Sunday, February 26, 2012

शिवरात्रीमा पशुपति पुग्ने पर्यटटको संख्या दोब्बर बृद्धि

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ फागुन
महाशिवरात्रीको अवसरमा धार्मिक पर्यटकीय गन्तब्यस्थल पशुपतिनाथ मन्दीर क्षेत्रमा पुग्ने पर्यटकको संख्या विगतका वर्षहरुमा भन्दा दोब्बर बृद्धि भएको छ । सोमबार विहानैदेखि पशुपतिनाथ क्षेत्रमा स्वदेशीहरुको मात्र नभएर विभिन्न मुलुकबाट आएका पर्यटको भीड लागेको थियो ।  महाशिवरात्री पर्वमा आएका  दर्शनार्थीलाई व्यवस्थापन गर्ने अख्तियारी पाएको पशुपति विकाष कोषले विगतका वर्षहरुको भन्दा यस वर्ष स्वदेशी र विदेशी दर्शनार्थीको संख्या लक्ष्य भन्दा बढी भएको जनाएको छ ।  महाशिवरात्री पर्व प्रचार प्रसार उपसमितिका संयोजक उमेश कुइँकेलले गत वर्ष भन्दा यस वर्ष महाशिवरात्रीका दिन पशुपति आइपुग्ने पर्यटको संख्या करिब दोब्बर भएको बताए । उनले विगतका वर्षहरुमा स्वदेशी र छिमेकी मुलुक भारतीय बाहेक अन्य मुलुकहरुबाट आउने पर्यटको संख्या करिब १ हजार ५ सय जना हुने गरेकामा यसपाली करिब ३ हजार भन्दा बढी भएको बताए ।  कुइँकेलले जानकारी गराए अनुसार  छिमेकी मुलुक भारत, श्रीलंका र मलेसियाबाट पर्यटक दर्शन गर्नकै लागि आउने गरेका छन । अन्य मुलुकका पर्यटक राजधानीमै भएको बेला मेलामा जम्मा भएका करिब ३ हजार भन्दा बढी बाबाजीहरुको चर्तिकला हेर्न आउने गरेका हुन । पशुपति विकास कोषले भारतबाट आउनेहरुसँग शुल्क लिएको छैन भने अन्य मुलुकबाट आउनेहरुसँग प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क लिदै आएको छ । विदेशी पर्यटकले जोगीहरुले मेलामा गरेको अनेकौं चर्तिकला हेरेर मनोरन्जन लिने गरेका छन । अहिले मात्र होइन हरेक वर्ष महाशिवरात्रीको बेला पशुपतिमा पर्यटकको उक्तिकै चहलपहल हुन्छ । कोही दर्शन गर्न पशुपति पुग्छन् त कोही रमिता हेर्नैकालागि जाने गरेको उनको भनाई छ । कोषका पूर्व सदस्य सचिव निर्मल कुइँकेलले महाशिरात्रीका दिन अमेरिका, जर्मन, बेल्जीयम, थाइल्याण्ड, बेलायत र क्यानडाबाट आइपुगेका पर्यटकले विशेष अभिरुचिपूर्वक हेर्ने गरेको बताए ।
मेलाका बेला छिमेकी मुलुक भारत एवं मुलुकका विभिन्न क्षेत्रबाट जम्मा भएका साधु एवं नागाबाबाहरुको चतिर्कला हेर्ने र उनीहरुले देखाएको तमासाको फोटो खिच्नेहरुमा बिदेशी पर्यटककै संख्या बढी रहेको कोषले जनाएको छ । विभिन्न मुलुकबाट आइपुगेका पर्यटकले फोटो खिचेर र अवलोकन गरेर पशुपतिको सा“स्कृतिक महत्वपको प्रचार गरिरहेका हुन्छन् भने अर्कोतर्फ आथिर्क रुपमा पनि मुलुकले राम्रो आम्दानी गर्ने अवसर मिलेको पशुपति विकास कोषले जानकारी दिएको छ । शिवरात्री व्यवस्थापन प्रचार प्रसार समितिका संयोजक कुईंकेलले हरेक वर्ष शिवरात्रीमा दर्शन गर्न आउने कूल दर्शनार्थीमध्ये करिब  एक चौथाई बिदेशी पर्यटक नै हुनेगरेको दावी गरे ।  कोषले मेला भर्न आउने दर्शनार्थीका लागि मन्दिरको चारैतिर लाइनको व्यवस्था मिलाएको थियो । मित्रपार्क, रुद्रगाडेश्वर वासुकी हुँदै उत्तर गेट,जयबागेश्वरी, भुवनेश्वरी हुँदै पश्चिम गेट, गौशाला वनकाली वद्धृाश्रम हुँदै पुर्विगेट र गौशालादेिख चौसठी महादेव हुँदै मन्दिरको दक्षिण गेटबाट दर्शनार्थीभित्र छिराइने व्यवस्था मिलाइएको थियो । हिन्दू धर्मालम्बीहरूले महाशिवरात्रीलाई एक मुख्य पर्वका रूपमा मनाउने गरेका छन् ।महाशिवरात्रीमा देशका विभिन्न स्थानसहित भारतबाट समेत हजारौं दर्शनार्थी काठमाडौंको पशुपतिनाथ मन्दिर आउने गरेका छन् ।त्यस्तै, हजारौं भारतीय साधुसन्त पनि महिना दिन अघिदेखि नै राजधानी आउने गरेका छन् । समितिले यस वर्ष करिब ४ हजार साधु सहभागी भएको बताएको छ । समितिले ती साधुसन्तका लागि आगो बाल्ने दाउरा र खानपिनको पनि व्यवस्था गरेको थियो । मूल आयोजक समितिले यस वर्ष स्वदेशी र विदेशी गरि करिब ८ लाख दर्शनार्थी सहभागी भएको जनाएको छ । मेलामा ३० लाखको गाँजा विक्री
काठमाडौ÷रास– महाशिवरात्रीका दिन सोमबार मात्र करिब ३० लाख रुपैयाँ भन्दाबढी गाँजा एवं भाङको  कारोबार  भएको छ । विगत दुई दशकदेखि पशुपति क्षेत्रमा पुजासामग्रीको कारोबार गर्दै आएका नरेन्द्र वैद्यले यस वर्ष शिबरात्रिका दिन पशुपति क्षेत्रबाट मात्र ३० लाख रुपैयाँ भन्दा बढीको गाँजा विक्री भएको बताए ।  उनले छिमेकी मुलुक भारतबाट आएका र स्वदेशी गरि करिब ३ हजार नागा बाबाले विक्री गरेको भाङबाट सो परिणामको गाँजा विक्री भएको बताए । शिवरात्रि मेलामा सहभागी मध्ये अधिकाँश युवायुवतिहरु नागा बाबाले ल्याएको विभिन्न स्वादका गाँजा र बुटीमा रमाएका थिए । पशुपति विकास कोषले पनि महाशिवरात्री पर्वका बेला करिब ३० लाखको भाङ कारोबार हुने गरेको बताएको छ । 

No comments:

Post a Comment