Monday, October 21, 2013

यातायात व्यवस्थामा राजस्व बुझाउनै मुस्किल

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ कात्तिक
‘ए, पछाडिबाट बस आइसक्यो तपाईंहरू पर हट्नुहोस् न ।’ लाइनमा बसेका सेवाग्राहीलाई धकेल्दै थिए यातायात व्यवस्था सेवा केन्द्रका कर्मचारी । लाइनमा बसेकाहरू साँघुरो ठाउँबाट लाइन छोडेर पटक–पटक बाहिर निस्किएको बेला अर्कैले पालो मिच्छ कि भन्दै ठेलमठेल गर्दै थिए । सोही समय कर्मचारीले लाइनमा बसेकाहरूलाई पाखा लगाउन नपाउँदै एउटा स्कुलको बस प्रदूषण जाँच गराउन पैसा बुझाउने काउन्टरमै पस्लाझैं गरी ब्याक गर्दै थियो । त्यसपछि सवारी साधनको बिल बुक नवीकरण गर्न लाइनमा बसेकाहरू पुनः लामबद्ध हुन निकै कसरत गर्दै थिए ।
सवारी प्रदूषण गर्न आउने गाडी पार्किङको अभाव र लाइन बस्न नमिल्ने अत्यधिक साँगुरो ठाउँका कारण दैनिक करिब ४ सयभन्दा बढी सेवाग्राहीलाई यस्तै समस्या आइपर्ने गर्दछ ।
सवारी पार्किङ र सेवाग्राही उभिनै नमिल्ने साँगुरो ठाउँ त त्यहाँ पुग्नेबित्तिकै देखिने समस्या हो । दैनिक न्यूनतम २० लाखभन्दा बढी राजस्व संकलन हुने सेवा केन्द्रका प्रमुखको कार्यकक्षमा कम्प्युटर टेबल मात्र छ । कम्प्युटर आवश्यक भए पनि अझै उपलब्ध छैन । गत वर्षदेखि भोग्दै आएको सर्भर (नेटवर्क) को समस्या जस्ताको तस्तै छ । अहिलेसम्म कुनै सुधार आएको छैन । कर्मचारीको अभाव छ । समयमै बजेट निकासा नभएका कारण तीन महिनाको तलब नपाएका कर्मचारीसमेत त्यहाँ रहेका छन् ।
दैनिक ४ सयभन्दा बढी सेवाग्राही आउने सो केन्द्रमा अहिले प्रमुखसहित स्थायी र करार गरी जम्मा १० जना कर्मचारीले मात्र काम गरिरहेका छन् । कर्मचारी अभाव र नेटवर्कमा भइरहेको पुरानै समस्याका कारण सेवाग्राहीको काम गर्न ढिलाइ भइरहेको केन्द्रले जनाएको छ ।
सेवा केन्द्रका प्रमुख मुक्तिराम अर्यालले प्रदूषण जाँच गराउन आउने सवारी पार्किङ र सेवाग्राही उभिनै नमिल्ने साँघुरो ठाउँ, कर्मचारी र कम्प्युटर अभाव मात्र नभएर अहिले यहाँ बजेट निकासा नभएकाले थप समस्या उत्पन्न भएको बताए ।
उनले पहिले यातायात व्यवस्था विभागको मातहतमा रहेको यस सेवा केन्द्रलाई अहिले बाग्मती अञ्चल कार्यालयअन्तर्गत राख्ने निर्णय गरिएकाले आवश्यक बजेट र कर्मचारीको समस्या थप अन्योलमा परेको बताए । यहाँबाट हुँदै आएका नियमित कार्यसम्पादनका लागि करारमा तीनजना कार्यालय सहायक स्तरका कर्मचारी राख्ने विभागीय निर्णयअनुसार अहिले कार्यरत कर्मचारीलाई तीन महिनालाई पुग्ने तलब पनि नदिएकाले कर्मचारीको मनोबल गिरेको उनको भनाइ छ । उनले यस वर्ष पनि यातायात व्यवस्था विभाग, बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनास्थित केन्द्रको मुख्य कम्प्युटरबाट ल्याएको सर्भरको तारमा बेलाबखत हुने गडबढीका कारण अझै यस्तो समस्या आइरहेको बताए ।
उनले गत वर्षको तुलनामा अहिले सर्भरको समस्यामा भने केही कमी आएको बताए । उनले लामो दूरीमा पनि एउटै सर्भरको तारबाटै सवारीसाधनको बिल बुक नवीकरण गर्न कम्प्युटर प्रणालीबाट राजस्व बुझ्ने गरिएकाले यसअघि पनि धेरै पटक तारको गडबढीका कारण सेवाग्राहीले यस्तै सास्ती खेप्नुपरेको बताए ।
सेवा केन्द्रका प्रमुख अर्यालले हाल यहा“ पार्किङ र सुरÔाको अभाव थप जटिल बन्दै गएको बताए । उनले दैनिक ४ सयभन्दा बढी सेवाग्राही लाइन लाग्ने यस केन्द्रमा हाल एउटा कम्प्युटरबाट मात्र ई–बिलिङको काम भइरहेको बताए । उनले धेरै पटक केन्द्रलाई आवश्यक गाडी माग्दा विभागले नदिएकाले दैनिक संकलन हुने करिब २० लाख रुपैया“ बैंकमा जम्मा गर्न जा“दासमेत ट्याक्सी प्रयोग गर्नुपरेकाले निकै असुरÔित भइरहेको जानकारी दिए ।
विगत पाँच वर्षदेखि निजी कम्पनी ‘फोकस वान’मार्फत सेवा केन्द्रमा कार्यरत कम्प्युटर अपरेटर अविनाश कैनीले समयमा बजेट निकासा नभएका कारण दसैंमा पनि आपूmहरूले पाकेको दुई महिनाको तलब नपाएको बताए ।
सर्भर बिग्रिएकै कारण आइतबार डेढ घन्टा लाइनमा बस्दा पनि आङ्खनो बिल बुक नवीकरण गर्न नपाएर घर फर्किन बाध्य राधेश्याम खतिवडाले भने, ‘मैले यही ठाउ“मा अहिलेसम्म तीन पटक यो समस्या भोगेको छु ।’ खतिवडाजस्तै आङ्खना सवारीसाधनको बिल बुक नवीकरण गर्न राजस्व बुझाउन नपाएका सेवाग्राही आइतबार धेरैबेरसम्म सर्भर नबनेपछि अर्कै दिन आउनुपर्ला भन्दै निरास हु“दै फर्केका थिए ।
इन्टरनेट सुविधाका लागि नेपालमा विभिन्न प्रविधि भित्रिसकेको भए पनि दैनिक करिब २० लाखभन्दा बढी राजस्व संकलन हुने सो सेवा केन्द्र भने अहिले पनि परम्परागत शैलीमा नै सात किलोमिटर टाढाबाट तार टा“गेर कार्य गरिरहेको छ । बिहान १० देखि २ बजेसम्म मात्र बिल बुक नवीकरणका लागि राजस्व बुझाउने यस सेवा केन्द्रमा कार्यालय खोल्नेबित्तिकै ५०÷६० जनाको काम सिध्याउन नपाउ“दै नेटवर्कको तार बिग्रिएको थियो । दुई र चारपांग्रे गरी मुलुकभरका १३ लाखभन्दा बढी सवारीसाधनको विस्तृत विवरण राख्ने विभागअन्तर्गतका सेवा केन्द्रको यो हविगतले धेरै सेवाग्राही मारमा परेको उनको भनाइ छ । हालसम्म ढड्डा प्रणालीपछि अपनाउँदै आएको विभागको ई–बिलिङ सेवाअन्तर्गत सबै सवारी साधनको कर तिरेको विवरण एसएमएस र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था २०६६ देखि थालिएको थियो । २०६६ सालको १६ माघमा विभागले बाग्मती अञ्चलमा बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागको हल्चोकस्थित सानो भ¥याङमा सो सेवा केन्द्र भाडामा लिएको थियो । केन्द्रबाट हाल भाडाबाहेकका सबै सवारीसाधनको प्रदूÈण जा“च, सवारी कर नवीकरण, रुट पर्मिट नवीकरण र अस्थायी (पटके) रुट पर्मिटको कार्य हु“दै आएको छ ।

No comments:

Post a Comment