Sunday, July 20, 2014

विभिन्न म्यानपावरबाट एक वर्षमा साढे ४ लाख कामदार विदेशिए , विभागमा दर्ता भएका ७ सय ४४ कम्पनी मध्ये एसओएस सबैभन्दा उत्कृष्ट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,३ साउन
एक वर्षमा दर्ता भएका कुल ७ सय ४४ ओटा म्यानपावरबाट ४ लाख ४५ हजार ७ सय ७ जना कामदार वैदेशिक रोजगारिकालागि विभिन्न मुलुकमा गएका छन । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७०÷७१ को असार मसान्नसम्ममा विभिन्न म्यानपावरबाट कुल  ४ लाख ४५ हजार ७ सय ७ जना कामदार वैदेशिक रोजगारिकालागि विदेशिएका हुन ।
जस मध्ये ४ लाख ३० हजार ८ सय ९४ जना पुरुष र १४ हजार ८ सय १३ जना महिला कामदार संस्थागत रुपमा श्रम स्वीकृति लिएर विभिन्न देशमा वैदेशिक रोजगारीकालागि गएको विभागले जनाएको छ । विभागले सोही आर्थिक वर्षको वितेका १२ महिनाको अवधीमा दर्ता भएका कुल ७ सय ४४ ओटा म्यानपावर कम्पनीहरु मध्ये वर्षभर सबैभन्दा धेरै कामदार पठाएको आधारमा एसओएस म्यानपावर सर्भिस प्रलि उत्कृष्ट भएको बताएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष सोमलाल बाटाजु सञ्चालन रहेको काठमाडौको धापासी स्थित एसओएस म्यानपावरले गत आवको एक वर्षमा कुल ९ हजार २ सय १४ जना कामदारलाई संस्थागत श्रम स्वीकृति गरि विभिन्न मुलुकमा पठाउन सफल भएको भन्दै विभागले सबैभन्दा उत्कृष्ट ठहर गरेको हो । विगतका वर्षहरुमा पनि सबैभन्दा बढी कामदार पठाएको आधारमा उत्कृष्ट हुँदै आएको सो म्यानपावरबाट विभिन्न मुलुकहरुमा विदेशिएका मध्ये ९ हजार ७८ जना पुरुष र १ सय ३६ जना महिला कामदार रहेका छन । एसओएसले गत वर्ष कतार, साउदी अरेबीया, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुकहरुमा राम्रो उपस्थिती जनाएको थियो ।   यसैगरि, विभागले वर्षभर संस्थागत रुपमा सबैभन्दा धेरै कामदार पठाएको आधारमा इन्टरनेस्नल म्यानपावर रिक्युटमेन्ट प्रालिलाई उत्कृष्ट मध्ये दोस्रो, प्याराडाइज इन्टरनेस्नल प्रालिलाई उत्कृष्ट तेस्रो, द रिभर ओभरर्सिज प्रालि चौथो, लक्कीएचआर सोलुसन प्रालि पाँचौं, आकर्षण इन्टरनेस्नल प्रालि छैठौं, लालधनुष इन्टरनेस्नल सर्भिस प्रालि सातौं, कोशी इन्टरनेस्नल सर्भिस प्रालि आठौं, मोन्टेज ओभर्सिज प्रालि नवौं र साउन्डलाइन रिक्युटमेन्ट प्रालि दसौं उत्कृष्ट स्थानमा परेको जनाएको छ ।
जसमध्ये दोस्रो स्थान हाँसिल गर्ने इन्टरनेस्नल म्यानपावर रिक्युटमेन्ट प्रालिले ७ हजार ८ सय १५ जना, प्याराडाइज इन्टरनेस्नलले ६ हजार २ सय ९८, द रिभर ओभर्सिजले ६ हजार २ सय ४६, लक्कीएचआर सोलुसनले ६ हजार ९२ , आकर्षण इन्टरनेस्नलले ५ हजार ६ सय ५०, लालधनुष इन्टरनेस्नल सर्भिसले ५ हजार २ सय ९३ जना ,कोशी इन्टरनेस्नल सर्भिसले ५ हजार १ सय २६ जना, मोन्टेज ओभर्सिजले ४ हजार ५ सय १३ जना र साउन्डलाइन रिक्युटमेन्ट प्रालिले एक वर्षको अवधीमा ४ हजार ३ सय ३९ जना कामदार संस्थागत रुपमा  श्रम स्वीकृति गरि वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकमा पठाउन सफल भएको जनाएको छ ।  सोही अवधीमा विभिन्न ८ ओटा म्यानपावरहरुले वितेको आव २०७०÷७१ को एक वर्षमा जम्मा १० जना कामदार पनि पठाउन नसकेको विभागले जानकारी गराएको छ । ती ८ ओटा म्यानपावर कम्पनीहरुले एक वर्षभित्र कम्पनी सञ्चालनको उदेस्य एवं सरकारको लक्ष्य भन्दा ज्यादैै न्युन जम्मा ३÷४ जना कामदार मात्र पठाएको विभागको तथ्याङकमा उल्लेख छ । 
१० उत्कृष्ट म्यानपावर कम्पनीहरु             कामदार संख्या
एसओएस म्यानपावर सर्भिस प्रलि         –९ हजार २ सय १४ जना 
इन्टरनेस्नल म्यानपावर रिक्युटमेन्ट प्रालि     –७ हजार ८ सय १५ जना
प्याराडाइज इन्टरनेस्नल प्रालि         –६ हजार २ सय ९८ जना
द रिभर ओभरर्सिज प्रालि             –६ हजार २ सय ४६ जना 
लक्कीएचआर सोलुसन प्रालि         –६ हजार ९२ जना
आकर्षण इन्टरनेस्नल प्रालि             –५ हजार ६ सय ५० जना
लालधनुष इन्टरनेस्नल सर्भिस प्रालि     –५ हजार २ सय ९३ जना
कोशी इन्टरनेस्नल सर्भिस प्रालि         –५ हजार १ सय २६ जना
मोन्टेज ओभर्सिज प्रालि             –४ हजार ५ सय १३ जना
साउन्डलाइन रिक्युटमेन्ट प्रालि          –४ हजार ३ सय ३९ जना


कोरियामा अवैधानिक नबस्न ईपीएस शाखाको आग्रह
 काठमाडौ– ईपीएस शाखा नेपालले रोजगारी गर्न कोरिया पुगेका नेपाली कामदारलाई अवैधानिक नबस्न अनुरोध गरेको छ । अवैधानिक कामदारको संख्या धेरै भए कोरिया सरकारले दिने कोटामा असर पर्ने भन्दै सरकारले ती कामदारलाई कार्यअवधि सकिएपछि स्वदेश फर्कन सूचना जारी गरेरै अनुरोध गरेको हो ।
कोरियामा गैरकानुनी कामदारहरु विभिन्न शोÈण एवं समस्यामा पर्न सक्नुका साथै उनीहरुको उद्धार र कानुनी उपचारमा कठिनाइ हुने श्रम तथा रोजगार मन्त्रालय ईपीएस शाखाले जनाएको छ । शाखाले कोरियामा कार्यरत आफन्तलाई अवैधानिक बन्न प्रेरित नगर्न नेपालमा रहेका परिवारलाई समेत अनुरोध गरेको छ । आकर्Èक रोजगार गन्तव्य गणतन्त्र दक्षिण कोरियामा भावी दिनमा नेपाली कामदारको अवसर न्यून वा समाप्तसमेत हुन सक्ने भएकाले कोरियामा कार्यरत कामदारले कसैको बहकाउ वा प्रलोभनमा परी गैरकानुनी रुपमा नबस्न र आफन्तसमेतले अवैधानिक भएर बस्न प्रेरित नगर्न नगराउन ईपीएस कार्यालयले अनुरोध गरेको छ । रोजगारीका लागि विदेश गएर फर्केका कामदारले आर्जन गरेको पु“जी, सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्न सहुलियत ऋण, सीप विकास तालिम तथा व्यावसाय प्रवद्र्धन गर्न सघाउ पु¥याउने जस्ता विविध नीति सरकारले अवलम्बन गरेको जनाउ“दै सूचनामा विगतमा कोरियामा रोजगार गरेर स्वदेश फर्केका कामदार विभिन्न पेसा, व्यवसाय गरी परिवारस“ग सम्मानपूर्वक जीवन यापन गरेको उदाहरण भएको समेत सो शाखाले जनाएको छ । कोरिया सरकारले अवैधानिक प्रवासी कामदारको संख्या न्यून गर्न, साना तथा मझौला उद्योगहरुलाई कार्यअनुभव भएको जनशक्ति आपूर्ति गर्न र कम्पनी परिर्वतन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गत २०१२ जुलाईदेखि एउटै कम्पनीमा ४ वर्È १० महिना काम गर्ने कामदारलाई अरु ४ वर्È १० महिना काम गर्न पाउने नियम पारित गरेको छ । कम्पनी परिवर्तन गर्नेले भने पहिलो कार्यअवधि पूरा गरेर  स्वदेश फर्केपछि  प्रत्येक ३ महिनामा सञ्चालन हुने कम्प्युटरमा आधारित परीÔा (सीबीटी) दिनुपर्ने नियम छ । सीबीटी कोरियामा ३ वर्Èभन्दा बढी अवधि काम गरेर फर्केकाले दिन पाउ“छन् । यो नियमले लामो समयसम्म कोरियामा काम गर्न चाहने कामदारलाई सहयोग पु¥याएको छ । प्रत्येक वर्È प्रवासी कामदारको कोटा बढाउ“दै लगेको कोरिया सरकारले गैरकानुनी रुपमा नबसून् र सजिलै स्वदेश फर्किन सकून् भन्ने उदेश्यले फिर्ता प्रत्याभूति बिमासमेत गत १८ माघ देखि लागू गरेको छ ।
इराकमा अलपत्र ११ नेपालीको उद्धार
काठमाडौ÷३ साउन –सरकारले इराकको द्धन्द्धग्रस्त क्षेत्रमा करिब दुई महिनाअघिदेखि अलपत्र परेका ११ जना नेपालीलाई उद्धार गरेको छ । उनीहरु शुक्रबार राती ङ्खलाई दुवईको जहाजबाट स्वदेश आइपुगेका हुन ।  लामो प्रयास पछि ११ जना नेपाली कामदारलाई उद्धार गर्न सफल भएको परराण्ट्र मन्त्रालयले जानकारी दिएको छ । धेरै समयको प्रतिक्षापछि उनीहरुलाई सकसुल घर फिर्ता ल्याउने सफलता मिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उनीहरुलाई आ– आफ्ना घरसम्म पुग्ने खर्च सबै सरकारले नै हालिदिएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार उद्धार हुनेमा कानेपोखरी–९, मोरङका ३८ वर्Èीय मोहनकुमार बस्नेत, दमक–१३, झापाका ३८ वर्Èीय प्रेस गिरी, घोरही ठाकुर–९ का टोपबहादुर बस्नेत, निर्मलपोखरी–५, कास्कीका २७ वर्Èीय सन्तोÈ लामिछाने, नुनखर्क–१, ओखलढुंगाका २९  वर्Èीय अजितमान तामाङ, चितवन शारदा नगरका २७ वर्Èीय प्रकास विश्वकर्मा,  रुकुमका धनबहादुर विक, रामेछापस्थित सुकाजौर गाविसका ३२ वर्È बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ वर्Èीय इनद्रकुमार लिम्बु, धनकुटा मुडेवासका २४ वर्Èीय सुवास नेम्बाङ दाङ र लमहीका अनिल चौधरी रहेका छन् । उनीहरु होटल र निर्माण कम्पनीमा काम गर्न इराक पुगेका थिए । उद्धार भएर फर्कने  बेला उनीहरुले निकैका आशु झारेका थिए । उनीहरुले आफुहरु घर र्फकन सफल हुन सक्दैनौकी भन्ने थियो । धन्न बा“चेर फेरी आङ्खनो परिवारस“ग भेट्न पाइयो । ति कामदारले एउटै स्वरमा भने, ‘धन्न हामी सबैको भाग्य बलियो रहेछ र बाँच्न सफल भयौं। उनीहरुले अहिले आफुहरुले पुर्नरजन्म पाएको बताएका छन ।
मन्त्रालयका अनुसार उनीहरु मध्ये सात जना नेपाली टिक्रिटबाट आफैं जोखिमग्रस्त क्षेत्रबाट भागेर कुर्दीस्थान र किक्रिकमा परेका थिए । उनीहरु जुनको पहिलो साताबाट हिंसाग्रस्त Ôेत्र टिर्किटमा फसेका थिए । बा“की ४ जना  बिष्णु बस्नेत, इन्द्रकुमार लिम्बु, सुवास नेम्बाङ दाङ र अनिल चौधरी विद्धोहीले अपहरण गरेको चार दिनपछि मुक्त भएका थिए । उनीहरुलाई करिब एकमहिनादेखि किक्रिकको एउटा होटलमा राखिएको थियो ।
परराष्ट्र मन्त्रालयले उनीहरुलाई उद्धारको प्रक्रिया मिलाउन गत आइतबार इराकको स्वसासित Ôेत्र कुर्दीस्थान पुगेको उद्धार टोलीले सहयोग गरेको बताएको छ ।  मन्त्रालयले सो उद्धार टोलीले किक्रिक पुगेर सात जना नेपालीलाई कुर्दीस्थान ल्याएका थिए । फिर्ती अनुमति मिलाएर उनीहरुलाई स्वदेश ल्याएको मन्त्रालयले बताएको छ ।  जसका लागि कुर्दीस्थान सरकारले सहयोग गरेको र ती नेपालीको उद्धारका लागि गैरआवासीय नेपाली संघ इराकले पनि सक्दो सहयोग गरेको बताईएको छ । 
मलेसियाको नेपाली दूतावास आइतबार पनि खुल्ने
काठमाडौ, ३ साउन –मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आगामी १६ साउन देखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले बताए । हस्तलिखित राहदानीलाई मेसिन रिडेवल पासर्पोट (एमआरपी)ले प्रतिस्थापन गर्न सेवाग्राहीलाई सहजहोस् भनेर आफुहरुले आइतबार पनि सेवा प्रवाह गर्ने निर्णय गरेको बताउ“दै उनले भने, ‘यहा“ कार्यरत नेपालीलाई आइतबार बिदा हुन्छ, बिदाका दिन उनीहरुलाई सेवा प्राप्त गर्न सजिलो हुनेछ । ‘शुक्रबार भने दूतावास बन्द हुने जानकारी दि“दै राजदूत बस्न्यातले आइतबार दूतावास सञ्चालन गरेपनि त्यहा“ रहेका नेपालीलाई दूतावासबाट एमआरपी प्राप्त गर्न निकै सजिलो हुने बताए । हाल मलेसियामा करिब ६ लाख नेपाली कामदार कार्यरत छन् ।
आकर्षण इन्टरनेस्नलद्धारा पशुपतिका बृद्धबृद्धालाई फलफुल वितरण
काठमाडौ– राजधानीको सिनामंगलस्थित प्रतिष्ठित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल प्रालिले आफ्नो नवौ बार्षिकोत्सवको अवसरमा पशुपति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफुल वितरण गरेको छ ।
पशुपति वृद्धाश्रममा आश्रित २ सय ४० जना बृद्धबृद्धालाई आकर्षणले फलफुल र एउटा काठको दराज प्रदान गरेको थियो । फलफुल वितरण कार्यक्रममा आकर्षणका अध्यक्ष विष्णु केसी, प्रवन्ध निर्देशक मिलन थापा र अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
आकर्षणका अध्यक्ष विष्णु केसीले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा यस कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्र्तरगत यस्तो सेवा उपलब्ध गराउँदै आएको बताए । उनले यसअघिका बार्षिकोत्सवहरुमा पनि रक्तदान कार्यक्रम, विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरिसकेकाले यसपाली पशुपति बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई फलफुल दिएर पुन्य कमाउने प्रयास गरेको बताए । उनले आगामी दिनमा पनि आकर्षणले यस्तै सामाजिक सेवामा समर्पित भई विभिन्न सहयोग गर्दै जाने लक्ष्य लिएको बताए।  मलेसिया केन्द्रित वैदेशिक रोजगारमा सस्तो, सुलभ र गुणस्तरीय रुपमा कामदार पठाउदै आएको आकर्षणले आगामी दिनमा बढिभन्दा बढि कामदारलाई निःशुल्क रुपमा वैदेशिक रोजगारमा पठाउने लक्ष्य लिएको अध्यक्ष केसीको भनाई छ ।  गत आर्थिक वर्ष २०७०÷७१ मा ५ हजार ६ सय ५० जना कामदार पठाएर वर्षभर बढी कामदार पठाउने कम्पनीमध्ये छैटौं उत्कृष्ट स्थान हाँसिल गर्न सफल आकर्षणले अहिले धमाधम वैदेशिक रोजगारीकालागि मलेयिा जाने कामदारदाई एउटा मलेसियाको सिमकार्ड निःशुल्क उपलब्ध गराउँदै आएको छ।

No comments:

Post a Comment