Tuesday, April 15, 2014

सगरमाथा आरोहणबाट साढे ३१ करोड आम्दानी

काठमाडौं,२ बैशाख–विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट
गत वर्ष सरकारले नेपालको एक आरोहण दल तथा सगरमाथा सरसफाइ अभियानमा आएको भारतको एक दललाई आरोहण अनुमति शुल्क (रोयल्टी) मिनाहा गरिदिएको थियो। 'यसपालि भने कुनै पनि दललाई रोयल्टी मिनाहा गरिएको छैन,' बुर्लाकोटीले भने। सहसचिव बुर्लाकोटीका अनुसार यसपालि सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्। महाशाखाका अनुसार गत वर्ष ३१ दलले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए। त्यसबेला ३ सय २९ आरोही सहभागी थिए। ती दलबाट रोयल्टीवापत ३१ लाख ६५ हजार डलर उठेको थियो। यसपालि गत वर्षभन्दा करिब १ करोड रुपैयाँ बढी रोयल्टी उठेको छ। अर्को वर्ष ४० करोड कट्ने अनुमान छ।
'अनुमति पाएका सबै आरोहीले सामान्य रुट (दक्षिण–पूर्वी मोहोडा) बाट शिखर पुग्नुपर्छ,' बुर्लाकोटीले भने, 'अनुमति पाएको ७५ दिनभित्र शिखर पुगिसक्नुपर्ने नियम छ।' सगरमाथा शिखरतिर गएका आरोहीलाई समन्वय गर्न पर्यटन मन्त्रालयले प्रत्येक दल (नेपाली बाहेक) लाई एक–एक सम्पर्क अधिकृत (लियाजों अफिसर) खटाएको छ। सम्पर्क अधिकृतको पहिलो टोली पर्यटन मन्त्रालयका उपसचिव कृष्ण लम्सालको नेतृत्वमा अहिले सगरमाथा आधारशिविर पुगेको सहसचिव बुर्लाकोटीले जानकारी दिए। मन्त्रालयले ६ हजार ५ सय मिटरभन्दा बढी उचाइका हिमालका लागि मात्र सम्पर्क अधिकृत खटाउने गरेको छ। नेपाली दललाई भने विदेशी दलकै लागि खटिएका सम्पर्क अधिकृतले समन्वयको काम गर्ने जिम्मेवारी दिइएको हुन्छ। आधारशिविरमा रहेको मन्त्रालयको सम्पर्क कार्यालयले काम सुरु गरिसकेको छ।
यसअघि सगरमाथामा विभिन्न कीर्तिमान राख्न होडबाजी हुने गरे पनि यसमालि भने कसैले पनि कीर्तिमानका लागि आवेदन दिएनन्। अघिल्ला वर्ष सगरमाथा चुचुरो पुगेर आएपछि यस्तो र उस्तो रेकर्ड राख्यौं भन्ने गरे पनि यसपालि अग्रिम अनुमति लिनुपर्ने नियम भएकाले कसैको आवदेन परेन। सरकारले गत माघ २९ मा सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको थियो। घटेको रोयल्टीमा सगरमाथा आरोहण अनुमति लिन नेपाली आरोहीका लागि फागुन १ बाटै कार्यान्वयन भएको थियो भने विदेशी आरोहीका हकमा २०७१ पुस १७ बाट लागू हुनेछ। यसअघि नेपाली र विदेशी आरोहीलाई सगरमाथा चढ्न एउटै रोयल्टी तिर्नुपर्थ्यो भने अब फरक भएको छ। महाशाखाका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। हाल यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) छ।
नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न लगभग सतप्रतिशत छुट पाएका छन्। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि अब त्यसमा ९७ प्रतिशत (२४ लाख ३५ हजार रुपैयाँ) छुट भएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले अब ६० हजार रुपैयाँ तिरे पुग्छ भने यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।
महाशाखाका अनुसार सोमबारसम्म मनास्लु, कञ्चनजंघा, अमादब्लम, ल्होत्से, न्हुप्त्से, अन्नपूर्णलगायत २५ हिमाल आरोहण गर्न ८४ दलले अनुमति लिएका छन्। तीमध्ये ६ सय ७ पुरुष र १ सय २४ महिला छन्। तिनका लागि ७२ जना सम्पर्क अधिकृत खटिएका छन्। महाशाखाले बिदाको दिनमा पनि आरोहीलाई आवश्यक सेवा दिइरहेको छ। यसपालि वसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ। नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट ३२ लाख ५० हजार अमेरिक डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) आम्दानी गरेको हो। 'यो आम्दानी उल्लेख्य हो,' पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुख तथा सहसचिव मधुसुदन बुर्लाकोटीले भने,'यसपालि वसन्त ऋतुमा सगरमाथा जाने आरोहण दल लगभग सकिए पनि अझै दुई–चारवटा आउने अनुमान गरेका छौं।' उनका अनुसार वैशाख १ (सोमबार) सम्म नेपालका एक विदेशका ३१ गरी ३२ दलले सर्वोच्च शिखर आरोहण गर्न अनुमति लिएका छन्। नेपाली आरोहण दलमा भने सोलुखुम्बुका कामी शेर्पा सहभागी छन्। उनी एकल आरोहणमा गएका हुन्।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete