Wednesday, September 25, 2013

मुक्तक प्रतिष्ठानद्धारा बाढी पीडितका लागि रहत रकम हस्तान्तरण

काठमाडौ– दार्चुलाका बाढीपिडितकालागि नेपाल मुक्तक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत १ लाख ७ हजार २ सय ८१ रुपैँया राहत स्वरुप हस्तान्तर गरेको छ । बुधबार अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकक्षमा पुगेर प्रतिष्ठानले सो रकम हस्तान्तरण गरेको हो ।  प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुदूर पश्चिमाञ्चलका बाढी पीडितहरुको सहयोगार्थ केही समयअघि प्रतिष्ठानले काठमाण्डौमा आयोजना गरेको ‘मुक्तक माहौल–२०७०’ बाट उठेको राहत रकम मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत  हस्तान्तरण गरेका हुन ।  प्रतिष्ठानका अध्यक्ष कोनेले नेपाली मुक्तकको विधागत विकास र विस्तारका लागि प्रतिष्ठानले यस्ता महौल हरेक वर्ष आयोजना गर्दै जाने बताए ।  उनले जर्बरजस्ती धम्क्याएर वा मागेर होइन अब मुत्तक मार्फत दाताको मनखुसी पारेरै  सजिलै राहत कोषमा रकम जम्मा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आफुहरुले पहिलोपटक यस्तो कार्यक्रम गरेको बताए ।  प्रतिष्ठानका महासचिव रमेश पौडेलले सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भनेर गत ५ साउनमा काठमाण्डौमा भव्यताकासाथ मुक्तक माहौल आयोजना गरिएको र त्यहाँ संकलित रकम अहिले कोषलाई हस्तान्तरण गरेको बताए । सो कार्यक्रममा मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले श्रष्टाहरुले देश र समाजलाई दिशा निर्देश गर्नुका साथै आफ्ना सिर्जना मार्फत सकारात्मक सोच र सन्देश दिने गरेको बताए । राहत रकम हस्तान्तरण समारोहमा रत्न शम्सेर थापा, राजेन्द्र थापा, उषा शेरचन, ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली, यादव भट्टराई, बादल घिमिरे,आनन्द श्रेष्ठ, कल्पना श्रेष्ठ, दिव्य गिरी र निशा केसीको सहभागिता रहेको थियो ।    

No comments:

Post a Comment