Wednesday, June 4, 2014

पर्यटन व्यवसायीको आन्दोलन स्थगित, निजी क्षेत्र सरकारको छानबिनमा सहभागी हुने

काठमाडौं, १९ जेठ–नेपाल पर्यटन बोर्डमा भएको व्यापक अनियमितता र भ्रष्टाचारविरुद्ध विगत ३४ दिनदेखि आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरूले सोमबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले विरोध कार्यक्रमहरू तत्काल बन्द गरी छनबिनमा सहयोग गर्न आग्रह गरेपछि व्यवसायीहरूले सोमबार पत्रकार सम्मेलन गरी अबका सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको जानकारी दिएका हुन् ।
पर्यटनमन्त्री आचार्यले आइतबार विज्ञप्ति जारी गरी सरकारले बनाएको छानबिन समितिमा विज्ञ तथा निजी Ôेत्रका प्रतिनिधिलाई समेत संलग्न गराएर बोर्ड र अन्य स्थानमा भएका आर्थिक र अन्य गतिविधि छानबिन गर्ने आश्वासन दिएका थिए । उनले छानबिनको क्रममा दोÈी देखिएका जोजुकै व्यक्तिहरूलाई पनि कानुनी कारबाहीको दायरमा ल्याउने बताएका थिए ।
आन्दोलन स्थगित गर्ने र छानबिन समितिमा निजी Ôेत्रलाई सहभागी गराउने विÈयमा व्यवसायी र सरकारबीच निकै समय वार्तासमेत चलेको थियो । मन्त्रीको आग्रहपछि व्यवसायीहरूले आपसमा छलफल गरी मन्त्रीको आग्रहलाई स्वीकार गरी सरकारी छानबिन समितिमा सहयोग पु¥याउने निर्णय गरेर सोमबारदेखि नै आन्दोलन स्थगित गरेको बताएका छन् ।
यसअघि विभिन्न प्रकारका आन्दोलनका गतिविधिसहित दबाबमूलक आन्दोलन गरिरहेको संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले सरकारी छानबिन समितिमा एकीकृत माओवादी समर्थित राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका संयोजक एवं पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य गणेश सिंखडा र संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) को अगुवाइमा भएको दबाबमूलक आन्दोलनका अगुवा एवं कांग्रेस समर्थित राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष दीपक महतलाई पठाउने निर्णय गरेको छ ।
यसैगरी, जेटीसीसीले पर्यटन बोर्ड पुनःसंरचना समितिमा जेटीसीसीका संयोजक एवं टानका अध्यक्ष रमेश धमला र एमाले समर्थित राष्ट्रिय पर्यटन संगठनका अध्यक्ष चन्द्र रिजाललाई पठाउने निर्णय गरेको छ । जेटीसीसीले सदस्य सिफारिस गरेर पठाएको २४ घन्टाभित्रमा सरकारले छानबिनको कामलाई अघि बढाउने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन् ।
आन्दोलनरत व्यवसायीहरूले आगामी मंगलबार बस्न लागेको नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको बैठकमा सदस्यहरूलाई आन्दोलनको पÔमा सहयोग पुग्ने खालका निर्णयहरू गर्न अभिप्रेरित गर्नेसमेत बताइएको छ । व्यवसायीहरूले बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवाÈ निरौलाले बदलाको भावना राखी गरेका विभिन्न कार्यबारे समेत मन्त्री आचार्यलाई जानकारी गराउने निर्णय गरेको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बोर्डका पूर्वबोर्ड सदस्यसमेत रहेका व्यवसायी सिंखडाले बोर्डका कर्मचारीहरूलाई दुःख दिने, निष्कासन गर्ने काम निरौलाबाट भएमा त्यसका विरुद्ध आपूmहरूले सक्दो प्रतिकार गर्ने बताए । उनले छानबिन पूरा नभएसम्म निरौलालाई बोर्डमा जान नदिने उपयुक्त व्यवस्थाका लागि व्यवसायीले मन्त्रीसँग अनुरोध गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।
अझै पनि निरौलाले चलखेल गर्न खोजेमा मन्त्रीबाट पुनर्गठन हुन लागेको पर्यटन बोर्डसम्बन्धी छानबिन समितिमा नै छानबिनका क्रममा निलम्बन गर्न सकिने र टीओआरमा प्राप्त अधिकारी प्रयोग गरी तत्काल निलम्बन गर्नेसमेत उनीहरूले दाबी गरेका छन् ।
यसैबीच, होटल एसोसियसन अफ नेपाल (हान) ले विगत ३४ दिनदेखि पर्यटनसँग सम्बद्ध संघ÷संस्थाहरूद्वारा पर्यटन बोर्डविरुद्ध भएका विरोधका गतिविधिका सम्बन्धमा पर्यटनमन्त्री भीमप्रसाद आचार्यबाट समस्या समाधानका लागि वार्तामा आउन गरेको आह्वानको कदमलाई स्वागत गरेको छ ।

No comments:

Post a Comment