Saturday, June 21, 2014

प्रथम आध्यात्मिक रोपाईं जात्रा सम्पन्न , दलका नेता र सर्बसाधारणबीच हिलो छेपाछेप

काठमाडौ, ६ असार –
रोपाइँलाई फरक शैलीमा मनाउने अभियानकासाथ कृषिलाई पर्यटन र धार्मिक आस्थासँग जोडेर थालनी गरिएको‘प्रथम आध्यात्मिक रोपाइँ जात्रा’ सम्पन्न भएको छ । सो रोपाइँ जात्रामा राजधानी लगायत देशभरका विभिन्न भागबाट जम्मा भएका करिब ७ सय जना सहभागी थिए । विभिन्न दलका नेताहरु, पूर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराला, पर्यटन व्यवसायी एवं धर्म गुरुहरु सहभागी सो जात्रामा केहीले हातका कोदाली लिएर बाहुसे गरेका थिए भने केहीले हलगोरु दौडाएर हिलो छेपाछेप गरेर निकै आनन्द लिएका थिए । पन्चे बाजा, नाचगान सहित मनाईएको सो जात्रामा सहभागी महिलाहरुले करिब १० रोपनीको खेतमा असारे भाकाको गित गाउँदै धान रोपाइँ गरेका थिए । श्री मुक्तिनाथ पिठाधीश्वर स्वामी श्री कमलनयनाचार्य महाराजले भूमि पुजा गरेपछि सुरु भएको रोपाइँ जात्रामा विदेशी पर्यटकहरु पनि सहभागी भएर हिलो छेपाछेप गरेका थिए । 
प्रथम आध्यात्मिक रोपाई जात्रा मुल समारोह समितिका संयोजक एवं पर्यटन व्यवसायी राजन सिंखडाले हाल मनाइँदै आएको परम्परागत रोपाइँ भन्दा निकै फरक ढंगले प्रथम आध्यात्मिक रोपाइँ जात्रा आयोजना गरिएको बताए ।  उनले नेपालमा कृषि आध्यात्मिक पर्यटनको विकास र प्रर्वद्धनकका लागि टेवा पु¥याउने उदेस्यले पहिलोपटक यस्तो जात्रा आयोजना गरिएको बताए । उनले रोपाई जात्राले देवहरको जन्मभुमि एवं पवित्र स्थल नेपालमा आध्यात्मिक पर्यटनको विकासमा सहयोग पुग्नुकासाथै नेपालको मौलिक तथा साँस्कृतिक परम्परालाई थप बढावा दिने लक्ष्य लिएको बताए । संयोजक सिंखडाले नेपालको सर्वाङ्गिण विकासकालागि कृषि तथा पर्यटनलाई सँगसँगै जोडेर जान सके स्थानीवासीको आय स्तर बढ्नुको साथै विदेशी पर्यटकको नेपाल बसाई अवधी समेत केही लम्बीने बताए ।  उनले यस जात्राले नैतिक तथा आध्यात्मिक अनुशासन कायम गरि देशलाई आर्थिक उन्नतीतिर अग्रसर गराउन पनि यो जात्रा निकै फलदायी हुने दावी गरे ।
यस जात्राले आगामी दिनमा कृषि तथा पर्यटनको विकास र प्रर्वद्धनमा अझ टेवा पु¥याउने भन्दै यस्ता कार्यले नेपाल भ्रमणमा आउने पर्यटकहरुको बसाई अझै लम्बाउन सहयोग पुग्ने  अपेक्षा गरिएको बताए ।  मुलुकको आर्थिक विकासमा अधिकतम टेवा पु¥याउँदै आएको कृषि तथा पर्यटन क्षेत्रलाइ यस्ता कार्यक्रमले अझ व्यवस्थित् बनाउन नयाँ आयाम थपेको उनले दावी गरे ।  सो कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आगामी दिनमा पनि यस्ता जात्रालाई निरन्तरता दिन सम्पूर्ण पर्यटन व्यवसायी एवं सरोकारवालाहरु एक जुट भएर अघि बढ्नुपर्ने बताए । उनले यस्तो जात्राले मुलुकले खोजेको कृषि क्षेत्रको विकास र विस्तारमा निकै टेवा पुग्ने अपेक्षा गरिएको बताए । 

रोपाइँलाई फरक शैलीमा मनाउने अभियानकासाथ कृषिलाई पर्यटन र धार्मिक आस्थासँग जोडेर थालनी गरिएको‘प्रथम आध्यात्मिक रोपाइँ जात्रा’ सम्पन्न भएको छ । सो जात्रामा विभिन्न दलका नेता र सर्वसाधारणबीच निकै बेर हिलो छेपाछेप भएको थियो ।  श्री पञ्च महालक्ष्मी श्रीपीठ, छालिङ्ग भक्तपुरको आयोजनामा शुक्रबार श्री मुक्तिनाथ पिठाधीश्वर स्वामी श्री कमलनयनाचार्य महाराजको सक्रियतामा रोपाई जात्रा सम्पन्न भएको हो ।

No comments:

Post a Comment