Tuesday, September 6, 2016

चन्द्रमामा पहिलो पाइला टेक्ने बजले गरे लुम्बिनी भ्रमण

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, २० भदौ चन्द्रमामा पहिलो मानव पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका ६ जना वैज्ञानिकहरुले सोमवार धार्मिक पर्यटकीय गन्तब्यस्थल तथा विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्। आजभन्दा करिब ४७ वर्षअघि चन्द्रमामा पहिलो मानव पाइला टेक्ने एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बज अल्ड्रिनको नेतृत्वमा नेपाल भ्रमणमा आएका ६ जनाको समुहले लुम्विनीको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

चन्द्रमामा पहिलो मानव पाइला टेक्ने ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजलाई काठमाडौको दरबारमार्गस्थित बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले अहिले नेपालको पर्यटकीय भ्रमण गराएको हो । 
सन् १९६९ मा अपोलो–११ अन्तरिक्ष यान मार्फत अमेरिकी वैज्ञानिक निल आर्मस्टङको नेतृत्वमा ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री बज अल्ड्रिन सहितका नासाको टोली चन्द्रमामा पुगेको थियो । त्यो समयभन्दा केही महिनापछि देखि नै विश्वको सर्बोच्च शिखर सगरमाथाको देस नेपालको पर्यटकीय भ्रमण गर्ने इच्छा राखेका विश्व अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजको समुहलाई बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले सोमबार बिहान काठमाडौंबाट बुद्ध एयरको नियमित उडान नम्बर–८५१ बाट गौतमबुद्ध विमानस्थल भैरहवा पु¥याएको थियो ।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले ८७ वर्षिय बृद्ध अन्तरिक्षयात्री बज सहित मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्ष समेत रहेका अर्का वैज्ञानिक अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा मुलुकको धार्मिक पर्यटकीय गन्तब्यस्थल लुम्विनीको अवलोकन भ्रमण गरेको जानकारी दिए । उनले अहिले अन्तरिक्षयात्री बज सहितको अमेरिकी वैज्ञानिकहरुको समुह नितान्त निजी भ्रमणमा नेपाल आएको बताए ।  उनले ती वैज्ञानिकहरुलाई उनीहरुकै चाहना अनुसार नेपाल आएलगत्तै सबैभन्दा पहिले लम्बिनीको पर्यटकीय भ्रमण गराएर भगवान बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रम बारे जानकारी दिएको बताए ।  अन्तरिक्षयात्री बज काठमाडौबाट भैरहवा विमानस्थल पुग्दा समेत त्यहाँको विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी एवं लुम्विनी विकास कोषका पदाधिकारी कसैले पनि पतै पाएका थिएनन्।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बज अल्ड्रिनको समुहले लुम्विनी भ्रमणपछि मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन भ्रमण गर्ने जानकारी दिए । उनले बजको समुह मंगलबार बिहान बुद्ध एयरको विमानबाट बिराटनगर जाने कार्यक्रम तय भएको बताए ।  उनले पाँच दिने नेपाल भ्रमणमा रहने चन्द्रमामा पहिलो मानव पाइला टेक्ने जीवित अन्तरिक्षयात्री बजको समुहले बिराटनगरबाट काठमाडौ फर्किएपछि बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा  एभरेष्ट साइन्स सेन्टर र बेष्ट फ्लाई ट्राभलको आयोजनामा हुने विशेष कार्यक्रममा भाग लिने बताए । उनले सोही कार्यक्रममाअन्तरिक्षयात्री बजले पहिलोपटक चन्द्रमामा मानव पाइला राख्ने क्रममा भोगेका र नेपाल भ्रमणमा देखिएका आफ्ना अनुभव सुनाउने कार्यक्रम तय भएको समेत जानकारी दिए । आइतबार नेपाल भ्रमणमा आएका सो समुह बिहीबार बेलुका नै अमेरिका फर्किने बताईएको छ । 

कोरियन भाषा परीक्षा उत्तीर्णको स्वास्थ्य परीक्षण ४ असोजबाट, नेपाली प्रशिक्षार्थी कामदार जनवरीदेखि जान थाल्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ भदौ
वैदेशिक रोजगारीकालागि आकर्षक गन्तब्यमुलुक दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत लिईएको कोरियन भाषा परीक्षा उत्तिर्णहरुको स्वास्थ्य परीक्षण आगामी ४ असोजबाट सुरु हुने भएको छ । यसवर्ष सो भाषा परीक्षामा  तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । उनीहरुको नामावली रोष्टरमा चढ्नका लागि मेडिकल पास हुुनैपर्नेछ । त्यसपछि उनीहरुले रोजगार आवेदन फारम भर्नुपर्नेछ । लगत्तै उनीहरुको सीप परीक्षण गरिने इपीएस कोरिया शाखाले जनाएको छ  ।
इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले आगामी असोज ४ पछि तोकिएका सरकारी अस्पतालहरुमा भाषा परीक्षा उत्तिर्ण भएकाहरुको स्वास्थ्य परीक्षण सुरु हुने जानकारी दिए । गत ४ र ५ असारमा ईपीएस मार्फत नेपाली प्रशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउनकालागि लिईएको भाषा परीक्षाको नतिजा  गत ११ साउनमा प्रकाशीत भएको थियो । सो परिक्षाकालागि यस वर्ष कुल ५७ हजार एक सय २९ जना सहभागी भएका थिए । सन् २०१७ को जनवरीदेखि अहिलेको भाषा परिक्षा उत्तिर्ण भएकाहरु दक्षिण कोरिया जान थाल्नेछन् ।
जसकालागि कोरियाले छनौटको प्रक्रिया असोजपछि सुरु गर्नेछ । दक्षिण कोरियाले नेपाललाई यस वर्ष जम्मा तीन हजार एक सय कोटा मात्र छुट्याएपनि अझ केही थप गरि ३ हजार ५ सय जनालाई भाषा परीक्षा उत्तिर्ण गराएको छ । यसवर्षको भाषा परीक्षामा कोरियाले माग गरेको प्रशिक्षार्थी नेपाली कामदार कोटाभन्दा ४ सय १७ जना बढी उत्तिर्ण भएका छन् । जसमध्ये कुल २ हजार एक सय ४० जना कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा कोरिया जानकालागि  भाषा परिक्षा उत्तिर्ण भएका हुन् । दक्षिण कोरिया र नेपालबीच भएको दुई पक्षिय श्रम सम्झौता अनुसार रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कामदार जाँदा अन्य ठाउँको भन्दा न्युन लागतको खर्च हुने र धेरै आम्दानी गर्न पाउने भएकाले अहिले कोरिया जानेहरुको आकर्षण बढेको हो ।


Saturday, August 27, 2016

ग्राउन्डेड विमान आजबाटै उड्ने, दोब्बर दस्तुर बुझाई सिम्रिकले नबिकरण ग¥यो इजाजतपत्र

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ भदौ
समयमा इजाजतपत्र नविकरण नगरि आफ्ना सबै विमान ग्राउण्डेड गराएको निजी वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले तोकिएको भन्दा दोब्बर दस्तुर बुझाएर इजाजत पत्र नविकरण गरेको छ । सिम्रिकले विविध कारणले नविकरणमा ढिलाई हुन गएको भन्दै एकपटककालागि दोब्बर दस्तुर बुझाएर भएपनि नविकरण गरिदिन सरकार समक्ष आग्रह गरेको थियो।  सिम्रिकको सो आग्रह सहितको निवेदनमाथि बुधबार बसेको मन्त्रीपरिषदको बैठकले एकपटकका लागि मात्र नविकरण गरिदिने निर्णय गरेसँगै विगत दशदिनदेखि सबै विमान ग्राउन्डेड भएका विमान पुनः सञ्चालनमा आउने भएको छ । सिम्रिकले अहिले इजापतपत्र नविकरण भएकाले आफ्ना सबै ग्राउन्डेड विमानहरु बिहीबारदेखि नै उड्ने बताएको छ ।
यहाँको हवाई उड्डयन नियम अनुसार सिम्रिकको इजाजत पत्र २०७२ साल वैशाखमै  नविकरण गरिसक्नु पर्ने थियो । उसले आफ्नो इजाजतपत्र नविकरण गर्नुपर्ने अन्तिम म्याद समाप्त भएको १ वर्ष ४ महिना नाघिसकेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको इजाजतपत्र नविकरण नभएका कारण उडान अनुमतीपत्र (एओसी) नविकरण गरेको थिएन । सोही कारण गत ३० साउनदेखि सिम्रिकका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका हुन । गत २९ असारमा एक महिनाकालागि प्राधिकरणले सिम्रिकको एओसी नविकरण गरेको थियो । तर गत ३० साउनबाट थप भएको एओसी नविकरणको समय समेत सकिएको र पुनः नकिवरण गर्नकालागि प्राधिकरणले नमिल्ने बताएपछि सिम्रिकका सवै विमान ग्राउन्डेड भएका थिए ।

Wednesday, August 17, 2016

इजाजतपत्र नविकरणमा ढिलाईले सिम्रिकका सबै विमान ग्राउण्डेट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ साउन
निजी क्षेत्रको लगानीमा सञ्चालित आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले समयमा इजाजत–पत्र नविकरण गर्न नसकेका कारण आफ्नो सबै उडान सेवा बन्द गरेको छ । नियमित उडान सेवा गत शनिबारदेखि नै बन्द भएपछि अहिले सिम्रिकका सबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ग्राउण्डेट भएको छ । चार वटा फिक्सविङ्ग विमान मार्फत नियमित र चाटर्ड उडान भर्दै आइरहेको सिम्रिक एयरलाइन्सले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट लिएको इजाजतपत्र समयमै नविकरण नगरेका कारण अहिले सबै विमान विमानस्थलमा ग्राउण्डेट भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्यले सिम्रिकले समयमा आफ्नो इजाजतपत्र नविकरण नगरेकै कारण अहिले उसका सबै उडान रोकिएको बताए । उनले यस मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडान अनुमतिकालागि लिएको इजाजतपत्र नविकरण नभएसम्म यात्रु विमा र जहाजको विमा दावी समेत नपाउने भएकाले सिम्रिक आफैंले सबै विमान ग्राउण्डेट गराएको हुन सक्ने बताए । उनले इजाजतपत्र नविकरण भएपछि उसले तत्काल नियमित उडान सञ्चालन गर्ने बताए ।
सिम्रिकले ४ वर्षअघि मन्त्रालयबाट लिएको हवाई उडान अनुमति इजाजतपत्रको म्याद एक महिना अघि सकिएको थियो । मन्त्रालय स्रोतका अनुसार, त्यसताका सिम्रिकलाई गैर सैनिक हवाई उडान नियमन गर्ने निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले एक महिनाकालागि समय दिएको थियो ।
‘एक महिनाभित्र मन्त्रालयलबाट इजाजतपत्र नविकरण गछौं भनेपछि एक महिनाकालागि मात्र उडान सञ्चालनको पत्र बनाइदिएको जानकारी गराउँदै प्राधिकरण स्रोतले भन्यो, ‘सिम्रिकले अहिलेसम्म इजाजतपत्र नविकरण गरिसकेको रहेन छ , उसले एक्कासी शनिबारदेखि आफैं सबै उडान बन्द गरि विमान ग्राउन्डेड गरेको खबर पायौं’।  प्राधिकरणका अनुसार अहिलेसम्मको नियम बमोजिम पर्यटन मन्त्रालयको हवाई उडान अनुमतिपत्र बिना नागरिक उड्डयनसँग सम्वन्धित कम्पनी सञ्चालन गरी हवाई यात्रु र कार्गो ओसार–पसार गर्नु अवैध मानिन्छ ।
सिम्रिक एयरलाइन्ससँग हाल दुइटा डोर्नियर र दुइवटा बिचक्राफ्ट गरी चारवटा विमान आन्तरिक उडानमा सञ्चालित छन् । यी विमानबाट सिम्रिकले काठमाडौबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन (पर्वतीय) गरी दैनिक करिब २८÷३० वटा नियमित एवं चाटर्ड उडान भर्दै आएको थियो ।
सिम्रिक एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गरि अहिले आफ्ना सबै जहाज ग्राउण्डेट हुनुमा गत वर्ष गएको विनासकारी भूकम्पका कारण र भर्खरै सरकार परिवर्तन भएको कारण पर्यटन मन्त्रालयको इजाजतपत्र समयमै नविकरण नभएको बताएको छ ।   विगत ७ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण सुरक्षा सम्बन्धी मापदण्डहरु एफएए र इएसए द्धारा निर्देशित सँधै अक्षरस पालना गर्दै भएको भएपनि अहिले आएर विविध कारणले केही समय इजाजतपत्र नविकरण गर्ने कार्यमा ढिलाई भएको भन्दै उसले विज्ञप्ति मार्फत अहिले केही दिनकालागि मात्र आफ्ना जहाज ग्राउन्डेट भएको स्पष्ट्र पारेको छ । अब नयाँ पर्यटनमन्त्री आउने वित्तिकै इजाजतपत्र नविकरण गरि छिट्टै आफ्नो सेवा सुचारु गर्दे प्रतिवद्धता जनाएको छ ।
सिम्रिकले पर्यटन मन्त्रालयलमा आवश्यक पर्ने सबै कागजात पु¥याइसकेकाले नयाँ पर्यटन मन्त्री नियुक्ति भएपछि नविकरण हुने दाबी गरेको छ । ‘पहिलेकै मन्त्रीकै कार्यकालमा  नविकरणकालागि आवस्यक सबै काम हुँदै थियो, एकाएक सरकार परिवर्तन भएपछि आफ्नो इजाजतपत्र नविकरणको काम रोकिएको सिम्रिक एयरलाइन्सले जनाएको छ । उसले मंगलबार मन्त्रिपरिषद विस्तार भए बुधबारदेखि आफ्नो उडान शुचारु हुने दावी गरेको छ ।
हाल मुलुकमा हवाई उडानसँग सम्वन्धित इजाजपत्र दुईवटा निकायले मात्र दिन्छ । पर्यटन मन्त्रालय र प्राधिकरणले दिने दुई वटा इजाजतपत्र अनिवार्य हुन्छ । मन्त्रालयले दिने राष्ट्रिय इजाजत हो भने प्राधिकरणले दिने एयर अपरेटर्स सर्र्टििफकेट (एओसी) अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डमा आधारित भएर दिइने इजाजतपत्र हो । सो इजाजतपत्र विना कुनैपनि कम्पनीले नेपाली आकासमा विमान उडाउन पाउने छैन । यदि जर्बरजस्ती उडाएमा त्यो कानुन विपरित हुने प्राधिकरणले जनाएको छ ।

साउदीले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध हटायो , नेपालीको माग ह्वात्तै घट्ने व्यवसायीको अनुमान


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३० साउन
नेपाली कामदारकालागि आकर्षक गन्तब्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।  विगत ६ वर्ष देखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।
विभिन्न देसबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिकाबीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।  उनीहरुका अनुसार बंगलादेशी कामदारपनि नेपाली कामदार भन्दा न्युन पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ति व्यवसायीहरुको भनाई छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बंगलादेसको यस नयाँ निणर्यले अब नेपाली कामदारको माग करिब ७५ प्रतिशत भन्दा बढीले घट्न सक्ने अनुमान गरिएको बताए । उनले अब विशेषगरि नेपाली सुरक्षा गार्डको माग निकै घट्ने दावी गरे । बंगलादेशी कामदार जम्मा सु्ख्खा ७ सय रियालमा नै काम गर्न तयार हुने जानकारी गराउँदै संघका महासचिव गुरुङले भने, ‘ नेपाली सुरक्षा गार्डलाई अनियार्व हवाई टिकट सहित ८ सय रियाल र त्यसमाथी २ सय गरि एक हजार साउदी रियाल दिनु्पर्ने भएकाले बंगालीको माग स्वतः बढ्ने देखिन्छ’। उनले बंगलादेशका कामदारले हवाई टिकट आफैं काटेर जाने भएपनि हाल नेपाली कामदार जाँदा अनिवार्य निःशुल्क भिषा र हवाई टिकट दिनुपर्ने व्यवस्थाले आगामी  वर्ष साउदीकालागि नेपालीको माग हवात्तै घट्ने बताए ।   साउदीको रोजगारीमा नेपाली कामदारको माग घट्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भिर नभए अब साउदीको सुरक्षा गार्डमा बंगाली लगायत सबै अफ्रिकी मुलुकहरुबाट मात्र आपुर्ति हुन सक्ने अनुमान गरिएको बताए । उनले अब साउदीले बंगलादेश, भारत र पाकिस्तानबाट नेपाली भन्दा बढी कामदार लैजान सक्ने सम्भावनाप्रति सरकारले बेलैमा सचेतना अपनाउनुपर्ने धारणा राखे ।  
गत जुनमा बंगलादेशका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदी अरेबियाले बंगलादेशी कामदारलाई पुनः मौका दिने सहमति भएको थियो । साउदीको यस नयाँ निर्णयपछि अब बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार सहित डाक्टर, नर्स, होटल एवं कारखानाभित्र काम गर्ने औधोगिक मजदुर, लगायतले पुनः साउदीमा वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएर जान पाउने भएका छन् ।
हाल साउदी अरेबियामा रहेका करिब १३ लाख घरेलु कामदार मध्ये अझै पनि ६० हजार बंगलादेशी महिला कामदार रहेका छन् । गत जुनदेखि साउदीले पुरुष घरेलु कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान थाल्ने सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।

Saturday, July 9, 2016

सिम्रिकले ग¥यो अमेरिकी वायुसेवासँग अन्तर्राष्ट्रिय उडानको सम्झौता

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असार
आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले अमेरिकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । संयुक्तराज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोबल एयरवेज सँगको सहकार्यमा सिम्रिकले अन्तर्राष्ट्रिय उडान भर्ने सम्झौता गरेको हो । शुक्रबार भएको सो सम्झौतापत्रमा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायर ग्लोबल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोबल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यस वायुसेवा सञ्चालन हुने गरी दुईपक्षीय सम्झौता भएको हो ।
सिम्रिकसँग भएको सम्झौतापत्रमा उल्लेख भएअनुसार यस वायुसेवाले नेपालमा यात्रु उडान नभएर कार्गो उडान गर्ने भएको छ । आगामी एक वर्र्षिभत्रमा दुईवटा बोइङका ७७७–वाइवडवडी विमानमार्फत कार्गो उडानसमेत भर्ने जानकारी राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा अमेरिकी वायुसेवा कम्पनी सफायरका अध्यक्ष राहुलले गराए ।
उनले नेपालमा कार्गो उडानको राम्रो सम्भावना भएकाले आफ्नो कम्पनीले यहाँको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक सँगको सहकार्यमा काठमाडौं उडान भर्न चाहेको बताए । उनका अनुसार यस वायुसेवाले १५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । करिब १६ अर्ब रुपैयाँको लगानीमा सञ्चालन हुने यस उडानमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको हुने बताइएको छ । त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थललाई मुख्य आधार बनाएर उडान भर्ने यस नयाँ वायुसेवाले विस्तारै हाल निर्माणाधीन अवस्थामा रहेका पोखरा, भैरहवा र निजगढ अन्तर्र्रािष्ट्रय विमानस्थलमा समेत उडान सेवा विस्तार गर्ने योजना बनाएको सिम्रिक एयरलाइन्सले जनाएको छ ।
सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सिम्रिक गु्रपले कार्गो उडानबाट अन्तर्र्रािष्ट्रय गन्तव्यमा आफ्नो उडान पहुँच पु¥याउन अमेरिकी वायुसेवा कम्पनी सफायरसँग साझेदारी गरिएको बताए । उनले यात्रु उडानको तुलनामा कार्गो उडानलाई नेपाल सरकारबाट लिने अनुमति पनि सहज हुने बताए । शुक्रबार भएको दुईपक्षीय सम्झौतापछि अब सिम्रिकले अन्तर्र्रािष्ट्रय उडान अनुमतिको प्रक्रियासमेत अघि बढाउने उनले जानकारी दिए ।
सिम्रिकको अमेरिकी वायुसेवा सँगको सहकार्यले नेपालबाट लामो दूरीको गन्तव्यमा उडान भर्न पनि सहज हुने बताइएको छ । अब यस वायुसेवाले उत्तरपूर्वी एसियाका गन्तव्यबाट उडान सुरु गर्ने र विस्तारै युरोपेली मुलुकमा उडान विस्तार गर्दै जाने लक्ष्य लिएको पनि सो कार्यक्रममा जानकारी गराइएको थियो । यो वायुसेवाले कार्गो उडानमा केन्द्रित गर्ने भएपछि सिम्रिकको आन्तरिक उडानको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यात्रु उडानमा सञ्चालित वायुसेवाले यात्रुमा मात्रै केन्द्रित गर्ने र कार्गो उडानलाई कार्गो उडानमा मात्रै केन्द्रित गरी सेवा दिने गर्छ । यस वायुसेवाले गर्ने कार्गो उडान भने नियमति उडान नभएर चार्टर हुने बताइएको छ ।
सिम्रिकसँग सहकार्य गरेको यस सफायर वायुसेवा अमेरिकाको स्वानी ग्रुप अफ कम्पनीको भगिनी संस्था हो । यस कम्पनी सन् १९९८ देखि सञ्चालित कम्पनी हो । स्वानी ग्रुपले हवाईसेवासँगै विगत १८ वर्षदेखि सफलताका साथ रियल स्टेट, हस्पिटालिटी, कन्ट्रक्सन वेभरेज लगायतमा पनि आफ्नो व्यवसाय केन्द्रित बनाउँदै आएको छ ।
अहिले नेपालमा हवाई कार्गोको माग उच्च रूपमा बढ्दै गइरहेकाले यसतर्फ व्यवसाय केन्द्रित गरिएको सिम्रिक र सफायरको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सिम्रिक ग्रुपअन्तर्गत हाल सिम्रिक एयरलाइन्स, सिम्रिक हेलिकोप्टर सेवाका साथै पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट रहेका छन् । यसैगरी, यस ग्रुपले पछिल्लो सयम सञ्चार क्षेत्रमा पनि हात हालेको छ ।

आन्तरिक हवाइ भाडा घट्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १९ असार
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघ–नेपाल(आयोन) ले आन्तरिक उडान तर्फको हवाई भाडा केही घटाउने निणर्य गरेको हो । संघको सो निर्णय अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले देसभरका विभिन्न रुटका हवाइ भाडा घटाएका हुन् । संघले हवाई इन्धनको मुल्य घटेपछि सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर कायम गरेको हो । संघका प्रवक्ता घनश्याम आचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार आइतबार बसेको संघको बैठकले आन्तरिक हवाई भाडा घटाउने निर्णय गरेको बताए । उनले हवाई इन्धनको भाउ घटबढ हुँदा यसअघिदेखि गरिदै आएको स्वचालित मुल्य अनुसार हवाई भाडा पनि सोही अनुरुप समायोजन हुँदै आएको जानकारी दिए  । उनले भाडा घटेपछि आन्तरिक उडान भर्ने यात्रुलाई केही राहात मिलेको बताए ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमराकालागि प्रतियात्रु १ सय १५ रुपैयाँ घटाइएको छ ।  यसैगरि, सबैभन्दा टाढाको गन्तव्य धनगढीकालागि ३ सय ८५रुपैयाँ घटाइएको छ । यसैगरी, काठमाडौंबाट हरेक दिन विहानको समय हुँदै आएको माउन्टेन उडानमा प्रति यात्रु ३ सय ७५ रुपैयाँ घटाइएको छ । नेपाल आयल निगमले गत शुक्रबार देखि नै लागु हुनेगरि हवाइ इन्धनको भाउ आन्तरिक उडान तर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको थियो । निगमले हवाइ इन्धनको भाउ  घटाएपछि आफुहरुले पनि यात्रुलाई इन्धन बापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेको संघले जनाएको छ ।  सिम्रिक एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक प्रज्जवल थापाले संघको निणर्य अनुसार आन्तरिक हवाई भाडा घटाईएको बताए । उनले अहिले आन्तारिक उडानमा प्रति यात्रु न्युनतम १ सय ५० देखि ३ सय ७५ रुपैयाँसम्म भाडा घटेको जानकारी दिए  । उनले यस नयाँ भाडादर सोमबारदेखि लाग हुने बताए । उनले आयल निगमले हवाइ इन्धनको भाउ घटाएसँगै आफुहरुले फ्युल सरचार्ज पनि घटाएको बताए ।  जसका कारण हवाइ भाडा केही घटेको उनको भनाई छ ।  उनले आन्तरिक वायुसेवा सञ्चालकहरुले फ्युल  सरचार्ज बढ्दा भाडा बढाउने र घट्दा घटाउने गरिएको बताए ।  निगमले गत शुक्रबार साँझसम्म १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मुल्य मध्यरातिदेखि लागू हुनेगरि ९९ रुपैयाँमा झारेको थियो ।
यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले लामो तथा छोटो दुरीको गन्तव्यका आधारमा हवाई भाडा घटबढ गर्दै आएको छ ।
घटेको नयाँ भाडा दर 
देखि      सम्म    घटेको रकम  नयाँ भाडादर 
काठमाडौं पोखरा १६५   ४२३०
काठमाडौं भैरहवा २०५   ५३००
काठमाडौं बिराटनगर २३५   ६०५५
काठमाडौं भरतपुर १३५   ३०९०
काठमाडौं भद्रपुर २७५   ७३८५
काठमाडौं धनगढी ३८५   १०६०५
काठमाडौं नेपालगञ्ज २९५   ७९५५
काठमाडौं जनकपुर १५०   ३५९५
काठमाडौं माउन्टेन उडान ३७५   ९०१०
काठमाडौं तुम्लिङटार २०५   ४९८५
काठमाडौं सिमरा ११५   २६५० 

Tuesday, July 5, 2016

हेलिकोप्टर चढ्नेको पनि कडा सुरक्षा जाँच हुन्छ


आनन्दप्रसाद पोखरेल 

मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 

विगत आठ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री आनन्दप्रसाद पोखरेलले छोटो समयमा मुलुकको पर्यटन प्रवद्र्धनमा उदाहरणीय कार्यक्रम प्रस्तुत गर्न सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका समस्या समाधान गर्दै सुधारका लागि उनले प्रशंसनीय कामको थालनी पनि गरीसकेका छन् । मुलुकको हवाई सुरक्षालाई थप बलियो बनाउन उनले अब हेलिकोप्टर चढ्नेका लागि पनि कडा सुरक्षा जाँच गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । अहिलेसम्म कसैले नगरेको होलिकप्टर चढ्नेको सुरक्षा जाँचले सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार गर्ने कार्य नियन्त्रण हुने मन्त्री पोखरेलेको विश्वास छ । विदेशी पर्यटकलाई मात्र होइन, स्वदेशीलाई पनि सहज रूपमा हवाई सेवाको पहुँच विस्तार गर्ने काममा सरकार कमजोर हुनुहुन्न भन्ने मान्यताका साथ अघि बढेका मन्त्री पोखरेलले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विकृति हटाएर यात्रुलाई राम्रो सेवा दिलाउन सफल हुनुका साथै लामो समयदेखि बन्द अवस्थामा रहेका करिब आधा दर्जनभन्दा बढी आन्तरिक विमानस्थल पुःन सञ्चालन गर्न भ्याइसकेका छन् । अझै, उनले केहीलाई तत्काल पुनःसञ्चालन गर्ने अवस्थामा पु¥याउने र नयाँ क्षेत्रमा हवाई सेवा विस्तार गर्ने अठोटका साथ काम अघि बढाएका छन् ।
२०३४ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका एमाले नेता पोखरेल दोलखा–२ बाट निर्वाचित सांसद हुन् । देशका हरेक गाविसमा हेलिप्याड बनाउने अभियान अघि बढाएका मन्त्री पोखरेलको पूर्व मेचीदेखि पश्चिम महाकालीका कुना काप्चासम्म पर्यटकीय गतिविधि बढाएर आर्थिक विकास गर्ने लक्ष्य छ । उनले आफ्नो कार्यकालमा नेपाल वायुसेवा निगमलाई आवश्यक थप नयाँ जहाज जसरी पनि ल्याई छाड्ने दाबी पनि गरेका छन् । मुलुकको पर्यटन क्षेत्रले भोग्नुपरेका अनेकौं चुनौती एवं पर्यटन विस्तारका लागि भएका सुधारात्मक कार्य र भावी योजनाबारे राजधानी सहकर्मी मधुजंग पाण्डेले मन्त्री पोखरेलसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका मुल अंश ः

पर्यटनको प्रतिफल गाउँसम्म पु¥याउन के कस्ता काम भइरहेका छन् ? 
– पर्यटनको सन्दर्भमा कुरा गर्दा पर्यटन विकासका लागि नेपालको सम्भावनाका बारेमा संसारका कुनै मुलुकसँग तुलना गर्न सकिँदैन । नेपालमा यति धेरै पर्यटकीय वस्तु छन् । यहाँको पर्यटन गाउँ केन्द्रित छ । नेपालको पर्यटन सहरकेन्द्रित होइन, सरकारको नीति तथा कार्यक्रम पनि गाउँकेन्द्रित नै छ । जसको प्रत्यक्ष अनुभूति गाउँमा पुगेपछि सजिलै देखिन्छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पनि त्यही किसिमले विनियोजन भएको छ । साहसिक पर्यटन पदयात्रा भ्रमण, हिमाल आरोहण, क्यानोनिङ, ¥याफ्टिङ, हनि हन्टिङ लगायतका पर्यटकलाई आनन्द दिने गतिविधि पनि गाउँकेन्द्रित नै छ । त्यसैले, सरकारले पर्यटन प्रवद्र्धनको केन्द्र गाउँलाई नै बनाएको छ । कसरी दुर्गम गाउँका नागरिकलाई पर्यटनबाट प्राप्त प्रतिफलको केही हिस्सा दिन सकिन्छ भनेर सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन गरी घरवास पर्यटन (होमस्टे)लाई प्राथमिकताका साथ अघि सारेको छ । यसैगरी, ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले उच्च हिमाली भेगमा भएका साहसिक पर्वतीय पर्यटनको विकासलाई पनि जोड दिएको छ । स्थानीय संस्कृति र विविध जात–जातिका परम्परागत संस्कारलाई पनि पर्यटक आकर्षणको माध्यम बनाउन सरकार क्रियाशील छ । यहाँका सबै हिमाली क्षेत्रमा ग्रामीण पर्यटनको प्रशस्त सम्भावना छ । यदि, अहिलेसम्म सगरमाथा चढ्ने प्रयास कसैबाट नभएको भए अहिले सगरमाथा विश्वको सर्वोच्च शिखर भनेर संसारका आरोहीबीच को पहिला चढ्ने र कस्ले नयाँ कीर्तिमानीको रेकर्ड राख्ने ? भन्ने होड नै चल्ने थिएन । नेपालका ७५ वटै जिल्लाका हरेक गाउँ, टोलमा पर्यटनको सम्भावना छ । सरकारले त्यहाँको पूर्वाधार विस्तारका लागि खर्च गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गरी घरवास पर्यटन (होमस्टे)को माध्यमबाट देशका हरेक कुना काप्चाका मान्छेलाई पर्यटनको प्रतिफल दिलाउने लक्ष्य लिएको छ ।

पर्यटनको प्रतिफल गाउँमा पु¥याउने माध्यम के त ?
– नेपाल भ्रमणका लागि विभिन्न मुलुकबाट आएका पर्यटकले यहाँ बस्दा खर्च गरेको आम्दानीको केही प्रतिशत हिस्सा दुर्गम गाउँसम्म पु¥याउने सबैभन्दा सजिलो माध्यम घरवास पर्यटन (होमस्टे) नै हो । होमस्टेकै माध्यमबाट हरेक गाउँका बासिन्दाले आफ्ना उत्पादन बिक्री गरी पर्यटकले डलरमा खर्च गरेको रकमको केही प्रतिशत सजिलै प्राप्त गर्न सक्छन् । जसले स्थानीवासीको आर्थिक आय–आर्जनमा निकै मद्दत पुग्छ । यसलाई नै सरकारले पर्यटनको प्रतिफल मुलुकका हरेक गाउँ–गाउँसम्म पु¥याउने भनेको हो । सगरमाथा, जनकपुर, मेची र महाकालीलगायत अन्य पर्यटकीय गन्तव्यमा भएका गाउँका पुराना बस्तीलाई पर्यटक बस्न लायक बनाएर होमस्टे सञ्चालन गर्न सकिन्छ । अहिले नेपालका सबै गाउँ होमस्टे हुन सक्छन् । सरकारको मान्यता पनि त्यही हो । हामीले पर्यटन विकासको रणनीति तयार पारेका छौं । यसले पनि होमस्टे पर्यटनलाई विशेष महŒव दिएको छ । अब, सरकारले यहाँका हरेक गाउँलाई घरवास पर्यटन प्रवद्र्धनको अवधारणाअनुसार अघि बढाउँछ । यहाँ भएका १ सय २४ वटा जनजाति र १ सय २५ भाषा बोल्ने समुदायलाई समेटर मुलुकको पर्यटन विकासका लागि अघि बढ्नुपर्नेछ । अहिले हामी सोही काममा लागिरहेका छौं ।

होमस्टे सुधारका लागि चाँही के काम भइरहेको छ त ?
– नेपालका सबै गाउँ होमस्टेमुखी भएकाले यसअघि सञ्चालित पुराना होमस्टे घरहरूको संरचना परिवर्तन गरी पर्यटकको चाहनाअनुसारको बनाउने गरी सुधारको प्रयास थालिएको छ । पर्यटकलाई आवश्यक इन्टरनेट, वाइफाइ सुविधा, एटेज वाथरुमसहितको बनाउन सरकारले हाल सञ्चालित होमस्टे सेवा सुधार गर्न लागेको हो । हाल सञ्चालित चितवन, नवरपरासी र बर्दियाको होमस्टेलाई पनि थप सुधार गर्नुपर्ने देखिन्छ । अब सरकारले होमस्टे सुधार र व्यवस्थापनका लागि नयाँ मापदण्ड तोक्छ । होमस्टे सञ्चालनका लागि पर्यटकलाई राख्ने कोठा बेग्लै हुनुपर्छ । विनाशकारी भूकम्पपछि नयाँ घर बनाउने क्रममा पनि सरकारले पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरी नयाँ नक्सा पाससहितको व्यवस्था गरेको छ । अहिले मैले प्राधिकरणलाई आग्रह गरेर सम्बन्धित नगरपालिका, जिविस र स्थानीय निकायलगायतका क्षेत्रमा नयाँ बन्ने घर निर्माणको क्रममा पर्यटकमैत्री घर बनाउने कार्यलाई जोड दिएको छु । आम जनतालाई अब होमस्टे बनाउँदा दुईटा कोठा पर्यटकलाई बस्न मिल्ने खालको बनाउन आग्रह गरेको छु । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि सोहीअनुरूपको काम गर्न परिपत्र गरिसकेको अवस्था छ । ग्रामीण पर्यटकीय गन्तव्यको सम्भावना भएका क्षेत्रका गाउँमा सोहीअनुरूपका घर बनाउन निर्देशन पनि दिएको छु ।
भूकम्पले क्षतविक्षत बनेका सम्पदा पुनर्निर्माणमा के भइरहेको छ त ?
–अहिले भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको कामले तीव्रता पाइरहेको छ । हामीसँग दुईवटा सम्पदा छन् । पुराताŒिवक महŒवका र विश्व सम्पदामा सूचीकृत सम्पदाहरू रहेका छन् । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत सम्पदाहरूमा भूकम्पबाट केही क्षति भएको छ । अहिले पर्यटन मन्त्रालयमै आर्कोलोजिस्ट डिपार्टमेन्ट परेको छ । जसले, भत्किएका संरचनाको पुनर्निर्माण गर्ने कार्यको चुनौती लिएको छ । अहिले हामीले विभिन्न राष्ट्रसँग निर्माणमा सहयोगको हात अघि बढाउन आग्रह गरेका छौं । छिमेकी मुलुक चीन, भारत, श्रीलंका, जर्मनी, फ्रान्स र स्विट्जरल्यान्डसँग सहयोग गर्न आग्रह गरेका छौं । यसैगरी, भूकम्पपछि गठन भएको पुनर्निर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँग पनि बाँकी रहेका सम्पदाको पुनर्निर्माणमा सहयोग गरीदिन आग्रह गरेका छौं । पुनर्निर्माण प्राधिकरणमार्फत बाँकी रहेका सम्पदा निर्माण गर्न योग्यता पुगेका १ सय १ वटा टेन्डर आह्वान गरेका छौं । जसमा ५०÷५१ वटा ठेक्का लागिसकेको अवस्था छ । अन्य बाँकी ठेक्का पनि चालू र आगामी आर्थिक वर्षभित्र सम्झौता भई काम अघि बढाइनेछ ।
लुम्बिनी विकासका लागि बुद्धिस्ट सर्किट बनाउने योजनाचाहिँ कता हरायो ?
–लुम्बिनी बुद्धको जम्मथलो मात्र नभई बुद्धिजमको उद्गमथलो पनि भएकाले यसको विकास र प्रवद्र्धन हुनु आवश्यक छ । त्यसैले, सरकारले पनि संसारभरिका बुद्ध धर्मावलम्बीको आस्थाको धरोहर गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई व्यवस्थित रूपमा विकास गर्न खोजेको हो । बुद्धिस्ट सर्किट निर्माणका लागि कपिलवस्तु र नवलपरासीलगायत आसपासका क्षेत्रलाई समेटेर नयाँ पर्यटकीय मार्गका रूपमा अघि बढाउन लागिएको छ । लुम्बिनीमा अहिले ‘लाइट एन्ड साउन्ड’ सहितको पर्यटकीय आकर्षण थपिएको छ । जसका कारण अहिले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पनि तीव्रताका साथ अघि बढाएको छ । सन् २०१८ सम्ममा सबै काम सम्पन्न हुने गरी विमानस्थल निर्माणको काम अघि बढेको छ । सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ मनाएपछि पुनः यसपालि अन्तर्राष्ट्रिय बौद्धसम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । त्यो मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै प्रभावकारी र फलदायी भएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई भन्दा सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बढी प्राथमिकता दिएको हो ? 
–त्यो होइन, बाराको निजगढमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने काम केही छिटो भएको मात्र हो । सरकारले नियतवश लुम्बिनीलाई बढी प्राथमिकता दिएको होइन । अहिले तुलनात्मक रूपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका केही काम अलि छिटो अघि बढेको हो मात्र हो । निजगढलाई पनि सरकारले रणनीतिक महŒवका रूपमा लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि चाहिँ के काम भइरहेका छन् त ? 
– अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि प्रधानमन्त्रीको निर्देशनपछि धेरै सुधारात्मक काम भएका छन् । आगामी ६ महिनाभित्रमा यस विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको सबै सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ काम अघि बढेको छ । विमानस्थलभित्रका विविध समस्या समाधानसँगै अहिले मुलुकको हवाई सुरक्षाका लागि पनि धेरै सुधारका काम भएका छन् । अहिले हेलिकोप्टरबाट काठमाडौं आउने आन्तरिक पर्यटकलगायत सबै यात्रुको चेकजाँच कडा पारिएको छ । मुलुकको हवाई सुरक्षालाई थप बलियो बनाउन हेलिकोप्टर चढ्नेका लागि पनि कडा सुरक्षा चेकजाँच गर्ने यो पहिलो सरकारी प्रक्रिया हो भन्ने मलाई लागेको छ । अहिलेसम्म कसैले नगरेको होलिकोप्टर चढ्नेलाई सुरक्षा चेक जाँचले सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार गर्ने कार्यमा नियन्त्रण हुनेछ । मुलुकका विभिन्न भागमा पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्किन हेलिकोप्टर चढ्ने यात्रुको सुरक्षा चेक जाँचका लागि अब सम्बन्धित जिल्लामा सुरक्षाकर्मी परिचालन गरी चेक जाँच गर्ने कार्यलाई अनिवार्य बनाइनेछ । मुलुकका विभिन्न ठाउँलगायत आन्तरिक विमानस्थलबाट काठमाडांै आउने यात्रुको खानतलासी गरी सुरक्षा व्यवस्था कडा बनाउने प्रयास रहनेछ । त्यसैले, उच्च हिमाली क्षेत्रका स्थानीयवासीको जनगुनासो अनुरूप नै हेलिकोप्टरमा यात्रा गर्नेको पनि सुरक्षा जाँच गर्ने काम अघि बढाइएको हो । अहिले सबैभन्दा धेरै आएको गुनासोका आधारमा यस विमानस्थलभित्रका हवाई यात्रुको ब्यागेज लिने कार्यमा भइरहेको ढिलाइलाई सुधार गरी छिटो लिने व्यवस्था मिलाइएको छ । सामान चेक हुने एक्स–रे मेसिन थपिएको छ । विमानस्थलभित्रका कर्मचारीलाई सेवाग्राहीको कामभन्दा फेसबुकमा अल्मलिएर बस्ने प्रवृत्ति नियन्त्रणका लागि अहिले पूर्णरूपमा फेसबुकमा प्रतिबन्ध लगाइएको छ । एयर ट्राफिकको समस्या नियन्त्रणको प्रयास भएको छ ।

तपाईबाट हवाई पहुँच विस्तार गर्न के–के काम भयो त ? 
– मैले जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म धेरै काम गरेको छु । मेरो कार्यकालमा विमानस्थल सुधार र विस्तारका क्रममा भएका विविध कामका बारेमा भन्नैपर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम थालनी गराउन सफल भएको छु । यी मुख्य तीन काम मैले यस मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रत्यक्ष रूपमा देखिएका काम हुन् । हाल सञ्चालित विमानस्थलको संरचनागत विस्तार एवं स्तरोन्नति नयाँ विमानस्थल बनाउने र पुराना विमानस्थलाई पुनः सञ्चालनमा ल्याउने काम भएका छन् । नेपाल वायुसेवा निगमलाई आवश्यक नयाँ जहाज थप्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि हिमालय एयरलाइन्सजस्ता स्वदेशी एवं विदेशी लगानीका हवाई सेवा थप गरिने काम पनि मेरो कार्यकालमा नै भएको छ । यसैगरी, विभिन्न मुलुकसँग हवाई सम्झौता हुने कामले पनि तीव्रता पाएको छ । सडक विस्तार एवं राजनीतिक स्वार्थका कारण बन्द भएका विभिन्न क्षेत्रका आन्तरिक विमानस्थल पुनः सञ्चालनमा ल्याउने प्रयास भएको छ । अहिले यी विमानस्थललाई राम्रोसँग सञ्चालन गर्नका लागि स्थानीयवासीको सक्रियतामा सामुदायिक सञ्चालनको अवधारणाअनुसार लैजाने तयारी भइरहेको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारदेखि विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय विमानस्थल बनाउने कार्य तीव्रताका साथ अघि बढेको छ ।

नेपाल वायुसेवा निगमको थप जहाज ल्याउने तयारी कहाँ पुगेको छ नि ?
–मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई आवश्यक थप नयाँ जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । जसका लागि रकम जोहो गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक छ । चारवटा चिनियाँ र दुएईवटा ठूला एयरबस जहाज ल्याउन बजेट निकासा गर्नका लागि अर्थ मन्त्रालयको निर्णय मात्र कुरेका छौं । अहिले अर्थ मन्त्रालयसँग बजेटबारे छलफल भइरहेको छ । सम्भवतः यस आर्थिक वर्षभित्रमा त्यसको टुंगो लाग्छ । पर्यटन मन्त्रालय अर्थ मन्त्रालयसँगको आपसी सहमतिअनुरूप थप नयाँ जहाज ल्याउने तयारी भएकाले अर्थ मन्त्रालयको निर्णय प्राप्त भएपछि तत्काल काम अघि बढ्छ ।

अहिले निगममा व्यवस्थापन सुधार कि नयाँ जहाज आवश्यक हो नि ? 
–मेरो विचारमा अहिले व्यवस्थापन सुधार र नयाँ जहाज दुवै अति आवश्यक भएको छ । यी दुवै आवश्यकतालाई सकेसम्म छिटो पूरा गर्न पर्यटन मन्त्रालय तल्लीन छ । म पर्यटनमन्त्री भएर आएदेखि अहिलेसम्म निगम व्यवस्थापनमा धेरै सुधार भइसकेको छ । वायुसेवा निगमभित्र भइरहेका विविध समस्या समाधान गर्न पर्यटन मन्त्रालयको तर्फबाट धेरै काम भएको छ । निगम व्यवस्थापन हायरमा गर्ने सरकारी निर्णय भएको सबैलाई जानकारी भएकै कुरा हो । अझै, निगमभित्रको आन्तरिक प्रशासनका कार्य कमजोर नै छ । त्यहाँभित्रका कर्मचारीबीच एकअर्कामा आरोप एवं अनावश्यक लान्छना लगाई दुःख दिने प्रवृत्ति हाबी छ । मैले सो विषयलाई गम्भीर रूपमा हेरेको छु । हाल मैले उनीहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार हुनुप¥यो, आफूभन्दा ठूलाले दिएको निर्देशन अनुशासित ढंगले पालना गर्नुपर्छ र सुरक्षा व्यवस्था एकदमै मजबुद हुनुपर्छ भनेर निर्देशन गरिसकेको छु ।
अझै पनि निगममा पुरानो धङधङी मेटिएको छैन । त्यहाँको संरचना नबदलिकन हुँदैन भन्ने धारणाअनुरूप अहिले मन्त्रालय समयअनुकूल निगम व्यवस्थापन सुधार कार्यमा अघि बढेको छ । अहिले मैले निगमको ३ वर्षे कार्ययोजना स्वीकृति गराउन सफल भएको छु ।

लुम्बिनी विकास कोषले आवश्यक रकम अभावका कारण लक्ष्यअनुरूप काम हुन नसकेको भनिरहेको छ नि ? 
– त्यो कोषको वाहियात कुरा हो । लुम्बिनी विकास कोषलाई सरकारले पर्याप्त रकम उपलब्ध गराएको छ । हरेक वर्ष कोषले बजेट फ्रिज गरेको अवस्था छ । गत वर्ष केही पनि काम भएकै छैन । लुम्बिनी विकास कोषको नेतृत्व तहको गैरजिम्मेवारीको चरम लापरबाही हो । त्यहाँका कर्मचारीको असक्षमताले मात्र लक्ष्यअनुरूप काम नभएको हो । यसअघि पनि सरकारले घोषणा गरी औपचारिक रूपमा सम्पन्न भएको लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारदेखि पूर्वाधार निर्माण गर्ने सबै कार्यको दायित्व पूरा गर्नका लागि पर्यटन मन्त्रालयले सहयोगीका रूपमा काम मात्र गर्नुपर्ने हो । तर, हामीले अहिलेसम्म पर्यटन मन्त्रालय मातहतका सबै निकायलाई आग्रह गरेर लुम्बिनी क्षेत्रको प्रवद्र्धन र विकासमा जोड दिएका छौं ।
अहिले व्यवस्थापन सुधार र नयाँ जहाज दुवै अति आवश्यक भएको छ । 
निजगढलाई पनि रणनीतिक महŒवका रूपमा लिइएको छ 
लुम्बिनी विकास कोषको नेतृत्व तहको गैरजिम्मेवारी र चरम लापरबाहीले लक्ष्यअनुरूप काम भएन
होलिकप्टर चढ्नेलाई सुरक्षा जाँच गर्दा सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार कार्य नियन्त्रण हुन्छ
आगामी ६ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको सबै सुविधासम्पन्न बनाउने लक्ष्यका साथ काम अघि बढेको छ
अब सरकारले होमस्टे सुधार र व्यवस्थापनका लागि नयाँ मापदण्ड तोक्छ । होमस्टे सञ्चालनका लागि पर्यटकलाई राख्ने कोठा बेग्लै हुनुपर्छ । विनाशकारी भूकम्पपछि नयाँ घरहरू बनाउने क्रममा पनि सरकारले पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरी नयाँ नक्सा पाससहितको व्यवस्था गरेको छ । आम जनतालाई अब होमस्टे बनाउँदा दुईवटा कोठा पर्यटकलाई बस्न मिल्ने खालको बनाउन आग्रह गरेको छु ।

Sunday, June 26, 2016

महाभूकम्प र त्रिपालमुनिको जिन्दगी

मधुजंग पाण्डे÷राजधानी
म बालाजु बोहोराटारस्थित आफ्नै कोठामा खाना खाएर गत शनिबार यसो सोफामा पल्टिएर टेलिभिजन हेर्दै थिए । ४ तले घरको पुछारको तलामा भएका सबै ४ कोठे फ्ल्याट भाडामा लिएर म परिवार सहित बसेको थिए । भित्र बाथरुमा मेरी श्रीमती राधाले ८ वर्षका छोरा मञ्जिललाई नुहाउदै थिइन् । अर्को कोठामा मेरी बहिनी कविता, श्रीमतीकी २ बहिनीहरु र २ जना भईहरु खाना खाएर आरामसँग टेलिभिजन हेरिरहेका थिए । केही समयअघिसँगै खाना खाएका भान्छा भने घरको चौथो तलामा पुगेर घरधनीको छोरासित कम्प्युटरमा भिडियो गेम खेलिरहेका रहेछन । शनिबार बिदाको दिन सबैजना जम्मा भएर खाना खाएर म सोफामा पल्टिएर भाते निन्द्रामा लट्ठ परेर टेलिभिजन हेरिरहँदा अच्चानक असामान्य आबाजकासाथ म बसेको ४ तले घर मज्जाले मच्चिन थाल्यो। त्यतिबेला म सोफामै लटपट्टिरहेको थिए । त्यसैबेला छोरा नुहाइरहेकी श्रीमती,छोरा, बहिनी लगायत सबै भित्रबाट कोलाहलसँग कराउँदै र चिच्याउँदै म भएको ठाउँमा आएर लौ भूकम्पले सबैको एउटै चिहान हुने भो भन्दै सकि नसकि भित्तो समातेर कराउन थाले । म छोरा खोई भन्दै श्रीमतीलाई समातेर बाहिर तान्दै थिए । मेरी बहिनी भने हार्दिक,हार्दिक भन्दै भान्जालाई खोज्दै उत्पादसँग चिच्याउँदै थिइन ।   
त्यति बेला बिहानको ११ बजेर ५६ मिनेट गएको रहेछ । सबैजना भुइँमा लट्पट्टिएर ढोकाबाट बाहिर भाग्न खोज्दा घर वरिपरिका मान्छेहरु पनि ठुलो ‘भुई“चालो गयो... भन्दै चिच्याईरहेका थिए । त्यतीबेला नै ७ दशमलब ९ रेक्टर स्केलको विनासकारी महाभूकम्प गएको रहेछ । त्यसबेलासम्म हामी कोठा भित्रसँगै खाना खाएको भान्जा खोज्दै भुइँमा कराईरहेका थियौं । हामी सबैजना कोठाभित्रै भएको बेला ठुलो भूकम्पको पहिलो झट्कामै म बसेको घरको कोठा पुरा चर्किएर धमाधम भित्ताका इँटा खस्दै थिए । ढलान पुरा फाटिसकेको थियो । अब घर नै ढल्यो भन्दै सबैजना दौडेर बाहिर गेटमा पुग्दा पो ४ तलाबाट भान्जा, घरपेटीका छोरा र भाई रुँदै हामी भएतिर आए । त्यो बेला केही समय भूकम्पको झड्का रोक्किएको थियो । हामीसबैजना त्यहाँबाट पनि केही परको खुल्ला चौरतर्फ भाग्दै थियौं । त्यहाँ पुगेपछि पनि पहिलेको झट्काको जस्तै एकदमै जमिन नै फाट्नेगरि मज्जाले हल्लायो । त्यो हल्लाई र भूकम्पको झड्का निरन्तर आई नै रह्यो । 
त्यो बेला मलाई जीवन मरणको अन्तिम दोसा“धमा संघर्È गरिरहेको महसुस भइरहेको थियो । अहिलेसम्म कहिल्यै नभोगेको ठुलो झट्कासँगै निरन्तर भूकम्प गईरहेपछि मनमनै ईश्वरको नाम लिंदै आफूलाई संयमित र शान्त राख्न भरमग्दुर प्रयास गरिरहेँ । कम्पन कम भएपछि पनि हामी पुगेको घर अगाडीको सुरÔित त्यो खुल्ला चौरमा थप स्थानीयको ठूलो भीड लाग्न थाल्यो । निरन्तर शृंखलाबद्ध झट्काहरु गइरहेकाले सबै अचम्म मान्दै स्तब्ध थिए । सबै जना यसभन्दा अघि कहिल्यै नभएको भूकम्पको झट्कासँगै अतालिएका थिए। वरिपरिको घर कागत झैं थर्किरहेको देखेपछि हामीलाई हतास र होसहवास गुमाएकाको पनि कमी थिएन । कोही मन थाम्न नसकेर रु“दै मोबाइल मार्फत आफन्तस“ग सम्पर्क गर्न खोजिरहेका थिए । नुवाकोट स्थित घरमा मोबाइल गर्न खोज्दा कसैको सम्पर्क नै हुन सकेको थिएन । केही मिनेटमै त्यो चौर अस्थायी शिविरमा परिणत भयो । म लगायत सबैजना आफ्ना घर परिवारका अन्य सदस्यको खोजी गरिरहेका थिए । 
मोबाइलमा सम्पर्क हुन नसकेपछि हामीसँग भएका केहीको मोबाइलबाट रेडियो, एफएम सुन्न थाल्यौं ।  त्यो बेला धरहरा ढलेको, वसन्तपुर, भक्तपुर र पाटन दरबार Ôेत्र तहसनहस भएको, सडक र भवनहरुमा चिरा परेको, बालाजुका धेरै घर भत्किएको विमानस्थल बन्द भएको, देसका विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुन पुगेका खबरहरु आइरहेकाले हामीबीच सबैमा डर र त्रास बढ्दै थियो। जारी भूकम्पीय झट्का र मुलुकभर धनजनको व्यापक Ôति भएको थाहा पाएपछि त्यो चौरमा बसेकास“गै पूरा मुलुक शोकमग्न भयो । काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे र रसुवा लगायतका जिल्लाबाट आइरहेका भयावह सूचनाले मेरो मन झन आत्तियो । गोर्खाको बारपाकलाई मुख्य केन्द्र बनाएर आएको भूकम्पले नुवाकोटका सबै घर भत्किएको खबर रेडियोमा सुनेपछि घरमा भएकी बुढी आमा र दाई भाउजुलाई केही भयो कि भनेर थप डराउन थाले । अनि काठमाडौमा भएका अन्य आफन्तको अवस्थाबारे जानकारी लिँदा आफ्ना कसैलाई पनि केही नभएको बताए ।  पटक पटक भूकम्पको झट्काले हानेको खुट्टा झन काम्न थाले ।  हामीसँगै चौरमा भएका मध्ये केहीका आफन्तहरु हताहतीमा परेको भन्दै भक्कानो पारेर रुन थाने । म घरपेटीको सानो छोरालाई हेरेर उनको मनकामना दर्शन गर्न पुगेका घरपेटी इन्जिनीयर दिपेन्द्र मिश्रलाई सम्पर्क गर्न अर्को भाइलाई मोबाइल सम्पर्क गराउने प्रयास गर्दै थिए । त्यसको केही घण्टापछि बल्ल २ बजेतिर हामीहरु सबै सकुशल छौं अब मनकामना दर्शन नै नगरि काठमाडौ आउँदै छौं , अहिले मुग्लिन आइसक्यौ भनेपछि बल्ल केही त्रास हटेजस्तो भयो । घरपेटी मिश्रको सबै परिवार आएपछि बल्ल हामी एउटै पालमुनी बसेर दिन रात बिताईरहेका छौं । 
जागिर, अवसर, उच्चशिÔा र व्यवसायका लागि उल्लेखीय संख्यामा राजधानी बसेकाहµको अधिकांश परिवारजन मोफसलकै गाउ“ठाउ“मा बस्ने हुनाले दोहोरो पीडाको अनुभूति हुनु स्वाभाविकै हो । उताकोलाई यताको र यताकोलाई उताको चिन्ताले फोन संवाद बढेको थियो । शनिबारको ठूलो भूकम्पस“गै यो सहरको मुहार र जनजीवनमा ठूलो परिवर्तन भइसकेको थियो।
आफुले देखेका बालाजु माच्छापोखरी र बाइपास क्षेत्रका अधिकाँश घर भत्किएका छन । अझै भग्नावेशमा फसेकाहरुको राम्रोसँग उद्धार गर्न नसकिएको अवस्था छ ।
राजधानीका चोक, बजार, गल्ली र गाउ“हरुमा हतास तथा निराश भीड र उजाड दृश्यहरुले उदेकलाग्दो अवस्थाको सिर्जना गरिरहेको थियो । अझै केही घण्टा यस्ता कम्पनहरु जाने विदहरुको चेतावनी र योभन्दा ठूलो भूकम्प जाने हल्लाले अर्को दिनको सा“झसम्म सहरका सडक, पेटी, विद्यालय, कलेज र भएसम्मको खुला स्थानमा लालाबालासहित पोकापन्तुरा बोकेर बास लिनेको ओइरो लागेको थियो।

उनीहरु पनि म जस्तै आङ्खना घर, कोठा, महलजस्ता भवन छाडेर सडकछाप भएका थिए । धनी–गरिब र ठूलाबडा एकै हैसियतमा पुगे । भूकम्पीय जोखिमको चेतावनीमा रहेको यो सहरलाई अन्तत ः एकछिनको भूकम्प र कम्पनले सुकुमवासी बस्तीको रुपमा परिणत ग¥यो । अझै भुकम्पका कम्पन चलिरहेको छ । पालमुनीको जिवन बिताएको पनि करिब एक साता हुन लागिसक्यो ।

यसभन्दाअघि कहिल्यै पनि यस्तो दुःख नभोगेको मलाई अहिले यो त्रिपालमुनिको जिन्दगी एकदमै अनौठो लागिरहे छ । पालमुनी पनि निरन्तर साना ठुला  भुकम्पको झट्काको सामना गर्नु प¥यो । अहिले जीवन धरापमा नै रहेको महसुस भइरहेको छ । यो शहर महाभुकम्प गएको पहिलो दिन शनिबार जाग्राम बसेको अवस्थामा रह्यो। दोस्रो दिन आइतबार बिहानदेखि उपत्यका र मुलुकभर स्वदेशी तथा विदेशी उद्धारकर्ताले ढलेका घर एवं भवनभित्रका भग्नावशेÈ पन्छाउन थाल्दा मानव विनाशका अकल्पनीय दृश्यहरु निरन्तर देख्खिए । आफु सञ्चारकर्मी भएकाले राजधानीका हरेक ठाउँमा पुग्दा भग्नावेशमा फसेकाहरु  र मरेका शब मात्र देखिँ दै छ ।  मेरा लागि अहिले यो असोचनीय र अविश्वसनीय घटनाले कहिले निको नहुने घाउ दिएर गयो । अझै आफु बसेको घर चिरा परेको देखेर भित्र पस्न नसकिएको अवस्था छ । अझै कत्ति दिन पालमा नै बस्नुपर्ने हो ठेगान छैन ।
सरकारी अधिकारी र अन्तर्राष्ट्रिय विज्ञहरुले लगभग ७२ घण्टा पछि विस्तारै स्थितिमा सुधार आउने खालको संकेत दिएपछि अहिले बसेको भाडाको घरको कोठा बन्द  गरेर सुरÔित स्थलमा वासलिनु बाहेक म सँग अर्को विकल्प छैन । भन्नासाथ कोठा पाउन मुस्कील छ । 
तैपनि अहिले मलाई यो शहरभर पाइलापाइलामा गाडिएका यस्ता त्रिपाल एवं टेण्डले लगभग शरणार्थी शिविरहरुको झझल्को दिइरहेको छ । तर, यस्तो खाले जीवनशैली अब केही दिनकालागि मात्र रहला भन्नेमा म विश्वस्त छु । अबको केही दिनमै हाम्रो जनजीवन सामान्य अवस्थामा फर्किनेमा कुनै शंका छैन । अब मलाई यो त्रासदीपूर्ण विनासकारी महाभूकम्पको घटनाले दिएको पीडाको घाउ निको हुन अझै धेरै समय लाग्ने छ । अब यो पिडा कहिल्यै भोग्न नपरोस भन्ने कामना गर्दछु । 
आफु बसेको चार तले घर यसरी हल्लियो कि त्यहा“ रहेका हामी १० जना कोठाभित्रकै भित्तामा यता र उता ठोक्किएको र त्रिपालमुनिको यो सम्झना अब मेरालागि कहिल्यै नबिर्सिने घाउ हुने छ ।

सगरमाथा ढलेपनि आरोहण गरि छाड्ने शेरचनको अठोट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ बैशाख ८३ वर्षिय बृद्ध आरोही मिनबहादुर शेरचनले सगरमाथा ढलेपनि यसपाली आफुले सगरमाथाको सफल आरोण गरि छाड्ने अठोट गरेका छन ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणकालागि आगामी शुक्रबार आधार शिविर तर्फ जाने सबै तयारी पुरा भएको जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सबैभन्दा जेष्ठ आरोही शेरचनले यस्तो अठोट गरेका हुन । उनले करिव दुई दर्जन भन्दाबढी पत्रकारलाई नै छक्क पार्ने गरि  ८३ वर्षको बृद्ध शरिलाई भर्खरैको तन्नेरी युवाको झैंै  एकदमै उर्जाशिल र फर्तिलो बनाएर सगरमाथाको शिखर चुमिछाड्ने अठोट लिएको बताए ।  त्यतिबेला उनको अनुहारमा निकै चमक र स्फुर्ति थियो । मानौँ उनी भर्खर २०, २२ वर्षका तन्नेरी युवा जस्तै कडा र बलवान । यसअघि ७६ वर्षको उमेरमा पनि सगरमाथाको शिखरमा पुगेर संसारलाई मज्जासँग नियालिसकेका शेरचनले अहिले आफुले बृद्ध शरिरको बलले मात्र नभएर पहिलेको अनुभवका आधारमा थप जुक्ति लगाएर सफल आरोहण गर्ने लक्ष्य लिएको बताएका छन ।
अहिले ८३ वर्ष ९ महिनाको बृद्ध शरिरलाई  निकै तेजिलो बनाएका शेरचनको बोलीमा पनि उत्तिकै फुर्ती र दम छ ।  यही साहसी स्फुर्तिले नै उनलाई यो उमेरमापनि सगरमाथाको शिखर चुमेर पुनः संसारकै सबैभन्दा जेष्ठ आरोहीको नयाँ किर्तिमान राख्ने अठोट जगायो ।   म्याग्दी भुरुङ तातोपानीका बृद्ध आरोही शेरचनलाई उमेरले छेकेको छैन । अहिले उनको दृढ इच्छाशक्तिले जसरी पनि सगरमाथा चढिछाड्न निकै च्यालेन्ज दिइरहेको छ । उनले पुनः विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेर यसअघि खोसिएको आफ्नो विश्व गिनिज बुकमा नयाँ रेकर्ड कायम गराउँदै छन् ।
सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए । सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि बृद्ध स्वदेशी आरोही शेरचनको किर्तीमान खोसिएको थियो ।  तीनै जापानी आरोहीको रेकर्ड तोड्न अहिले शेरचन पुनः कस्सिएका हुन । उनको यसवर्ष सगरमाथा चढ्ने साहसी यात्रा आगामी शुक्रबारदेखि काठमाडौँबाट सुरु हुँदै छ । सगरमाथा आरोहण आफ्नालागि नौलो नभएको बताउँदै बृद्ध आरोही शेरचनले राजधानीसँग भने, ‘ यसपाली म जसरी पनि सगरमाथाको शिखरमा पुगेर फर्किन्छु ,बरु सगरमाथा ढल्ला म ढल्दिन’। विगत २ वर्ष अघि आरोहण गर्न खोज्दा पनि आफु बिरुद्ध सिंहदरबार र आधार शिविरबाट निकै ठुलो खेल भएको गुनासो गर्दै उनले यसपाली त्यो झेली खेलको बदला लिन पनि आफुले यस्तो अठोट गरेको बताए । उनले सन् २०१३ मा जापानी नागरिबाट आफ्नो किर्तिमानी भंग गराउन आफु बिरुद्ध लागेकाहरुले धेरै पैसा खर्च गरेको समेत आरोप लगाए । त्यसबेला आफुलाई आरोहण अनुमति दिन ३ महिना लगाएर अन्तिम २४ मे मा अनुमति दिएर २९ मे मा आरोहण नै बन्द गरेको स्मरण गर्दै उनले त्यसबेला सिंहदरबारदेखि आधार शिबिरसम्म धेरै ठुलो खेल भएको दावी गरे । उनले भने, ‘मेरो उद्देश्य भनेको सगरमाथा चढेर बहादुरी देखाउने मात्र होइन, मेरा तीन आमा छन् । जन्म दिने, कर्म दिने र पृथ्वी आमा । पृथ्वी आमाको शान्ति सुरक्षाको लागि म अहिले सगरमाथा चढ्दैछु’। उनले आफ्नो यस आरोहणले बृद्ध बृद्धालाई साहस, युवायुवतिहरुलाई उत्साह र सबैलाई लक्ष्यमा पुग्ने थप प्रेरणा मिल्ने बताए ।
सगरमाथा आरोहणलाई सफल पार्नकै लागि शेरचनले विगत एक महिनादेखि दैनिक ३० किलोको बोरा बोकेर आफ्नो घरको छतबाट भुईतलासम्म तल–माथि गरिरहेको जानकारी गराउँदै शेरचन सहभागी आरोहण दलका अर्का आरोही शिब सापकोटाले भने, ‘ यसपाली शेरचनले आफु जन्मिएको मातृभुमी नेपाल आमालाई खुसी पार्न भन्दै पुनः सगरमाथा चड्न लागेका हुन’ । उनलाई सगरमाथा चढाउने प्राविधिक र व्यवसायिक जिम्मा लिएको हिमालयन गाइड्स नेपालका निर्देशक इश्वरी पौडेलले अहिले शेरचनको आरोहणमा निकै चुनौती रहेको बताए ।  शेरचनलाई सगरमाथा चढाउन निकै च्यालेन्जिङ र खचिर्चो छ भन्दै उनले अहिले आफुहरुले पाँच सिलिण्डर अक्सिजन लाग्नेमा १० सिलिण्डरको व्यवस्था गरेको जानकारी दिए ।  उनले यसपाली विशेष व्यवस्थाकासाथ बृद्ध आरोहीलाई सगरमाथा चढाउने बताए । उनले यसवर्ष ७५ लाखको खर्चमा शेरचनलाई सगरमाथा चढाउन लागेको जानकारी दिए । पौडेलका अनुसार आगामी ३५ दिन भित्रमा शेरचनले सगरमाथा चढेर काठ्माडौं आइपुग्ने छन ।
गैरआवासीय नेपाली संघ युकेको आर्थिक सहयोगमा शेरचन सगरमाथा चढ्न लागेका हुन् । शेरचनको आरोहण सहयोगीको रुपमा सगरमाथा आरोहीहरु मिङ्मा दोर्जे, मिङ्मा तेन्जी शेर्पा, दावा ग्यान्जेङ शेर्पा, छेतोन शेर्पा र  शिव सापकोटा रहने छन् । यसपाली शेरचनले ७५ हजारमा सरकारी इजाजत पत्र लिएर सगरमाथा चढ्न लागेका हुन् ।
बुधबार आयोजित कार्यक्रममा नेकपा एमाले निकट पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापा, पत्रकार महासंघका महासचिव उजिर मगर, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समितिका सदस्य, सुष्मा राई, एनआएन बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचन लगायतले शेरचनलाई आरोहण सफलताको शुभकामना दिएका थिए । नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य सूर्य थापाले सोही कार्यक्रममा वृद्ध आरोही शेरचनलाई बिदाई गरि आफुले पनि शेरचनबाट आशिर्शाद लिएर कार्य प्रारम्भ गरेका छन् । एमाले प्रचार विभागका उप प्रमुख समेत रहेका थापालाई पार्टीले पर्यटन प्रबर्धन विभाग प्रमुखको जिम्मेवारी सुम्पेको थियो । आरोही शेरचनले थापालाई पनि कार्य सफलताको शुभकामना दिएका थिए । यसअघि १२ बर्षसम्म एमाले प्रचार विभागमा रहेका थापा बितेको ८ बर्ष प्रचार विभागको सचिव थिए । एमालेको नवौँ महाधिवेशनबाट थापा केन्द्रीय सदस्य भएका हुन् ।
विगत २ वर्ष अघि आरोहण गर्न खोज्दा पनि आफु बिरुद्ध सिंहदरबार र आधार शिविरबाट निकै ठुलो खेल भएको गुनासो गर्दै उनले यसपाली त्यो झेली खेलको बदला लिन पनि आफुले यस्तो अठोट गरेको बताए । उनले सन् २०१३ मा जापानी नागरिबाट आफ्नो किर्तिमानी भंग गराउन आफु बिरुद्ध लागेकाहरुले धेरै पैसा खर्च गरेको समेत आरोप लगाए । त्यसबेला आफुलाई आरोहण अनुमति दिन ३ महिना लगाएर अन्तिम २४ मे मा अनुमति दिएर २९ मे मा आरोहण नै बन्द गरेको स्मरण गर्दै उनले त्यसबेला सिंहदरबारदेखि आधार शिबिरसम्म धेरै ठुलो खेल भएको दावी गरे ।

हिरक महोत्सवले विश्वको ध्यान नेपालमा केन्द्रित ,बढ्यो सगरमाथाको आकर्षण


मधुजंग पाण्डे

सन् १९५३ को २९ मे का दिन आरोही दोय सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाईला टेकेको दिनलाई थप स्मरणीय र लोकप्रीय बनाउने उदेस्यका साथ सरकारले मनाईरहेको सगरमाथा हिरक महोत्सवका अवसरमा भइरहेका विविध कार्यक्रम एवं गतिविधीको प्रभावका करण अहिले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धीत विविभन्न संघ– संस्थाको सहकार्यमा सगरमाथामा पहिलो मानव पाईला परेको ६० वर्ष पुगेको दिन ‘२९ मे’लाई धुमधामकासाथ मनाउने क्रममा गत १२ देखि १५ जेठसम्म राजधानी लगायत मुलुकभरका विभिन्न भागमा सम्पन्न गरेको पर्यटन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम एवं गतिविधीले हाल संसारको ध्यान नेपालमा केन्द्रित हुनुकोसाथै सगरमाथाको आकर्षण पनि निकै बढाएको छ ।
अहिले अमेरिका, क्यानडा, बेलायत, युरोप, अष्टेलिया, खाडी राष्ट्र र एशियाली मुलुकमा नेपालको पर्यटकीय गतिविधी र सगरमाथा लगायत अन्य हिमाल आरोहणको व्यापक चर्चा छ । ति मुलुकका नागरिकबीच अहिले नेपाल भ्रमण र सगरमाथा आरोहण गर्ने तिब्र इच्छा जागेको छ ।
यहाँ नेपालले सगरमाथाको गरिमालाई संसारभर थप उचाइमा उ¥याउने लक्ष्यकासाथ  हिरक महोत्सव मनाइरहदा बेलायती महारानी एलिजावेथ द्धितियाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथी बनाएर आफुले गद्दी सम्हालेको ६० औं वर्षगाँठ मनाइन । उनले बेलायतका एक्सपीडिसन दलको नेतृत्वमा सगरमाथामा पहिलो मानव पाइला राख्ने आरोही दोय एडमण्ड हिलारी र तेन्जिङनोर्गेलाई सफलतापूर्व शिखरमा पु¥याउने काम भएको पुरानो इतिहासलाई सदाकालागि जिवन्त राख्न आफुले पनि गद्दी सम्हालेको ६० औं वर्षगाँठ सगरमाथा हिरक महोत्सवकै अवसरसँग जोडेर मनाएको बताएकी छिन । 
प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको सो कार्यक्रमलाई पनि यतीबेला नेपाल र सगरमाथाको चर्चासँगै गाँसेर हेर्न थालिएको छ ।  
हिरक महोत्सवका अवसरमा भएका विविध गतिविधीले हाल अमेरिकाको केबल टेलिभिजन सिएनएन र बिबिसि लगायत विभिन्न संचारमाध्यमबाट सगरमाथा आरोहण लगायत यहाँ भएका पर्यटकीय गतिविधीका बारेमा राम्रो समाचार सम्प्रेषण भईरहेका छन । हिरक महोत्सवकै अवसरमा गत १२ जेठमा विभिन्न मुलुकका सञ्चारमाध्याबाट समाचार सम्प्रेसण गर्न आएका विदेशी संचारकर्मी सगरमाथा क्षेत्रमा पुगेर त्यहाँको गतिविधीबारे राम्रो जानकारी लिएका थिए ।
जसका कारण पनि अहिले  विश्वको ध्यान नेपालमा केन्द्रित भईरहेको पर्यटन क्षेत्रसँग सम्बन्धी व्यवसायी एवं सरोकारवालाहरुले बताउँदै आएका छन । उनीहरुले सगरमाथा हिरक महोत्सवका गतिविधीले अहिले संसारभर नेपालको चर्चा भईरहेको जानकारी दिएका छन । ‘सगरमाथा हिरक महोत्सव’का अवसरमा स्वदेश र विदेशका विभिन्न भागमा भइरहेका पर्यटकीय गतिविधीले हाल संसारभरका आरोही र संचारकर्मीको ध्यान नेपालतर्फ केन्द्रित भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 
बोर्डका अनुसार सन् १९५३ को २९ मे का दिन सगरमाथामा पहिलो मानव पाइला परेको दिनलाई थप स्मरणीय र लोकप्रीय बनाउने उदेस्यका साथ सरकारले मनाईरहेको हिरक महोत्सवका अवसरमा भइरहेका विविध कार्यक्रम एवं गतिविधीहरुको समाचार सम्प्रेषण गर्न गत १२ जेठमा विभिन्न मुलुकबाट नेपाल आएका विदेशी संचारकर्मी सगरमाथा क्षेत्रमा पुगेका थिए । 
सो समय युरोप, अमेरिका, अष्टेलिया र एशियाली मुलुकका विभिन्न संचारमाध्यमका विदेशी र स्वदेशी गरि करिब ६० जना भन्दा बढी सञ्चारकर्मी एवं सरोकारवालाहरु सगरमाथा आधार शिविर, नाम्चे, खुम्जुङ लगायत मुलुकभरका विभिन्न भागमा भईरहेका महोत्सवका गतिविधीबारे समाचार संकलनमा केन्दित भएका थिए ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले सगरमाथा हिरक महोत्सवका गतिविधीले संसारभरको ध्यान सगरमाथामा  र नेपाल भ्रमणमा केन्द्रित हुनु मुलुकको पर्यटन प्रवद्र्धनकालागि निकै फाइदाजनक भएको बताए । उनले अझै विभिन्न मुलुकका नागरिकबीच सगरमाथा र नेपाल भ्रमणप्रतिको आकर्षण बढ्नेक्रम जारी रहेको बताए । यि सबै सरकारले वर्षभर मनाइरहेको सगरमाथा हीरक महोत्सवको विशेष उपलब्धि भएको बताउँदै उनले हिरक महोत्सवकै अवसरमा वर्षभर भइरहने यस्ता पर्यटन प्रवद्र्धनसम्बन्धी प्रचारात्मक गतिविधीले पर्यटक आगमन संख्यामा पनि निकै सुधार आउने अपेक्षा गरिएको धारणा राखे ।
सगरमाथा हीरक महोत्सव एवं अन्य उत्सव र मेला सबै मुलुकलाई चिनाउने प्रचारात्मक गतिविधिको माध्यम हुन् । मुलुकलाई चिनाउने इतिहासको कालखण्डमा यो विशेष अवसर हो । सोही अवसरको रूपमा अहिले सगरमाथा हीरक जयन्ती आएको हो भन्दै निरौलाले भने, ‘यसलाई स्वर्णिम अवसरको रूपमा लिनुपर्छ ’। सगरमाथा विश्व सम्पदा सूचीमा सूचीकृत संसारको छानो हो । यसको प्रतिफल तत्काल होइन, पछि आउँछ । यस्तो महोत्सवको लाभ निजी क्षेत्रले लिने हो । त्यसैले वर्षभर मनाइँदै गरेको सगरमाथा हीरक महोत्सव मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै उपलब्धिमूलक छ भन्दै उनले यसको फाइदा लिन निजी क्षेत्रका छाता संस्थाहरू अघि आउनुपर्छ । महोत्सवको सबै फाइदा निजी व्यवसायीले नै लिनुपर्छ भन्ने मान्यता पर्यटन बोर्डले राखेको बताए । बोर्डको सोही मान्यता अनुसार निजी क्षेत्रले सगरमाथा र मुलुकको पर्यटन प्रवद्र्धनकालागि सक्दो प्रयास गरेको उनको भनाई छ ।

