मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २४ चैत
सरकारले सोमबारदेखि औपचारिक रुपमा ‘श्रम ग्राम’ स्थित मलेसिया र कतार शाखाबाट वैदेशिक रोजगारीमा जानकालागि श्रम स्वीकृति दिने काम सुरु गरेको छ । वैदेशिक रोजगारसम्बन्धी सबै काम एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ अघि सारेको अवधारणा अनुसार श्रम तथा रोजगार मन्त्रालयले राजधानीको ताहाचलस्थित ‘श्रम ग्राम’ को मलेसिया र कतार शाखाबाट श्रम स्वीकृति दिने काम सुरु गरेको हो। यस ग्राम सञ्चालनका लागि अहिले सरकारले राजधानीको ताहाचलस्थित नेपाल ट्रस्टको नाममा रहेको करिब २१ रोपनी जग्गा दिएको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सोमबार श्रम ग्रामस्थित यि दुइओटै शाखा कार्यालय उद्घाटन गरे । उनले कामदारलाई सहज रूपमा सेवा दिन सबै काम एकै ठाउ“बाट उपलब्ध गराउने लक्ष्यबमोजिम श्रम ग्रामको अवधारणा अघि सारिएको जानकारी गराउँदै सरकारको लक्ष्य अनुसार अघि बढ्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री गुरुङले यस नयाँ शाखाका कर्मचारीलाई पुरानो स्थानको भन्दा निकै सहज रुपमा सेवाग्राहीको काम गर्न पनि आग्रह गरे । उनले अहिलेको लक्ष्यअनुसार काम भएमा चालू आवभित्रै वैदेशिक रोजगारीसम्बन्धी सबै काम श्रम ग्रामबाटै सम्पन्न हुने बताए । उनले विस्तारै अन्य शाखा पनि सोही स्थानमा सञ्चालन गर्दै जाने सरकारी लक्ष्य रहेको समेत जानकारी गराए । श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सरकारी स्वामित्वको नेपाल ट्रस्टको नाममा रहेको अहिलेसम्म उपयोग विहिन अवस्थामा त्यसै खेर गईरहेको यस जग्गालाई सदुपयोग गरि मुलुककै नमुनाको रुपमा सेवा ग्राहिलाई उत्कृष्ट सेवा दिने लक्ष्यकासाथ यि नयाँ शाखा सञ्चालनमा ल्याईएको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करले अहिलेसम्म यहाँ त्यसै खेर गईरहेको उपयोगविहिन जग्गालाई लामो समयसम्म सहुलियत लिजमा लिएर विभाग अन्तर्गत काठमाडौ कार्यालयका सबै शाखा स्थानन्तर गरि सञ्चालन गर्ने काम थालिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदार म्यानपावर व्यवसायी र अन्य सेवाग्राहीलाई पहिलेको भन्दा सहज रुपमा छिटो सेवा दिई वैदेशिक रोजगारीको क्षेत्रलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उदेस्यले मन्त्रिपरिषद्को गत २७ मंसिरको निर्णय अनुसार वैदेशिक रोजगार विभाग अन्र्तरगत काठमाडौ कार्यालयका साउदी अरब ,मलेसिया र कतार शाखा स्थापना गरिए अनुसार सोमबार सो कार्यालयहरु मध्ये पहिलो चरणमा मलेसिया र कतार शाखाबाट सेवा सञ्चालन सुरु गरिएको बताए । उनले श्रम ग्रामभित्र सञ्चालित मलेसिया र कतार लगायत काठमाडौका विभिन्न ५ ओटै शाखालाई नमुनाको रुपमा विकास गरिने बताए । उनले आगामी ३ महिनाभित्र यहाँ सबै शाखा पूर्ण रुपमा सञ्चालन भईसक्ने बताए । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले अब मलेसिया र कतारको संस्थागत श्रम स्वीकृतिका सबै काम ताहाचलबाटै हुने बताए । उनले अहिलेसम्म तीनकुनेस्थित विभागबाट हुँदै आएका सबै संस्थागत, पूर्व र अन्तिम श्रम स्वीकृतिको काम ताहाचलबाटै सञ्चालन हुने बताए । हाल वैदेशिक रोजगार विभागको कार्यालय तीनकुनेमा, श्रम विभाग वानेश्वर, ईपीएस कोरिया शाखा ललितपुर ग्वार्को र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय अनामनगरमा रहेकाले सेवाग्राहीले श्रमसम्बन्धी काम गर्न फरकफरक स्थानका कार्यालय जानुपरेकाले निकै सास्ती भोग्दै आएका छन् । जसले कामदारलाई एउटै काम गर्न पनि विभिन्न ठाउ“मा धाउनुपर्ने समस्या छ ।
विभागले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दिने काम गर्दै आएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कामदारस“ग प्रवद्र्धन कोÈका लागि रकम लिने, विदेश गएका कामदारको हकहितमा काम गर्ने र कामदारको अंगभंग वा मृत्यु भएमा अध्ययन गरी Ôतिपूर्ति उपलब्ध गराउनेलगायतका काम गर्दै आएको छ । यसअघि, वैदेशिक रोजगार विभागले कामको चाप अत्यधिक बढेपछि शाखा कार्यालय स्थापना गरेर काम विकेन्द्रित गर्ने रणनीति बनाएको थियो । अहिले श्रम ग्रामको अवधारणा अघि सारिएपछि विभागको काम विकेन्द्रित गरी शाखा कार्यालय मार्फत गरिने छ । तर, शाखाहरू भने सोही ग्राममै राखिने सम्बद्ध अधिकारीले जानकारी गराएका छन् । श्रम ग्रामको अवधारणा अघि बढाउने क्रममा विभागले आइतबारदेखि नै मलेसिया र कतारको शाखाबाट काम सञ्चालन सुरु गरेको थियो । यसैगरी, साउदी शाखाको काम पनि आगामी केही दिनपछि त्यहींबाट गरिने बताइएको छ । सबैभन्दा बढी कामदार जाने मलेसिया र कतारको काम पहिलोपल्ट श्रम ग्रामबाट गर्न लागिएको विभागको भनाइ छ । अहिलेसम्म विभागमा पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका लागि बिहान ६ बजेदेखि सा“झसम्म सेवाग्राही लाइनमा बस्ने गर्छन् । हाल दैनिक २ हजार ५ सयभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने गरेका छन् । अहिलेसम्म श्रम स्वीकृति लिएर करिब ३१ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874