Sunday, February 26, 2012

पर्यटन बोर्डले जित्यो पाटा गोल्ड अवार्ड

काठमाडौ, १२ फागुन –नेपाल पर्यटन बोर्डले पाटा (दि प्यासिफिक एसिया ट्राभल एसोसिएसन) ‘मार्केटिङ एक्सिलेन्ट (गोल्ड) अवार्ड –२०१२’ जितेको छ । 
मुलुकको पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्रसँग सहकार्य गर्दै आएको बोर्डले देशको पर्यटन प्रवद्र्धनका लागि तयार गरेको श्रव्यदृश्य सहितको सिडिले सो अवार्ड प्राप्त गर्न सफल भएको पर्यटन बोर्डले जनाएको छ ।
सो जानकारी गराउन बोर्डद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा
पाटाका प्रमुख कार्यकारी निर्देशक मार्टिन जे क्रेसले नेपाल पर्यटन बोर्डले पुनः यसपाली सो अवार्ड पाएको  घोषणा गरेका हुन । पाटाले हरेक वर्ष विभित्र चार विधामा विभिन्न अवार्ड वितरण गर्र्दै आएको छ । बोर्डका निर्देशक एवं प्रवक्ता आदित्य बरालले सो अवार्डबाट नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले यसअघि नेपालले यही श्रेणीमा सन् २००० र २००५ को अवार्ड जितेको बताए ।
पुरस्कृत सीडीमा डिजिटल प्रविधिमा नेपालको संस्कृत एवं प्राकृतिक संम्पदा लगायतका जानकारीहरु समेटिएकाले पाटाले अर्वाडमा छनोट गरेको बोर्डले जनाएको छ ।
बोर्डले पाएको सो श्रेणीको पाटा अवार्ड हातपार्नका लागि विभिन्न मुलुकका पर्यटन प्रवद्र्धनसम्बन्धी ७९ संस्था र ब्यक्तिगत रुपमा १ सय ८० ओटा सीडी दावेदार थिए ।

No comments:

Post a Comment