Monday, November 17, 2014

एडिबीको सहयोगमा निर्माणाधिन टेकु–डल्लु सडक तथा पुल निर्माण कार्यमा ढिलाई , सरकारी असमन्वय मुख्य कारण

काठमाडौ, ३ कात्तिक –राजधानीको अब्यवस्थित शहरीकरणको कारण एशियाली विकास बैंक (एडिबी) को सहयोगमा संञ्चालित ‘काठमाडौं दिगो शहरी यातायात विकास परियोजना’को काम समेत प्रभावित हुने देखिएको छ । 
सन् २०१७ सम्म काठमाडौं उपत्यकालाई सफा, सुन्दर र  ब्यवस्थित शहर बनाउने उदेश्यले संचालित सो आयोजनाका कतिपय निर्माणका काम अहिले सरकारका विभिन्न निकायबीच देखिएको नीतिगत समस्या, आपसी समन्वयन अभाव तथा झँझटीलो प्रक्रियाका कारण विकास निर्माणका काम द्रुत गतिमा अघि बढ्न नसकेको सम्बन्धीत सरोकारवाला व्यवसायीहरुको भनाई छ । राजधानीका कपितय स्थानमा खुलेका अव्यवस्थित पेट्रोल पम्म, नीजि घर, खाने पानीको पाइप, ढल, मठमन्दिर, बिजुलीका खम्बा, चौतारा लगायत पुराना संरचनाका कारण सडक–पुल निर्माण तथा विस्तारका काम गर्ने कार्यमा समेत निकै असहज भइरहेको सम्बन्धित ठेकेदार व्यवसायीहरुको गुनासो छ ।
सडक विभाग अन्र्तरगत एडिबीको सहयोगमा निर्माण हुँदै गरेको काठमाडौ महानगरपालिका स्थित टेकु कालिमाटी जोड्ने पुलसँगै पहिलो चरणमा यस आयोजना मार्फत निर्माण हुन लागेको ‘टेकु–डल्लु सडक तथा पुल निर्माण कार्यको ठेक्का पाएको चिनिया जेडआसी पप्पु निर्माण कम्पनीले यहाँ भएको कनक ट्रेड सेन्टर नामक पेट्रोल पम्प र कामनपाले ठेक्कामा सञ्चालन गरिरहेको मोटरपार्किङका कारण अहिले आफुले निर्माण कार्य सुरु गरेपनि काम गर्न असहज भइरहेको जनाएको छ ।
पप्पु कस्ट्रक्सनका निर्देशक सुमित रौनियारले गत २३ जुनमा सम्झौता भई १७ जुलाईबाट निर्माण सम्बन्धी काम सुरु गर्न आवस्यक सबै उपकरण पु¥याएर निर्माण थाल्दापनि कनक ट्रेड सेन्टर नामक पेट्रोल पम्प र कामनपाले ठेक्कामा सञ्चालन गरिरहेको मोटरपार्किङ स्थलका कारण अहिले आफुले निरन्तर काम गर्न नसकेको बताए । उनले यस स्थानमा निर्माण कार्य थालेको ३ महिना बितिसक्दापनि समयमा काम गर्न नसकिएको गुनासो गरे  । कुल २३ करोडको लगानीमा आगामी २ वर्षभित्र सबै निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता अनुसार ठेक्का पाएको जानकारी गराउँदै उनले पुल निर्माणसँगै १२ सय मिटरको टेकु देखि डल्लुसम्मको कोरिडोर सडकबाटो क्षेत्रका कपितय स्थानमा रहेको पेट्रोल पम्प, सावर्जनिक जग्गामा रहेका पार्किङ स्थान, क्लब, मन्दिर, ह्याण्ड पम्प, खानेपानीको पाइप, ढल, बिजुली र टेलिफोनको खम्बा लगायत पुराना संरचना त्यसै भत्काउन नपाइने समस्याले थालिएको निर्माण कार्य तीब्र रुपमा अघि बढ्न नसकेको बताए ।  उनले आगामी दुईवर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता बमोजिम ठेक्का लिएर थालिएको  यस आयोजनाको निर्माण कार्य तिब्र रुपमा अघि बढाउन यस्ता समस्याले निकै अप्ठ्यारो परेको बताए । उनले यस परियोजनाको काममा आइपरेका केही अप्ठेरो फुकाई सडक विभाग र सम्बन्धीत निकाएबीचको आपसी समन्वयनको कठिनाइ नभएमा निर्धारित समय भन्दा केही महिना अघि नै निर्माण सम्पन्न हुने दावी गरे । उनले सम्झौता अनुसार आगामी १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने यस काममा कुनै अवरोध नभए आगामी १६ महिनामै आफुले सबै काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए । उनले अहिले यस क्षेत्रमा कामनपाले आफै ठेक्का गरि दु्रत गतिमा सडक निर्माण कार्य गरिरहेको भएपनि एडिबीले पनि अब सम्झौता अनुसार आफ्नै तरिकाको निमार्ण गर्ने भएकाले अहिले कामनपाले सडक बनाउन गरेको पैसा त्यसै खेरजाने बताए ।  काठमाडौ दिगो शहरी यातायात परियोजनाका उप निर्देशक निरज शर्माले यस आयोजनाद्धारा सञ्चालित टेकु–डल्लु सडक पुल निर्माण क्षेत्रमा रहेको पेट्रोल पम्प र अब्यवस्थित नीजि घर निर्माणका कारण अहिले निर्माण कार्यमा केही असहज भएको हुन सक्ने बताए ।

No comments:

Post a Comment