Sunday, October 20, 2013

२ वर्ष विदेश वस्ने नेपाली मात्र एनआरएन बन्ने , आज नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्पर्धा

काठमाडौं, २ कात्तिक 
दश बर्षदेखि दर्ता हुन नसकेको गैरआवासिय नेपाली संघलाई अब  दर्ता हुने बाटो खुलेको छ । 
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएनको रुपमा राख्ने प्राबधान राखिए पछि गैर आवासिय नेपाली संघको  दर्ता हुने भएको हो ।
नेपाल सरकारले कम्तीमा दुई बर्षसम्म बिदेशमा बसेकालाई मात्र गैर आवासिय नेपालीको रुपमा लिन सकिने गरी गैर आवासिय नेपाली ऐन २०६४ बनाए पछि विधान बाँझिन पुगेको थियो । 
यस अघि गैर आवासीय नेपाली एनआरएनले ६ महिना बिदेशमा बसेका नेपाली जो सुकै पनि एनआरएनको सदस्य हुन सक्ने प्रावधान राख्दै आएको थियो ।
विधान संशोधनपछि संघ दर्ताको बाटो पनि खुलेको छ । एनआरएनए र सरकारी ऐनमा गैरआवासीय नेपाली सम्वन्धि परिभाषामा फरक हुँदा संघको दर्ता हुन सकेको थिएन । विदेशमा ६ महिना बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान संघको थियो । विधान संशोधनको प्रस्ताव पारित भएपछि संघ दर्ताको बाटो खुलेको संघका अध्यक्ष जीवा लामिछानेले वताए । ‘संघ दर्ताको औपचारिक बाटो खुलेको छ, हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौ,’ उनले भने । सरकारको ऐन र संघले एउटै प्रावधान राखेको कारण लामो समयदेखि दर्ता हुन नसकेको संघलाई दर्ताको बाटो खुलेको लामिछानेको भनाइ छ ।
काठमाडौमा भएको यस पटकको छैटौ महाधिवेशनले सर्वसम्मत रुपमा विधान संशोधनको प्रस्ताव पारित गर्दै दुई बर्षसम्म बिदेशमा बसेकालाई मात्र गैर आवासिय नेपालीको रुपमा राख्न सक्ने भन्दै बिधान पाश गरेको छ । सरकार र गैर आवासिय नेपाली (एनआरएन) बीच एनआरएनको परिभाषाको बिषयमा नै बिवाद रहदै आएको थियो । एनआरएनको महाधिबेशनले यस पटक नेपाल सरकारले राखेको प्रावधानमा सहमती जनाएको छ । अव गैर आवासीय नेपाली संघ दर्ता हुने बाटो खुलेको गैर आवासिय नेपाली एनआरएनका कार्यकारी निर्देशक राजेश रानाले राजधानी दैनिकलाई बताए ।
यस पटकको बिधान संसोधनले गैर आवासिय नेपालीहरुलाई सहजता बढाउने कार्यकारी निर्देशक रानाले बताए ।  नेपालमा लगानी र  सार्क मुलुक बाहेक बिश्वका बिभिन्न भागमा करीव ३० लाख भन्दा बढी नेपाली बसोवास गदै आएका छन । दश बर्ष देखि बिश्वका बिभिन्न भागमा बसोवास गदै आएका गैर आवासिय नेपालीहरुले नेपालमा लगानीको वातावरणको माग गदै दोहोरो नागरिकताको माग गदै आएका छन । नेपालको कुल गार्हस्थ उत्पादनमा गैर आवासिय नेपालीहरुको करीव २० प्रतिशत भन्दा बढी हिस्सा रहदै आएको छ । गैर आवासिय नेपालीले नेपालको शिक्षा, स्वास्थ्य, जलस्रोत, विकास निर्माण र धार्मिक कार्यमा लगानी गदै आएका छन । बिश्वभर छरिएर रहेको करीव एक हजार भन्दा बढी गैर आवासीय नेपालीहरुको जमघट भएको सम्मेलनले सामुहिक लगानी,सुरक्षित लगानीको वातावरण र एनआरएनको पहिचान जस्ता बिषयमा छलफल हुने भएको छ । 
अध्यक्षको प्रतिस्पर्धामा पाँचजनायसैबीच गैरआवासिय नेपालीहरुको नयाँ नेतृत्वको लागि आइतवार निर्बाचन हुने भएको छ । एनआरएनको नयाँ नेतृत्वको लागि शनिवार बेलुकीसम्म अध्यक्ष पदको लागि पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन । संघको नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा तेन्जी शेर्पा, शेष घले, रामप्रताप थापा, रामेश्वर शाह, क्याप्टेन हितमान गुरुङले उम्मेदवारी दिएका छन । संघका महासचिव तथा अध्यक्ष पदका प्रत्यासी शेर्पाले एनआरएनको स्थापनादेखि नै आफुले संघका विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महत्वपुर्ण भुमिका निर्बाह गदै आएकोले आफनो उम्मेदवारी बिदेशमा रहेको श्रमिक र सवै खालको गैर आवायिय नेपालीको पक्षमा रहेको राजधानीलाई बताए । उनले सवैका भावनालाई समेटेर आफनो नेतृत्व अघि बढने बताए ।



No comments:

Post a Comment