Wednesday, April 17, 2013


जहाज ल्याउने प्रक्रियामा ढिलाई नगर्न चिनियाँ राजदुतको सुझाव  
काठमाडौ, २७ चैत –नेपालकालागि चिनिया राजदुत वु छुन्थाईले नेपाल वायुसेवा निगमलाई दिने भनिएको जहाज दिन चिन सरकार तयार भईसकेकाले यहाँको प्रक्रियामा ढिलाई नगर्न सुझाव दिएका छन । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा बुधबार राजधानीमा आयोजित‘ नेपाल  र चीन बीचको पर्यटन आदान–प्रदान’ कार्यक्रममा राजदुत छुन्थाई ले सो सुझाव दिएका हुन ।
यहाँको प्रक्रिया जति सक्दो छिटो अघि बढाए त्यत्तिनै छिटो निगमलाई अवस्यक जहाज उपलब्ध गराउन चीन सरकार तयार भएको बताउँदै उनले अहिले चीन पोखरा क्षेत्रीय विमानस्थल निर्माण, सडक विस्तार र  नेपालका ठुला परियोजनामा सहयोग गर्न इच्छुक रहेको बताए ।
उनले पोखरा क्षेत्रीय विमानस्थल बनाउने कार्य , काठमाडौका बाहिरी चक्रपथ निर्माण, जलविद्युत आयोजना, पर्यटन विस्तार , जडीवूटी, जैविक प्रविधि लगायतका क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताउँदै चीन सरकार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा निकै उत्साहित रहेको जानकारी दिए ।
चीन दुई देसबीचको पर्यटन प्रवद्र्धनका कार्यलाई थप विस्तार गर्न यहाँका निजी क्षेत्रको सहकार्यलाई प्रोत्साहन गर्न चाहान्छ जसले अन्तर सरकारी सम्बन्धलाई पनि मजवुत बनाउने उनको भनाई छ । उनले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएकाले सो सम्बन्धलाई धार्मिक पर्यटनको हिसावले सदुपयोग गर्न सके नेपाललाई धेरै फाइदा हुने बताए ।
नेपाल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले निकै उत्कृष्ट गन्तब्य भएकाले चिनियाँ पर्यटक नेपाल भित्रिने क्रम दैनिक रुपमा बढ्न थालेको बताए ।
उनले यहाँको पर्यटन विस्तारकालागि अहिले नेपालमा समस्या रहेको र  समस्यासँगै  अवसर पनि रहेकाले सो अवसरलाई सदुपयोग गर्नुपर्ने सुझाव दिए । आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सडक संजाल विकास पनि भएकाले नेपालको मध्य पहाडी पूर्व पश्चिम राजमार्ग विकासको सोंच दुरगामी भएको भन्दै उनले सडक निर्माण र पूर्वाधार विकासमा चीन सरकारले निरन्तर सहयोग गर्ने आस्वासन दिए । उदियमान अर्थतन्त्र भएका दुई ठूला मुलुक चीन र भारतको बीचमा नेपाल रहनु नेपालका लागि अवसर पनि हो भन्दै राजदुत  छुन्थाइले नेपालको विकासको लागि नेपाल, चीन तथा भारत बीच त्रिपक्षीय सहकार्य को आवश्यकतामा जोड दिए । उनले चीन नेपालसँग राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा “वृहद सहयोगी साझेदारी मोडलमा सहकार्य गर्न तयार रहेको बताए ।
चीन आफ्नो सफलतालाई छिमेकीसंग बांड्न तत्तपर रहेकाले नेपाल चीनको लागि मुख्य प्राथमिकतामा रहेको बताए । उनले नेपाल र चीन बीचको विद्यमान व्यापार घाटालाई कम गर्न नेपालमा चिनियां पर्यटक भित्राउने लगायत अन्य सेवा क्षेत्रहरुको विस्तार महत्वपूर्ण उपाय हुन सक्नेमा पनि जोड दिए ।  उनले नेपाली पृष्ठभूमिमा चिनिया फिल्म निर्माण हुन लागेको र चिनियां टेलिभिजनले नेपाल सम्बन्धी वृत्तचित्र समेत प्रसारण गर्न लागेको जानकारी गराउंदै चिनको सो कार्यले नेपालमा चिनियां पर्यटकको आगमन समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले दुई मुलुकबीचको पर्यटन प्रवद्र्धनकालागि नेपाल सरकारले सक्दो प्रयास गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरेले यस्तो कार्यक्रमले दबै मुलुकबीचको आर्थिक सामाजिक विस्तारमा थप सहयोग पुग्ने भएकाले चिनियाँ पर्यटन प्रवद्र्धनको विकासलाई सदुपयोग गर्नुपर्ने बताए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले अहिलेसम्म नेपाल भित्रिने पर्यटक संख्यामा सबैभन्दा बढी चिनियाँ नै भएकाले अझै सो संख्यालाई थप बढाउन सरकारी कुटनीतिक प्रयासमा जोड दिनुपर्ने धारणा राखे ।
उनले चिनबाट आउने पर्यटकलाई यहाँ रमाउने वातावरण बनाउन आग्रह गरे । नेपालमा चिनियां पर्यटकको आगमन बढाउन सकिएमा व्यापार घाटालाई केहि हदसम्म पूर्ति गर्न सहज हुने सुझाव पनि उनले दिए ।
सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमक्ति पूमुख कार्यकारी अधिकृत सुभाष निरौला, निर्देशक काशीराज भण्डारी, नाट्टोका अध्यक्ष असोक पोख्रेल लगायतले नेपाल र चीनबीचको पर्यटकीय सम्बन्ध विस्तारका बारेमा बोलेका थिए ।


No comments:

Post a Comment