Monday, April 28, 2014

विमानस्थलमा सवारी चालकबीच झडप

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १० बैशाख
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलका मिटर ट्याक्सी सञ्चालक र विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडद्धारा सञ्चालित नयाँ प्रिपेड सवारी चालकबीच झडप हुँदा करिब ६० जना नयाँ प्रिपेड सवारी चालक घाइते भएका छन । घाइतेहरुलाई सामान्य उपचारपछि घर पठाईएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका सञ्चालक जेबी कार्कीले जानकारी दिए । उनले बुधबार साँढे ३ बजे भएको झडपमा लिमिटेड तर्फका करिब ५ दर्जन सवारी चालक घाइते भएको बताए । उनले कालो नम्बर प्लेटका मिटर ट्याक्सी सञ्चालकहरुले बुधबार विमानस्थलमा होडिङ बोर्ड ल्याएर राखेको विषयलाई लिएर भएको केही समयको भनाभनपछि झडपको स्थिती नै उत्पन्न भएको बताए । उनले मिटर ट्याक्सी सञ्चालकहरुले केही अपरिचित मान्छेहरु समेत लगाएर आफ्ना ६० जना सवारी चालकहरुलाई लछार पछार गरि पिटेर हिँडेको बताए । अहिलेसम्म राज्यले कुनै सुविधा नँिदापनि अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ओटा हरियो नम्बर प्लेटका नयाँ प्रिपेड सवारी सञ्चालन गरि यात्रुहरुलाई सेवा दिएको जानकारी गराउँदै उनले सोही घटनालाई लिएर आफुहरुले बिहीबारबाट हरियो प्लेटका कुनै पनि सवारी नचलाउने निणर्य गरेको बताए । उनले लिमिटेड र विमानस्थल व्यवस्थापनबीच पहिले भएको सम्झौता अनुसार १० ओटा भन्दा बढी कालो प्लेटका मिटर टयाक्सी विमानस्थलभित्र पस्न नपाउने प्रावधान बिपरित बुधबार एकैपटक धेरैओटा टयाक्सी ल्याएर जर्बरजस्ती गर्न खोजेकाले यस्तो झडप भएको बताए । उनले आफ्ना मान्छे पिट्नेलाई कारबाही र विमानस्थल कार्यालयसँग भएको विगतका सम्झौता कार्यान्वयन नभएसम्म आफुहरुले यहाँका हरियो नम्बर प्लेटका सबै प्रिपेड सवारी सञ्चालन बन्द गरेर २ सय ओटा गाडी नै बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा लगेर बुझाउने निणर्य भएको समेत जानकारी दिए ।
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) यादव अधिकारीले विमानस्थल भित्र सञ्चालित हरियो नम्बर प्लेटका नयाँ प्रिपेड र मिटर ट्याक्सी सञ्चालकबीच सामान्य झडप भएको र सुरक्षाकर्मीले बेलैमा छुट्टाएकाले धेरै घाइते नभएको बताए । उनले सेनाको एउटा समुह बुधबार विदेश जानकालागि मिटर ट्याक्सीमा विमानस्थलभित्र पसेको विषयलाई हरियो प्लेटवालाले लखेट्ने क्रममा नै सो झडप भएको बताए । निकै सयम विमानस्थलमा दुई पक्षबीच झगडा हुँदा विदेशबाट आएका पर्यटकलाई  समेत नकारात्मक असर परेको बताउँदै अधिकारीले भने, ‘ विमानस्थलभित्र जडान गरिएको  सिसी टिभीको फुटेज हेर्दा दुबै पक्षबीच भएको झगडालाई तत्काल सुरक्षाकर्मीले छुट्टाउन सफल भएकाले ठुलो झडप हुन पाएन’ । नत्र यहाँ निकैबेर तनाव हुनसक्थ्यो भन्दै उनले यो विमानस्थलभीत्रको पुरानै समस्या भएकाले आफुले अब यस्ता घटना नदोहोरिने प्रयास गर्ने बताए । विमानस्थल कार्यालयका महाप्रवन्धक ऋषिकेश शर्माले अहिले आफु राजधानी बाहिर भएकाले यस विषयमा कुनै जानकारी नै नभएको बताए ।    विमानस्थल कार्यालयको धेरै लामो समयको प्रयासपछि गत २१ पुसबाट औपचारिक रुपमा मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुराना थोत्रा ट्याक्सी हटाएर नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याइएको थियो । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले सोही बेलादेखि २ सय ओटा अत्याधुनिक नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा  सञ्चालित नयाँ अत्याधुनिक सवारीहरुमा  मारुतीका १ सय ओटा र फोर्डका १ सय गरि दुईसयओटा रहेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकसँगको करिब ४५ करोड ऋण लगानीमा लिमिटेडले आरामदायी अत्यधुनिक नया“ प्रिपेड सवारी सञ्चालनमा ल्याइएको हो । पहिले सञ्चालित थोत्रा ट्याक्सी विस्थापित गरि अत्याधुनिक सुविधायुक्त हरियो नम्बर प्लेटका नयाँ सवारी सञ्चालनमा ल्याउने सम्झौता बमोजिम ठेक्का पाएको ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले सञ्चालनमा ल्याएका नयाँ प्रिपेड सवारीले यातायात व्यवस्था कार्यालयले तोकेको भाडादर अनुसार नै यात्रुलाई सेवा प्रदान गर्ने प्रावधान रहेको छ।  लिमिटेडले सञ्चालनमा ल्याएका नयाँ २ सय प्रिपेड सवारी मध्ये डेढसयको ७ वर्षलाई १ करोड ६८ लाख रुपैयाँ विमानस्थललाई बुझाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको जानकारी दिएको छ । सो भन्दा बढी भएमा प्रति सवारी ४ हजार हरेक तीन महिनामा बुझाउने गरि विमानस्थल व्यवस्थापनसँग सम्झौता भएको बताईएको छ । 
प्राधिकरण र लिमिटेडबीचको सम्झौता अनुसार नयाँ सवारीको Ôमता १ हजार सीसी वा त्योभन्दा बढी हुनुपर्ने छ ।  अहिले सञ्चालनमा आएका नयाँ अत्याधुकि सुविधायुक्त सवारीहरुमा १ हजार सीसी, १ हजार २ सय सीसी Ôमताका र ‘लक्जरियर सेडान प्रकृतिका सेतो रंगका कार रहेका छन । हाल सञ्चालित नयाँ गाडीको मूल्य न्युनतम १९ लाख देखि २६ लाख रुपैयाँसम्म रहेका छन । सबै सवारीको रंग सेतो छ । 
पहिले सञ्चालित पुराना निकै असुविधायुक्त थोत्रा ट्याक्सी विस्थापित गरि नयाँ खरिद गरि सञ्चालनमा ल्याउन २०६९ साल ८ जेठमा सो लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता गरेको थियो । लिमिटेडले सोही वर्षको १ असारमा टेन्डर पाएर नयाँ ट्याक्सी सञ्चालन गर्ने काम थालेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete