Wednesday, April 17, 2013

६० वर्षपछि चेम्बर अफ कमर्स कार्यसमिति बिहिन
 नयाँ नेतृत्व चयनको बिबाद 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३० चैत
निजी क्षेत्रकै पुरानो व्यवसायिक संगठन नेपाल चेम्वर अफ कमर्स ६० वर्षपछि कार्यसमिति बिहिन भएको छ । आगामी नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर उत्पन्न पदाधिकारीवीचको तिब्र बिवादका कारण ६ दशक लामो इतिहास बोकेको चेम्बर शुक्रबारबाट पहिलोपटक विधिवत रुपमा कार्यसमति बिहिन भएको हो । २००९ सालमा स्थापना भएको निजी क्षेत्रको पुरानो संस्था चेम्बरमा हाल कार्यरत सुरेश कुमार बस्नेत नेतृत्वको २ वर्षे कार्यकाल शुक्रबारबाट सकिएपछि आगामी निर्वाचन पछि नयाँ नेतत्व चयन नभएसम्मकालागि कार्यसमिति बिहिन भएको हो । अब नयाँ नेतृत्व चयनकालागि निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सचिवालयका कर्मचारीको हातमा पुगेको छ । 
चेम्बरको प्रचलित विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको हुने, हरेक वर्ष चैत मसान्त भित्र वार्षिक साधारण सभा हुनुपर्ने र सो नभएमा कार्यसमिति स्वतः भंग भई चेम्बरको वैतनिक कार्यालय प्रमुखले दैनिक कार्य संचालनको जिम्मा लिई ३५ दिन भित्र साधारण सभा बोलाई कार्यसमितिको निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ ।  सो प्रावधान अनुसार चेम्बर सचिवालयका कर्मचारीले आगामी ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।
बर्तमान कार्यसमितिको कार्यकाल सकिएको र आगामी निर्वाचन विधिसंवत ढंगले हुनुपर्ने माग गर्दै शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चेम्बरका बरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाले सो जानकारी गराएका हुन । उनले चेम्बरको वर्तमान कार्यसमितिको निर्वाचन गत २०६७ साल ३० चैतमा भएकोले शुक्रबारबाटै बर्तमान  कार्यसमितिले आफ्नो २ वर्षे कार्यकाल पूरा गरेको बताए ।  यस वर्ष हुनु पर्ने चेम्बरको ६० औं वार्षिक साधारण सभा गत  २५ र २६ चैतमा गर्ने तय भई सार्वजनक सूचना समेत प्रकाशित भईसकेकोमा अध्यक्ष सुरेश कुमार वस्नेतले एकलौटी र मनोमानी ढंगले गत ९ चैतमा सार्वजनिक सूचना प्रकाशित गरि सो साधारण सभा स्थगित गरेकाले विगत ६० वर्षको ईतिहास बोकेको चेम्बरले हाल यस्तो अवस्था भोग्नुपरेको बरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ ।
गत चैतमा हुनुपर्ने साधारण सभा र निर्वाचन अध्यक्ष बस्नेतकै कारण रोकिएकाले चेम्बरको निर्वाचन विधिवत ढंगले गर्न पाऊँ भनेर आफुहरु समलग्न ३० जना सदस्यले जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएको जानकारी दिँदै गोल्छाले भने, ‘ अहिले चेम्बर कार्यसमिति बिहिन हुनु निजी क्षेत्रकैलागि दुर्भाग्य हो’ । यसले स्यंम व्यवसायीलाई नै हानी पु¥याएको उनले बताए । उनले कुल ३९ सदस्यीय पदाधिकारीबीच ३१ जना महासचिव  कमलेश कुमार अग्रवाल पक्षमा रहेको र अन्य ८ जना मात्र अध्यक्ष बस्नेत पक्षमा रहेको पनि जानकारी दिए । शुक्रबारको पत्रकार सम्मेलनमा महासचिव पक्षका १८ जना सहभागी थिए ।  उनीहरुले अहिले नयाँ सदस्यता नपाउने केही व्यवसायीले पुनरावेदन अदालतमा हालेको मुद्दाको पेसी आगामी २ बैशाखमा रहेकाले अब अदालतको भनाई आएपछि आगामी निर्वाचन विधिसंवत ढंगले हुनुपर्ने माग गरेका थिए ।
२००९ साल २७ असोजमा उद्योग विभागमा दर्ता भएको चेम्बर अफ कमर्स मुलुककै उद्योग वाणिज्य क्षेत्रको पहिलो संस्था हो । चेम्बरको विधानमा विभिन्न पटक समयानुकूल संशोधन हुँदै आएको छ । पछिल्लो पटक २०६५ सालमा सम्पन्न चेम्बरको वार्षिक साधारण सभाले गरेको संशोधनलाई गत २३ कार्तिकमा स्वीकृति प्राप्त भएको तथ्य चेम्बर अध्यक्ष सुरेशकुमार बस्नेतले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको पनि उनीहरुले जानकारी दिए । ति व्यवसायीहरुले अब चेम्बरको नयाँ सदस्य थप्ने काम कर्मचारीबाट हुने नसक्ने दावी समेत गरेका छन ।
नयाँ नेतृत्व चयनको विषयलाई लिएर उत्पन्न तिब्र विवादका कारण चेम्वर भवनमा प्रहरीले हस्तÔेप समेत गर्नुपरेको थियो । चेम्वर अफ कमर्सको ६० औं वार्षिक साधारणसभा गर्ने विÈयमा चेम्वर अक्ष्यÔ सुरेश बस्नेत र महासचिव कमलेशकुमार अग्रवालवीच तिब्र विवाद भएको हो ।
अग्रवालले महासचिवको हैसियतमा गत ५ चैतमा सार्वजनिक सूचना जारी गर्दै चेम्वरको आगामी वार्Èिक साधरणसभा चैत २५ गते गर्ने र २६ गते पदाधिकारीको निर्वाचन गर्ने जानकारी दिएका थिए । चेम्वरका पूर्व अध्यÔ राजेशकाजी श्रेष्ठले  आफुलाई पुनः एकपटक अध्यÔ बनाउने बहुमत पÔको पहल र  बर्तमान अध्यक्ष सुरेशकुमार बस्नेतले स्वतः दिन पाउने अधिकारको विषयलाई लिएर व्यवसायीबीच मतभेद बाझिएका कारण चेम्बरमा तिब्र बिबाद उत्पन्न भएको हो ।  साधारण सभाको विषयलाई लिएर महासचिवले जारी गरेको सूचनाको तीन दिनपछि चेम्वर अध्यÔ बस्नेतले छुट्टै सूचना जारी गर्दै महासचिव अग्रवालले जारी गरेको सूचना गैरकानूनी भएको दावी गरेका थिए । उनले गत  २५ र २६ चैतको वार्Èिक साधरणसभा प्रक्रिया पुरा नगरी आव्हान गरेको भन्दै गैरकानूनी भएको बताएका थिए । माहोल आङ्खनो पÔमा बनाउने गरी नया“ सदस्यता वितरणमा विवाद भएपछि  चेम्वरमा व्यवसायीबीच तिब्र बबाद भएको हो ।
चेम्वर अध्यÔ बस्नेत एकपटक चेम्वर अध्यÔमा चुनाव लडेर दोहोरिन चाहेका छन्, उनको विरोधमा रहेको समूहले चेम्वरका पूर्व अध्यÔ राजेशकाजी श्रेष्ठलाई पुनः एकपटक अध्यÔ बनाउने गृहकार्य गरिरहेका छन् । श्रेष्ठलाई, व्यवसायीहरु लोकमान्य गोल्छा, कमलेश कुमार अग्रवाल, राजेन्द्र अर्याल, सुरेन्द्रबीर मालाकार लगायत पदाधिकारीमा भएका तीन  तिहाई सदस्यले समर्थन गरेका छन् ।
यसैगरि बर्तमान अध्यक्ष बस्नेत पक्षमा जम्मा ९ जनाको मात्र समर्थन छ । चेम्वरमा सदस्यता पाउनका लागि गत ४ चैतमा साढे पा“च बजेभित्र आवेदन दिनुपर्ने थियो । तर बस्नेत पÔले नयाँ सदस्यता बनाउन धेरै फाइल साढे पा“च बजेपछि चेम्वरमा बुझाइएको थियो । समय सकिएपछि दिएका आवेदनलाई रद्ध गर्ने सम्भावना भएपछि विवाद भएको थियो । विवादपछि भएको धर्ना र अन्सनका कारण प्रहरीले सुरÔा दिनु परेको थियो । नयाँ सदस्यता वितरणमा लफडा भएपछि चेम्वर अध्यÔले साधारणसभा स्थगित गर्नेगरी सूचना जारी गरेका हुन् । बस्तेले सूचनामा बार्Èिक साधारण सभाको कार्यसूची राखेर बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेको र बैठक नै नबसेको र कुनै पनि निर्णय नभएको जिकिर गरेका छन् । उता अग्रवाल पÔ भने बस्नेतको निर्देशनमा बैठक बोलाइएको, उनैको अध्यÔतामा बसेको बैठकले साधारण सभाको मिति तय गरेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment