Monday, April 28, 2014

सगरमाथा क्षेत्रको घटनामा अनावस्यक राजनीति नगर ः पर्यटनमन्त्री , एनएमए, टान लगायत विभिन्न संस्थाद्धारा मृतक र घाइतेका परिवालाई राहतको चेक हस्तान्तरण

काठमाडौ, ९ बैशाख –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले गत शुक्रबार बिहान ६.३० बजे सगरमाथा क्याम्प १ र २ को बीच भागमा गएको हिमपहिरोमा परि १६ जनाको मृत्यु र ६ जना घाइते भएको घटनामा अनावस्यक राजनीति नगर्न सबैलाई आग्रह गरेका छन। सो दुर्घटना दैवि प्रकोप भएकाले यसमा कसैको पनि दोष नरहेको भन्दै उनले सरकारले घटना भएको जानकारी पाउनासाथ तत्काल उद्धार कार्य थालेकाले यस विषयमा केसैलाई पनि राजनीति नगर्न आग्रह गरे ।    पर्यटन मन्त्रालयद्धारा मंगरबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री आचार्यले मुलुकको हिमाली क्षेत्र रोजगार र आर्यआर्जनको  राम्रो माध्यम भएकाले कसैले यो घटनालाई राजनीतिक रुप दिएर यस वर्षको सगरमाथा आरोहण नै रोक्ने सम्मको अभिब्यक्ति दिएर अवरोध गर्न खोज्छ भने सरकारले त्यस्ता व्यक्तिलाई नछाड्ने बताए । सरकारले यस प्राकृतिक विपत्तिलाई निकै गम्भिरतापूर्वक लिएर पिडितलाई तत्काल राहत उपलब्ध गराउने काम गरेको दावी गर्दै उनले यस्तो संवेदनशिल विपत्तिको घटनालाई राजनीतिक रुप दिएर अनावस्यक विरोधका काम नगर्न समेत सम्बन्धीत सबैलाई आग्रह गरे । यसअघि मृर्तक आरोहीका सहयोगिका परिवारहरुलाई जनही तत्काल क्रिया खर्च स्वरुप ४० हजार रुपैयाँ दिने व्यवस्था नभएपनि अहिले उपलब्ध गराउन सरकार सफल भएको जानकारी दिँदै उनले यो प्राकृतिक दुर्घटना भएकाले मुलुकले पिडित परिवारलाई आवस्यक सहयोग पु¥याएर सोक मनाएको बताए ।      
अहिले केही सञ्चार माध्याममा आएका हिम पहिरोको कारण सहयोगी आरोही फर्कन लागेको भन्ने समाचार सत्य नभएको दावी गर्दै उनले  नेपालको हिमाली क्षेत्र रोजगार र आर्यआर्जनको  राम्रो माध्यम भएकाले कसैले यो घटनालाई राजनीतिक रुप दिएर अबरोध गर्छ भने त्यो हिमाल र संसारको लागि अन्याय ठहर्ने बताए । अहिले हिमपहिरोमा परी हराइरहेका स्वदेशी पथपदर्शकहरुको खोजी कार्य तीब्र रुपले अघि बढीरहेको जानकारी गराउँदै मन्त्री आचार्यले मृत्यु भएका, घाइते भएका र हराइरहेकालाई सक्दो राहत दिन सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले आगामी दिनमा पनि यस्ता घटना हुन नदिन र पिडितलाई सकेसम्म छिटो बढी राहत प्रदान गर्न एउटा छुट्टै राहत कोष स्थापना गर्न पनि जरुरी रहेको बताए । 
सोही अवसरमा मृतक एवं हराइरहेकालाई पथपदर्शकहरुका परिवारलाई नेपाल पर्वतारोहण संघ(एनएमए), ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल ( टान) लगायत विभिन्न संस्थाहरुले आ–आफ्ना संस्थाको तर्फबाट घोषणा गरिएका रकमको  चेक पनि मृतकका परिवारलाई हस्तान्तरण गरिएको थियो ।  एनएमए र टानले हिमपहिरोमा परि ज्यान गुमाएका मृतकका परिवालाई जनही ५० हजार र घाइतेका परिवारलाई ३५ हजार रुपैयाँको चेक प्रदान गरेको थियो ।  हिम पहिरोमा मृत्यु हुनेहरुको परिवारलाई एनएमएका अध्यक्ष आङछिरिङ शेर्पा  र टानका अध्यक्ष रमेश धमलाले राहत रकमको चेक प्रदान गरेका थिए । सो राहत रकम लिन मृर्तकका श्रीमतीहरु निकै साना दुधे बालबच्च च्यापेरै कार्यक्रम स्थल पुगेका थिए । त्यो दृस्य एकदमै कारुणीक थियो । पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरेले यस घटनाले नेपाल मात्र नभएर समस्त विश्वलाई दुखीत बनाइरहेको अवस्थामा नेपाली सञ्चारमाध्यमले निकै संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले संघले मृतकका आरोहीका बच्चालाई पढाउने पनि बताए । उनले मृर्तकका परिवारका लागि पर्वतारोहण संघले तत्काल र दीर्धकालिन राहतका कार्यक्रम ल्याएको जानकारी दिए । सो कार्यक्रममा पूर्व पर्यटन मन्त्री याङकिला शेर्पा, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, टानका प्रथम उपाध्यक्ष कामीरिन्जी शेर्पा लगायतले आरोहीका परिवारलाई परेको विपत्तिमा सक्दो सहयोग गर्न सरकारले कुनै कन्जुस्याइँ गर्न नहुने बताएका थिए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete