रकम पठाएको बताए ।
उनले नयाँ खरिद सम्झौता अनुसार निगम व्यवस्थापनले आगामी दुई वर्षभित्र जतिसक्दो छिटो जहाज ल्याउने उदेस्यले बैना रकम पठाएको बताए । निगम सञ्चालक समितिबाट अनुमति लिएर युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई सो बैना रकम पठाएको  जानकारी दिँदै प्रवक्ता चन्दले भने, ‘ हिमालयन बैंकको पुरानै खाता मार्फत एयरबसलाई सो रकम पठाएका छौं ।’
निगमका अनुसार नयाँ जहाज ल्याउन बैना पठाएको एक महिनाभित्र दुवै कम्पनीबीच जहाज खरिद समझदारी हुने छ ।  त्यसपछि एयरबसले जहाजको मूल्य चुक्ता कुन प्रक्रिया र कसरी गर्ने हो, सो बारे सर्त राख्ने छ । निगम र एयरबसबीच गत चैतमा भएको सम्झौतापछि  निगम व्यवस्थापनले आवस्यक ऋणका लागि कर्मचारी संचय कोÈस“ग वार्ता सुरु गरेको थियो। वार्ता सुरु भएपछि चा“डै नै सकारात्मक नतिजा आउनेमा निगम  ढुक्क थियो।
निगम र एयरबसले २०६६ साल १९ कातिकमा भएको नयाँ जहाज खरिद सम्बन्धी समझदारीपत्र पुनरावलोकन गरी हस्ताÔर गरेका थिए । सम्झौता पुनरावलोकन गर्न दुवै कम्पनीका उच्च अधिकारीहरुबीच विगत ६ महिनायता दर्जन भन्दा बढी वार्ता भएको थियो।
दुवै कम्पनीबीच करिब पा“च वर्È (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य  जोडेर सोही अनुसार जहाज लिने–दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए ३२०–२०० सिरिजको हो । यसमा १ सय ५० सिट हुन्छ। यो न्यारो बडी जहाज हो। निगम यसमा भएको सिट थपेर १ सय ६४ बनाउने योजनामा छ ।
साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नया“ समझदारीपछि अन्तर्राष्ट्रिय उडान गर्न आगामी दुई वर्षभित्र एयरबसले दुई नया“ जहाज दिने प्रतिबद्धता जनाएको छ ।
विमान अभावमा अहिले निगमले आङ्खनो उडान कटौती गर्दै आइरहेको छ, निगमले सन् २००९ नोभेम्बरमा भएको डिलमा मूल्यवृद्धिलाई जोडेर नया“ विमान खरिद गर्ने समझदारी भएको हो । २००९ मा न्यारो बडिको एयरबस चार करोड १० लाख डलरमा खरिद गर्ने समझदारी भएको थियो । यो समझदारी अनुसार निगमले दुईवटा न्यारो बडिका लागि सात अर्ब २० करोड रुपैया“भन्दा बढी खर्च गर्नुपर्दथ्यो ।
यसपटक पनि मूल्य ठूलो रकमले बढेको छैन्, केही प्रावधिक कुरा परिवर्तन भएका छन्, निगम स्रोतले भन्यो । सन् २००९ मा विमान खरिद सम्झौता भए पनि त्यो पछि अदालती चक्करमा फसेको थियो । एयरबसका लागि पठाइएको लक अप मनीका विÈयमा विवाद भएपछि त्यसलाई भ्रष्ट्राचार मान्दै अख्तियारले मुद्धा दायर गरेको थियो, सो मुद्धा विशेÈ हु“दै सर्वोच्च अदालतमा गएर टुङगिएको थियो । त्यसपछि सरकारले निगमको अन्तर्राष्ट्रय उडानमा दुई विमान किन्ने प्रक्रियालाई ६ महिना भित्र पूणता दिने निर्णय गरेको थियो । सोही बेला सार्वजनिक संस्थान निर्देशन बोर्डले निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रवन्ध निर्देशक समेत नियुक्त गरेको थियो ।
नयाँ खरिद प्रक्रिया थाल्न गत २३ चैतमा भएको सम्झौताको समझदारीपत्रमा निगमका महानिर्देशक मदन खरेल, निर्देशक गणेशबहादुर चन्द र एयर बसका तर्फबाट शिल शुक्ला र निर्देशक रोव गर्डनले संयुक्त हस्ताÔर गरेका थिए ।  यस नयाँ  विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोÈ, बिमा संस्थान, नागरिक लगानी कोÈ र स्थानीय बैंकस“ग ऋर्ण लिने बताउँदै आएको थियो ।
अहिले नयाँ जहाज ल्याउन निगमलाई १३ अर्ब ५ करोड रुपैयाँ ऋण दिन सञ्चय कोÈ सहमत भएको छ । सञ्चय कोÈ सञ्चालक समितिको शनिबार बसेको बैठकले निगमलाई सो  ऋण दिन सहमति जनाएको हो।

No comments:

Post a Comment