Wednesday, April 17, 2013

आसैआसमा वर्ष विताएका व्यवसायीका नयाँ जहाज आउने अपेक्षा
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १ बैशाख
मुलुकको आर्थिक विकासको संवाहकको रुपमा रहेका पर्यटन व्यवसायी एवं निजी क्षेत्रले २०६९ साल पर्यटनकालागि आसैआसमा बितेपनि अब नयाँ जहाज आउने अपेक्षा गरेका बताएका छन । संविधानसभा विघटन हु“दा जति निराश जनता थिए त्यो भन्दा बढी निराश भएका व्यवसायीहरुले विगत डेढ वर्षदेखि नेपाल पर्यटन बोर्ड नेतृत्वविहिन हुनु, मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई आवस्यक थप नयाँ जहाज ल्याउने प्रक्रिया लिंगरिएर वितेको एक वर्ष त्यसै खेर गएको बताएका छन ।
नेपाल पर्वतारोहण संघ ( एनएमए) का पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले सार्वजनिक–निजी साझेदारीको अवधारणामा सञ्चालन हुनुपर्ने नेपाल पर्यटन बोड विगत डेढ वर्षदेखि नेतृत्व विहिन रहेकाले व्यवसायीले एक वर्षको समय आसैआसमा विताउन बाध्य भएको बताए । उनले पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुसार सञ्चालन हुनुपर्नेमा अहिलेसम्म सो नभएकाले व्यवसायीको मनोबल गिरेको बताए । मुलुकको पर्यटन क्षेत्रको समग्र विकास एवं प्रवद्र्धनको जिम्मेवारी लिएको बोर्डमा अहिलेसम्म राजनीतिक हस्तक्षेप भएको दावी गर्दै शेर्पाले राजधानीसँग भने, ‘ अब बोर्डलाई स्वायत्तः बनाउनुपर्छ ’ । अहिलेसम्म पर्यटन बोर्डमा सरकारी र राजनीतिक हस्तक्षेप भईरहेकाले त्यहाँबाट हुने गतिविधीमा अबरोध भएको बताउँदै शेर्पाले भने, ‘धेरै पटक परिवर्तन भइरहने सरकार र  मन्त्री परिवर्तन हुने वित्तिकै मन्त्रीको चाहना अनुसार बोर्ड चलेको जस्तो देखिन्छ ’ ।
उनले अब नयाँ वर्षमा पर्यटन बोर्ड राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने जिकिर गरे । बोर्डलाई राजनीतिक दलगत स्वार्थमा चलाउने होइन अब स्वायत्तः बनाउनुपर्छ भन्दै शेर्पाले राजनीतिक हस्तक्षेपका कारण अहिलेसम्म बोर्डबाट अपेक्षाकृत रुपमा काम नभएको बताए । बोर्डका पूर्व सञ्चालक समितिका सदस्य समेत रहेका शेर्पाले आगामी दिनमा पर्यटन बोर्ड पर्यटन प्रवद्र्धनमा मात्र नभएर मुलुकभरका सबै पर्यटन क्षेत्रसँग सम्बन्धीत संघ– संस्थाहरुलाई एकजुट बनाएर अग्रज भूमिका खेल्न सफल हुनुपर्ने धारणा राखे । उनले अब बोर्डको भूमिका निकै सशक्त हुनुपर्ने व्यवसायीको अपेक्षा रहेको बताए । यसैगरि शेर्पाले नेपाल वायुसेवा निगम पनि गत वर्ष धरासायी अवस्थामा चलेकाले पर्यटन क्षेत्रमा खासै लाभ नभएको बताए । निगमको नयाँ जहाज खरिद प्रक्रिया लिंगरिएका कारण व्यवसायीको अपेक्षा त्यसै खेर गएको भन्दै उनले वितेको वर्ष अन्तर्राष्ट्रिय उडान भर्न समेत निगम धेरै पटक जहाज विहिन जस्तै भएको तितो यथार्थ सुनाए ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सीज् ( नाट्टा) का महासचिव अच्युत गुरागाइँले पनि वितेको वर्ष पर्यटन क्षेत्रकालागि उपलब्धीमुलक नभएको बताए ।
उनले २०६९ सालमा संविधान आएर मुलुकमा स्थिरता आउने अपेÔा लिएर बसेका व्यवसायीलाई नयाँ जहाज ल्यान नसकेर र बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत चयन गर्न नसकेकाले थप निराशाको बताएको बताए । संविधानसभा विघटनपछि निराश भएका व्यवसायीलाई समयमा बजेट आउने सानो आशा थियो । तर जब राजनीतिक दलवीच सहमति नभई खर्च चलाउने मात्रै बजेट आयो निजी Ôेत्रका योजनाहरु थन्किए । त्यसले पनि व्यवसायीलाई थप निरास बनाएको बताउँदै उनले अब नयाँ जहाज आउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणले पनि समग्र रुपमा भन्नुपर्दा वितेको वर्ष पर्यटन क्षेत्रकालागि  त्यति सुखद नरहेको बताइन । सरकारले पर्यटन विकासका लागि खासै काम गर्न नसकेको भन्दै उनले मुलुकभित्र भएका बन्द, हड्ताल, चन्दा आतंक लगायतका गतिविधिहरुले पर्यटक तथा पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको बताइन् ।
वितेको  वर्È देशभर होटलहरुको संख्या थपिने क्रम जारी रहेको जानकारी दिँदै उनले  होटेलहरुको संख्या बढेपनि पर्यटकको आगमन शन्तोÈजनक नहु“दा होटेल व्यवसायी प्रभावित बन्नेको बताइन ।


No comments:

Post a Comment