Wednesday, April 17, 2013


जलविद्युतको विकासमा राजनीतिक दलको सामुहिक प्रतिवद्धता
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २८ चैत
जलविद्युतको विकास गरि मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले सामुहिक प्रतिबद्धता जनाएका छन । उनीहरुले अब जलविद्युतको विकासमा कुनै राजनीति नगरी बन्द, हड्ताल र चन्दा असुली जस्ता गतिविधी तत्काल रोक्ने लगायतका १९ बु“दे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।  बुधबार राजधानीमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ४७औं वार्Èिक साधारणसभामा विभिन्न ठूला दलका शीर्È नेताले सामुहिक प्रतिवद्धता जनाएका हुन ।
जलस्रोतको धनी मुलुक भएर पनि यहाँको औद्योगिक क्षेत्रले चरम उर्जा संकटको मार खेप्नु परेको र सर्बसाधारणले अन्धकारमा बस्नुपरेको भन्दै महासंघले जलविद्युत विकासकालागि न्यूनतम साझा एजेन्डाको रुपमा राजनीतिक प्रतिवद्धता लिने प्रयास गरेको थियो । मंहासंघको सो प्रयासमा नेकपा– माओवादीले भने सहभागिता जनाएको थिएन । 
महासंघले आफ्नो वार्षिक साधारण सभाको अवसरमा गराएको सो एजेन्डाको सामुहिक प्रतिवद्धता जनाउने विभिन्न दलका शिर्ष नेताहरुमा माओवादी अध्यÔ पुष्पकमल दाहाल, एमाले अध्यÔ झलनाथ खनाल, राष्ट्रिय  जनशक्ति पार्टीका अध्यÔ सुर्य बहादुर थापा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यÔ बिजय कुमार गच्छदार, मधेशी जनअधिकार फोरमका अध्यÔ उपेन्द्र यादब ,चुनावी मन्त्रीपरिÈद्का अध्यÔ खिलराज रेग्मी र महासंघका अध्यÔ सुरज बैद्यले सयुक्त रुपमा हस्ताÔर गरेका हुन् । यसैगरि नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोईरालाले जलविद्युतको विकासको प्रतिबद्धतापत्रमा साधारण सभा अघि नै हस्ताÔर गरिसकेको महासंघले जनाएको छ ।
यसअघि सन् २०१० को १४ फागुनमा वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्य सहित मनाईएको ‘पर्यटन वर्ष–२०११’ मा कुनै अवरोध नगर्ने प्रतिवद्धता सहित सबै राजनीतिक दलका शिर्ष नेताहरुले रत्नपार्क स्थित टुंडिखेलबाट सामुहिक प्रतिवद्धता जनाएका थिए । तर, सो प्रतिवद्धता धेरै समय नटिकेकै कारण लक्ष्य अनुरुप पर्यटन वर्षले उपलब्धी हासिल गर्न सकेको स्वंयम दलका नेताहरुले बताउँदै आएका छन । महासंघका अनुसार सबै राजनितिक दलहरुस“ग छलफल गरि मस्यौदा तयार पारेर सो प्रतिबद्धतापत्रमा हस्ताÔर गराईएको हो । राज्य सञ्चालनको कार्यकारी जिम्मेदार पदमा फरक फरक समयमा फरक फरक दलका प्रतिनिधि पुग्ने भएकाले सामान धारणा बनाएर चरम उर्जा संकट खेप्न बाध्य मुलुकको उर्जा विकास लागि उनीहरुलाई सामुहिक हस्ताÔर गर्न लगाईएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष सुरज वैद्यले यस प्रतिबद्धताले उर्जा विकासमा हाल विभिन्न दलहरुबीच भईरहेको मतभेत र बुझाईको दुरी कम गर्ने अपेक्षा गरिएको बताए । उनले जलस्रोतको धनि मुलुक भएरपनि यहाँका उद्यमी व्यवसायीले भोग्नुपरेको चरम उर्जा संकटको मारलाई सँधैकालागि समाधान गर्ने उदेस्यले यस वर्षको वार्षिक साधारण सभामा महासंघको एजेन्डा उर्जा क्षेत्रको विकासमा केन्द्रित भएको बताए ।
महासंघले राखेको सो प्रतिबद्धतापत्रमा हस्ताÔर गरेपछि सबै दलका शिर्ष नेताहरुले अब मुलुकको उर्जा विकासका लागि आफूहरुले कुनै राजनीतिक हस्तÔेप नगर्ने बचन दिएका छन । एमाले अध्यक्ष झलनाथ खनालले आफुहरुले गरेको प्रतिवद्धता उलंघन हुन नदिन अब सबैलाई आर्थिक क्रान्तिमा ध्यान केन्द्रित हुन आग्रह गरे । अहिले मुलुक राजनीतिक गतिरोधको दिशाबाट अघि बढी आर्थिक क्रान्तिमा अघिबढिसकेको दावी गर्दै उनले यस सामुहिक प्रतिबद्धता मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने एकताकालागि निकै उपलब्धीमुलक हुने बताए । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पनि यस प्रतिवद्धतालाई सरकारले अवसरको रुपमा लिनुपर्ने बताए । राष्ट्रिय जनशक्ति पाटीका अध्यक्ष सूर्य बहादुर थापाले यस प्रतिबद्धतालाई तत्काल कार्यान्वयनमा ल्याउन सबै दल र व्यवसायीलाई आग्रह गरे । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यÔ बिजय कुमार गच्छदार र  मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले पनि अब कुनै राजनीतिक दलले जलस्रोत र उर्जा प्रवद्र्धनमा कुनै अबरोध नपु¥याउने प्रतिवद्धता व्यक्त गर्दै अबरोध गर्नेहरुलाई पनि आफुहरुले तह लगाउने बताए ।
उनीहरुले जलविद्युतको निर्माणधिन परियोजनाको विकास तथा सञ्चालनमा प्रत्यÔ वा अप्रत्यÔ रुपमा असर पर्ने गरी कुनै आर्थिक सहयोग एवं चन्दा नमाग्ने प्रतिवद्धता समेत जनाएको बताए ।  ती नेताहरुले अब जलविद्युत परियोजनालाई कब्जामा नलिने, राष्ट्रियकरण नगरिने र विना अवरोध विदेशी लगानी फिर्ता र हस्तान्तरणको प्रतिवद्धता समेत गरेका छन् ।
चुनावी मन्त्रीपरिÈद्का अध्यÔ खिलराज रेग्मीले सो प्रतिबद्धता मुलुकको आर्थिक विकासकालागि निकै उपलब्धीमलक भएको बताए । उनले यस प्रतिवद्धता उर्जा विकास र देशको आर्थिक समृद्धिको हितमा भएकाले दल र व्यवसायीलाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

No comments:

Post a Comment