Monday, April 28, 2014

सगरमाथा आरोहण नगर्ने निर्णय क्षणिक आक्रोस मात्र , आरोहण नरोकिने मन्त्रालयको दावी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,७ बैशाख
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन उद्योग महाशाखा अन्र्तरगतको ट्रेकिङ तथा पर्वतारोहण शाखाका उप सचिव रामप्रसाद सापकोटाले गत शुक्रबार बिहान ६.३० बजे सगरमाथा क्याम्प १ र २ को बीच भागमा गएको हिमपहिरोमा परि १६ जनाको मृत्यु भएको घटनालाई लिएर अहिले यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गर्नु केही आरोहीहरुको क्षणिक आक्रोस मात्र भएको बताएका छन । अहिलेसम्म यस विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै उप सचिव सापकोटाले भने, ‘ यो केही आरोहीहरुको क्षणिक आक्रोस मात्र हो’। उनले १६ जनाको ज्यान जाने गरि भएको सो दुर्घटना दैवि प्रकोप भएकाले यसमा कसैको पनि दोष नरहेको बताए ।  शुक्रबारको घटना हुनुमा सरकार एवं कुनैपनि मानविय त्रुटि नभएको बताउँदै उनले सो दुःखद् दुर्घटनामा खुम्बु क्षेत्रका धेरै आरोहीहरुका आफ्ना घर परिवार एवं नजिकका मान्छे परेकाले क्षणिक आक्रोस उत्पन्न हुनु स्वभाविक नै भएको बताए । यस मुलुकको गहनाका रुपमा रहेका साहसी बहादुर आरोहीहरुबीच उत्पन्न अहिलेको आक्रोस धेरै दिन नरहने बताउँदै उनले भने, ‘ यस वर्षको बसन्त ऋतुकालागि सगरमाथा चढ्न जाने समय अझै प्रसस्त छ ’। यस वर्ष  सगरमाथा आरोहणकालागि आधार शिविर भन्दा माथीको क्याम्प १ र २ भन्दा माथीको बाटो बनाउने काम भर्खरै सुरु भएको अवस्था हो । त्यसैले आरोहण गर्ने तयारीमा रहेका स्वदेशी एवं विदेशी आरोहीहरुले यस वर्षको आरोहण नै बन्द गरेर फर्किहाल्नुपर्ने कुनै कारण नै नभएको उनको भनाई छ ।
अझै धेरै समय बाँकी रहेकाले कुनैपनि दलले सगरमाथा आरोण छोडिहाल्नुपर्ने कुनै कारण नै नभएको दावी गर्दै सापकोटाले भने, ‘ त्यस दुर्घटनामाबाट उद्धार गरि काठमाडौ ल्याईएका घाइतेहरुसँग हामीले भेट्दा पनि घाइतेहरुले सो घटनालाई प्राकृतिक विपत्ति मात्र भनेका छन ’। अहिले राजधानीका नर्भिक, ग्राण्डी र मेडिकेयर अस्पतालमा उपचार भईरहेका घाइतेहरुलाई भेट्दा उनीहरुले आफुहरुको समयमै उद्धार भएकाले बाँच्न सफल भएको बताएका छन भन्दै उनले अहिलेको घटना प्राकृतिक विप्पत्ती भएकाले आरोहीहरुलाई सो घटनाबाट बिचलित नहुन समेत आग्रह गरे । मृतकका परिवार र घाईतेहरुको उपचारमा सरकारले सक्दो सहयोग गर्ने जानकारी गराउँदै उनले अहिलेसम्म सो घटनामा १३ जनाको शब भेट्टिएको र अझै ३ जना हराईरहेकाले खोजी कार्य जारी रहेको बताए । उनले सो दुर्घटनास्थलबाट राजधानी ल्याईएका ६ ओटा सब अहिले उनीहरुका आफ्न्तले जिम्मा लिईसकेको बताए । उनले सोमबार बिहान लैनचोर स्थित मल्ल होटल अगाडीको चौरमा मृतक ६ ओटा शव एकैठाउँमा राखेर अन्तिम श्रद्धाञ्जलीमा राखेर उनीहरुका आ– आफ्ना संस्कार अनुसार अन्तिम संस्कार गरिने कार्यक्रम रहेको समेत जानकारी गराए ।  शुक्रबारको घटनालाई लिएर आइतबार नै  सगरमाथा आधार सिविरमा आरोहि सहयोगी सदस्यहरुको बैठक बसेर यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको थियो ।  करिब पाँच सय आरोहि सहयोगी सदस्यहरु सहभागि सो बैठकले यो वर्षलाई सगरमाथा आरोहण इतिहाँसमा कालो वर्षको रुपमा मनाउँदै यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको हो । सो बैठकले अरोही सहयोगी सदस्यहरुको हितका लागि सरकारसँग विभिन्न मागहरु  पनि प्रस्तुत गर्ने भएका छन । उनीहरुले सम्पुर्ण आरोहिहरुलाई पेन्सनको ब्यवस्था गरिनु पर्ने, आरोहणका क्रममा मृत्यु भएका मृतकका बालबच्चालाई निशुल्क शिक्षाको ब्यवस्था गरिनु पर्ने, आरोहिहरुको जीवन बीमाको रकम वृद्धि गरि २० लाख पु¥याउनुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete