Friday, April 25, 2014

हिम पहिरोमा परी १२ जनाको मृत्यु

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,५ बैशाख
सगरमाथाको पहिलो र दोस्रो शिविरको बीचमा शुक्रबार बिहान ६.३० बजे गएको हिमपहिरोमा परि १२ जनाको मृत्यु भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको करिब ५ हजार ९ सय उचाइमा रहेको सगरमाथा क्याम् १ र २ को बीच भागमा गएको हिमपहिरोमा परि आरोहणको क्रममा ज्यान गुमाउने सबै जना स्वदेशी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हिम पहिरोमा परि ज्यान गुमाउनेहरुमा विभिन्न आरोहण दल एवं ट्रेकिङ कम्पनीबाट गएका आरोहीका सहयोगी (शेर्पा)गाइड, उच्च क्षेत्रमा काम गर्ने कामदार एवं आरोहण दलका सरदार भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार सो हिम पहिरोमा परी मृत्यु हुनेहरुमा सोलुखुम्बु नाम्चे क्षेत्रका मिङमानुरु शेर्पा, दोर्जे शेर्पा, आङछिरिङ शेर्पा, निमा शेर्पा, फुर्वा ग्याल्जेन शेर्पा, छिरिङ वाङचु शेर्पा, ताप्लेजुङका दोर्जे खत्री, संखुवासभाका देनदोर्जे शेर्पा,  आसबहादुर तामाङ, पासाङ कर्म शेर्पा, फूरतेम्वा शेर्पा र  कर्मा शेर्पा  रहेका छन् । यसैगरी  सो हिम पहिरोमा परी  बेपत्ता हुनेहरुमा तेञ्जिङ शेर्पा, आङकाजी शेर्पा, पेमा तेञ्जी शेर्पा र आसबहादुर गुरुङ रहेका  छन ।  हिम पहिरोमा परी मृत्यु हुने विभिन्न आरोहण दलका सदस्यका परिवारलाई अहिले तत्काल राहत स्वरुप क्रिया खर्चवापत प्रति परिवार ४० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।    मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले सो हिम पहिलोमा परि १२ जनाको ज्यान गएको, ४ जना हराइरहेका र ६ जना घाइते भएको बताए । अहिले घाइते मध्ये गम्भिर ४ जना लाई तत्काल उद्धार गरि हेलिकोप्टर मार्फत काठमाडौ ल्याएर विभिन्न अस्पतालमा उपचार भईरहेको जानकारी गराउँदै उनले घाइते दुईजनाको अवस्था सामान्य भएकाले सोलुखुम्बुमा नै उपचार भईरहेको बताए ।  प्रवक्ता सापकोटाका अनुसार ज्यान गुमाउनेहरुमा हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिबाट गएका ५ जना साँग्रिला नेपाल ट्रेकिङबाट गएका ५ जना, समिट नेपाल ट्रेकिङ प्रालिबाट गएका १ जना र हिमालयन एक्सट्राकी ट्रेक्स एण्ड एक्सपीडिसनबाट गएका १ जना गरि १२ जना रहेका छन।  
युनिट्राभका महासचिव सुमन पराजुलीले भने विभिन्न कम्पनीबाट गरि १३ जनाको हिमपहिरोमा परि ज्यान गएको बताए । उनले सो हिमपहिरोमा परि युनिट्राभका उपाध्यक्ष दोर्जे खत्रीको समेत ज्यान गएको जानकारी गराए ।   मन्त्रालयका अनुसार विभिन्न ट्रेकिङ कम्पनीकागरि सबै टोलीमा गरी ५० देखि ६० जना छन्।  आधार शिविरमा सिम्रिक एयरका दुईसहित अन्य निजी कम्पनीका हेलिकोप्टर आरोहण दलको उद्धारका लागि पुगेका थिए । सिम्रिक एयरका अनुसार हिमपहिरोमा घाइते भएका तीनजनालाई हेलिकोप्टरबाट लुक्ला हुँदै काठमाडौ ल्याइएको  भएपनि प्रतिकुल मौसमका कारण उद्धारमा समस्या परेको बताईएको छ । उनीहरु सगरमाथाको आधार शिविरबाट क्याम्प १ भन्दामाथी भारी लिएर गएका थिए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete