Saturday, June 14, 2014

६ असारमा प्रथम आध्यात्मिक रोपाईं जात्रा हुने

काठमाडौ, ३१ जेठ –आगामी ६ असारमा प्रथम आध्यात्मिक रोपाइँ जात्रा हुने भएको छ ।  रोपाईलाई फरक शैलीमा मनाउने अभियानका साथ श्री पञ्च महालक्ष्मी श्रीपीठ, छालिङ्ग भक्तपुरको आयोजनामा आगामी ६ असारमा श्री मुक्तिनाथ पिठाधीश्वर स्वामी श्री कमलनयनाचार्य महाराजको सक्रियतामा प्रथम आध्यात्मिक रोपाई जात्रा हुन लागेको हो ।
सो जात्राबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रथम आध्यात्मिक रोपाई जात्रा मुल समारोह समितिका संयोजक एवं पर्यटन व्यवसायी राजन सिंखडाले हाल मनाइँदै आएको परम्परागत रोपाइँ भन्दा निकै फरक ढंगले प्रथम आध्यात्मिक रोपाइँ जात्रा आयोजना गर्न लागेको बताए ।  उनले नेपालमा कृषि आध्यात्मिक पर्यटनको विकास र प्रर्वद्धनकका लागि टेवा पु¥याउने उदेस्यले पहिलोपटक यस्तो जात्रा कोृ आयोजना गर्न लागेको बताए ।
उनले रोपाई जात्राले देवहरको जन्मभुमि एवं पवित्र स्थल नेपालमा आध्यात्मिक पर्यटनको विकासमा सहयोग पुग्नुकासाथै नेपालको मौलिक तथा साँस्कृतिक परम्परालाई थप बढावा दिने लक्ष्य लिएको बताए । संयोजक सिंखडाले नेपालको सर्वाङ्गिण विकासकालागि कृषि तथा पर्यटनलाई सँगसँगै जोडेर जान सके स्थानीवासीको आय स्तर बढ्नुको साथै विदेशी पर्यटकको नेपाल बसाई अवधी समेत केही लम्बीने बताए ।  उनले यस जात्राले नैतिक तथा आध्यात्मिक अनुशासन कायम गरि देशलाई आर्थिक उन्नतीतिर अग्रसर गराउन पनि निकै फलदायी हुने दावी गरे ।
टानका पूर्व महासचिव मोहन लम्सालले यय जात्राले आगामी दिनमा कृषि तथा पर्यटनको विकास र प्रर्वद्धनमा अझ टेवा पु¥याउने भन्दै यस्ता कार्यले नेपाल भ्रमणमा आउने पर्यटकहरुको बसाई अझै लम्बाउन सहयोग पुग्ने  अपेक्षा गरिएको बताए ।  मुलुकको आर्थिक विकासमा अधिकतम टेवा पु¥याउँदै आएको कृषि तथा पर्यटन क्षेत्रलाइ यस्ता कार्यक्रमले अझ व्यवस्थित् बनाउन नयाँ आयाम थपेको उनले दावी गरे ।  उनले यस कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनका लागि सम्पूर्ण पर्यटन व्यवसायी तथा सरोकारवालाहरु एक जुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।
नेपाल योगा रिट्रिट सेन्टरका योग गुरु डा. चिन्तामणी गौतमले कृषि पर्यटनलाई विविधकरण गरि स्थानीयवासीको आय स्थर बृद्धि गर्न यो जात्रा निकै उपयोगि र फलदायी हुने बताए । सो रोपाइँ जात्रालाई महोत्सवको रुपमा भब्यताकासाथ सम्पन्न गर्न अर्थबाउण्ड एक्सपीडिसन एण्ड होलिडेज प्रालि, नेपाल योगा रिट्रिट सेन्टर र मःम हट को पनि संयुत्त सहकार्य हुने बताईएको छ ।    

No comments:

Post a Comment