सोही आकर्षणका कारण आरोही दोय हिलारी र शेर्पाले पहिलो मानव पाईला टेकेको दिन सन् २९ मे १९५३ देखि अहिलेसम्म धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्न भ्याईसकेका छन ।  त्यसवेलाबाट अहिलेसम्म विभिन्न मुलुकका अनेकथरी मान्छेहरुले सगरमाथाको शिखर चुमेका छन । यस वर्ष मात्र ८० वर्षिय जापानी बृद्ध युचिरो मिउरा देखि दुबै हात  नभएका क्यानडाका गैर आवासीय नेपाली सुदर्शन गौगम, खुट्टा नभएकी भारतीय महिला आरोही सम्मले सगरमाथा चढेर छुट्टाछुट्टै कीर्तिमान कायम गर्न सफल भएका छन । अहिले सगरमाथा क्षेत्र संसारभरको उत्कृष्ट मनोरञ्जन स्थल झैं भइसकेको छ । हरेक वर्ष आरोहणको मौसममा सगरमाथा क्षेत्रमा भब्य मेला झैं आरोहीको भीड लाग्ने गर्दछ । त्यसबेला स्थानीयवासीलाई त्यहाँ पुग्ने पाहुनालाई सेवा गर्न भ्याई नभ्याई हुन्छ भने सगरमाथा चढ्न जानेहरु आधार शिविर लगायतका क्षेत्रमा मस्तसँग आनन्द लिने गर्दछन । हिरक महोत्सवकै अवसरमा सरकारले यसैवर्षदेखि सगरमाथा आरोहीलाई सगरमाथा आरोही परिचयपत्र प्रदान गर्ने काम थालेको छ । यसअघि आरोहीलाई प्रमाणपत्र मात्रै वितरण गरिएकोमा गत १५ जेठबाट स्मार्टकार्ड सानो साइजको परिचयपत्र वितरण गरेकाले आरोहीलाई सो परिचयपत्र निकै उपयोगी र बोक्न समेत सहज हुने बताईएको छ । सो परिचय पत्र २९ मे कै दिन पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा करिब एक दर्जन आरोहीलाई प्रदान गरिएको थियो । मन्त्रालयले सरकारको अनुमती लिएर सगरमाथाको सफल आरोहण गर्ने आरोहीहरुलाई मात्र सो परिचयपत्र प्रदान गरिने बताएको छ ।
यसैगरि सगरमाथा हिरक महोत्सवकै अवसरमा मन्त्रालय र पर्यटन बोर्डद्धारा विभिन्न पर्यटनसँग सम्बन्धीत संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्वदेशी र विदेशी ख्यातिप्राप्त आरोहीहरूलाई आमन्त्रण गरी रथारोहण सहित राजधानीका विभिन्न भागमा घुमाएर नागरिक अभिनन्दन गरिएको थियो । अन्तर्राष्ट्रिय सगरमाथा तथा तेन्जिङ–हिलारी पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा सगरमाथाको महत्व झल्काउने संस्मरणात्मक पोस्टर प्रकाशन गरि टाँचा लगाउने काम भएको थियो । त्यसैबेला सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन प्रतियोगिता, विश्वको सबभन्दा होचो स्थान इजरायलको मृतसागरमा सगरमाथाको पत्थरबाट निर्मित स्तम्भ स्थापना लगायतका नेपालप्रति विदेशी आकर्षण हुने कार्यक्रम भएका थिए ।
सगरमाथामा पहिलो मानव पाइला परेको  ६० वर्षको आरोहण अवधिमा अहिलेसम्म करिब ५ हजार आरोहीले सर्वोच्च शिखरको साहसिक बिजय यात्रा पूरा गरिसकेका छन् । जसका कारण अहिले सगरमाथाको आकर्षण झन बढ्दो छ भने शिखर चुम्ने होडबाजीमा आरोहीहरूबीच थप अनौठा कीर्तिमान थप्ने चाहना बढिरहेको छ । हाल सगरमाथा लगायत साना ठुला गरि मुलुकभर भएका कुल १९ सय १० ओटा हिमाल
मध्ये ३ सय २६ ओटा हिमालमा मात्र आरोहण खुला गरिएको छ । जसका कारण हाल विभिन्न मुलुकका लगानीकर्ता र ट्राभल अप्रेटरहरु नेपाल आउन आकर्षित भईरहेका छन । सन १९६० बाट सुरु भएको नेपालको पर्यटन उद्योगको गतिमा केही सुधार आएको छ ।
पर्यटन प्रवद्र्धनमा हिरक महोत्सवको योगदान
पूर्णचन्द्र भट्टराई,         
सह सचिव, पर्यटन मन्त्रालय तथा संयोजक , हिरक महोत्सव आयोजक समिति
पर्यटन विश्वमा बढ्दो मानवीय परिभ्रमण र आर्थिक गतिविधिको एक मुख्य माध्याम हो ।  सन् २०१२ मा मात्र १ अर्ब पर्यटक भ्रमणमा निस्केका थिए भने पर्यटनको आर्थिक आकार बढेर एक खर्ब ३ अर्ब डलर पुगेको थियो । त्यो भ्रमणलाई नेपालमा आकर्षित बनाउन हामीले सन् २०१३ मा एकवर्षभरी विविध कार्यक्रम गरि सगरमाथा हिरक महोत्सव मनाउने निणर्य गरेका हौं । सगरमाथामा सफल आरोहणको ६० बर्ष पुगेको अवसरमा नेपालले गत मे २६ देखि २९ मे ( १२ देखि १५ जेठसम्म ‘सगरमाथा हिरक महोत्सव’ थालनीका विविध कार्यक्रम आयोजना ग¥यो । एडमण्ड हिलारी र तोन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए । त्यसबेलादेखिको ६ दशकको अवधीमा सगरमाथा आरोहीको संख्या हालसम्म करिव ४ हजार ३ सय ५४ जना पुगीसकेका छन् । सन् २०१३ को बसन्त ऋतुमा  सगरमाथा आरोहणका निमित्त विभिन्न ३१ दलका ५ सय २२ जनाले सफल आरोहण गरे ।
वर्षभर मनाइदै गरेको  हिरक महोत्सवको थालनी  मे २६ मा सगरमाथाको फेदीमा अवस्थित खुम्जुड गाँउमा स्वदेशी, स्थानीय र विदेशी विज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय सगरमाथा सम्मेलनको आयोजनाबाट भएको थियो । चारदिने महोत्सवको अन्तिम दिन २९ मे का दिन काठमाण्डौ स्थित बेलायती राजदुतावासले विशेष कार्यक्रम आयोजना ग¥योे । सोही दिन बेलायतकी महारानी एलिजावेथ द्धितियले गद्धिआरोहणको हिरक महोत्सवमा सगरमाथा आरोहीका परिवारजनहरुको उपस्थितिका साथ आयोजित विशेष कार्यक्रममा सहभागी हुनु भयो । यसैगरि सगरमाथा हिरक महोत्सवकै क्रममा सगरमाथाको द्धार नाम्चेमा संशारकै होचो भू–सतह मृत सागरको स्मारक स्थापनाकासाथै ३० मे का दिन इजरायली पर्यटन मन्त्री र इजरायलकालागि नेपाली राजदुतले मृत सागरमा स्थापित संसारको उच्च शिखर ‘सगरमाथाको स्मारक’ उद्घाटन गर्नु भयो । सोही अवसरमा स्वीट्जरल्याण्ड, फ्रान्स तथा अन्य मुलुकमा रहेका नेपाली राजदुतावासले समेत विविध कार्यक्रम आयोजना गरी नेपालको पर्यटन प्रवद्र्धनको कार्य गरेका थिए ।  हिरक महोत्सवकै अवसरमा नेपाल सरकारले नेपालको पर्यटन विकास र व्यवस्थापन सम्बन्धी विभिन्न नीतिगत निर्णयहरु गरेको छ । सगरमाथा आरोहीहरुलाई परिचयपत्र जारी भएको छ, हिमाल आरोहणका क्रममा उचाइमा जाने र सहयोगी कामदार सहितकोे दुर्घटना बीमा र स्वास्थ्य बीमामा शत् प्रतिशत बृद्धि गरिएको छ भने उद्धार बीमामा डेढ गुना बृद्धि गरिएको छ । यसले कामदारको सामाजिक सुरक्षा, आपत्कालिन उद्धार र हिमालमा दुर्घटनामा परेका आरोही तथा अन्यको शव व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकारले सुदुर पश्चिम र मध्य पश्चिमका हिमाल आरोहणको सलामी आगामी ५ बर्षकको लागि मिनाहा दिने भएको छ, हिमाल आरोहणको सलामी पुनरावलोकन तथा आरोहणकालागि  नयाँ हिमाल खोल्न कार्यदल गठन भएको छ, । त्यसैले सगरमाथा हिरक महोत्सवलाई कुनै खास विशेष अवसरका रुपमा मात्र नभई नेपालको पर्यटन विकासको अभियानको एक महत्वपूर्ण अवसरको रुपमा लिनुपर्छ । यो इतिहाँसकै सुनौलो अवसर हो जसलाई अघि बढाउन सन् २०१३ लाई हामीले ‘हिरक महोत्सव बर्ष’को रुपमा विशेष पर्यटन अभियान कासाथ मनाउने निर्णय गरेका छौं । वर्षभर स्वदेश तथा विदेशमा सगरमाथा र नेपालको पर्यटन प्रवद्र्धनका विविध गतिविधिहरु आयोजना हुने छन् । यस महोत्सवबाट मुलुकको पर्यटनमा धेरै योगदान हुने अपेक्षा हामीले गरेका छौं ।  यसले अन्तराष्ट्रिय सञ्चारलाई नेपालको अनुपम पर्यटकीय संभावनाहरु विश्व सामु उजागर गर्ने अवसर समेत दिलाएको छ । हाल नेपालको सुरक्षा अवस्थामा धेरै सुधार आइसकेको सन्देश विश्व पर्यटन बजारसम्म पु¥याउन समेत यस महोत्सवले सहयोग गरेको छ ।
आगामी कार्यक्रम विदेश केन्द्रित हुने छ 
काशीराज भण्डारी
निर्देशक, पर्यटन बोर्ड तथा सदस्य सचिव, हिरक महोत्सव आयोजक समिति
अहिले हामीले सगरमाथा नेपालको मात्र नभएर विश्वको अदितीय सम्पदा हो भनेर सगरमाथाको प्रवद्र्धन र गरिमालाई थप उचाइमा पु¥याउन प्रेरित गर्ने काम गरिरहेका छौं । हामीले अब सगरमाथासँग जोडेर कुनैपनि भ्रामक र नकारात्मक कुरा कहीं कतैबाट नआओस भन्ने अपेक्षा गरेका छौं । वर्षभर विभिन्न कार्यक्रम गर्ने लक्ष्यकासाथ मनाइँदै गरेको सगरमाथा हिरक महोत्सव थालनी भएको गत २९ मे को अवसरमा मुलुकका विभिन्न भागमा सम्पन्न भएका पाँच दिने कार्यक्रम स्वदेश भित्रको प्रवद्र्धन मात्र थियो । सगरमाथा हिरक महोत्सव आयोजक समिति मार्फत पर्यटनसँग सम्बन्धीत विभिन्न संघ– संस्थाहरुसँगको सहकार्यमा सञ्चालित अबका कार्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमा सगरमाथा र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने छ । आगामी ३१ डिसेम्बरसम्म हुने कार्यक्रम विदेशका विभिन्न स्थानमा सगरमाथा प्रवद्र्धन गर्ने, सगरमाथासम्बन्धी हालसम्मका नकारात्मक सन्देश हटाउने प्रयास हुने र विदेशस्थित कुटनीतिक नियोग एवं राजदुतावासबाट सगरमाथा हिरक महोत्सव पदक वितरण गर्ने कार्यक्रम नै हुने छ । यसैगरि हिमालयन रोज फाउन्डेशन हिलारीको नातिनी एमेलिया रोज हिलारीसँग मिलेर न्युजिल्याण्ड र अस्ट्रेलियामा सगरमाथा प्रवद्र्धन सम्बन्धी धेरै काम गर्ने तयारी भईरहेको छ ।  त्यहाँ हिलारीले पहिलोपटक सगरमाथा आरोहण गर्दाको तस्बीर प्रदर्शनी, त्यसबेलाको आरोहणमा प्रयोग भएका विभिन्न औजारहरु र सगरमाथा क्षेत्रका अन्य गतिविधीबारे जानकारी दिने प्रदर्शनी गर्ने कार्यक्रम बनाउँदै छौं । अहिले सगरमाथा सम्बन्धी आधिकारीक सरकारी धारणा समेटिएको डकुमेन्ट्री बनाउने तयारी भईरहेको छ । सगरमाथामा हालसम्म भइरहेका विश्व रेकर्ड राख्ने कार्यलाई थप व्यवस्थित बनाउने कार्यलाई सो डकुमेन्ट्रीमा पनि समेट्ने सोच भइरहेको छ । पर्यटन भनेको सबैको सरोकारको विषय भएकाले अन्य सरोकारवाला संस्थाले सगरमाथा प्रवद्र्धन सम्बन्धी कार्यक्रम गर्न चाहे सँधै पर्यटन बोर्डको ढोका खुला छ । बोर्डले ती संस्थाले ल्याएका कार्यक्रमलाई थप उत्साहित हुनेगरि सहकार्य गर्ने छ ।
हामीले हिरक महोत्सवको अवसरमा सगरमाथामा पहिलो मानव पाइला पर्ने अवस्था देखि एडमण्ड हिलारी र तेन्जिङसम्म सम्बन्धीत विभिन्न अभिलेख एवं हिलारीले त्यसबेला प्रयोग गरेका आरोहण औजारहरु आगामी २९ मे मा नेपाल ल्याएर  प्रदर्शन गर्ने सोच बनाएका छौं । यसैगरि हामीले हिलारीले प्रयोग गरेका औजारहरु हरेक वर्षको २९ मे का दिन यहाँको कुनै ठाउँमा करिब ३ महिनासम्म प्रदर्शनी गर्ने सोच बनाएका छौं । सगरमाथाको प्रवद्र्धन गर्ने काम गौरबको विषय हो । प्रवद्र्धनका काम सन् २०१३ भरी हुने छ । 
 

Wednesday, February 3, 2016

जोशीकै कारण सुरुङ मार्ग नबनेको स्थानीय सेयरधनीको आरोप, नेपाल पूर्वाधार विकास कम्पनीलाई २८ करोड रुपैयाँ ऋण

मधुजंग पाण्डे
काठमाडौं, १९ माघ
स्थानीय सेयरधनी एवं सरोकारवालाले निजी क्षेत्रको सबैभन्दा ठुलो मेगा प्रोजेक्टका रुपमा रहेको ‘काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण कार्य नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीकै कारण अघि नबढेको आरोप लगाएका छन् । कुल ३४ अर्ब ८७ करोड रुपैयाँ लगानीमा सुरुङ मार्गको निर्माण गर्न भन्दै २०६७ साल २३ भदौमा मकवानपुरको सिस्नेरी भेलाले नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष कुशकुमार जोशीलाई नै कम्पनीको अध्यक्ष बनाइने भनी गठन गरिएको भए पनि यस कम्पनीका अध्यक्ष जोशीले गत आइतबार राजीनामा दिएपछि त्यहाँका स्थानीय संस्थापक सेयरधनीहरुको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण संघर्ष समितिले यस्तो आरोप लगाएको हो ।
समितिद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक राजुमान महर्जनले कम्पनीका अध्यक्ष जोशीकै असक्षमताका कारण विगत पाँच वर्षदेखि अहिलेसम्म सुरुङ मार्ग निर्माणको कामअघि नबढेको आरोप लगाए ।
उनले  ‘काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण’ निर्माणका लागि अहिलेसम्म स्थानीय उपभोक्ता, संस्थापक सेयरधनी एवं अन्य स्वदेशी र विदेशबाट ठुलो रकम संकलन गरिसकिएको र स्थानीय सर्वसाधारण जनताको समेत निकै उत्साहजनक साथ रहँदा रहँदै पनि कम्पनीका अध्यक्ष जोशीले विभिन्न बहानामा काम नगरेको आरोप लगाए । यस संघर्ष समितिकै दबाबका कारण जोशीले अध्यक्ष पदबाट राजीनामा दिएको र कम्पनीको आगामी २७ माघमा बोलाइएको सञ्चालक समितिको बैठकले थप निणर्य लिने भन्दै उनले कम्पनीका अध्यक्ष जोशीको असक्षमताकै कारण सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको दाबी गरे । ‘जोशीले लक्ष्यअनुरूप काम गर्न नसकेको र अहिलेसम्म कम्पनीको अनावश्यक खर्च बढाउने मात्र कार्य गरिरहेकाले स्थानीय संस्थापक सेयरधनीको माग र काम गर्न नसकेको आफ्नो नेतृत्व असक्षमता देखिने डरका कारण जोशीले राजीनामा दिएको जानकारी गराउँदै संघर्ष समितीका संयोजक महर्जनले भने, ‘यस कम्पनीका अध्यक्ष जोशीले हरेक समय आफूखुसी एकलौटी ढंगले काम गरी विगत ५ वर्षको अवधिमा गर्न सकेनन् ।’
यसैगरी स्थानीय संस्थापक सेयरधनी एवं संघर्ष समितिका सचिव मिलन कार्कीले पनि अहिले यस कम्पनीका सबै सेयरधनी सकेसम्म छिटो सुरुङ मार्ग निर्माण हुनुपर्छ भन्ने मान्यतामा रहँदारहँदै पनि जोशीकै कारण अहिले आफूहरू संघर्षमा उत्रिनुपरेको बताए । जोशीसहित यस कम्पनीमा रहेका कुल १ हजार ७ सय ८३ जना सेयरधनीमध्ये १ हजार २ सयजना मकवानपुर र काठमाडौंका सुरुङ मार्ग नजिकका संस्थापक स्थानीय साना लगानीकर्ता सेयरधनी रहेको जानकारी गराउँदै उनले त्यसबेला स्थानीय सेयरधनीको मोडल न्यूनतम १० हजारदेखि १ लाख र अधिकतम १ लाख देखि १० लाख रुपैयाँसम्म बताए । उनले अहिले यस कम्पनीलाई २८ करोड रुपैयाँ ऋण रहेको बताए । जसमा १७ करोड रुपैयाँ सुरुङ मार्ग परियोजनाको प्राविधिक कार्य गरेको फुलब्राइट कन्सल्टेन्सीलाई भुक्तानी तिर्न बाँकी रहेको उनको भनाइ छ । संघर्ष समितिका सचिव कार्कीका अनुसार सुरुङ मार्ग निर्माणका लागि नापजाँच गर्ने, चिनो लगाउनेजस्ता केही काम गर्न सो रकम खर्च भएको छ । हालसम्म यस कम्पनीले ३० करोड ३१ लाख रुपैयाँ सेयरधनीबाटै जुटाएको छ । यसैगरी अर्का संस्थापक सेयरधनी सञ्जय लामाले पनि अहिलेसम्म सबै सेयरधनी सुरुङ मार्ग निर्माणका लागि सकारात्मक भएको भन्दै कम्पनीका अध्यक्ष जोशी मात्र नकारात्मक भएको बताए ।
निजी क्षेत्रको प्रयासमा निकै महŒवाकांक्षी मेगा प्रोजेक्टका रूपमा रहेको सुरुङ मार्ग निर्माण कार्यमा अहिले नेतृत्व वर्गले नै आफ्नो कम्पनीबाट राजीनामा दिएर सुरुङमार्ग निर्माणमा ढिलाइ गरेपछि लगानीकर्ता मात्र नभएर अन्य सरोकारवालासमेत निकै अन्योलमा परेका छन् । काठमाडौं– राजधानीदेखि हेटौंडा छिचोल्ने बाटोमा पर्ने कुलेखानीदेखि भीमफेदीसम्मको घुमाउरो र साँधुरो बाटोका कारण धेरै यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन् ।
यस क्षेत्रका स्थानीयवासीको त झन् दैनिकी नै सास्तीपूर्ण तवरले बिताउनु परिरहेको छ । त्यही बाटो छिचोल्ने गरी पहाड छेडेर सुरुङ मार्ग बनाउन सकिन्छ भन्ने नेपाल पूर्वाधार कम्पनीको महत्वाकांक्षी योजना सुन्दा त्यहाँका स्थानीयवासीले आश्चर्र्य िमश्रित खुसी महसुस गरेका थिए । ‘त्यस्तो सुरुङ मार्गलाई टोल (शुल्क) रोडका रूपमा सञ्चालन गरेर मुनाफा पनि आर्जन गर्न सकिन्छ,’ स्थानीयले सुनेका थिए ।  २०६८ सालमा नेपाल पूर्वाधार विकास कम्पनी विधिवत् रूपमा दर्ता भएको हो ।
सो कम्पनीमा कोरियामा कार्यरत नेपालीले पनि २ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् ।
लगानीको अनुपातमा आगामी ३० वर्षभित्र सरकारलाई जिम्मा लगाउनुपर्ने परियोजनाको लगात उठाएर मुनाफा कमाउन त्यस मार्ग भएर आवतजावत गर्ने सवारीसाधनलाई तोकिने शुल्क हिसाब गर्दा निकै महँगो शुल्क हुने आँकलन गरियो । महँगो शुल्क तिरेर सुरुङमार्ग भएर सवारी साधन नगुढ्ने अनुमान पनि भए । यी यस्तै अनेक अवरोध राजनीति लगायतका कारण सो कम्पनीले परियोजनालाई अघि बढाउन नसक्ने भएपछि अहिले कम्पनीका सञ्चालक अध्यक्ष जोशीले राजीनामा दिएको हुनसक्ने बताइएको छ । संघर्षरत सेयरधनीका अनुसार सुरुङ निर्माणका लागि अधिग्रहण गर्नु पर्ने जमिनको भाउ विगत पाँच वर्षमा निकै महँगो भइसकेकाले यस कम्पनीलाई थप आर्थिक भार भएको गुनासो छ ।
सुरुङ मार्ग परियोजनाको प्राविधिक कार्य गरेको फुलब्राइट कन्सल्टेन्सीलाई अझै १७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी  


पशुपति गौशालामा खुल्यो द आमादब्लम होटल ,२५ करोड रुपैयाँको लगानी ,प्रति कोठा ४ देखि १० हजारसम्म

मधुजंग पाण्डे
काठमाडौ, १८ माघ
पशुपतिनाथ क्षेत्र नजिकै गौशालामा ‘द आमादब्लम’ सञ्चालनमा आएको छ । २५ करोड रुपैयाँको लगानीमा थ्रि स्टार स्तरीय होटल खुलेको छ । यस अघि इन्द्रेणी होटल भएकै विल्डिङमा आमादब्लाम होटल खुलेको हो । पशुपति भिजनको १० तले भवनमा सञ्चालिन सुइट र डिलक्स गरि कुल ६२ ओटा कोठा रहेको यस होटलमा हाम्रो इन्भेष्टमेन्ट कम्पनी र अन्य दुई सेयर सदस्यले लगानी गरेका हुन् । सो होटलमा मुख्य लगानीकर्ता हाम्रो इन्भेष्टमेन्ट कम्पनी बाहेक नारायण उप्रेती र उमेश शिवाकोटीले लगानी गरेका छन् । सोमबार आयोजित कार्यक्रममा सो होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गरेका हुन ।  पर्यटन मन्त्रीले औपचारिक उद्घाटन केक काटेर गरेपछि यस होटलले सोमबारबाटै व्यवसायीक सेवा सुरु गरेको हो ।
यस होटल थ्रि स्टार स्तरको भएको जानकारी गराउँदै होटलका बरिष्ठ बजार तथा विक्री प्रबन्धक कमल क्षेत्रीले भने, ‘ अब हामी छिट्टै स्टार लिन्छौं। स्टार रेटिङ गर्ने प्रक्रिया सुरु भइसकेको छ’।  उनले अहिले यस होटलमा २५ करोड रुपैयाँ लगानी भएको जानकारी दिए । होटलमा रहेका कुल ६२ मध्ये ३० ओटा सुपेरियर रुम, २७ ओटा डिलक्स र पाँच ओटा स्वीट रुम रहेको जानकारी दिँदै उनले यी रुमको मूल्य प्रतिरात चार देखि १० हजार रुपैयाँसम्म पर्ने बताए । उनले जस मध्ये २५ ओटा रुपमा मिनीबार रहेको जानकारी दिए ।
यस होटलमा एकै पटक १२ सय जना सहभागी हुने क्षमताको सेमिनार हल, रेष्टुरेण्ट र कफिसप रहेको छ । यसैगरि, यस होटल भित्र पर्यटकको सुविधाकालागि स्पा र फिटनेस सेन्टर पनि सञ्चालनमा रहेका छन् । होटलका बरिष्ठ बजार तथा विक्री प्रबन्धक क्षेत्रीले यो होटल त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल र हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर र बौद्ध नजिकै रहेका कारण होटलको अकुपेन्सी अत्यन्तै राम्रो हुने अपेक्षा लगानीकर्ताको रहेको बताए । यस बाहेक अन्तर्र्रािष्ट्रय बजारमा हाम्रो इन्भेष्टमेन्ट कम्पनीले पनि मार्केिटङ गर्ने बताउँदै उनले विशेषगरि भारतीय, चिनियाँ, अन्य सार्क क्षेत्रका र युरोपेली पर्यटकलाई लक्षित गरेर यस होटल सञ्चालनमा ल्याईएको जानकारी दिए । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि पर्यटक नभएर बन्द भएको गौशालाको इन्द्रेणी हिमालय नामको सोे होटल नयाँ लगानीकर्ता हाम्रो इन्भेष्टमेन्ट कम्पनीले खरिद गरि सोमबारबाट ’द आमादब्लम होटल’को नामबाट सञ्चालनमा आएको हो ।
भूकम्पले होटेलमा कुनै क्षति नपुगेको भएपनि त्यसपछि नेपाल आउने विदेशी पर्यटक ठप्प नै भएकाले होटल बन्द भएको थियो।
होटल व्यवस्थापनले त्यतिबेला होटल सञ्चालन गर्न नसकेर बन्द गरेको जानकारी दिएको थियो। नयाँ व्यवस्थापनले यस होटल खरिदगरेपछि बजार प्रवद्र्धन र होटलको ब्रान्डिङ नयाँ ढंगले नै अगाडि बढाइएको क्षेत्रीले जानकारी दिए । सो होटल उद्घाटनका क्रममा नेपालकालागि चिनियाँ राजदुत ऊ चुन्ताई, पशुपतिनाथका मुल भट्ट गणेश भट्ट र हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले तीन तारे स्तरको यस नयाँ होटल पशुपति तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत–जावत गर्ने विदेशी पाहुनाकालागि निकै सहज र छोटो गन्तब्य होटल हुने भएकाले पर्यटकको चाप राम्रो हुने अपेक्षा गरिएको बताएका थिए । यस होटल सञ्चालन गर्ने हाम्रो इन्भेस्टमेन्ट ग्रुपले पोखरामा र चितवनमा पनि १÷१ ओटा होटल सञ्चालन गरिरहेको छ। यस होटेलको लगानीकर्तामा ग्रपकै अध्यक्ष एवं हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, पर्यटन क्षेत्रमै क्रियाशील अनुज रिमाल, बालकृष्ण सिवाकोटी, नारायण उप्रेती र नारायणकृष्ण जोशी लगायत पाँच जना रहेका छन्।


Sunday, January 31, 2016

क्यानडा, पोल्याण्ड र सिंगापुरमा कामदार लैजाने तयारी, थप १५मुलुकमा पठाउन सकिने समितिको सुझाव

मधुजंग पाण्डे
काठमाडौ, १६ माघ

अब सरकारले नेपाली कामदारलाई वैदेशिक रोजगारीकालागि नयाँ अवसर दिन क्यानडा, पोल्याण्ड,सिंगापुर सहित विभिन्न ५ ओटा गन्तब्य मुलुकसँग औपचारिक प्रस्ताव गर्ने भएको छ । नेपाली युवा जनशक्तिको नयाँ रोजगार गन्तब्य बन्न सक्ने भन्दै पहिचान गरिएका यि मुलुकहरुमा नेपाली कामदार लैजाने गरी छलफल अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीनओटा देशसँग भने छिट्टै नेपाली कामदार लैजाने समझदारी (एमओयु) गर्ने सरकारको तयारी रहेको छ । सरकारको यस्तो तयारी अनुसार नेपाली कामदारकालागि थप नयाँ रोजगारी खुल्न लागेका आकर्षक गन्तब्य देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड रहेका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तरगतको नयाँ बजार खोजी तथा पुराना बजार व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा. हरि लम्सालले यी देशहरुमा दक्षिण कोरियामा जस्तै सरकारी निकायबाटै नेपाली कामदार लिनेगरी छलफल अघि बढाउन लागिएको जानकारी दिए।
यसअघि ती मुलुकसँग सरकारी तहमा नेपाली कामदार लैजाने विषयमा यस्तो छलफल भएको थिएन । अब भने सम्बन्धित सरकार र रोजगारदाता कम्पनीहरुसँग नै छलफल गर्न नेपाली टोली ती मुलुकहरुमा जाने तयारी भएको उनले बताए ।
उनले अहिलेसम्म नयाँ पहिचान भएका मध्ये क्यानडाले नेपाली कामदार लिन सक्ने सम्भावना बढी देखिएको बताए । उनले क्यानडामा दक्ष कामदारको माग उच्च भएकाले सीप भएका नेपाली कामदार पठाउनेबारे अब सरकारी तहमै छलफल गरिने बताए । नयाँ रोजगारी खुल्न लागेका देशमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन्  भन्दै उनले ‘यसअघि त्यहाँ रहेका कुटनीतिक नियोग र गैरआवासीय नेपालीहरुबाट लिएको सूचनामा आधारमा सम्भावना पहिल्याइएको बताए । अब भने सम्बन्धित देशका सरकारी अधिकारी र रोजगारदातासँग नै छलफल गरेर उचित वातावरण बनाउँने बताउँदै लम्सालले भने,‘यी मुलुकमा नेपाली कामदार पठाउन सुरु गर्न सके बढी जोखिमयुक्त बनेको खाडीको विकल्प तयार हुनेछ’।  संयोजक लम्सालका अनुसार दक्ष नेपाली कामदार लैजाने विषयमा क्यानडा पनि सकारात्मक रहेको समितिको ठहर छ । गत १२ बैशाखमा गएको विनासकारी भूकम्पपछि एक क्यानेडेली मन्त्रीले नेपाली कामदारलाई अवसर दिने विषयमा चासो व्यक्त गरेका थिए । यसैगरी एसियाली देश सिंगापुरमा पनि दक्ष कामदारको माग उच्च रहेकाले त्यहाँ बजार प्रर्वद्धन गर्न सकिने समितिको ठहर रहेको छ । युरोपेली मुलुक पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता बढी देखिएको उनले जानकारी दिए ।
दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने सो समितिले निश्कर्ष निकालेको छ ।
समितिले १५ ओटा मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि पाँच ओटालाई प्राथमिकता दिएर बजार प्रर्वद्धन गर्न लागेको हो ।
नयाँ बजार खोजी समितिले यसअघि नै ति देशहरुमा नेपाली कामदार पठाउन सम्भाव्य रहेको भन्दै तत्काल प्रक्रिया अघि बढाउन श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको थियो । श्रम मन्त्रालयले गत साता सार्वजनिक गरेको १ सय दिने प्रतिवद्धता पत्रमा ३ ओटा देशसँग नेपाली कामदार लैजानेबारे सरकारी तवरमा छलफल अघि बढाउने उल्लेख छ । 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि पहिचान भएका एशियाली, अमेरिकी र युरोपेली मुलुकमा आकर्षक आम्दानी हुने बताए । ती देशमा श्रम कानुन सहज र व्यववहारिक भएको तथा अन्य देशमा भन्दा अवसर पनि पर्याप्त रहेको उनको भनाई छ । यसैगरि, समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी मुलुकसम्म परेका छन् । जसमा डाक्टर, इन्जिनियर लगायत दक्ष कामदारको उच्च माग रहेको छ । केन्या, दक्षिण अफ्रिका लगायतका मुलुकमा दक्ष नेपाली कामदार जान सक्ने सम्भावना देखिएको पनि सो समितिको ठहर छ ।
‘व्यक्तिगत श्रम स्वीकृतिमा यी देशमा कामदार गइरहेको भेट्यौं । यसलाई संस्थागत गर्न सके आकर्षक श्रम गन्तब्य बनाउन सकिने हाम्रो लक्ष्य हो,’ डा. लम्सालले भने । दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने सो समितिले निश्कर्ष निकालेको छ । तर, पहिलो चरणमा भने बढी सम्भावना देखिएका क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्डमा सरकारी टोली नै पुगेर छलफल गर्ने भएको उनले जानकारी दिए ।

Monday, January 25, 2016

चन्द्रागिरीको केवलकार बैशाखदेखि सञ्चालनमा आउने , ९० प्रतिशत निर्माण पुरा, सवा ३ अर्ब रुपैयाँ लगानी

मधुजंग पाण्डे
चन्द्रागिरी, ९ माघ –काठमाडौको थानकोटदेखि चन्द्रागिरी डाँडामाथीसम्म जाने केवलकार आगामी १ बैशाखबाट सञ्चालनमा आउने भएको छ । पहिलो चरणमा प्रति घण्टा एक हजार यात्रु आवत–जावत गर्ने क्षमता सहित निर्माण हुँदै गरेको सो केबलकार सवा ३ अर्ब रुपैयाँ भन्दाबढी लगानीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष मिनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालीका प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल र उमा जिसी सहित ५ जना मिलेर सञ्चालनमा ल्याउन लागेका हुन । यि सबै व्यवसायीको संयुक्त लगानीमा निर्माणाधिन केबलकार अहिले काठमाडौं फनपार्क लिमिटेडले चन्द्रागिरी डाँडाको ७ सय ३६ रोपनी जग्गा आगामी ४० वर्षकालागि सरकारसँग भाडामा लिएर ठुलो मेगा परियोजनाका रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।  चन्द्रागिरी नगरपालिका–६ मा ५ तारे रिसोर्ट, जिप फ्लायर, प्याराग्लाइडिङ लगायत अत्याधुनिक सुविधासहित तिब्रताकासाथ निर्माण हुँदै गरेको सो केबलकार ‘चन्द्रागिरी हिल्स’ ब्राण्डको रुपमा बिस्तार हुने छ ।
राजधानीको मुख्य केन्द्रिय शहरदेखि छोटो दुरीमा रहेको थानकोट प्रहरी चेकपोष्ट भन्दा केही माथी गोदामचौरको बटम स्टेशनबाट चन्द्रागिरी डाडामाथी २ हजार ५ सय ४० मिटर उचाइमा रहेको भालेश्वर महादेवको मन्दिर र भ्यु टावर सम्म पुग्ने सबै सुविधायुक्त अत्याधुनिक केबलकारको दुरी जम्मा साढे २ किमी रहेको छ । जसमा विभिन्न ठाउँमा गरी ११ ओटा टावर निर्माण भईसकेका छन । अब टावरमा तार टाँगी केबलकारको गोन्डला झुन्ड्याउने काम मात्र बाँकी रहेको छ ।
आइएमई ग्रुप एवं चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बैशाखसम्म व्यवसायीक रुपमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको यस केवलकार निर्माणको काम अहिले करिब ९५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले आगामी १ बैशाखको नव वर्षको दिनबाट यस केबलकारलाई पूर्ण व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी दिए ।  उनले बिशेषगरि मलेसियाको ग्यान्तेनहिल साइडको कन्सेप्टमा सञ्चालनमा ल्याइने यस केबलकारले काठमाडौ शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीवासीलाई छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य दिलाउन सफल हुने अपेक्षा गरिएको बताए ।
सो परियोजनाका प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले संसारकै उत्कृष्ट्र केबलकार निर्माता कम्पनी डुपल मेयरको प्राविधिक सहयोगमा निर्माण भईरहेको यस केवलकार अहिलेसम्मकै निकै सुरक्षित र आकर्षक रहेको बताए । उनले ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले निकै आकर्षक यस चन्द्रागिरी डाडालाई आकर्षक पर्यटकीय गन्तब्यस्थल बनाउन यो केबलकार निकै उपयोगी र फलदायी हुने दावी गरे । उनले राष्ट पिता पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका लगायत पुरै नेपाल एकिकरण गर्नुअघि  यहाँ आएर मनले चिताएको पुरा होस भनि बर मागेको ठाउँ चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको मन्दिर, भ्यु टावर, नुवोकोटको सात तले दरबार जस्तै ५ तारे रिसोर्ट लगायतका पर्यटकीय पूर्वाधार सँगै मुलुककै नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन आफुहरुले यस ठाउँमा केबलकार निर्माण गरेको बताए ।  सोही परियोजनाका सुरक्षा प्रमुख सशिहजुर सिलवालले यस केबलकारको हरेक टावरमा अत्याधुनिक सेन्सर जडान गरिएकाले  सुरक्षा व्यवस्था एकदमै राम्रो हुने दावी गरे ।  उनले आगामी बैशाखसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको यस केवलकार निर्माणको काम  अहिले ९५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पर्यटकीय गन्तब्यस्थलका रुपमा विकास गर्न लागिएको बताए  । गोदामचौरबाट चन्द्रागिरीसम्म जम्मा साढे २ किमी दुरी रहेको केवलकारबाट यात्रा गर्न जम्मा ८ मिनेट लाग्ने छ ।
अन्य पर्यटकीय गतिविधी सञ्चालन गर्नकालागि सो कम्पनीले केबलकारको बटम स्टेशन मुनी गोदामचौरमा छुट्टै ५५ करोड रुपैयाँमा १ सय रोपनी जग्गा खरिद गरेको छ ।
चन्द्रागिरी केबलकारको निर्माणाधिन टप स्टेशन नजिकै भ्यु टावर र भालेश्वर मन्दीर रहेको छ । जहाँ बालबालिकादेखि बुढाबुढीसम्म रमाउन मिल्ने थिम (मनोरञ्जन) पार्क, सपिङ सेन्टर, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, फोरडी थियटर, पाँचतारे स्तरको आकर्षक पर्यटकीय लक्जरी होटल, जीप फ्लायर, गल्फ कार्ट लगायतका सुविधाहरु उपलब्ध हुने अर्का लगानीकर्ता मिनबहादुर गुरुङले जानकारी दिए ।
उनले केवलकार सहित यहाँको पुरै परियोजनाको काम सम्पन्न हुँदा करिब सवा तीन अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने बताए । उनले यस केबलकार सञ्चालनमा आएपछि राजधानीबासी लगायत विदेशी पर्यटकलाई चन्द्रागिरी निकै आकर्षक गन्तव्य बन्ने दावी गरे । अहिले बटम स्टेशन र टप स्टेशनमा केवलकारको भवन तथा टावरहरु निर्माण कार्य सम्पन्न भईसकेको छ । यससँगसँगै माथी चन्द्रागिरी डाँडामा मनले चिताएको इच्छा पुरा हुने भालेश्वर महादेवको मन्दिर र दृश्यावलकोनका लागि भ्यू टावर निर्माण लगायत अन्य पर्यटकीय पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ ।  थानकोटदेखि चन्द्रागिरीसम्म जम्मा ११ ओटा केबलकारको टावर (पोल) निर्माण भइसकेका छन। यस चन्द्रागिरी डाडाबाट काठमाडौ उपत्यका लगायत उत्तरी पूर्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा र दक्षिणमा विरगञ्ज शहरको दृस्यावलोकन गर्न सकिन्छ ।
अहिले थानकोटबाट चन्द्रागिरीसम्म जानकालागि ३८ ओटा केवलकार झुन्ड्याइने छ । एउटा कारमा ८ जनाले यात्रा गर्न सक्ने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।  उनले यस केवलकारबाट प्रतिघण्टा एक हजार जनासम्म मान्छे बोक्ने गरी पूर्वाधार निर्माण भइरहेको बताए । उनले केबलकारका सबै सामान एवं उपकरणहरु अस्ट्रेलिया र सिंगापुरबाट ल्याइएको बताए । केवलकार गत बैशाखमा नै सञ्चालनमा ल्याइसक्नुपर्ने भएपनि भूकम्प, नाकाबन्दी लगायतका कारण बाटो निर्माणसँगै अन्य पूर्वाधार निर्माणमा केही ढिलाई हुन पुगेको बताए । उनले सो परियोजना पुरा गर्नकालागि अहिले चित्लाङ भञ्ज्याङदेखि माथी केबलकारको टप स्टशनसम्म करिव साढे ३ किमि मोटरबाटो आफै खनिएको बताए । उनले अब यस चन्द्रागिरी डाँडालाई सजिसजाउ र सुबिधायुक्त बनाउने  कम्पनीको लक्ष्य रहेको बताए । समुन्द्री सतहबाट २४ सय ४० मिटर उचाई रहेको चन्द्रागिरीमा केवलकारबाट हरियो घना जंगलको दृस्यावलोकन गर्दै यात्रा गरिने छ । केवलकारको टप स्टेशनमा पुग्ने वित्तिकै आँखै अघि १ सय ६० डिग्रीको कोणमा सेतै हाँसेका हिम श्रृंखलाका दृस्यावलोकन गर्न पाइनेछ । त्यहाँबाट काठमाडौं, ललितपुर भक्तपुरका अधिकांश भागहरु सजिलै आँखाले देख्न पाइन्छ । अब यस भ्यूटावरमा फोरडी थियटर समेत बनाउन लागिएको छ । जहाँ शैक्षिक सामाग्री, चन्द्रागिरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पती, पशुपन्छीदेखि किरा फट्याङग्रासम्मको भिडियो हेर्न पाइनेछ ।
करिव २०÷२५ मिनेटको भिडियो एक पटकमा ४० जनासम्मले हेर्न सक्छन् । भ्यू टावर पनि केवलकार सँगसँगै सञ्चालनमा आइसक्ने छ । जहाँ आकर्षक बोटानिकल गार्डेन बनाइने छ । हरियाली मेन्टेन गर्नका लागि कम्पनीले बायो इञ्जिनियरिङ गर्ने बताएको छ । केवलकारबाट ओर्लिएपछि यात्रुले चन्द्रागिरी डाँडामा रहेको मनको इच्छा पुरा हुने भालेश्वर महादेवको मन्दिरमा पुगेर दर्शन गर्न सकिन्छ ।
मन्दिरसँगैको भ्यू टावरबाट पर्यटकले त्यहाँबाट देखिने मनोरम दृस्यमा रमाउन पाउने छन । भ्यू टावरको भुँइतलामा सर्वसाधारणका लागि फुड कोर्ट हुनेछ भने त्यसमाथिको तलामा खर्चालु पर्यटकलाई लक्षित गरी फाइनडाइन रेष्टुरेन्ट सञ्चालन हुने छ । सो डाँडाबाट करिव एक किलोमिटर तल झरेपछि पाँचतारे स्तरको रिसोर्टमा पुगिने छ । भ्यू टावरबाट रिसोर्टसम्म पुग्ने बाटोको दायाँबायाँ फुल लगाएर सुन्दर बनाइने छ ।
त्यो सँगै भ्यू टावरबाट रिसोर्टसम्म जिप फ्लायर बनाइने छ । करिव ९ सय मिटर दुरी रहने जिप फ्लायरको ल्यान्डिङ स्टेशन रिसोर्ट नजिकै रहने छ । यसैगरि यहाँ यात्रा गर्नकालागि अब यस कम्पनीले वातावरणमैत्री इलेक्ट्रिक भेहिकल (गल्फ कार्ट्र)को व्यवस्था गर्ने छ ।रिसोर्टमा बँगैचाको आनन्द लिँदै हिँडेर जान पनि सकिन्छ, जिप लाइनरबाट पनि जान सकिन्छ, गल्फ कार्टबाट पनि जान सकिन्छ । फर्किदा भने कि त हिँड्नुपर्ने हुन्छ कि त गल्फ कार्ट चढ्नुपर्ने हुन्छ ।
उनले  यस चन्द्रागिरीमा एकै पटकमा १० हजार व्यक्तिलाई होल्ड गर्नेगरी पर्यटकीय पूर्वाधार  निर्माण गरिने बताए । उनले खर्चालु पर्यटकलाई लक्षित गर्दै यहाँ पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिने बताए । आगामी दुई वर्षिभत्रमा सो रिसोर्ट पूर्ण रुपले सञ्चालनमा आइसक्ने बताए । करिव ८० करोड लगानी रहने रिसोर्टमा १ सयओटा डिलक्स रुमहरु रहने छ । सो रिसोर्टमा दुईओटा स्वीट रुम समेत बनाइने छ । रिसोर्टमा स्वीमिङ पुल, स्पा, ज्याकुजी, स्वना, स्टीम वाथ, जीम हाउस, मिनी क्यासिनो लगायतका सबै सुविधाहरु हुने उनले जानकारी दिए । सो रिसोर्टमा ४ ओटा छुट्टाछुट्टै भवन निर्माण गरिने छ । दुईवटा भवनमा २४÷२४ रुमहरु रहनेछन भने दुईओटा भवनमा २६÷२६ रुम रहने छन् । पर्यटकलाई थानकोटबाट केवलकार हुँदै चन्द्रागिरी डाँडामा लगिने छ ।  त्यहाँबाट जीप फ्लायर वा गल्फ कार्टबाट रिसोर्टमा लगिने छ ।
रिसोर्ट पुग्ने अधिकांश ग्राहक विदेशी हुने र त्यससँगै यहाँका ठुला व्यवसायीहरु, उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी संस्थाका कर्मचारी, एवं कर्पोरेट हाउसका बैठक तथा सेमिनारलाई लक्षित गरि यस रिसोर्ट बनाइने छ ।
रिसोर्ट माथीको बटम स्टेशनमा रहेको १ सय रोपनी जग्गा मध्ये ५० रोपनीमा केवलकारको भवन बनिरहेको छ भने बाँकी ५० रोपनी जग्गामा थिमपार्क (मनोरञ्जन पार्क) निर्माण गरिने छ । करिव ५० करोड लगानी रहने पार्कमा बच्चादेखि बुढा बुढीसम्म रमाउन सक्नेछन् । भवनको सबैभन्दा तल सर्वसाधारणका लागि फुड कोर्ट हुने छ । त्यसभन्दा माथि खर्चालु ग्राहकलाई लक्षित गर्दै फाइनडाइन रेष्टुरेन्ट खोलिने छ भने त्यसभन्दा माथि ब्रान्डेड शप हुनेछ । यहाँ आगन्तुकका २ सय कार, ४ सय मोटरसाइकल र १ सयओटा बस पार्किङ गर्न मिल्ने ठाउँ बनाइँदै छ । अहिलेसम्म यस परियोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, ग्रान्ड बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले कर्जा लगानी गरेका छन् ।