Monday, April 28, 2014

सगरमाथा आरोहण नरोकिने मन्त्रालयको भनाई

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,८ बैशाख
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन उद्योग महाशाखा अन्र्तरगतको ट्रेकिङ तथा पर्वतारोहण शाखाका उप सचिव रामप्रसाद सापकोटाले गत शुक्रबार बिहान ६.३० बजे सगरमाथा क्याम्प १ र २ को बीच भागमा गएको हिमपहिरोमा परि १६ जनाको मृत्यु भएको घटनालाई लिएर अहिले यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गर्नु केही आरोहीहरुको क्षणिक आक्रोस मात्र भएको बताएका छन । अहिलेसम्म यस विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै उप सचिव सापकोटाले भने, ‘ यो केही आरोहीहरुको क्षणिक आक्रोस मात्र हो’। उनले १६ जनाको ज्यान जाने गरि भएको सो दुर्घटना दैवि प्रकोप भएकाले यसमा कसैको पनि दोष नरहेको बताए ।  शुक्रबारको घटना हुनुमा सरकार एवं कुनैपनि मानविय त्रुटि नभएको बताउँदै उनले सो दुःखद् दुर्घटनामा खुम्बु क्षेत्रका धेरै आरोहीहरुका आफ्ना घर परिवार एवं नजिकका मान्छे परेकाले क्षणिक आक्रोस उत्पन्न हुनु स्वभाविक नै भएको बताए । यस मुलुकको गहनाका रुपमा रहेका साहसी बहादुर आरोहीहरुबीच उत्पन्न अहिलेको आक्रोस धेरै दिन नरहने बताउँदै उनले भने, ‘ यस वर्षको बसन्त ऋतुकालागि सगरमाथा चढ्न जाने समय अझै प्रसस्त छ ’। यस वर्ष  सगरमाथा आरोहणकालागि आधार शिविर भन्दा माथीको क्याम्प १ र २ भन्दा माथीको बाटो बनाउने काम भर्खरै सुरु भएको अवस्था हो । त्यसैले आरोहण गर्ने तयारीमा रहेका स्वदेशी एवं विदेशी आरोहीहरुले यस वर्षको आरोहण नै बन्द गरेर फर्किहाल्नुपर्ने कुनै कारण नै नभएको उनको भनाई छ ।
अझै धेरै समय बाँकी रहेकाले कुनैपनि दलले सगरमाथा आरोण छोडिहाल्नुपर्ने कुनै कारण नै नभएको दावी गर्दै सापकोटाले भने, ‘ त्यस दुर्घटनामाबाट उद्धार गरि काठमाडौ ल्याईएका घाइतेहरुसँग हामीले भेट्दा पनि घाइतेहरुले सो घटनालाई प्राकृतिक विपत्ति मात्र भनेका छन ’। अहिले राजधानीका नर्भिक, ग्राण्डी र मेडिकेयर अस्पतालमा उपचार भईरहेका तीनैजना घाइतेहरुलाई भेट्दा उनीहरुले आफुहरुको समयमै उद्धार भएकाले बाँच्न सफल भएको बताएका छन भन्दै उनले अहिलेको घटना प्राकृतिक विप्पत्ती भएकाले आरोहीहरुलाई सो घटनाबाट बिचलित नहुन समेत आग्रह गरे । मृतकका परिवार र घाईतेहरुको उपचारमा सरकारले सक्दो सहयोग गर्ने जानकारी गराउँदै उनले अहिलेसम्म सो घटनामा १३ जनाको शब भेट्टिएको र अझै ३ जना हराईरहेकाले खोजी कार्य जारी रहेको बताए । उनले सो दुर्घटनास्थलबाट राजधानी ल्याईएका ६ ओटा सब सोमबार बिहान केही समय लैनचौर स्थित सहित पार्कमा राखेर अन्तिम श्रद्धाञ्जलीमा राखिएको जानकारी गराए । नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट),नेपाल ट्रेकिङ ट्राभल, ¥याफ्टिङ मजदुर युनियन ( युनिट्राभ),नेपाल पर्वतारोहण संघ र टानको संयुक्त आयोजनामा भएको अन्तिम श्रद्धाञ्जलीमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिँह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिमप्रसाद आचार्य, संविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, एमाले नेताहरु केपी शर्मा ओली, इश्वर पोख्रेल,प्रदिप ज्ञवाली र पुर्व पर्यटन मन्त्री एवं एकिकृत माओवादी नेतृ हिसिला यमी लगायत पर्यटन क्षेत्रसँग सम्बन्धीत व्यवसायी र सरोकारवालाहरुको बाक्लो उपस्थिती थियो । युनिट्राभका महासचिव सुमन पराजुलीले हिमपहिरोमा ज्यान गुमाएका ६ ओटै शव उनीहरुका आ– आफ्ना संस्कार अनुसार बौद्धमा पुजापाठ गरि लैनचौरमा भएको श्रद्धानजली कार्यक्रमपछि सोमबार नै अन्तिम संस्कार गरिएको बताए । गत शुक्रबारको घटनालाई लिएर आइतबार नै  सगरमाथा आधार सिविरमा आरोहि सहयोगी सदस्यहरुको बैठक बसेर यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको थियो ।  करिब पाँच सय आरोहि सहयोगी सदस्यहरु सहभागि सो बैठकले यो वर्षलाई सगरमाथा आरोहण इतिहाँसमा कालो वर्षको रुपमा मनाउँदै यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने निर्णय गरेको हो । सो बैठकले अरोही सहयोगी सदस्यहरुको हितका लागि सरकारसँग ५ लाखको आरोहिहरुको जीवन बीमा रकम बढाएर २० लाख पु¥याइनुपर्ने लगायत विभिन्न मागहरु राख्दै सो निणर्य गरेको थियो । उनीहरुले सम्पुर्ण आरोहिहरुलाई पेन्सनको ब्यवस्था गरिनु पर्ने, आरोहणका क्रममा मृत्यु भएका मृतकका बालबच्चालाई निशुल्क शिक्षाको ब्यवस्था गरिनु पर्ने लगायतका माग सरकार समक्ष राखेका थिए । सगरमाथामा भएको सो निणर्यपछि अहिले सगरमाथा क्षेत्रमा रहेका पथपर्दशकहरु एवं आरोहीहरु समेत आधार शिविरबाट फर्किन थालेका छन ।  सरकारले भने अहिलेसम्म यसको औपचारिक पुष्टि गरेको छैन । आरोहीका सहयोगीले आरोहण त्याग्ने निर्णय गरेपछि मह“गो रोयल्टी तिरेर आरोहणमा आएका विदेशी पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या उत्पन्न भएको छ । यस वर्È एक नेपाली र ३० विदेशी दलका ३ सय ३४ जना आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन्।
आरोही कामदारको बिमा रकम दोब्बर
काठमाडौँ÷रास –सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार पथप्रदर्शक, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको बिमा सन् २०१४ को वसन्त ऋतुदेखि लागू हुने गरी रकम वृद्धि गरेको हो ।
सोअनुरुप सरदारको पाँच लाख रुपैयाँबाट  १० लाख रुपैयाँ, क्लाइम्बिङ पथप्रदर्शकको चार लाखबाट  १० लाख, आधारशिविर कामदारको तीन लाख ५० हजारबाट  आठ लाख रुपैयाँ  र स्थानीय कामदारको दुई लाख ५० हजारबाट पाँच लाख रुपैयाँ पु¥याइएको छ ।
त्यसैगरी सबैका लागि औषधोपचार बिमा ५० हजार रुपैयाँबाट रु तीन लाख गरिएको मन्त्रालयले जनाएको छ । “हिमपहिरोको घटनापछि खोजी र उद्धार थालिएको, हेलिकोप्टर पठाई समन्वयात्मक रुपमा कार्य गरिएको, घाइतेको उपचार गराइएको, शव परिवारको जिम्मा लगाइएको छ” मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले भने ।    मन्त्रालयले हाल भएको दुःखद् घटनाबाट प्राप्त अनुभवको समेत उपयोग गरी सुरक्षित रुपमा आरोहण गतिविधि सञ्चालन गर्न शेर्पा, सरदार, उच्च क्षेत्रका कामदार सहयोगी र पर्वतारोहण व्यवसायी एवम् आरोहीलाई आग्रह गरेको छ । मन्त्रालयले आगामी दिनमा सरोकार भएका पक्षसँग छलफल, वार्ता र सहकार्य गरी यस क्षेत्रमा अझ सुधार गर्दै जने प्रतिबद्धता जनाएको छ । 
पीडितलाई एनआरएनले १० लाख रुपैयाँ दिने
 काठमाडौ, ८ बैशाख –गत शुक्रबार सगरमाथा Ôेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका र घाइते भएका आरोहण सहयोगीहरुका परिवारलाई गैरआवासीय नेपाली संघ ( एनआरएन) ले १० लाख रुपैया“ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिÈद्का अध्यÔ शेÈ घलेले एक समबेदना सन्देश जारी गर्दै सोमबार मृतक र घाइतेका परिवारलाई राहत स्वरुप सो रकम सहयोग गर्ने घोÈणा गरेका हुन ।
‘सगरमाथा आरोहणका लागि मार्ग तयार पार्न खटिएका १३ जना पथप्रदर्शकको हिमपहिरोले पुरिएर असमायिक निधन भएको, ६ जना घाइते र ३ जना बेपत्ता भएको खबरले गैरआवासीय नेपाली संघ परिवार अत्यन्तै मर्माहित भएको घलेद्धारा जारी समबेदनामा भनिएको छ ‘यस दुःखद घडीमा शोकशन्तत्त परिवारहरुलाई भगवानले धैर्यधारणा गर्ने शक्ति प्रदान गरुन्’। यसैगरि संघको तर्फवाट मृतकहरुका परिवारलाई दश लाख सहयोगको घोÈणा गरेको र समय समयमा यस प्रकारका दुर्घटनाहरुहरुबाट हुने जोखिम न्यूनीकरण गर्न तथा यस्ता जोखिमपूर्ण कार्यहरुमा खटिनेहरुको मनोबल उच्च राख्न उपयुक्त उपायहरुको पहिचान गरी लागू गर्न समेत नेपाल सरकार एवं सम्बन्धीत सरोकारवाला निकायहरु समÔ समेत एनआरएनले आह्वान गरेको पनि सो विज्ञप्तिमा उल्लेख छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete